एक बृहत ऐतिहासिक किरात राई बिश्वकोश निर्माण

२६ मार्च २०१७, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको पहिलो बैठक बसेको छ । यस बैठकले किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले किरात राईहरुको “एक बृहत ऐतिहासिक किरात राई बिश्वकोश An Advance Historical Kirat Rai Encyclopedia  निर्माण गर्ने प्रस्ताव पारित गरेको छ । यस बिश्वकोशमा “सुप्तुलुङ, “ईतिहास, “भाषा , “लिपि, “धर्म, “संस्कार, “संस्कृती,  “कला, “साहित्य, “ सृजना भएका खण्डहरु रहने छ ।

हरेक खण्ड निर्माणको लागि किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले संयोजन गर्नेछ भने नेपालमा रहेका सम्बन्धित क्षेत्रका प्रज्ञिकहरुलाई पारिश्रमिक सहित श्रोत संकलन, अध्यन, उत्खनन तथा लेखनको जिम्मा प्रदान गरिने छ । यसमा लाग्ने खर्च किरात राई प्रज्ञा प्रतिष्ठान हङकङले बिभिन्न दाता, दातृसंस्था तथा राष्ट्रहरुबाट संकलन गर्नेछ । यो बिश्वकोश पहिलो चरणमा नेपाली भाषामा र दोस्रो चरणमा अंग्रेजी भाषामा प्रकाशन गरिनेछ । तत्पश्चात किरातराईहरुको हरेक जातिय भाषा तथा अन्य अन्तराष्ट्रिय भाषामा समेत प्रकाशन गर्दै लगिने छ भनि बैठकले अनुमोदन गरेको छ ।

Encyclopedia Poster copy