स्व. उमा राईको श्रद्धान्जली

९ जुन २०१७ हङकङ, मोरङ जिल्ला बयरबन रमाइलो,शान्ति चोक स्थायी ठेगाना भई हाल युनलङ हङकङ निवासी श्रीमान हरी राईको श्रीमति उमा राईको २६ में २०१७ का दिन चुनमून हास्पिटलमा निधन भएको स्व. उमा राईको श्रद्धान्जली सभा चुनमुन स्थित चुनमुन हस्पिटलमा सम्पन्न भयो। उक्त श्रद्धान्जली सभामा १६० भन्दा ज्यादा संख्यामा आफन्तजन तथा सुभेक्क्षुकहरुको उपस्थित रहेको थियो । उहाँहरूले स्व. उमा राई प्रति हार्दिक श्रद्धान्जली अर्पण गरेका थिए उक्त कार्यक्रम किराया हङकङका उपाध्यक्ष श्री हरि चन्द्र राईले संचालन गर्नु भएको थियो भने किराया हङकङका कूबीमी श्रेष्ठ बहादुर राईले स्व. उमा राईको आत्मालाई पार्थीव शरिरबाट छुटाई सुम्निमा र पारुहाङको पासमा पठाएको थियो

उहाँको प्राथीब शरीरलाई उहाँको श्रीमान हरि राई, छोरी अनिशा राई, भाई मिलन राई र बहिनी रेणुका राईले संयुक्त रूपमा बँटम दबाएर चाइवान स्थित अन्त्येष्टि स्थलमा अन्त्येष्टि गरीयो।

क्यान्सर जस्तो प्राणघातक रोगले च्यापेर अल्प आयुमै उमा राईको निधन भएकोमा किराया हङकङ स्तब्ध भएको छ उहाँको मृत आत्माको चिर शान्तिको कामना गर्दै उहाँको वास चूलामा रहोस भन्दै किराया हङकङ लगायत भाषिक संस्थाहरू हार्दिक श्रद्धान्जली अर्पण गरेकोछ। साथै शोकमा डुबी रहनु भएको परिवारलाईं धैर्यधारण गरने शक्ति हाम्रो इष्ट देव पारुहाङ र सुम्निमाले प्रदान गरूँन !

रजिन राई
किराया अध्यक्ष
९ जुन २०१७
रजिन फेशबुकबाट