चूलाघर खरिद बारेमा

चूलाघर खरिद बारेमा

शशि मदन राई (अध्यक्ष २०१२–१६, किराया हङकङ)

चूला स्थापना :

किरात राई यायोक्खा हङकङले सन २००५ जनवरी २८ मा श्री हेजेन राईज्युको कार्यकालमा श्री रामली राई, श्री नरहाङ राई, श्रीमति बसन्त कुमारी राई, श्री गेन राई, श्री मणि नाछिरिङ र श्री ढकबिर राई लगायतका हङकङबासि किरात राईहरुले नेपालको किरातेश्वर बुढानिलकण्ठमा चढाएको फुलपाती र किरातहरुको धार्मीक स्थल हात्तिबनको माटो ल्याई युनलङमा श्रीमति माया थुलुङ राईको सहयोगमा भाडाको कोठा लिई चूला स्थापना गरेको थियो । यो नै हङकङको पहिलो सामुहिक चूला थियो । त्यो चूला सन २०१६ सम्म चलाएको थियो ।

Chula10

सन २०१० सालमा श्री किसन राईज्युको कार्यकालमा आफ्नै स्वमित्वमा चूलाघर खरिद गर्ने बिचार बिमर्शहरु सुरु भएको थियो । तर सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता भएको संस्थाले अचल सम्पति खरिद गर्न नपाउने भएकोले श्री किसन राईज्युले किरात राई एसोसिएसनलाई सन २०११ अगष्ट ९ मा कम्पनी अर्डिनेन्स (च्याप्टर ३२) अन्तर्गत दर्ता गरि इन्ल्याण्ड रेभेन्यु अर्डिनेन्स (च्यापटर ११२) को उपधारा ८८ बमोजिम २०१२ मार्च १९ मा हङकङ सरकारद्वारा मान्यता प्राप्त च्यारिटेवल संस्थाको रुपमा स्थापित गर्नु भएको थियो ।

pc-kirat

चुलाघर खरिद परियोजना

सन २०१२ अप्रिल १ मा किराया हङकङको सातौं अधिवेशनले  मलाई किराया हङकङको अध्यक्ष बनायो । त्यसपछि ३ बर्षे चुलाघर खरिद परियोजना ल्याएँ । २०१२ नोभेम्वर २५ मा श्री हेजेन राईको मुल संयोजकत्वमा  चुलाघर खरिद समिति गठन भयो । त्यसपछि मंकिहिलमा पहिलो बोलकबोल कार्यक्रम आयोजना भयो जस्मा ८ लाख बोलकबोल भयो । त्यो समितिले बोलकबोल मात्र गरायो तर पैसा उठाएन किनकि परियोजनामै ३ मिलियनको ५० प्रतिशत बोलकबोल नगराई पैसा उठाउन बन्देज गरिएको थियो । पैसा कति उठ्छ भनेर आङकलन नगरि पैसा उठाउन थालियो भने र पछि गएर ३ मिलयन पैसा उठाउन सकिएन भने उठेको पैसा निल्नु न ओकेल्नु हुन्छ भनेर परियोजनामै बन्देज गरिएको थियो।

त्यसपछि कार्यक्रम गर्न सकिएन कारण नेपालबाट तुवाचुङ जायजुममा जग्गा खरिद गरि किरातहरुको पवित्र धार्मीक स्थल बनाउने भनि तुवाचुङ जायजुम निर्माण स्थलका अध्यक्ष प्राध्यापक श्री चतुर भक्त राईज्यु र महासचिव श्री दिनेश राई कार्यक्रम लिएर हङकङ आउनु भएको थियो । वहाँहरुलाई सहयोग नगरि भएन । चुलाघर खरिद समिति तुवाचुङ जायजुम खरिद गर्न तर्फ हात फैलाउन पुग्न पऱ्यो । जम्मा हङकङ डलर १,५३,८४० उठाएर तयाचुङ जायजुमलाई किराया हङकङको नाउँमा जग्गा खरिद गर्न बिदा गरियो । जस्ले चुलाघर खरिद अभियानलाई ६ महिना पछाडी धकेल्यो । नभन्दै ८औं अधिवेशन आयो । बिधान अनुसार किराया हङकङ र चुलाघर समिति भंग भयो ।

८औं अधिवेशनले पुन: मलाईनै अध्यक्ष बनायो । तत्:पश्चात पहिलाको परियोजनामा भएको कमी कम्जोरीलाई सच्चाई परिमार्जित परियोजना अनुमोदन गरियो । परिमार्जित परियोजना अनुसार मुल संयोजकको अध्यक्षतामा २१ सदसिय चूलाघर खरिद समिति गठन गर्ने असिमित संयोजकहरु नियुक्ति गर्ने प्रावधान राखियो । पहिलाको योजनामा लिनियर संगठानीक प्रणाली थियो भने संसोधित योजनामा नेटवर्किङ संगठानीक प्रणाली निर्माण गरियो । समितिलाई स्वयत्तता प्रदान गरियो । भाषिक संस्थाका अध्यक्षहरुलाई अनिवार्य संयोजक बनाईयो र संयोजकले पुन बिभिन्न समुह, बर्ग, क्षेत्रबाट असिमित संख्यामा उपसंयोजक नियुक्त गर्नपाउने प्रावाधन राखिएको थियो ।

padsthapan

चुलाघर खरिद महासमिति

२०१४ जुलाई २१ मा  दोस्रो चुलाघर खरिद महासमिति गठन भयो । १९ सदसिय पदाधिकारी सहित ३५ जना संयोजक रहेको ५३ सदसिय चुलाघर खरिद महासमिति बनाईयो जस्ले हङकङमा रहेको हरेक तह र तप्काका राईहरु माझ पुगि चूलाघर खरिद महाअभियान चलाएका थिए ।

चुलाघर खरिद महासमितिका पदाधिकारीहरु (२०१४–१६)

१.  परियोजनाकार – शशि मदन साम्पाङ राई
२. बिभाग प्रमुख – रजिन चाम्लिङ राई
३. मूल संयोजक – हेजेन चाम्लिङ राइ
४. संगठन प्रमुख – धिराज कुमार साम्पाङ राई
५. महासचिव – हरिचन्द्र साम्पाङ राई
६. सचिव – बिमल चाम्लिङ राई
७. सहसचिव – बज्र कुमार थुलुङ राई
८. कोषाध्यक्ष – पिताम्बर चाम्लिङ राई
९. सहकोषाध्यक्ष – गजेन्द्र बहादुर बान्तावा राई
१०. सदस्य – मायादेबी बान्तावा राई
११. सदस्य – लिला बान्तावा राई
१२. सदस्य – सानु थुलुङ राई
१३. सदस्य – चित्र थुलुङ राई
१४. सदस्य – केशव कोयु राई
१५. सदस्य – शिबराज नाछिरिङ राई
१६. सदस्य – धिरज कुमार बान्तावा राई
१७. सदस्य – पबित्र चाम्लिङ राई
१८. सदस्य – सुवास पुमा राई
१९. सदस्य – तेज साम्पाङ राई
२०. संयोजक – बसन्त कुमारी राई – महिला समायोजन प्रमुख
२१. संयोजक – तिलक वालाहाङ राई – अध्यक्ष,  बान्तावा खिम
२२. संयोजक – पेन्गुईन पुमा राई – अध्यक्ष,  पुमा तुप्खाबांखाला
२३. संयोजक – राम लि राई – अध्यक्ष,  थुलुङ सामा
२४. संयोजक –  अधिराज राई – अध्यक्ष, खोटाङ समाज
२५. संयोजक –  खड्ग राई – अध्यक्ष, भोजपुर समाज
२६. संयोजक –मधु कुमार चाम्लिङ – अध्यक्ष, धरान १७ समाज
२७. संयोजक –  काल सीं राई – अध्यक्ष, तरहरा मंच
२८. संयोजक –   जजिन चाम्लिङ राई – अध्यक्ष, भारतिय भुपु संघ
२९. संयोजक – सनराज थुलुङ राई – अध्यक्ष, युथ क्लब
३०. संयोजक – नरजित राई
३१. संयोजक – गंगाराम राई
३२. संयोजक –  चन्द्रका राई
३३. संयोजक – सुर्यमान राई
३४. संयोजक –बिक्रम बान्तावा
३५. संयोजक –दुर्गाकान्ता बान्तावा
३६. संयोजक –बिनोद पुमा
३७. संयोजक – कुमार साम्पाङ राई
३८. संयोजक –   मैत्र कुमार राई
३९. संयोजक –  प्रेमरोज राई
४०. संयोजक –  मनि राज राई
४१. संयोजक –  चन्द्र कुमार राई
४२. संयोजक –  सान्तबिर राई
४३. संयोजक –  नवराज राई
४४. संयोजक –  दिल केशर राई
४५. संयोजक –  महेन्द्र मंगल राई
४६. संयोजक –  लोकराज राई
४७. संयोजक –  ज्ञान बहादुर राई
४०. संयोजक –  युग कृष्ण राई
४८  संयोजक –  मगेन्द्र राई
४९. संयोजक –  जयराम राई
५०. संयोजक –  मोहन राज राई
५१. संयोजक –  कल्पना राई
५२. संयोजक –  जय कुमार राई
५३. संयोजक –संजोग चाम्लिङ

Chulameet4

पहिलो नगद संकलन :

पहिला बोककबोल गरेको नगद संकलन र दोस्रो बोलकबोल कार्यक्रम २०१४ सेप्टेम्बर २१ मा पाकिस्तानी क्लबमा सम्पन्न भयो । तर सोचे भन्दा न्युन बोलकबोल र न्युन नगद संकलन हङकङ डलर १,१८,४०२ मात्र उठ्यो । यसको प्रमुख कारण भरखरै तायाचुम जायाजुमलाई सहयोग उठाएको कारणले पनि थियो । यस कार्यक्रममा बोलकबोलको २ बर्षे कार्यतालिका समेत निकालिएको थियो । जस्ले गर्दा पनि धेरैले अर्कोचोटि दिने बाचा गरे ।

चुनौती :

३० लाख हङकङ डलर उठाउनु ठुलो चुनौति थियो । तेस्मा अर्को चुनौती थपियो बिरोधीहरुको । नगद संकलन र दोस्रो बोलकबोल कार्यक्रम भए पछि बिरोधीहरुले बिरोध गर्न सुरु गरे । कतिले सामुहिक चुला हुनु हुँदैन भनि सामाजिक संजालमा लेखे । कतिले यो समितिले चुलाघर खरिद गर्न सक्तैन भन्दै हिडन थाले । कतिले यो समितिले पैसा हिनामिना गर्छ भनि हल्ला चलाउन थाले । कतिले यायोक्खा मर्दा पर्दा को लागि मात्र हो किन चूलाघर बनाउने भन्न थाले । अझ श्री रजिन राईज्युले त चुलाघर खरिद गरिस भने तेरो गला रेटी दिन्छु भन्ने धम्की समेत मोबाईलबाट पाउनु भयो । जुन पुलिस ईन्भेस्टिगेसन पऱ्यो । तर पुलिसले थाहा पाउन सकेन ।

भाषिक संस्थाको भुमिका :

चूलाघर खरिद गर्नमा भाषिक संस्थाहरुको महत्वपुर्ण भुमिका रहेको छ । यदि भाषिक संस्था नभएको भए किराया हङकङले मात्र चूलाघर खरिद गर्न सक्दैन थियो । बिरोधीहरुको बिरोध बढिरहेको अवस्थामा भाषिक संस्थाहरुले महत्वपुर्ण भुमिका निभाए । भाषिक संस्थाको अध्यक्षहरु नै चूलाघर खरिदको संयोजक भएपछि बिभिन्न समुह, बर्ग, क्षेत्रका किरात राईहरु माझ पुग्न धेरै सजिलो भयो । किरात राई यायोक्खा हङकङमा तत्कालिन समयमा ७ वटा भाषिक संस्थाहरु चूलाघर खरिदमा सहकार्य गरेका थिए । संगठित नभएका भाषिकिहरुले पनि चूलाघर खरिद गर्नमा संयोजक भै मदत पुऱ्याएको थियो । ७ भाषिक संस्था र अन्य भाषिकिहरु एक जुट भए पछि बिरोधीहरु विस्तारै लुक्न थाले । यसरी भाषिक संस्थाको दिन रातको खटन र भाषिकीहरुको लगनले सहयोग रकम जम्मा हुदै गयो । अन्त्यमा चूलाघर खरिद गर्ने अन्तिम म्यादको दिन नपुग रकम समेत भाषिक संस्थाहरुले किराया हङकङलाई सापटि दिई चूलाघर खरिद गर्न सबै भन्दा महत्वपुर्ण भुमिका निभाउनु भएको थियो ।

भाषिक संस्थाले उठाएको सहयोग रकम :

२०१६ जनवरी २० सम्ममा, किरात राई यायोक्खा हङकङको सामुहिक चुलाघर खरिद गर्न भाषिक संस्थाले र भाषिकीले उठाएको सहयोग रकम निम्न रहेको छ । यसमा थर नखुलेका किरात राईहरुको सहयोग रकम जुन भाषिक संयोजकले उठाएको हो उसैको संस्थामा जोडिएको छ ।

क्र.स. भाषिक संस्था/भाषिकी रकम
1. चाम्लिङ खाम्बातिम हङकङ ८,४०,१६०.८०
2. साम्पाङ जुम्लेखा हङकङ ६,४४,७८७.००
3. बान्तावा यायोक्लाखिम हङकङ २,२८,०२२.००
4. थुलुङ सामा हङकङ १,६०,३८०.००
5. नाछिरिङ ८६,८१९.००
6. पुमा तुप्खा बाङखाला हङकङ ८५,५११.००
7. दुमी फन्सिकिम हङकङ ४०,४००.००
8. बाहिङ ३३,०००.००
9. सोदेल कोयु किम हङकङ २८,५५५.००
जम्मा २१,४७,६३४.८०

 भाषिक संस्थाबाट सापटि :

घरजग्गा किन्ने अन्तिम म्याद पुगेकोको बेला नगद रकम पुगेन । यस अवस्थामा, भाषिक संस्थाले किराया हङकङलाई नपुग रकम सापटी दिई चुलाघर खरिदगर्न सफल गराउनु भएको थियो ।

क्र.स. भाषिक संस्था/भाषिकी रकम
1. चाम्लिङ खाम्बातिम हङकङ २,१०,०००.००
2. युलङछा परिवार (चाम्लिङ अन्तर्गत) १,००,०००.००
3. साम्पाङ जुम्लेखा हङकङ १,००,०००.००
4. बान्तावा यायोक्लाखिम हङकङ ५१,०००.००
जम्मा ,६१,०००.००

चुलाघर खरिद सम्पन्न :

अन्त्यमा बाधा बिरोध, तर्क बितर्क, अविस्वासको बावजुद पनि भाषिक संस्थाको अविरल परिश्रम, कैयौं बैठक, घरदैलो कार्यक्रम, रकेट अभियान, सापटि कार्यक्रम आदि जस्ता कार्यक्रमहरु गरि किराया हङकङले २०१६ जनवरी २० मा २५,५३,००० (पच्चिसलाख त्रिपन्न हजार) एक मुष्ठ हङकङ डलर तिरि २५०० स्क्वयार फिट जग्गामा रहेको १ तले घर संस्थाको स्वमित्वमा खरिद गरेको थियो । यो घरको नाम नवौं अधिवेशनले सुप्तुलुङखिम राखेको छ । सुप्तुलुङखिम युनलङ स्थित शान्तिन डिस्ट्रिक्टको किलुनचुङ भन्ने प्राकृतिक सुन्दरताले भरिएको अति रमणिय स्थलमा अवस्थित छ ।  यस क्षेत्रमा हाम्रो बीर गोर्खा लाहुरेहरुको चिहान समेत हङकङ सरकारले सेमिट्रिज गरेर राखेको छ ।

Chula Passचूला स्थान्तरण :

तत्पश्चात २०१६ जनवरी ३१ मा किराया हङकङको सामुहिक कुबिमीद्वय श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईज्युले किरात मुन्धुम अनुसार सामुहिक चुला स्थापना (पुरानो चूला युनलङबाट स्थान्तरण) गरेका थिए । र तेसै दिन हङकङका किरातीहरुले भब्य समारोह बिचमा नया गृह प्रवेश गरेका थिए । हङकङ बसाई भएको नेपालीहरु मध्ये चाईनाको भुमिमा भुमी सहितको घर संस्थाको नाममा खरिद गर्ने पहिलो जाति भुमिपुत्र किरात राईहरु बनेका छन ।

धन्यबाद :

सहयोगदाताहरु

चुलाघर खरिद सहयोगदाताहरुको निरन्तर सहयोगले हङकङको भुमीमा जग्गा सहितको घरमा किरात राईहरुको आस्थाको प्रतिक सामुहिक चुला गाढ्न सफल भयो । जुन कार्यले बिश्वभरी छरिएर रहेका किरात राईहरुलाई एकताको सन्देश पुगेको छ । पुऱ्याई रहने छ । यस महान कार्यले किरात राईहरुलाई युगौ युग जिवन्त बनाई रहने छ । सहयोगदाताहरुलाई किराया हङकङ युगौं युग मुरी मुरी धन्यबाद ज्ञापन गर्दछ ।

चुलाघर खरिद महासमिति

चुलाघर खरिद परियोजनामा दिनरात खटेर सहयोग संकलन गर्ने, हङकङमा बसोबासगर्ने हरेक बर्ग, क्षेत्रका किरात राईहरु माझ पुग्ने, देश बिदेशसम्म पुगेर सहयोग संकलनगर्ने, चुलाघर खरिद महासमिति र यसका संयोजकहरुलाई किराया हङकङ मुरी मुरी आभार प्रकट गर्दछ ।

नेपाल फाईनान्स

किराया हङकङले आयोजना गरेको यलम्बर साँझ (पाँचौ) मा टाईटल स्पोन्सर गर्दै, आर्थिक संयोजकको रुपमा कार्यगरि १,२१,०००  हङकङ डलर चुलाघर खरिद  गर्न खुद मुनाफा कमाई दिने साथै किरात राई यायोक्खा हङकङको चुलाघर खरिद अभियानमा बैठक बस्न, हिसाब किताब राख्न कम्प्युटर तथा ईन्टरनेटको ब्यावस्था, प्रोजेक्टर र प्रिन्टिङ को निशुल्क ब्यावस्था गरि सहयोग गर्ने नेपाल फाईनान्सलाई किराया हङकङले सदा उच्च सम्मान गर्दै धन्यबाद ज्ञापन गर्दछ ।

भाषिक संस्था

भाषिक संस्था नभएको भए किराया हङकङले चुलाघर खरिद गर्न नै सक्दैन थिए । भाषिक संस्था हरुको अबिरल परिश्रम र पैसा नपुगेको अवस्थामा सापटी दिई चूलाघर खरिदमा महत्पुर्ण भुमिका निर्वाह गरेको थियो । सम्पुर्ण किरात राईहरुको तर्फबाट भाषिक संस्थाहरुलाई किराया हङकङ धन्यबाद ज्ञापन गर्दछ । अन्य भाषिकीहरु जो संगठित नभै पनि चूलाघर खरिदमा खटिनु भयो वहाँहरुलाई पनि किराया हङकङ धन्यबाद ज्ञापन गर्दछ ।

Chulameet5yalunchha

Chulameet3

घरजग्गाको ईतिहास :

हङकङ ल्याण्ड रजिष्टार अनुसार जग्गाको खरिदबिक्रीको रेकर्ड निम्न रहेको छ ।

03/05/1956 – सरकारबाट मासिक ६०० तिर्ने गरि मोर्गेजमा लि तिन पोले जग्गा लिएको ।
14/101958 – ३० महिना पछि  १८,००० मा लि तिन पोले जग्गा आफ्नो नाममा बनाएको ।
24/10/2011 – लि तिन पोबाट ८,००,००० मा चेङ चिन चाउले लिएको ।
24/04/2014 – चेङ चिन चाउबाट १८,००,००० मा वोङ चाङ साङले लिएको  ।
20/01/2016 – वोङ चाङ साङबाट २५,५३,००० मा किराया हङकङले लिएको ।

घर जग्गाको लागत

घर जग्गाको लागत रकम
घरजग्गाको मुल्य २३,५०,०००
कन्सल्टेन्ट फि १,००,०००
स्टाम्प ड्युटि ६५,१६०
एजेन्सि फि २५,०००
सोलीसिटर फि ९६००
ल्याण्ड रेजिस्ट्रेशन २४००
ल्याण्ड सर्च ५००
बिबिध ३४०
घर जग्गाको लागत २५,५३,०००

जग्गाको बिबरण :

हङकङ ल्याण्ड रजिष्टार अनुसार जग्गाको बिबरण निम्न रहेको छ । यसको कपि किराया हङकङसित सुरक्षित राखिएको छ ।

Property Reference No. (PRN): C2345602,
Lot No. : 2095 IN D.D. 102,
Area : 2500 Square Fit,

Address: Ki Lung Tsuwn, Santin, Yuen Long N.T.

Held Under: Government Lease;
Lease Term: 75 years;
Renewal for: 24 years;
Commitment of Lease Term: 01/07/1898;
Rent per Annum: $0.05

सरकारको जग्गा फिर्ता निती :

माथिको बिबरण अनुसार जग्गाको लिज १८९८ देखी (७५+७५=१५०) बर्ष जोड्दा ३० जुन २०४७ सम्म रहेको छ । त्यस पछि पुन ७५ बर्ष थप्ने छ वा जग्गा फिर्ता लिन सक्ने छ । हङकङ सरकारको Land Resumption Ordinance (Cap 124) अनुसार निम्न अवस्थामा जग्गा फिर्ता लिन सक्नेछ ।

१. बाटो लानपरे,
२. रेल्वे लानपरे,
३. बिल्डिङ निर्माण गर्नपरे,
४. ढल निर्माण गर्नपरे

जग्गा फिर्ता लिन  सरकारले “खुल्ला बजार भाउ निति” (Open Market Value) को आधारमा सोध भर्ना (Compensation) दिई जग्गा फिर्ता लान सक्नेछ भनि ल्याण्ड रिजम्प्सन अर्डिनेन्सको धारा ८ मा उल्लेख भएको छ । अध्यनको लागि यो लिङक हेर्नुहोला । Land Resumption Ordinance (Cap 124)

भाषीगत उठेको सहयोग रकम :

२० जनवरी २०१६ सम्म, किरात राई यायोक्खा हङकङको सामुहिक चुलाघर खरिद गर्न अभियान्ताहरुले उठाएको भाषिगत सहयोग रकम ।

क्र.स. भाषिगत उठेको रकम
1. चाम्लिङ  = 840160.80
2. साम्पाङ  = 644787.00
3. बान्तावा  = 228022.00
4. थुलुङ  = 160380.00
5. नाछिरिङ  = 86819.00
6. पुमा  = 85511.00
7. दुमी  = 40400.00
8. बाहिङ  = 33000.00
9. कोयु = 28555.00
जम्मा 2147634.80

चुलाघरको केही तस्बिरहरु

सिलुङ चुन डाडा

चुलाघरबाट बाहिर हेर्दा एउटा रमणिय डाँडा देखिन्छ । यो सान्तिनको कि लुन चुङ भन्ने ठाँमा पर्दछ । यसको नाम किराया हङकङले सि लुङ चुन डाँडा नामाकरण गरिदिएको छ ।

Chula Visitक्षेत्रफल : २५०० स्क्वायर फिट (फालामको पाताले कम्पाउण्ड बारेको अवस्थामा, मुल गेट कलात्मक ढंगले सजाएको छ ।

Chula Visit4

आँगन : बाहिर फराकिलो आँगन रहेकोछ । १५ देखी २० जनाले साकेला नाच्न सकिन्छ । दाजुभाईहरु आँगन सफा गर्दै ।

chula-compound

घर : २ तला (माथिल्लो तला गैरकानुनी निर्माण) हङकङ सरकारले मथिल्लो तला भत्काउन आदेश दिएमा भत्काउनु पर्ने । भुईतल्ला साईडमा खालि ठाँउ । भविश्यमा यस ठाँउलाई बिबिक्यु खाने चुला निर्माण गरिनेछ ।

chula-talla

बरण्डा : चुलाघर खरिद अभियान्ता दाजुभाईहरु एक क्लिक फोटो खिचाउदै बरण्डामा ।

Chula Visit3

कोठा : तल्लो तल्लामा, करिब १००० स्क्वयार फिटको १ हल, १ किचन, २ बेडरुम, २ टोईलेट र माथिल्लो तल्लामा १ बेडरुम, १ टोईलेट र बरण्डा रहेको छ ।

hall

हल : बैठक कक्षमा चुलाघर खरिद अभियान्ता दाजुभाई तथा दिदिबहिनीहरु छलफल गर्दै । यस हललाई पछि यलम्बर हल भनेर नामाकरण गरिने छ ।

Chula Visit2

किचन कोठा : रेडिमेड किचन कोठा । यस कोठालाई पछि सुम्निमा चमेना गृहको नामले संचालन गरिने छ ।

Kitchen

माथिल्लो तल्ला : माथिल्लो तलामा २ कोठा र १ वसरुम छ । यस्लाई भविश्यमा पाहुनाहरुलाई सुत्नको लागि प्रयोग गरिनेछ ।

Top

 (समाप्त)