देउसी भैलो कार्यक्रम

१६ नोभेम्बर २०१२, दुमी किरात राई फन्सिकीम हङकङले जोर्डन स्थित मगर संघको कार्यलयमा का दिन देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । त्यस कार्यक्रमको अध्यक्षता सोहि संस्थाका अध्यक्ष कमल राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो । अन्य अतिथीहरुमा किरात सुनुवार समाजका अध्यक्ष नरेस सुनुवार, किरात राई चाम्लिङ खाम्बातिम्का उपाध्यक्ष पिताम्बर राई, चेस सोसाइटिका अध्यक्ष मोति चाम्लिङ रहेका थिए ।

दिप ज्वलन गरि शशिमदन राईले कार्यक्रमको उत्घाटन गरेको थिय । संस्थाका सचिव सुर्यमान दुमी राईले सञ्चालन गरेका सो कार्यक्रमको स्वागत भाषण सदस्य इन्द्र सीं राईले गरेको थियो । कार्यक्रमको अवधिभर रमाइलो गीत संगीतले उपस्थित महानुभावहरुलाई मनोरञ्जन दिएका थिए । कलाकारहरुमा कमल राई, बिमला राई, चन्द्र दुमी राई, नन्द राई, सविना राई रहेका थिए ।

चौथो वार्षिक भेटघाट कार्यक्रम

११ नोभेम्बर २०१२, किरात राई साम्पाङ जुम्लेखाले चौथो वार्षिक भेटघाट कार्यक्रम मंकिहिलमा मनाएका थिए । त्यस कार्यक्रमको अध्यक्षता जुम्लेखाका अध्यक्ष हरि साम्पाङ राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाका अध्यक्ष शशिमदन राई र विषेश अतिथीमा कुपिमी (धामी) श्रेष्ठ प्रशाद राई रहेको थियो । र अन्य अतिथीहरुमा किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष नरजित राई, किरात राई बान्तावा यायौक्लाका अध्यक्ष तिलक (मौहन राई), किरात राई पुमा तुप्खाबाँखलाका संयोजक सुबास राई थिए ।

औपचारिक कार्यक्रमको सञ्चालन संस्थाको सचिव नारायण प्रशाद राईले गरेको थियो भने स्वागत भाषण उपाध्यक्ष तेज बहादुर राईले गरेको थियो । श्रेष्ठ बहादुर राईले कार्यक्रमको उत्घाटन दियोमा बतिबालेर गरेका थियो ।उपस्थित विषेश अतिथी लगायत सम्पूर्ण अतिथीहरुले चौथो वाषिर्क कार्यक्रमको उपलक्ष्यमा शुभकामना दिएका थिए विषेश ।

jumlekha1

त्यस वाषिर्क भेलामा साना साना नानीहरुलाई आफ्नो भाषामा सम्बन्धी हाजिरी जवाफ कार्यक्रम राखिएको थियो । त्यस कार्यक्रममामा पहिलो हुनेमा तिर्सना साम्पाङ राई दास्रो हुनेमा ज्योति साम्पाङ राई तेस्रो हुनेमा सन्तोस साम्पाङ राईलाई नगद रकम प्रदान गरिएको थियो सो प्रतियोगितामा १५ जना नानिहरु सहभागी भएका थिए । अध्यक्षले कार्यक्रम समापन गरे लगतै तिहारको उपलक्ष्यमा देउसी भैलो खेलेर सबैले मनोरञ्जन गरेका थिए । देउसी भैलो कार्यक्रमको उत्घाटन श्रेष्ठ बहादुर राईले गरे पनि भट्याउनेमा युक कृष्ण राई थिए ।

भेटघाट तथा देउसी भैलो कार्यक्रम

४ नोभेम्बर २०१२,  किरात राई चाम्लिङ खाम्बघतम् हङकङले वार्षनि मनाउँदै आएको भेटघाट तथा देउसी भैलो कार्यक्रम यौ वर्ष जोर्डन स्थित सायपत्री डटकमको हलमा भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरजीत राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो ।

संस्थका सचिव पवित्रा राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पिताम्बर राईले स्वागत भाषण गरैको थियो । आशन ग्रहण गर्नै अन्य अतिथीहरुमा किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष हरी चन्द्र राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक-मोहन) राई, किरात पुमा राई तुप्खाबाँखलाका संयौजक सुबास राई, किरात राई चाम्लिङ खाम्बातिमका सल्लाहकारहरुमा किन्दर राई, रजिन राई, जजिन राई, कमल राई, युक कृष्ण राईलाई पनि आशन ग्रशण गरिएको थियो ।

कार्यक्रमको उत्घाटन प्रमुख अतिथी शशिमदन राईले पानसमा बतिबालेर गरेको थियो । भेटघाट तथा देउसी भैलोका अवसरमा शुभकामना दिनेहरुमा हरि चन्द्र राई, तिलक राई, सुबास राई, र प्रमुख अतिथी शशिमदन राई रहेको थियो । औपचारीक कार्यक्रमको समापन अध्यक्ष नरजित राईले गरे लगतै देउसी भैलो शुरु भएका थियो त्यस देउसी भैलो कार्यक्रममा सल्लाहकार युक कृष्ण राईले भट्यार शुरु गरेका थिए ।

chamling