किराया हङकङद्वारा महाभुकम्प पिडितहरुकालागि सहयोग

२४ जुन २०१५, नेपालमा गएको महाभुकम्पको निमित्त किराया हङकङद्वारा भाषिक संस्था लगायत हङकङका किरात राईहरुबाट संकलित रकम निम्न सुझाव सहित किराया हङकङका अध्यक्ष शशि मदन राईले किराया नेपाल केन्द्रिय समितिका अध्यक्ष यसोदा राईलाई हङकङ डलर ६०३५४ सटही दर १३.४९५ प्रतिशतको दरले नेपाली रुपैया ८१४५०० निम्न विशेष अतिथिहरुको रोहबरमा हस्तान्तरण गर्नु भयो । किराया हङकङले आयोजना गरेको नेपाल स्थित तयमा रेष्टुरेन्ट, ढोलाहिटि, ललितपुरमा सम्पन्न गरेको उक्त कार्यक्रममा अध्यक्ष शशि मदन राई, प्रमुख अतिथिमा यसोदा राई र बिशेषअतिथि मणि कुमार राई, सर्वधन राई, डा. भक्त राई तथा किराया साम्पाङ जुम्लेखा केन्द्रिय अध्यक्ष टिकाशोरी राई रहनुभएको थियो । कार्यक्रम तायचुम जायाजुमका महासचिव दिनेश राईले संचालन गर्नु भएको थियो । तेस्तै अतिथिहरुमा किराया हङकङबाट प्रकाशन हुने यलम्बर स्मारिकाका लेखकहरु क्रमश : पुरण राई, पदम राई, तारा मणि राई दिनेश राई, शुभ मुकारुङ, सचित राई तथा किराया पत्रकारहरु रहनु भएका थिए ।

बोलाएका अतिथिहरुमा प्रा.डा. नोवल किशोर राई र सुमाया राई कार्य ब्यास्तताको कारणले उपस्थित हुन नसकेका जानकारी गराउनु भएको थियो ।

सहयोग रकमका निम्न लिखित ससुझावहरु अध्यक्ष शशि मदन राईले दिनुभएको थियो ।
१. नेपाल सदरकारबाट सहयोग पुग्न नसकेका स्थानमा किराया नेपालका अधिकारिक ब्यक्तिहरु गई प्रत्यक्ष सहयोग बितरण होस भन्ने सुझाव रहेकोछ ।
२. सहयोग वितरण ब्यानरमा किराया हङकङको समेत नाम उल्लेखित भई सो बितरण कार्यक्रमको फोटोहरु किराया हङकङलाई प्राप्तहोस भन्ने सुझाव रहेकोछ ।