युबराज राइको नेतृत्वमा चौथो राष्ट्रिय सम्मेलन

३० अप्रिल २०१६, किरात राइ चाम्लिङ खाम्वातिमको चौथो राष्ट्रिय सम्मेलन युबराज राइको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समितीको गठन गर्दै सम्पन्न भएको छ ।नवनिर्वाचित उपाध्यक्षहरूमा गेन चाम्लिङ राइ र चन्द्रा चाम्लिङ , महासचिवमा लिलम राज राइ, सचिबमा जितकुमार राइ र दिपेन्द्र राइ, कोषाध्यक्षमा अन्जना राइ, सहकोषाध्यक्ष्यमा खड्गबहादुर राइ निर्वाचित भएका छन । सदश्यहरूमा शुशिला चाम्लिङ, गणेश राइ, रकमरोडुङ, सरिफ राइ, सुकदेब राइ, राजुबिक्रम राइ, दिनेस राइ र सम्भु राइ पृथक निर्वाचित भएका छन ।

chamling1

जयकुमार राइको अध्यक्षतामा जनक राइ र जिवनकुमार राइ रहेको तिन सदश्यिय निर्बाचन मण्डलमा निर्बिरोध निर्वाचित भएका नवनिर्वाचित समितीलाइ निवर्तमान अध्यक्ष वाग्धन राइ, यायोक्खाका उपमहासचिब डी.बी. सरोज, अधिकारकर्मी शान्तिकुमारी राइ, खाम्वातिम हङकङका अध्यक्ष पिताम्बर राइ, निर्वाचन मण्डलका सदश्य जिबनकुमार राइले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने नवनिर्वाचित समितीको तर्फबाट अध्यक्ष युबराज राइले प्रतिबद्धता मन्तब्य राखेका थिए । निर्वाचन मण्डलका सदस्य जनक राइको सन्चालनमा बन्द शत्रले ७ बुदे कोटेश्वर घोषणा पत्र जारी गरेको छ ।

पुमा साँझ-२

13 मार्च 2016, किरात राई पुमा तुक्खा तुप्खा बाङखाला हङकङले किरात राई पुमा संग्रहालय भवन निर्माणार्थ सहयोग पुमा साँझ दोस्रो याउमातेई कम्युनिटि हलमा गरेको छ । यो साँझ मा मेघा स्टार राजेस पायल सहित अन्य कलाकारमा राजेश पुमा, डान्सर गिता राई, हास्यकलाकार पर्वन राई र जुना प्रसाँई आएका छन।

Puma

पारुहाङ साँझ

१३ फेब्रुअरी २०१६, किरात राई चाम्लिङ खाम्बातीम हङकङले युनलङ, अडिटोरियम हलमा किराया हङकङ सामुहिक चुलाघर सहयोगार्थ पारुहाङ साँझ भब्यताकासाथ प्रर्दशन गरेको छ ।

paruhang sanjh

पारुहाङ साँझलाई सहयोग बचनदिने महानुभावहरु

Name Post Comapany Mobile Amount
Dhiraj Kumar Rai Chairman Napal Finance Limited 60904950 5000
Bed Khadka Exicutive Director Pacific Crown Security Services Limited 64780316 2000
Hira Man Rai Chairman FIONA 97257748 2000
Jaya Man Rai Proprietor Curry Express 98324352 2000
Sunil Shakha Proprietor SL Trading 93014460 2000
Lalit Subba Director Alpha Travel(H.K) Limited 63879734 1000
Dhan Thapa Supervisor Little Buds Kindergarten 60991860 1000
J.N. Gyawali Managing Director Galaxy Network Limited 90224517 500
Kamal Paudyal Director Kangan Restaurant & Bar 90427154 500
Laxman Thapa Proprietor Om Nava Buddha Store 92445455 500
Rajendra Kumar Thapa Director Dynamics Hong Kong Limited 61524500 500
Total 17000

१८औं किराया स्थापना दिवस तथा नया चुलाघर प्रवेश

३१ जनवरी २०१६, किरात राई यायोक्खा हङकङले किरात नवबर्ष येलेदोङ ५०७६ को स्वगत, माघे संक्राती, १८औं किराया स्थापना दिवस र किरात राई यायोक्खा हङकङले खरिद गरेको नया चुलाघरमा, चुला स्थापना तथा नया गृहप्रबेशको संयुक्त बृहह कार्यक्रम सम्पन्न गरेको छ । चुला स्थापना र गृह प्रवेश किराया हङकङको सामुहिक कुबिमि द्वय श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईले मुन्धुम बाचन गरि बिधिबत स्थापना गरेका थिए । नया चुला स्थापना पुरानो चुलाघरबाट बिधिबत चुला उखेली नया ठाउमा ल्याई गाडेका थिए ।

shashi3

दुई चरणमा गरेको औपचारिक कार्यक्रम पहिलो चरणमा किरात राई चुलाघर खरिद समितिका मुल संयोजक श्री हेजेन राईको सभापतित्वमा चुलाघर खरिद परियोजनाकार तथा किराया अध्यक्ष शशि मदन राई प्रमुख अतिथि रहेका थिए । अन्य आशन ग्रहण गर्नेहरु चुलाघर खरिद बिभागको बिभाग प्रमुख श्री रजिन राई, संगठन बिस्तार प्रमुख श्री धिराज साम्पाङ र अन्य समितिको पदधिकारी लगायत चुलाघर खरिद संयोजकहरु रहेका थिए । कार्यक्रम संचालन चुलाघर खरिदका महासचिव हरिचन्द्र साम्पाङले गरेका थिए । सो अवसरमा चुलाघर खरिद समितिका मुल संयोजक श्री हेजेन राईले परियोजनाकार तथा किराया अध्यक्षलाई चाबी हस्तान्तरण गरेको थिए ।

Chula10

दोस्रो चरणको कार्यक्रम किराया हङकङको अध्यक्ष शशि मदन राईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि आदिबासी जनजाती महासंघका अध्यक्ष श्री मिन बहादुर दर्लामी मगर, च्याम्बर अफ कर्मशका अध्यक्ष डासुराम पराजुली लगायत किराया हङकङको भुपु अध्यक्ष श्री हेजेन राई, श्री नरहाङ राई, श्री किसन राई, सल्लाहकार श्रीमती बसन्त कुमारी राई, श्री रामली राई, श्री प्रताप कोयु रहेका थिए । तेस्तै बिभिन्न क्षेत्रिय तथा जातिय संस्थाहरु लगायत भाषिक संस्थाका अध्यक्षहरुलाई आशन गराएका थिए ।

Yele2

१८औं स्थापना दिवसमा सम्मानित हुनेहरु श्रीमती कमला राई (शिक्षा), दिपा एवाई (साहित्य), ईश्वर राई (ब्यापार), शैलेन्द्र राई (खेलकुद), दिपेन्द्र राई (चित्रकारीता), सन्तमान राई (भाषिक गित), निश्चल राई (बिध्यार्थी), नेहा राई (बिध्यार्थी), र हरिकाजी राई (बिध्यार्थी) रहेका थिए । तेस्तै चुलाघर खरिदमा खटिने ५४ जना अभियान्ताहरुलाई फेटा गुथाई सम्मान गरेका थिए । कार्यक्रमको संचालन किराया सचिव श्री बिमल राईले गरेका थिए भने खानपान सेवा चाम्लिङ डामै चिमे बिभागले गरेका थिए ।

dipa

३१ जनवरी २०१६, १८औं स्थापना दिवसमा सम्मानितहुने किरात राईहरुको नामावली

१. कमला राई   – शिक्षा  – सम्मान पत्र
२. ईश्वर राई    – ब्यापार – कदर पत्र
३. शैलेन्द्र राई   – खेलकुद – कदर पत्र
४. दिपेन्द्र राई   – चित्रकारीता     – प्रशंसा पत्र
५. दिपा एवाई राई       – साहित्य       – कदर पत्र
६. सन्तमान राई – भाषिक गित/संगीत     – प्रशंसा पत्र
७. निश्चल राई  – एज्युकेशन/एचकेडिएसई  – प्रशंसा पत्र
८. नेहा राई     – एज्युकेशन/एचकेडिएसई  – प्रशंसा पत्र
९. हरिकाजी राई  – एज्युकेशन/एचकेडिएसई  – प्रशंसा पत्र