जन्म संस्कार फारम |

जन्म संस्कार बारेमा

बच्चा जन्मदा चुलामा देखाई, छोरी जन्मे कुखुराको पोथीले, छोरा जन्मे कुखुराको भालेले बच्चा र आमालाई छुवाई पुजा गरेर खुलाउने संस्कार छ । तर हङकङमा भने बच्चा जन्मेको दिन आमा र बच्चा समेत अस्पतालमै हुने भएकोले बच्चा जन्मेको अर्को साल (जन्म दिनको दिन) सामुहिक चुलामा पुजा गरि जन्म संस्कार मनाउने प्रचलन छ । जन्म दिन मनाउने किरात संस्कार नभएपनि ९० प्रतिशत किरातीहरुले होटेल तथा रेष्टुरेन्टमा जन्म दिन मनाई रहेको अवस्थामा सामुहिक चुलामा जन्मदिन मनाउने संस्कार शुरु गरेमा पित्रीहरु खुशि हुनेछन ।

सामुहिक चुलाघरमा जन्म संस्कार गर्नेभए

  1. जन्म संस्कार गर्ने फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ ।

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण
  2. जन्म संस्कारबारे जानकारी
  3. धार्मीक बचन
  4. धामी वा जेष्ठ ब्याक्तिबाट पुजाआर्चना तथा टिका लगाईदिने कार्य ।
  5. बाजेबोजु नभएमा आमाबाबाले पहिले आफै टिका लगाई आर्शिबाद दिदै बच्चालाई टिका लगाईदिने कार्य।
  6. आयतित संस्कार केक काट्ने भए बच्चालाई केक काट्न लगाउने कार्य ।
  7. अन्त्यमा दाजुभाई, छोरीचेली, मावली र नरनाताहरुले बच्चालाई आर्शिबाद दिदै टिका लगाई  उपहार दिएर बच्चाको शिर उठाउने कार्य ।
  8. खानपान

आवश्यक सामाग्रीहरु :

  1. नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
  2. दुबो, तितेपाती, केराकोपात, कोदो र मर्चा मिसाएको पानी
  3. दियोबत्ति, जोडी कलश र फुलपाती
  4. खान पान तथा पेय पदार्थ–
  5. दही र चामलको टिका, केक काट्ने भए सो।
  6. खाना र तरकारीहरु  बाँडने भए सो ।
  7. जन्म दिन मनाउनेलाई दिने उपहार ।

धार्मीक बचन :

हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । तपाँईहरुले …(नाम भन्ने)… लाई मानव जीवन दिएर यस धर्तीमा सृष्टि गराउनु भएको छ । आजदेखी तपाँईको सृष्टि …… बर्ष पुगेको छ । नागनगेनी सिमेभुमेले साथ दिईरहोस । अन्न, धन दौलतको मालीक बनाई रहोस । ज्ञानी, बुद्धिमानी बनाई रहोस । लेकबेसी, डाँडाकाँडा सवैतिर नाम फैलाउन सकोस । दुबो र अदुवा जस्तै फैलियोस, हरेका कदममा प्रगति भईरहोस । शरिरमा लागेको रोगकष्ट नदिले बगाई लैजावोस ।  आँखीडाही वायुवतासले उडाएर लगिरहोस । तपाँईहरुले सदैव साथ दिई रहनुहोस है । जय सुम्निमा पारुहाङ ।