साकेला उधौली २०१५

२७ डिसेम्बर २०१५, किरात राई यायोक्खा हङकङ, साकेला तथा संस्कृतीक प्रदर्शनी विभाग (Sakela and Cultural Show Depart) ले ताई मो शान कन्ट्रि पार्कमा साकेला उधौली मौलीक भेषभुषामा सम्पन्न गरेको छ । करिव साढे २ बजे औपचारिक कार्यक्रमबाट शुरुगरेको साकेला उधौली बेलुकी ७ बजे  समापन गरेका थिए । किराया हङकङको अध्यक्ष श्री शशि मदन राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाती महासंघ हङकङक अध्यक्ष श्री मिन बहादुर दर्लामी मगर रहेका थिए । बिशेष अतिथिहरुमा ४ किरातका अध्यक्षहरु क्रमस: किरात याक्थुम चुम्लुङका अध्यक्ष श्री त्रिभुवन लिम्बु, किरात सुनुवार समाज हङकङका अध्यक्ष श्री एल.बि. सुनुवार र किरात याक्खा छुम्माका अध्यक्ष श्री पुर्ण बहादुर याक्खा उपस्थित थिए । अन्य अतिथिहरुमा आदिबासी जनजाती मुलका संस्थाहरु, राई शिर्षब्यक्ति भएका क्षेत्रिय तथा अन्य संस्थाहरु, राई भाषिक संस्थाहरु तथा किराया हङकङका सल्लाहकारहरु, भु.पु. अध्यक्षहरु रहेका थिए ।

Udhauli4

कार्यक्रम संचाल किराया हङकङका सचिव बिमल राईले संचालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिले हरेक जातिहरुले आफ्नो पहिचानको निमित्त भाषा, धर्म संस्कार संस्कृतीहरु जोगाउदै लानु पर्ने बताउनु भयो । त्यस्तै अध्यक्षले किरात राईहरुले खरिद गर्नलागी रहेका चुलाघरमा सम्पुर्ण हङकङबासी किरात राईहरुले ३१ डिसेम्वर २०१५ भित्र सम्म न्युनतम १०० डलर भएपनि सहयोग गरि चुलाघर सहयोग पुस्तिकामा नाम लेखाउन अनुरोध गर्दै शुभकामना दिएका थिए । साकेला शिलि किराया हङकङका साकेला तथा संस्कृतीक बिभागका सिलिमोपा श्री प्रतिक चाम्लिङ राई र सिलिमोमा रेनुका साम्पाङ राई लगायत अन्य कलाकारहरुले प्रदर्शनी गरेका थिए । साकेला नाच संग संगै किराया हङकङका सामुहिक धामी श्री श्रेष्ठ बहादुर राईले भुमी पुजा गर्दै समस्त किरात राई लगायत नेपालीहरुको शुभेफापेको आर्शिबाद मागेका थिए । अन्तत : साकेला उधौली २०१५ बेलकी ७ बजे बिबिक्यु संगै समापन भएको थियो ।

पित्री पुजा

२५ डिसेम्बर २०१५, किराया हङकङ, किरात धर्म तथा संस्कार संरक्षण विभाग (Kirat Religion and Culture Conservation Depart) ले सदा बर्षझै यस बर्ष पनि साकेला उधौलीको अवसरमा युनलङ अवस्थित चुलाघरमा सामुहिक पित्री पुजा सम्पन्न गरेको छ । किराया हङकङको सामुहिक धामी श्री श्रेष्ठ बहादुर राईले सामुहिक पित्रीहरुलाई सुँवाचा प्रदान गर्नु भयो । कुबिमि राईले जोखाना हेर्दा यस बर्ष किरातहरुलाई सुभेफापे हुने बताउनु भएको छ ।

pitri pooza 20152