मकाउमा साकेला

Macay

चीनको स्वशासित क्षेत्र मकाउमा किराँतीहरूको रीति रीवाज र मौलिक परम्परालाई निरन्तरता दिदै मकाउमा कार्यरत रहेका किराँती राईहरूको संस्था किराँत राई यायोक्खा मकाउले लगभग १८० जनाको उपस्थिमा भव्यताका साथ २०१६/५/३० तारिकका दिन मकाउ ताईपा स्थित “हाक्सा बीचको” समुन्द्री तटमा यलेदोङ्ग ५०७६ उभौली साकेला पर्व मनाए।उक्त कार्यक्रममा प्रमुख अतिथि किराँत राई यायोक्खा हङ्कङ्का अध्यक्ष रजिन राई,बिषेश अतिथि गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल, बिशेष अतिथि किराँत राई यायोक्खा हङ्कङ्का प्रमुख सल्लाहकार शशीमदन राई,बिशेष अतिथि नविन कुमार राई,अतिथीहरू मकाउ तामाङ् घेदुङको अध्यक्ष दोर्जे तामाङ,किराँत राई यायोक्खा हङ्कङ्का सचिव बज्र कुमार राई, किराँत राई यायोक्खा हङ्कङ्का कलाकार संघका अध्यक्ष पीताम्बर राई, किराँत चुम्लुङ् याक्थुङ् मकाउका अध्यक्ष अमारीका लिम्वु,तमु समाज मकाउका अध्यक्ष रामेन्द्र कुमार गुरूङ् लगाएत हङ्कङ्बाट आउनु भएका किराँत राई यायोक्खा हङ्कङका बिभिन्न बिभागका पदाधिकारीहरू हुनु हुन्थ्यो।

viber isdsdsmage

कार्यक्रमको दौडानमा प्रमुख अतिथि देखि अतिथीहरूले आआफ्नो मन्तव्य राखेका थिए।मन्तव्यमा सबैले एकै किसिमका धारणा ब्यक्त गरेका थिए।हामी नेपाली हरू जहाँ जस्तो अबस्थामा रहे पनि हाम्रो मौलिक सास्कृतिक रीतिरीवाज र परम्परालाई निरन्तरता दिन भुल्नु नहुने र एक आपसमा नेपाली नेपाली बीच भावनात्मक सम्वन्ध कायम गर्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य किराँत राई यायोक्खा मकाउका महासचिव मंगल राईले दिनु भएको थियो भने कार्यक्रमको सभापतित्व किराँत राई यायोक्खा मकाउका अध्यक्ष भिम कुमार राईले गर्नु भएको थियो।कार्यक्रममा भीम कुमार राईले मकाउमा रहेका सामाजिक संघ संस्थाहरू संग सहकार्य गरी अगाडी बढ्ने र नेपालीलाई पर्दा नेपालीले नै सहयोग गर्नु पर्ने धारणा राख्नु भयो।कार्यक्रममा साकेला नाच प्रस्तुत गरीएको थियो भने उपस्थिति रहेकाहरूलाई खानपीनको राम्रै ब्यबस्था गरीएको थियो।कार्यक्रमको संचालन किराँत राई यायोक्खा मकाउका सक्रिय सदस्य कृष्ण याम्फुले गर्नु भएको थियो।

viber imeage

 

साकेला उभौली २०१६

२२ मे २०१६, किरात राई यायोक्खा हङकङको सामुहिक चुला घर “सुप्तुलुङ खिम” मा २१ मे २०१६ मा यायोक्खाका प्रमुख कुबिमी श्रेष्ठबहादुर राईद्वारा विधि पूर्वक सामुहिक चुला पूजा गरी शुरु भएको किरातहरुको महान चाड उभौली २२ मे आइतबार ताइ मो शान कन्ट्रि पार्कमा औपचारिक कार्यक्रम तथा साकेला शिली नृत्य प्रदर्शन गरेर सम्पन्न भयो । यायोक्खाका सचिव बज्र कुमार राईद्धारा संचालन गरिएको छोटो औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष  रजिन राईले गरेका थिए भने प्रमुख अतिथि आदिवासी जनजाती महासंघका अध्यक्ष एम.वि. थापा तथा विशेष अतिथि एवं अतिथिहरुमा किरात याक्थुम चुम्लुङका अध्यक्ष त्रिभुवन लुङफुङवा, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, किरात सुनुवार समाज हङकङका अध्यक्ष लोक बिक्रम सुनुवार, हङकङ नेपाली महासंघका महासचिव मोति चाम्लिङ, यायोक्खाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार शशिमदन राई, सल्लाहकार हेजेन राई, कुबिमी श्रेष्ठबहादुर राई लगायत यायोक्खाका भातृ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधीहरु एवं विभिन्न जातिय तथा क्षेत्रिय संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधीहरु रहेका थिए । यायोक्खाका उपाध्यक्ष हरिचन्द्र राईको श्वागत तथा साकेला सम्बन्धी छोटो मन्तव्यसंगै शुरु भएको कार्यक्रमलाई कार्यक्रमका सभापति रजिन राई र प्रमुख अतिथि एम.वि. थापाद्धारा कार्यक्रमको विधिवत उद्धघाटन गरिएको थियो ।कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले साकेला उभौलीको शुभकामना सहित यसको महत्व माथि मन्तव्य राखेको थिए भने यायोक्खाका अध्यक्ष रजिन राईले हङकङमा यायोयाक्खा १८ औं वर्षमा प्रवेश गरेको र स्थापनाकाल देखि नै किरात राईहरु लगायत अन्य समुदायहरुको विशेष सहयोगमा साकेला उभौली तथा केहि यता उधौलीसमेत सफल रुपमा मनाउँदै आएको बताउँदै कार्यक्रमलाई सफल तुल्याउँन विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सबैसबै प्रति आभार व्यक्त गरेका थिए ।

13230238_10154107519224566_4686943130389020188_n

औपचारिक कार्यक्रमकै क्रममा कार्यक्रमका सभापति, प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरुद्धारा सामुहिक रुपमा यायोक्खाको मुखपत्र “यलम्बर” अंक १७ को विमोचन गरिएको थियो भने प्रमुख कुबिमी श्रेष्ठ बहादुर राई, सहायक कुबिमी नारायण प्रसाद राई तथा शिलिमोपा प्रतिक चाम्लिङ र शिलीमोमा रेनुका राईलाई फेटा तथा मुजेत्रो गुथाएर सम्मान गरिएको थियो । प्रमुख कुबिमी श्रेष्ठबहादुर राई तथा सहायक कुबिमी नारायण प्रसाद राईद्वारा साकेला शिली नृत्यस्थलको बीच भागमा रहेको थानथपनामा विधि पूर्वक पूजा गरी साकेला शिली नृत्यको विधिवत उद्घघाटन गरेसंगै शिलिमोपा प्रतिक चाम्लिङ र शिलीमोमा रेनुका राईको अग्रतामा किराती भेषभुसामा सजिएका किराती युवा युवती तथा बुढापाकाहरु ढोल, झयाम्टा बजाउँदै विभिन्न शिली टिपेर नाचिरहँदा कार्यक्रममा उपस्थित अन्य जातजातीका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु पनि बीचबीचमा घुसेर नाच्दै रमाइलो गरिरहेको देख्न सकिन्थो । यायोक्खाले सशुल्क बी.बी.क्यू. तथा विभिन्न किराती परिकारहरुको समेत व्यवस्था गरेको उक्त कार्यक्रमको दिन अन्य समुदाय तथा क्षेत्रिय संघसंस्थाहरुको आ–आफ्नै कार्यक्रमहरु रहेको भएता पनि मौषमले साथ दिएका कारण अहिले सम्मकै भव्य रुपमा सम्पन्न भएको प्रतिक्रियाहरु उपस्थित दर्शकहरुबाट सुन्न सकिन्थ्यो ।

13263793_1013258272075981_883071712061852385_n