सुवाँछेम (पित्री) पुजा

२८ अक्टुबर २०१६, किरात साम्पाङ राई जुम्लेखा हङकङले २८ अक्टुबर २०१६ का दिन हङकङ स्थित सामुहिक चुलाघर (सुप्तुलुङ खिम) मा नेपालबाट पाल्नु भएका कूबीमी श्री दल बहादुर राई तथा किरात राईहरुको सहायक कुबीमी श्री नारायण साम्पाङ द्वारा सुवाँछेम पुजिएको छ । किरात साम्पाङ राईहरुले सन २०१५ बाट सामुहिक चुलाघरमा साम्पाङहरुको सुवाँछेम स्थापना गरि सामुहिक पित्रीहरुलाई राखिएको हो । साम्पाङहरुले हरेक बर्ष मंसिरे पुर्णेभित्र सम्म सामुहिक पित्रीहरुलाई पुकारी नया अन्नबाली खुलाउने प्रचलन छ । कार्यक्रममा कूबीमी श्री दल बहादुर राईज्युलाई फेटा गुथाई सम्मान गरिएको थियो ।

20161028_181611-copy

 

वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम

१६ अक्टोबर २०१६, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था किरात साम्पाङ राई जुम्लेखा हङकङको वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम क्लियर वाटर वे कन्ट्रि पार्कमा सम्पन्न भयो ।

जुम्लेखाका अध्यक्ष तेज कुमार राईको अध्यक्षतामा सपन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई रहेका थिए । त्यस्तै गरी कि.रा.या.का भाषिक संस्था, ३ किरात लिम्बु, याक्खा, सुनुवार लगायत अन्य जातिय तथा क्षेत्रिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अतिथिका रहेका थिए ।

जुम्लेखाका सचिव नारायण प्रसाद राईद्धारा संचालन गरिएको कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रजिन राई तथा कार्यक्रम संयोजक शशिमदन राई लगायतले २०७३ सालको दिपावलीको उपलक्ष्यमा शुभकामना मन्तब्य राख्ने क्रममा तिहार बारे प्रष्ट्याउँदै त्यसको किरात समुदायमा त्यसको महत्वबारे बोलेका थिए ।

औपचारिक कार्यक्रमको अन्तमा शुभकामना मन्तव्यसंगै कार्यक्रमका सभापति तेज कुमार राईले कार्यक्रमलाई समापन गरेका थिए ।

deuse16

जुम्लेखाद्धारा वार्षिक रुपमा मनाउँदै आएको उक्त कार्यक्रममा निःशुल्क बि.बि.क्यू.को व्यवस्था सहित भेटघाट, शुभकामना आदनप्रदान, देउसी भैलो, नाँचगानका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

deuse162