नवरामद्वारा चुला दर्शन

१७ अक्टोबर २०१७, हङकङ।
नेपालका एक अग्रज संगीतकर्मी नवराम राईले यहाँस्थित आफ्नो जातीय मौलिक धर्म,संस्कार-संस्कृति मान्ने किरात राईहरुको सुप्तुलुङ(चुला) दर्शन गरे। कि लुङ चुन, शान्तिनमा रहेको सो सुप्तुलुङ दर्शनको व्यवस्था किरात राई यायोक्खाका एक भाषिक संस्था साम्पाङ जुम्लेखाले मिलाएको थियो। छोटो औपचारिक कार्यक्रमसँगै सम्पन्न सुप्तुलुङ दर्शनको अध्यक्षता संस्था(किराया)का प्रथम उपाध्यक्ष हरिचन्द्र राईले गरेका थिए।उक्त कार्यक्रममा संस्था(किराया)का प्रमुख सल्लाहकारसाथै किरात राई प्रज्ञा प्रतिष्ठानका कूलपति शशीमदन राई,सुप्तुलुङखीम(चुलाघर) खरिद तथा व्यवस्थापन विभाग(जो सुप्तुलुङ खरिद पश्चात भंग गरिएको थियो) का उपसंयोजक धिराज कुमार राई,पूर्व पदाधिकारी प्रेमरोज साम्पा राई र सचिव बज्रकुमार राईको समुपस्थिति रहेको थियो।

nawaram
श्री राईले सुप्तुलुङ(चुला)दर्शन गरे पश्चात सभाध्यक्ष हरिचन्द्र राईले उनको शीरमा फेटा गुथाई दिएर सम्मान व्यक्त गरेका थिए।यसैक्रममा प्रमुख सल्लाहकार तथा कूलपति शशीमदन राईले उपहारस्वरूप किरायाको बार्षिक मुखपत्र(यलम्बर) र  साकेला शीली भाग-२ प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव बज्रकुमार राईले गरेका थिए।

nawaram1

देउसे भैले कार्यक्रम २०१७

१५ अक्टुबर २०१७, आईतबार हङकङ, किराया हङकङ संयोजक रहेको, किराया हङकङसंग आबद्द ७ भाषिकसंथाहरु चाम्लिङ खाम्बातिम हङकङ, दुमी फन्सिकिम हङकङ, साम्पाङ जुम्लेखा हङकङ, बान्तावा यायोक्ला खिम हङकङ, पुमा तुक्खा बांखाला हङकङ, थुलुङ सामा हङकङ र सोदेल कोयु किम हङकङको आयोजनामा देउसे भैले कार्यक्रम किराया हङकङको सामुहिक चुलाघर (सुप्तुलुंग खिम ) मा सानदार तथा भब्यरुपमा सम्पन्न भयो | यो भन्दा अगाडि सबै भाषिक संस्थाहरु आ-आफ्नो तरिकाले छुट्टा छुटै देउसी मनाउदै आएका थिए | संयुक्तरुपमा सबै भाषिक संस्थाहरुसंग देउसी मनाउने किराया हङकङको यो पहिलो अभ्यास हो |

deusi173

८ न. टाईफुन र भिषण बर्षादको बाबजुद पनि यो कार्यक्रममा ब्यापक जनसहभागिता रहेको थियो | यो ऐतिहासिक कार्यक्रमलाई किराया सचिब बज्रकुमार राईले संचालन गर्नु भएको थियो भने किराया हङकङका अध्यक्ष रजिन राईको अध्यक्षतामा सुनुवार समाजका अध्यक्ष गौरब सुनुवार, किराया हङकङका आदरणीय सल्लाहकार ज्यूहरु/कुलपति शशि मदन राई, हेजन राई, बसन्त कुमारी राई, किन्दर राई,  भाषिक संस्थाका अध्यक्ष/प्रतिनिधि महोदयहरू, चाम्लिङ खाम्बातिमबाट पिताम्बर चाम्लिङ, दुमी फन्सिकिमबाट भलाकाजी दुमी, साम्पाङ जुम्लेखाबाट तेज कुमार साम्पाङ, पुमा तुक्खा बांखालाबाट बिनोद राई पुमा, बान्तावा यायोक्ला खिमबाट तिलक वालाहाङ, थुलुङ सामाबाट राम कुमार थुलुङ, सोदेल कोयु किमबाट हित्त बहादुर कोयु साथै किराया हङकङका कुबिमी श्रेष्ठ बहादुर नाछिरिङ, भारतीय गोर्खा भू.पु का अध्यक्ष जजिन चाम्लिङ, खोटांग समाजका अध्यक्ष टिका कोयु र तरहरा हङकङ मंचका  अध्यक्ष कालसिंग  नाछिरिङज्यूहरुलाई मंचमा आमन्त्रित गरिएका थिए | यस भब्य तथा ऐतिहासिक कार्यक्रमलाइ संयुक्त देउसी संयोजक तथा किराया हङकङकाका उपाध्यक्ष हरि साम्पाङ राईले संयुक्त देउसी गर्नु पर्ने कारण सहित देउसीमा सम्पूर्ण उपस्थित मानुभावहरुलाई हार्दिक स्वागत गर्नु भएको थियो |

deusi171

स्वागत कार्यक्रम पछि मंचमा आमन्त्रित सम्पुर्ण अथिति तथा आयोजकहरुद्वारा दिप प्रज्वलित गरि कार्यक्रम उद्घाटन गरिएको थियो | अथितिद्दय  सुनुवार समाजका अध्यक्ष, भाषिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिद्वारा एक आपसमा शुभकामना मन्तब्य सहित किराया हङकङका अध्यक्षद्वारा औपोचारिक कार्यक्रम समापन हुन साथ किरात मिथकमा आधारित ऐतिहासिक दानीवीर राजा बलिहाङको नामबाट जीत कर्ण राई र हरिचन्द्र राईले देउसी भटयाउने शुभकार्य सुरु भएको थियो |  यो कार्यक्रममा उपस्थित माहानुभाबहरुलाई स्वादिष्ट भोजन गराउने किराया हङकङका सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभागका प्रमुख पवित्रा चाम्लिङको संयोजकत्वमा भएको थियो |

deusi174

अन्त्यमा यो ऐतिहासिक अवशरमा ८ न.टाईफुन र भिषण बर्षादको बाबजुद पनि उपस्थित हुनु हुने सम्पूर्ण आदरणीय दाजु भाई तथा दिदि बहिनीहरुलाई किराया हंगकंग हार्दिक सम्मान प्रकट गर्दछ र आउने दिनहरुमा यस्तै अनवरत सहयोगको किराया हंगककंग अपेक्षा गर्दै यो दिपावली २०१७ को अवशरमा सम्पूर्ण नेपालीजनहरुमा हिर्दय देखि नै शुभकामना !!

किराया हंगकंग