All posts by admin

सुप्तुलुङ दर्शन र सम्मान

हङकङ।

३१ मार्च-

किरात राई यायोक्खाका केन्द्रिय सदस्य तथा युवा संघका महासचिव हेमन्त राईलाई यहाँस्थित किरात राईहरुको सुप्तुलुङखीम(चुलाघर)मा सम्मान गरिएको छ।

संस्थाका अध्यक्ष रजिन राईले उनको शीरमा फेटा गुथाई दिएर सम्मान गर्नु भएको थियो।

यसैक्रममा किरात राई प्रज्ञा प्रतिष्ठानका कूलपति तथा संस्थाका शशीमदन राई र सल्लाहकार हेजेन राईले उपहार प्रदान गर्नु भएको थियो। कार्य समिति सदस्य तथा सिक्रिमा अतिथि स्वागत-सत्कार बिभाग प्रमुख चन्द्रका(माया)राईले कार्यक्रमको व्यवस्थापन गर्नु भएको थियो।राई जातीको मौलिक संस्क्रितिमा फेटालाई उच्च सम्मान मानिन्छ।

शान्तिन,किलुङचुनमा अवस्थित सुप्तुलुङखीम(चुलाघर)मा संसारभरबाट आउने मौलिक किरात राई धर्म,संस्कार-संस्क्रितिप्रति प्रतिबद्ध विशिष्ट किरात राईहरुलाई सुप्तुलुङ(चुला) दर्शन तथा अवलोकन गराई सम्मान गरिने परम्परा रहेको छ।

अतिथि राई मलेसिया,सिंगापुर,थाइल्याण्ड आदि देशहरुमा सम्पन्न आदिबासी जनजाती विश्व युवा नेटवर्कको कार्यक्रममा प्रतिनिधित्व गरे पश्चात यहाँ(हङकङ) आउनु भएको हो।

सम्मानित विशिष्ट युवा व्यक्तित्व राईसँग अन्तरिक अन्तर्क्रिया पनि गरिएको थियो।

किराप्रप्र कूलपति शशीमदन राई,सल्लाहकार तथा पूर्वाध्यक्ष हेजेन राई

र अध्यक्ष रजिन राईले बोल्नु भएको अन्तर्क्रियामा आफ्नो महान धर्म,संस्कार-संस्क्रिति त्याग्दै अन्य नवधर्म तथा केहि पलका मन लुट्ने धर्म-संस्कार-संस्क्रितितर्फ लाग्नेहरुप्रति सहानुभूतिपूर्वक आफ्नो मौलिकतामा विना हिच्किचाहट फर्कन आव्हान गरिएको थियो। आफ्नो मूल घरमा फर्कंदा उस्तै अपनत्व, आत्मीयता,आदर-सत्कार,सदभाव रहने कुरा पनि बताइएको थियो।

आफ्नो(किरात राई)जातीको धर्म,संस्कार-संस्क्रितिप्रति अतिक्रमण गर्नेहरु विरुद्ध लडी रहेका देशका अन्तर्क्रियामा प्राज्ञिक व्यक्तित्व भद्रगोल किराती,तेज राई,जनकऋषी राई,शालिक सताशक राईलगायतलाई संम्झदै अतिथि राईले केहि पलका रंगीन र गुलियो नवधर्म,संस्कार-संस्क्रितिले एकदिन जातीलाई नै समाप्त गर्ने तर्क राख्नु भएको थियो।

अतिथि हेमन्त राई आजै नेपाल प्रस्थान गर्दै हुनुहुन्छ।

उहाँलाई शुभयात्रा।

किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ गठन

१९ फेब्रुअरी २०१७, किरात राई यायोक्खा हङकङले किलुङचुन स्थित आफ्नै सुप्तुलुङखिममा हङकङमा स्थायी बसोबास गर्ने, किरात राई यायोक्खा हङकङमा अनवरत कार्य गरिरहेको ब्यक्ति, किरात राईहरुको मौलिक धर्म संस्कार मान्दै आएको किरात राई यायोक्खा हङकङले प्राज्ञिक भनि प्रतिष्ठा प्रदान गरेको ब्यक्तिहरुलाई भेला गरिकिरात राई प्रज्ञा प्रतिष्ठान हङकङगठन गरेको

images_cms-image-000015530

यस भेलाले निम्न पदाधिकारीहरुको चयन गरेको छ ।

कुलपती : शशि मदन राई
उपकुलपती : किसन राई
महासचिव : किन्दर राई
महाप्रबन्धक : धिराज कुमार राई
प्रज्ञा सदस्य : प्रदिप किरवा
प्रज्ञा सदस्य :
दिपा एवाई
प्रज्ञा सदस्य : दिपेन्द्र राई
प्रज्ञा सदस्य : रिगम राई

पदेन सल्लाहकार : रजिन राई
पदेन
सदस्य : पिताम्बर चाम्लिङ
पदेन
सदस्य : तेज साम्पाङ
पदेन
सदस्य : कमल दुमी
पदेन
सदस्य : पेङगुईन पुमा
पदेन
सदस्य : तिलक बान्तावा
पदेन
सदस्य : रामली थुलुङ
पदेन
सदस्य : हित कोयी

सुवाँछेम (पित्री) पुजा

२८ अक्टुबर २०१६, किरात साम्पाङ राई जुम्लेखा हङकङले २८ अक्टुबर २०१६ का दिन हङकङ स्थित सामुहिक चुलाघर (सुप्तुलुङ खिम) मा नेपालबाट पाल्नु भएका कूबीमी श्री दल बहादुर राई तथा किरात राईहरुको सहायक कुबीमी श्री नारायण साम्पाङ द्वारा सुवाँछेम पुजिएको छ । किरात साम्पाङ राईहरुले सन २०१५ बाट सामुहिक चुलाघरमा साम्पाङहरुको सुवाँछेम स्थापना गरि सामुहिक पित्रीहरुलाई राखिएको हो । साम्पाङहरुले हरेक बर्ष मंसिरे पुर्णेभित्र सम्म सामुहिक पित्रीहरुलाई पुकारी नया अन्नबाली खुलाउने प्रचलन छ । कार्यक्रममा कूबीमी श्री दल बहादुर राईज्युलाई फेटा गुथाई सम्मान गरिएको थियो ।

20161028_181611-copy

 

वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम

१६ अक्टोबर २०१६, हङकङ– किरात राई यायोक्खा हङकङको भाषिक संस्था किरात साम्पाङ राई जुम्लेखा हङकङको वार्षिक भेटघाट तथा देउसी भैलो कार्यक्रम क्लियर वाटर वे कन्ट्रि पार्कमा सम्पन्न भयो ।

जुम्लेखाका अध्यक्ष तेज कुमार राईको अध्यक्षतामा सपन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष रजिन राई रहेका थिए । त्यस्तै गरी कि.रा.या.का भाषिक संस्था, ३ किरात लिम्बु, याक्खा, सुनुवार लगायत अन्य जातिय तथा क्षेत्रिय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु अतिथिका रहेका थिए ।

जुम्लेखाका सचिव नारायण प्रसाद राईद्धारा संचालन गरिएको कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथिद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि रजिन राई तथा कार्यक्रम संयोजक शशिमदन राई लगायतले २०७३ सालको दिपावलीको उपलक्ष्यमा शुभकामना मन्तब्य राख्ने क्रममा तिहार बारे प्रष्ट्याउँदै त्यसको किरात समुदायमा त्यसको महत्वबारे बोलेका थिए ।

औपचारिक कार्यक्रमको अन्तमा शुभकामना मन्तव्यसंगै कार्यक्रमका सभापति तेज कुमार राईले कार्यक्रमलाई समापन गरेका थिए ।

deuse16

जुम्लेखाद्धारा वार्षिक रुपमा मनाउँदै आएको उक्त कार्यक्रममा निःशुल्क बि.बि.क्यू.को व्यवस्था सहित भेटघाट, शुभकामना आदनप्रदान, देउसी भैलो, नाँचगानका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो ।

deuse162