दोस्रो तायामा-खियामा दिवस सम्पन्न

Tayama3

किरात राई चाम्लिङ खाम्बातिम महिला विभाग ङामेचिमे द्वारा आयोजित आदिम पूर्खा तायमा, खियामा (दिदीबहिनी) दिवश भव्यताकासाथ सम्पन्न भयो। मिति २०१७/०८/२७ यो कार्यक्रम बगैचा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस जोर्ड्न मा सम्पन्न भयको थियो ।

उक्त कार्यक्रम मा चाम्लिङ खाम्बातिम महिला विभाग ङामेचिमे का अध्यक्ष कल्पना राईको अध्यक्षता मा सन्चालित उक्त कार्यक्रम सचिव पवित्रा राईले सन्चालन गर्नु भयको थियो । कार्यक्रममा चाम्लिङ खाम्बातिमका अध्यक्ष पीताम्बर राई प्रमुख अतिथि, किरात राई यायोक्खाका अध्यक्ष रजीन राई विशेष अतिथि, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशि मदन राई र किराया भाषिक संस्थाका अध्यक्षहरु अतिथि रहेका थिए। कार्यक्रममा नेपाली महंसघकी अध्यक्ष रीता गुरुङ गैर आवासीय नेपाली संघ (एनआरएन) की अध्यक्ष टिका गुरुङको पनि आतिथ्यतापूर्ण उपस्थिति रहेको थियो। र उहाहरुलाई खादा ओडायर सस्थाको अध्यक्ष कल्पना राईले सम्मान पनि गर्नु भयको थियो ।तायामा खियामा दिवस मनाई रहन्दा उहाहरुको उपस्तिथि आफैमा गर्व गर्न योग्य थियो। महिला हरुलाई यसरी अगाडि देख्न पाउँदा र उहाहरुले सम्पुर्ण महिला हरुको प्रतिनिधित्व गरिरहनु भयको छ ।उहाहरुको अझै धेरै प्रगति र उन्नतिको कामना संगै कार्यकाल सफल होश भनी शुभकामना दिदै संघ को अध्यक्ष ले सम्मान गर्नु भयको थियो ।
उक्त कार्यक्रमको सान्दर्भिकता र तायामा-खियामाको बारेमा प्रज्ञा प्रतिस्ठान हङकङका कूलपति शशि मदन राईले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा किरात राई जातीहरु को मौलिक खाना र थाकथलो सम्बन्धि प्रस्न उतर गरिनुकासाथै मौलिक भेषभूषा प्रतियोगीता गरिएको थियो।मौलिक भेषभूषा र प्रस्न उतर मा सहभगी हुँदै प्रतियोगीतामा किरात पुमा राई तुप्खबाङ्खाला बाट पबिता पुमा राई र सानोरिता पुमा राई, “प्रथम “, वान्तावा यायोक्ला खीमबाट पबित्रा बान्तावा राई, सरिता बान्तावा राई” द्धितीय” कोयु/कोयीकीम बाट ईङ्किला कोयु राई, सुमि कोयु राई ! “तृतीय” र साम्पाङ जुम्लेखा बाट कमला साम्पाङ राई, रेनुका साम्पाङ राई सान्त्वना हुन सफ़ल हुनुभयको थियो। र सबै चेली हरुलाई तायामा र खियामा जस्तै सिर उभौनी गर्दै स सम्मान प्रमाणपत्र र नगद अनि थुप्रै मायाको चिनो हरु बाट सम्मानित गर्नु भयको थियो । उक्त कार्यक्रम मा चिन्डो फेसन Chindo Fashionकोटेश्वर नेपाल को तर्फ बाट मायाको चिनो आयोजकलाई यलम्बर सुम्निमाको मुर्ती र किराँती पहिचान चिन्डो प्रदान गरियको थियो भने प्रतियोगिहरु लाई पनि प्रथम ,द्धितीय, तृतीय लाई सुम्निमा को मुर्ती प्रदान गरेको थियो, त्यस्तै सिम्मा किराँती सप हङकङ Simma Kirantishop Hongkongको तर्फ बाट मायाको चिनो आयोजक र केही सहभागी हरुलाई किराँती पहिचान सम्बन्धि विविध सामाग्रीहरु प्रदान गर्नु भयको थियो भने नमस्ते ज्वेलरिबाट आकर्षक कुपन उपलब्ध गराउनु भयको थियो। यो कार्यक्रम भब्य र सभ्य रूपमा सफल भयको थियो । Dhanyabad sabaima

– पविता पुमा राई (फेसबुकबाट)

अन्य तस्बिर हेर्न यहाँ क्लिक गर्नुहोला ।

२३ औ विश्व आदिबासी दिवस

adibasi

६ अगस्तमा २०१७, २३ औ विश्व आदिबासी दिवस अगस्त ९ मा विश्वभरि मनाइने भए पनि हंगकंगमा जनजाती महासंघ हंगकंगको आयोजनामा ६ अगस्त २०१७ मा मनाइयो | मूलबासीहरुको राजनीतिक, भाषिक, साँस्कृतिक, धार्मिक, शैक्षिक उत्पादित संसाधनमा बिशेष अधिकार ,विभेद र मानवअधिकारको हनन् जस्ता उत्पीडनबाट मुक्ति दिलाउन संयुक्त राष्ट्र संघले सन् १९९४ यो दिवसको साधारण सभा बाट अनुमोदन गरेको हो | किराया हंगकंगले यस अवशरमा आफ्नो जातिय भेष भुषा सहित साँस्कृतिक लोकप्रिय झ्याकी साकेला सिली किराया हंगकंगका साँस्कृतिक बिभागको अगुवाईमा प्रस्तुत गरिएको थियो | संसारको कुल जनसंख्याको करिब ५ प्रतिशत रहेको आदिवासी रहेको छ | २३ औ विश्व आदिबासी दिवसको अवसरमा सम्पूर्ण विश्वका आदिबासी प्रति हार्दिक सम्मान सहित शुभकामना !

किराया हंगकंग