सुप्तुलुङ दर्शन र सम्मान

हङकङ।

३१ मार्च-

किरात राई यायोक्खाका केन्द्रिय सदस्य तथा युवा संघका महासचिव हेमन्त राईलाई यहाँस्थित किरात राईहरुको सुप्तुलुङखीम(चुलाघर)मा सम्मान गरिएको छ।

संस्थाका अध्यक्ष रजिन राईले उनको शीरमा फेटा गुथाई दिएर सम्मान गर्नु भएको थियो।

यसैक्रममा किरात राई प्रज्ञा प्रतिष्ठानका कूलपति तथा संस्थाका शशीमदन राई र सल्लाहकार हेजेन राईले उपहार प्रदान गर्नु भएको थियो। कार्य समिति सदस्य तथा सिक्रिमा अतिथि स्वागत-सत्कार बिभाग प्रमुख चन्द्रका(माया)राईले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो।राई जातीको मौलिक संस्क्रितिमा फेटालाई उच्च सम्मान मानिन्छ।

शान्तिन,किलुङचुनमा अवस्थित सुप्तुलुङखीम(चुलाघर)मा संसारभरबाट आउने मौलिक किरात राई धर्म,संस्कार-संस्क्रितिप्रति प्रतिबद्ध विशिष्ट किरात राईहरुलाई सुप्तुलुङ(चुला) दर्शन तथा अवलोकन गराई सम्मान गरिने परम्परा रहेको छ।

अतिथि राई मलेसिया,सिंगापुर,थाइल्याण्ड आदि देशहरुमा सम्पन्न आदिबासी जनजाती विश्व युवा नेटवर्कको कार्यक्रममा प्रतिनिधित्व गरे पश्चात यहाँ(हङकङ) आउनु भएको हो।

सम्मानित विशिष्ट युवा व्यक्तित्व राईसँग अन्तरिक अन्तर्क्रिया पनि गरिएको थियो।

किराप्रप्र कूलपति शशीमदन राई,सल्लाहकार तथा पूर्वाध्यक्ष हेजेन राई

र अध्यक्ष रजिन राईले बोल्नु भएको अन्तर्क्रियामा आफ्नो महान धर्म,संस्कार-संस्क्रिति त्याग्दै अन्य नवधर्म तथा केहि पलका मन लुट्ने धर्म-संस्कार-संस्क्रितितर्फ लाग्नेहरुप्रति सहानुभूतिपूर्वक आफ्नो मौलिकतामा विना हिच्किचाहट फर्कन आव्हान गरिएको थियो। आफ्नो मूल घरमा फर्कंदा उस्तै अपनत्व, आत्मीयता,आदर-सत्कार,सदभाव रहने कुरा पनि बताइएको थियो।

आफ्नो(किरात राई)जातीको धर्म,संस्कार-संस्क्रितिप्रति अतिक्रमण गर्नेहरु विरुद्ध लडी रहेका देशका अन्तर्क्रियामा प्राज्ञिक व्यक्तित्व भद्रगोल किराती,तेज राई,जनकऋषी राई,शालिक सताशक राईलगायतलाई संम्झदै अतिथि राईले केहि पलका रंगीन र गुलियो नवधर्म,संस्कार-संस्क्रितिले एकदिन जातीलाई नै समाप्त गर्ने तर्क राख्नु भएको थियो।

अतिथि हेमन्त राई आजै नेपाल प्रस्थान गर्दै हुनुहुन्छ।

उहाँलाई शुभयात्रा।