देउसी-भैलो कार्यक्रम

हङकङ,१४ नोभेम्बर- थुलुङ राई सामाको देउसी-भैलो कार्यक्रम जोर्डनस्थित नमो:बुद्ध क्लवमा सम्पन्न भएको छ। कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष शशीमदन राई प्रमुख अतिथि रहनु भएको थियो। बिशेष अतिथिमा किरात राई यायोक्खा चुलाघर खरिद तथा व्यवस्थापन विभागका मूलसंयोजक हेजेन राई हुनुहुन्थ्यो।अतिथिमा किराया भाषिक तथा अन्तरसम्बन्धमा रहेका बिभिन्न संस्थाका अध्यक्षहरु रहनु भएको थियो। समाजका विशिष्ठ व्यक्तित्वहरु पनि अतिथिमा रहनु भएको थियो। बिशेष देउसी-भैलोकै कार्यक्रम भए तापनि औपचारिकता पूरा गर्नै पर्ने बाध्यतास्वरूप केहि मिनेट औपचारिक कार्यक्रम गरिएको हो। तिहारको शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि र बिशेष अतिथिले किरात राईहरुको चुलाघर खरिदकालागि सबै किरात राईहरुलगायत सम्पूर्ण नेपाली समुदायले साथ-सहयोग गरि दिनुहुन आग्रह गर्नु भएको थियो।आगामी डिसेम्बर अन्तिमसम्म हाल बैनामा रहेको चुलाघरको जम्मा मूल्य बुझाई खरिद गर्नु पर्ने भएकोले सबैले आ-आफ्नो बुद्धिविवेक,सम्पर्क र पहुँजले भ्याएसम्मको सहयोग गर्न/जुटाई दिन पनि विनम्र अनुरोध गरिएको थियो।