ब्याडमिन्टन

अनुसूची १

किराया हङकङले बार्षिक रुपमा यायोक्खा अन्तर भाषिक ब्याडमिन्टन च्यामिपयनशिपको आयोजना गरि किरात राई युवाहरुलाई “स्वस्थ्यको लागि खेलकुदलाई रोजौं, जिवनको लागि कुलतलाई छोडौं” भन्ने नारा सहित खेलकुदको माध्यमबाट  किरात युवाहरुलाई एकता गराउनु यस कार्यक्रमको उदेश्य रहेको छ ।

कार्यक्रम

नाम : यायोक्खा अन्तर भाषिक बेडमिन्टन च्याम्पियनशिप (२) – २०१८
मिति : २६ डिसेम्बर २०१८, बुधबार (बक्सिङ होलिडे)
समय : दिउँसो ३ देखि ९ बजे सम्म
स्थान : 1/F, Yuen Long District Sports Hall, Yuen Long

लक्षित दर्शकहरु

  1. ब्यापार ब्यावसायीहरु
  2. कम्पनीका कर्मचारीहरु
  3. किरात राई युवा युवतीहरु
अनुसूची २

प्रतियोगिता

प्रतियोगिता निम्न अनुसारले संचालन हुने छ । कुन कुन प्रतियोगिता गर्ने आयोजकले निर्णय गर्ने छ ।

  1. मेन्स “सिङगल”
  2. वुमेन्स “सिङगल”
  3. मेन्स “डबल”
  4. वुमेन्स “डबल”
  5. मिक्स “डबल”

हाल निम्न गर्ने निर्णय गरिएको छ ।

  1. मेन्स डबल्स `ए´ डिभिजन,
  2. मेन्स डबल्स `बि´ डिभिजन,
  3. मिक्स डबल्स

स्कोर नियम

स्कोर नियम निम्न २ प्रकारको रहेको छ । कुन स्कोर नियम अनुसार खेलाउने हो आयोजक ले निर्णय गर्ने छ ।

  1. Point 21 Best of 3 Game (Knockout)
    यस नियम अनुसार खेलाउदा समय धेरै लिने भएकोले Badminton World Federation ले सन २०१४ बाट अर्को नियम निकाली प्रक्टिस गर्दै आई रहेको छ ।
  2. Point 11 Best of 5 Game (knockout)
    यस नियम अनुसार खेलाउदा समय कम लिने तर खेलाडीहरुले आफ्नो कला, चार्तुयता देखाउन नसक्ने ब्याडमिन्टन खेलाडीहरुको राय आईरहको छ । यो नियम आउदो मे २०१९ को बैंककमा हुने Badminton World Federation को साधारण सभामा प्रस्ताव राखिन्दै छ ।

हाल निम्न गर्ने निर्णय गरिएको छ ।

  1. Point 21 Best of 3 Game (Knockout)

सहभागी हुन योग्यता

सहभागि हुन निम्न योग्यता पुगेको हुनुपर्ने छ ।

  1. “सिङगल” प्रतियोगितामा भाग लिन “राई” जातीको हुनुपर्ने छ । राई जाति प्रमाणित गर्न हङकङ आईडि कार्ड देखाउनु पर्ने छ । हङकङ आईडि कार्डमा अन्य जाति भएमा प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । भाषिक संस्था गठन भएको छैन भने कुनै प्रमाण पत्र वा २ जना साँछी मानिस राख्नु पर्नेछ ।
  2. “डबल” प्रतियोगितामा भाग लिन जोसुकै राई जाती भई एउटै थर भएको हुनुपर्ने छ । राई जाति प्रमाणित गर्न हङकङ आईडि कार्ड देखाउनु पर्ने छ । थर प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । हङकङ आईडि कार्डमा अन्य जाति भएमा प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । भाषिक संस्था गठन भएको छैन भने कुनै प्रमाण पत्र वा २ जना साँछी मानिस राख्नु पर्नेछ ।

सहभागि फारम

सहभागि खेलाडीले तोकिएको सहभागि फारम भरि बुझाउनु पर्दछ । सहभागि फारम भर्दा अनिवार्य Declaration मा हस्ताक्षर गरि बुझाउनु पर्दछ । १८ बर्ष भन्दा कम उमेरका सहभागिले Parents/Guardians लाई अनिवार्य हस्ताक्षर गराएको हुनु पर्ने छ ।

सहभागी नियम

  1. खेलाडी खेल सुरुहुनु १५ मिनेट अवागै खेल हुने स्थानमा आईपुग्नु पर्नेछ ।
    Player should attend 15 minutes advance at the court before start the game .
  2. यदि खेलाडीको नाम बोलाएको ३ मिनेट भित्र कोर्टमा उपस्थित नभए walkover मानिने छ ।
    If player do not attend the court within 3 minute, after calling the name, it will deemed to be walkover.
  3. खेल अवधीभर एम्पाएर र लाइन्समेनको निर्णय मात्र मान्य हुने छ ।
    During the game, the Referee & Linesman’s decision will be final.
  4. यदि खेलमा कुनै दुविधा उत्पन्न भएमा अन्तिम निर्णय आयोजकले गर्ने छ ।
    If any dilemma rise, the organizer have rights to make final decision.
  5. खेल अवधिभर धूम्रपान, मदिरापान तथा हो-हल्ला गर्न पाईने छैन ।
    Smoking, Alcohol drinking and making vulgar noise is strictly prohibited during the game.
  6. ड्रेस कोड: टिर्सट र रबरको सोल भएको स्पोर्ट जुत्ता लगाउन पर्दछ ।
    Dress code will be T-shirt and rubber sole sport shoes.
  7. प्रोपर ड्रेस कोड लगाएको खेलाडीहरुलाई मात्र खेल खेल्न दिईने छ ।
    Proper dressed player is allowed to play game.
  8. खेल खेल्दा कुनै घाउचोटपटक लागेमा, शारिकि अंगभंग भएमा वा मृत्यु भएमा खेलाडी आफै जिम्मेवार हुनुपर्ने छ । आयोजकले खेलाडीलाई कुनै क्षतीपुर्ति दिने छैन ।
    The player should be liable himself/herself, if any injury, damage of body organ or death may occurred in the game. The organizer shall not pay any compensation to the player.
अनुसूची ३

अनुमानित खर्चहरु

क्र.सं. शिर्षक रकम
1 नगद पुरस्कार HK$
2 हल बुकिङ HK$
3 प्रमाणपत्र HK$
4 मेडल HK$
5 ट्रफी HK$
6 एडमिनिष्ट्रशन खर्च HK$
7 बिविध HK$
जम्मा HK$

अनुमानित आम्दानी

कार्यक्रमको आम्दानी निम्न तरिकाले रकम संकलन गरिने छ ।

१. स्पोन्सर

स्पोन्सरहरुलाई निम्न तरिकाले बर्गिकरण गरिएको छ ।

क. टाईटल स्पोन्सर

टाईटल स्पोन्सर मुख्य प्रायोजक रहने छ । टाईटल स्पोन्सर गर्नेको नाम कार्यक्रमको अगाडि राखि ब्यानर बनाईने छ । जस्तै “…………………… द्वारा प्रायोजित” यायोक्खा अन्तर भाषिक ब्याडमिन्टन च्यामिपयनशिप । टाईटल स्पोन्सर गर्नेलाई रातो खादा प्रदान गरिने छ र उहाँको हातबाट कार्यक्रम उद्घाटन गरिने छ । टाईटल स्पोन्सरको रकम कार्यक्रम संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न रहेको छ ।

टाईटल कार्यक्रम भाग रकम
“नाम” द्वारा प्रायाजित यायोक्खा अन्तर भाषिक ब्याटमिन्टन च्याम्पियनशिप __ HK$8000

ख. ट्रफी, मेडल तथा प्रमाणपत्र स्पोन्सर

ट्रफी तथा मेडलहरु स्पोन्सर गर्नेलाई निलो खादा प्रदान गरिने छ र उहाँको हातबाट सो पुरस्कार बितरण गरिने छ । पुरस्कार स्पोन्सरको रकम कार्यक्रम संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न रहेको छ ।

1 ट्रफी र मेडल स्पोन्सर ६ वटा ट्रफी र ६ वटा मेडल (विनर) HK$5000
2 मेडल स्पोन्सर (रनरअप) ६ वटा मेडल (रनरअप) HK$3000
3 प्रमाणपत्र स्पोन्सर ६ वटा (विनर), ६ वटा (रनरअप), ६ वटा (थर्ड), सहभागिहरु, र स्पोन्सरहरुलाई HK$1500

ग. नगद पुरस्कार स्पोन्सर

नगद पुरस्कार स्पोन्सर गर्नेको नाम पुरस्कारको अगाडि राखि पुरस्कार घोषणा गरिने छ र नगद पुरस्कार स्पोन्सर गर्नेलाई हरियो खादा प्रदान गरिने छ र उहाँको हातबाट नगद पुरस्कार बितरण गरिने छ । पुरस्कार स्पोन्सरको रकम कार्यक्रम संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न रहेको छ ।

S/N Sponsor Match Place Prize
1 “नाम” मेन्स “डबल” विनर प्राईज HK$1200
2 “नाम” वुमेन्स “डबल” विनर प्राईज HK$1200
3 “नाम” मिक्स “डबल” विनर प्राईज HK$1200
4 “नाम” मेन्स “डबल” रनरअप प्राईज HK$800
5 “नाम” वुमेन्स “डबल” रनरअप प्राईज HK$800
6 “नाम” मिक्स “डबल” रनरअप प्राईज HK$800
7 “नाम” मेन्स “सिङगल” विनर प्राईज HK$600
8 “नाम” वुमेन्स “सिङगल” विनर प्राईज HK$600
9 “नाम” मेन्स “सिङगल” रनरअप प्राईज HK$600
10 “नाम” वुमेन्स “सिङगल” रनरअप प्राईज HK$600

२. सहभागी शुल्क

सहभागी शुल्क संयोजन समितिले निर्धारण गरे बमोजिम हुनेछ । हाल निम्न गर्ने निर्णय गरिएको छ ।

  • एक टिमको हङकङ ३०० डलर  ।

अन्तिम दर्ता मिति

  • २१ डिसेम्बर २०१८, शुक्रबार सम्म

बैङक एकाउण्ट

Name: Rai Rajen, HSBC: 587-161266-288

अनुसूची ४

कार्य बाँडफाँड

मुल संयोजक :

  1. युवा खेलकुद, संगीत तथा संचार बिभाग – बज्र राई/रजिन राई
    • कोर्टबुकिङ गर्नु ।
    • कोर्ट ब्यावस्थापन गर्नु
    • सहभागी फारम तयार पार्नु ।
    • सहभागी कन्ट्रयाक्ट साईन गराउनु ।
    • टाईटल स्पोन्सरहरु खोज्नु ।
    • सह स्पोन्सरहरु खोज्नु ।
    • प्रमाण पत्र तयार पार्नु
    • स्कोर शिट तयार पार्नु ।
    • फोटोग्राफि/भिडियोग्राफि, रिर्पोटिङ गर्नु ।
    • खेलकुद रनडाउन तयार गर्नु ।
    • बिभिन्न प्राविधिकहरुको नियुक्ति गर्नु ।
    • संयोजकहरुलाई कार्य बिभाजन गर्नु ।

संयोजकहरु :

संयोजकहरुले प्रायोजकहरुको खोजि गरि आर्थिक संकलन गर्दै मुलसंयोजकलाई सघाउ पुराउनु जिम्मेवारी रहने छ ।

  1. किरण राई (चाम्लिङ)
  2. शुभराज राई (बान्तावा)
  3. रबिचन्द्र राई (साम्पाङ)
  4. संजिब राई (कोयी)
  5. लोखराज राई (बाहिङ)
  6. गणेश राई (पुमा)
  7. रमेश राई (थुलुङ)
  8. कमल दुमी (दुमी)
  9. मगेन्द्र राई
  10. हेमराज राई
  11. दिपक केशर राई

सहसंयोजकहरु :

  1. सुम्निमा भान्सा तथा खानपान बिभाग – खानेपानि ब्यावस्थापन गर्नु ।
  2. अतिथि हेरबिचार तथा सत्कार बिभाग – खानेपानि बितरण गर्नु ।
  3. सम्पती तथा कोष अभिवृद्धि विभाग – आवश्यक पर्ने बजेट ब्यावस्थापन गर्नु ।
  4. ढुवानी, भण्डार तथा ओसारपसार बिभाग – सामाग्रीहरु ओसार पसार तथा थन्क्याउने
  5. ब्यावसाय, रोजगार तथा यातायात बिभाग (परिवर्तन) – यातायात ब्यावस्थापन
  6. कार्यलय संचालन तथा छपाई विभाग – निमन्त्रणा, ब्यानर, प्रमाणपत्र छपाई
  7. किरात धर्म संरक्षण तथा संस्कार विभाग – उद्घाटन सामाग्रिहरु दियोबत्ति, सुम्निमा पारुहाङको फोटो, तयार गर्नु ।
  8. बाल, महिला, प्रौढ तथा स्वागत बिभाग – ब्याज, फुल मालाहरु तयार गर्नु, अतिथि स्वगत गर्नु ।
  9. मौलिक संकलन तथा सरसजावट बिभाग – सरसजावट तथा साउण्ड, लाईटिङ, साकेला गिती क्यासेट, उद्घाटन धुन ब्यावस्थापन
  10. फोहरमैला संकलन तथा सरसफाई विभाग – फोहरमैला संकलन तथा ब्यावस्थापन
  11. आपतकालिन सहयोग तथा सुरक्षा बिभाग – नियन्त्रण, प्राथमिक उपचार तथा सुरक्षा सेवा
  12. सुप्तुलुङ मर्मत तथा निर्माण बिभाग – टेबल, कुर्सी, टेन्ट, निर्माण तथा चुलाघर सहयोग संकलन
  13. शिलि संकलन तथा संस्कृति बिभाग – कार्यक्रममा शिलि आवश्यक भए प्रदर्शनी गर्नु ।
  14. संगठन बिस्तार तथा समन्वय विभाग – आन्तरिक समन्वय तथा स्वंयमसेवक परिचालन
अनुसूची ५

कार्यक्रमको रुपरेखा

कार्यक्रम संचालक – कार्यकारी सचिव (नभए किराया सचिव)

  1. आशन ग्रहण –
    • अध्यक्ष
    • बिभाग प्रमुख
    • मुल संयोजक
    • मुल प्रायोजक
    • अन्य प्रयोजकहरु
  2. फुल/खादा बितरण
  3. कार्यक्रमबारे– बिभाग प्रमुख
  4. दियोबत्ति बाली उद्घाटन
  5. उद्घाटन धुन (डाउनलोड)
  6. टाईटल स्पोन्सर –
  7. धन्यबाद  – मुल संयोजक
  8. समापन – अध्यक्ष

बैठकका एजेण्डाहरु :

  1. प्रतियोगिता :
    • मेन्स डबल्स `ए´ डिभिजन,
    • मेन्स डबल्स `बि´ डिभिजन,
    • मिक्स डबल्स
  2. अन्तिम दर्ता मिति :
    २१ डिसेम्बर २०१८, शुक्रबार सम्म
  3. दर्ता शुल्क :
    हङकङ डलर ३०० प्रति टिम
  4. बैङक एकाउण्ट :
    Name: Rai Rajen, HSBC: 587-161266-288
  5. स्कोर नियम :
    Point 21 Best of 3 Game (Knockout)
  6. सहभागी हुन योग्यता :
    1. “डबल” प्रतियोगितामा भाग लिन जोसुकै राई जाती भई एउटै थर भएको हुनुपर्ने छ । राई जाति प्रमाणित गर्न हङकङ आईडि कार्ड देखाउनु पर्ने छ । थर प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । हङकङ आईडि कार्डमा अन्य जाति भएमा प्रमाणित गर्न भाषिक संस्थाको प्रमाणित प्रमाण पत्र देखाउनु पर्ने छ । भाषिक संस्था गठन भएको छैन भने कुनै प्रमाण पत्र वा २ जना साँछी मानिस राख्नु पर्नेछ ।
अनुसूची ६

डाउनलोड  :

अनुसुची

नम्बर बिवरण पिडिएफ वर्ड
1 ब्याडमिन्टन अनुसुची प्रिन्ट एडिट
2 ब्यानर नमुना प्रिन्ट एडिट
3 स्पोन्सर लेटर प्रिन्ट एडिट

नियुक्ति पत्र

नम्बर बिवरण पिडिएफ वर्ड
1 मुल संयोजकको नियुक्ति पत्र प्रिन्ट एडिट
2 संयोजकको नियुक्ति पत्र प्रिन्ट एडिट
3 उप संयोजकको नियुक्ति पत्र प्रिन्ट एडिट
4 कार्यकारी सचविको नियुक्ति प्रिन्ट एडिट
5 प्रबन्धकको नियुक्ति पत्र प्रिन्ट एडिट
6 प्राविधिकहरुको नियुक्ति पत्र प्रिन्ट एडिट
ईनरोलमेन्ट फारम
नम्बर बिवरण पिडिएफ वर्ड
1 Enrollment Form (Single) प्रिन्ट एडिट
2 Enrollment Form (Double) प्रिन्ट एडिट
3 Participants Name List प्रिन्ट एडिट
4 Score Sheet प्रिन्ट एडिट

प्रमाणपत्र

नम्बर बिवरण पिडिएफ वर्ड
1 सहभागिता प्रिन्ट एडिट
2 विनर प्रिन्ट एडिट
3 रनरअप प्रिन्ट एडिट
4 सेकेण्ड रनरअप प्रिन्ट एडिट
5 प्रायोजक प्रिन्ट एडिट