सिङ्गापुरमा मनाइयो साकेला

सिङ्गापुर, १३ जेठ । सिङ्गापुरमा किरात राई जातिको महान् चाड उभौली अर्थात् साकेला भव्य रुपमा मनाइएको छ । त्यहाँ रहेका किरात राई समुदायले विभिन्न कार्यक्रमहरूको आयोजना गरी उभौली मनाएका हुन् ।

singpore1

यलेदुंङ ५०७७ का अवसरमा किरात राई सांस्कृतिक मञ्चद्वारा सिङ्गापुरस्थित फुचो एसोसिएसन सभा हलमा आयोजित ‘साकेला कार्यक्रम’मा ‘शिली’ टिप्दै किरात राई समुदायले हर्ष र उल्लासपूर्वक उभौली मनाएको कार्यक्रममा सहभागी एक युवाले जानकारी गराए ।

singpore2

उनका अनुसार परदेशमा रहेता पनि आफ्नो कला, संस्कृतिको जगेर्ना गरी भावी सन्ततीलाई संस्कार, संस्कृति र पहिचान परिचित गराउने उद्देश्यले ‘साकेला कार्यक्रम’को आयोजना गरिएको हो । कार्यक्रममा करिब तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।