भुकम्प राहत बिशेषकोष २०१५ संकलन अपिल

नेपालमा हालै २५ अप्रिल २०१५ मा गएको महाभुकम्पले ठुलो धनजनको क्षति पुऱ्याएको छ । यस दुखको घडिमा समस्त पिडितजनहरुले धैर्यधारण गर्ने शक्ति मिलोस भनि किरात राई यायोक्खा हङकङ पार्थना गर्दछ । साथै यस महाक्षतिलाई थोरै भएपनि आर्थीक सहयोग गर्न “किराया हङकङ नेपाल भुकम्प राहत कोष २०१५” स्थापना गरिएको छ । किरात राई यायोक्खा हङकङसंग आवद्ध भएका वा नभएका भाषिक संस्था, क्षेत्रिय संस्था वा ब्यक्तिहरुलाई उक्त राहत कोषमा आफुले सक्ने सहयोग जम्मा गरि नाम लेखाई दिनहुन हार्दिक अपिल गर्दछौं ।

राहतकोष संकलन :
१. किराया हङकङको अध्यक्षको नाममा रहेको हङकङ बैंक खाता नं. ६१९–८७६८१६–८८८ मा राहत संकलन गरिदिनहुन अनुरोध छ ।
२. राहत जम्मा गरिसकेपछि किराया हङकङको अध्यक्षको नाममा रहेको मोबाईल नं. ९२०३३७१५ मा एसएमएस मार्फत दिनांक, नाम र रकम टिपाईदिनहुन अनुरोध छ ।
३. यस राहतकोष रकम उठाई सक्ने अन्तिम मिति ३१ मे २०१५ सम्म रहनेछ । त्यसपछिका राहत संकलन रकम उठाईने छैन ।
४. राहत संकलन गरेका सहयोगदाताहरुको नामावली सम्बन्धित दाताहरुलाई बिभिन्न संचार माध्यमबाट समय समयमा जानकारी गराईने छ ।
५. जम्मा राहतकोष उठेको रकम र राहतकोष नेपालमा पठाउने सम्वन्धमा किराया हङकङको आगामी बैठकले निर्णय गर्ने छ ।