किरात राई बान्तवा यायोक्ला खिम हङकङ गठन

८ अप्रिल २०१२ मा किरात राई बान्तवा यायोक्ला खिम हङकङ गठन भएको थियो । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको थियो ।

  1. अध्यक्ष : तिलक बालाहाङ राइ
  2. उपाध्यक्ष : दुर्गा कान्ता बान्तवा राई
  3. सचिब : बिक्रम बान्तवा राई
  4. कोषाध्यक्ष : श्रीमति सबिता बान्तवा राई
  5. सदस्यहरु : गजेन्द्र बान्तवा राई
  6. सदस्यहरु :प्रलाद बान्तवा राई
  7. सदस्यहरु : सरोज बान्तवा राई

सम्मान तथा भैटघाट कार्यक्रम

६ मार्च २०१२, किरात राई बान्तावा यायौक्ला हङकङले नेपालबाट आउनु भएको कलाकारहरुलाई सम्मान तथा भैटघाट कार्यक्रमको आयोजना जोर्डन स्थित दोहोरी क्लवमा गरेकाे थियो ।सो कार्यक्रमको अध्यक्षता यायोक्लाको अध्यक्ष तिलक राईले गरेका थिए भने प्रमुख अतिथीमा किरात राई यायोक्खाका अध्यक्ष शशिमदन राई रहेका थिए ।
यायोक्लका सहसचिव गजेन्द्र राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष दुर्गाकान्त राईले स्वागत भाषण गरेका थिए । र अन्य अतिथीहरुमा गणेश रसिक राई, आभामुकारुङ राई, भिषन मुकारुङ राई, श्याम साम्सौहाङ राई, नरहाङ राई रहेका थिए । भोजपुर समाजको कार्यक्रममा नेपालबाट आउनु भएका कलाकारहरुलाई संस्थाका अध्यक्ष तिलक राई र प्रमुख अतिथी शशिमदन राईले खादा ओढाई सम्मानप-पत्र र कदरपत्र प्रदान गरिएका थिए । छोटो मन्तव्य गणेश राई ‘रसिक’र प्रमुख अतिथी शशिमदन राईले दिएका थिए भने अध्यक्ष तिलक राईलै आफ्नो भनाइ राख्दै कार्यक्रम समापन गरेका थिए ।

bantawa