भेटघाट तथा देउसी भैलो कार्यक्रम

२७ अक्टोवर २०१३, किरात राई चाम्लिङ खाम्बातिम् हङकङले जोर्डन स्थित हङरी आई रेष्टुरेण्टमा वर्षनी मनाउदै आएको भेटघाट तथा देउसी भैलो कार्यक्रम भव्यताकासाथ मनाएको छ । सो कार्यक्रमको अध्यक्षता खाम्बातिम्का अध्यक्ष नरजित राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायौक्खाको अध्यक्ष शशीमदन राई रहेको थियो । अन्य अतिथीहरुमा नेपाल फाइनान्सका डाइरेक्टर धिरज राई, चेस सोसाइटिका अध्यक्ष मोति चाम्लिङ राई, ज्येष्ठ नागरिक बयान सीं राई, त्यसतै भाषिक संस्थाबाट किरात साम्पाङ राई जुम्लेखाबाट तेज-प्रकाश) राई, किरात राई वान्तावा यायोक्लाबाट तिलक-मोहन) राई, रहेको थियो । सल्लाहकारहरु किन्दर राई, कमल राई, अधिराज राईलाई पनि आसन ग्रहण गर्राईएको थियो

संस्थाका सचिव पवित्रा राईले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष पिताम्बर राईले गरेको थियो । प्रमुख अतिथी शशीमदन राईले शुभकामना मन्तव्य दिनु हुदै तिहार हामी आदिवासीहरुले पहिला देखीनै मनाउदै आएको र हामीले मनाउनु हुदैन भनेर कतै पनि नभएको भनेका थिए । समय अभावका कारण मञ्चमा आसीन अरु कसैलाई पनि मन्तव्य राख्न दिन नसकेकोमा संस्थाका तर्फाट सचिव पवित्रा राईले माफी मागेका थिए । कार्यक्रम समापन अध्यक्ष नरजित राईले गरिसकेपछि सचिव पवित्रा राईले देउसी भट्याएर रमाइलो चाडको उत्घाटन गरेका थिए ।

chamling3