Category Archives: चाम्लिङ खाम्वातिम

भेटघाट तथा देउसी भैलो कार्यक्रम

२७ अक्टोवर २०१३, किरात राई चाम्लिङ खाम्बातिम् हङकङले जोर्डन स्थित हङरी आई रेष्टुरेण्टमा वर्षनी मनाउदै आएको भेटघाट तथा देउसी भैलो कार्यक्रम भव्यताकासाथ मनाएको छ । सो कार्यक्रमको अध्यक्षता खाम्बातिम्का अध्यक्ष नरजित राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायौक्खाको अध्यक्ष शशीमदन राई रहेको थियो । अन्य अतिथीहरुमा नेपाल फाइनान्सका डाइरेक्टर धिरज राई, चेस सोसाइटिका अध्यक्ष मोति चाम्लिङ राई, ज्येष्ठ नागरिक बयान सीं राई, त्यसतै भाषिक संस्थाबाट किरात साम्पाङ राई जुम्लेखाबाट तेज-प्रकाश) राई, किरात राई वान्तावा यायोक्लाबाट तिलक-मोहन) राई, रहेको थियो । सल्लाहकारहरु किन्दर राई, कमल राई, अधिराज राईलाई पनि आसन ग्रहण गर्राईएको थियो

संस्थाका सचिव पवित्रा राईले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष पिताम्बर राईले गरेको थियो । प्रमुख अतिथी शशीमदन राईले शुभकामना मन्तव्य दिनु हुदै तिहार हामी आदिवासीहरुले पहिला देखीनै मनाउदै आएको र हामीले मनाउनु हुदैन भनेर कतै पनि नभएको भनेका थिए । समय अभावका कारण मञ्चमा आसीन अरु कसैलाई पनि मन्तव्य राख्न दिन नसकेकोमा संस्थाका तर्फाट सचिव पवित्रा राईले माफी मागेका थिए । कार्यक्रम समापन अध्यक्ष नरजित राईले गरिसकेपछि सचिव पवित्रा राईले देउसी भट्याएर रमाइलो चाडको उत्घाटन गरेका थिए ।

chamling3

पाचौं अधिवेशन

२३ मार्च २०१३, किरात राई चाम्लिङ खाम्बातिम् हङकङको पाचौं अधिवेशन सम्पन्न भएको छ । जोर्डन स्थित नमबुद्घ क्लवमा सम्पन्न कार्यक्रमको अध्यक्षता नरजित राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो अन्य अतिथीहरुमा सुनुवार समाजका अध्यक्ष एल बि मुखिया, किरात साम्पाङ राई जुम्लेखका अध्यक्ष तेज-प्रकाश) राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक-मोहन) राई रहेको थियो भने सस्थाका सल्लाहकारहरु हेजेन राई, किन्दर राई, जजिन राई, रजिन राई, बशन्त कुमारी राईलाई पनि आशन ग्रहण गराईएको थियो । संस्थाका उपाध्यक्ष पिताम्बर राईले स्वागत भाषण गरेको थियो भने सचिव पवित्रा राईले कार्यक्रम सञ्चालन गरेको थियो । आशन ग्रहण गरेको सम्पूर्ण अतिथी लगायत सल्लाहकारहरुले नयाँ बन्ने कार्यसमितिलाई शुभकामना दिएका थिए । पाचौं अविशेनका अध्यक्ष मण्डलद्वारा निर्वाचीत नयाँ कार्यसमितिहरु

अध्यक्ष पिताम्बर राई,
उपाध्यक्ष संजोक राई,
सचिव पवित्रा राई,
सहसचिव तारा राई,
कोषाध्यक्ष प्रेमराज राई,
सहकोषाध्यक्ष जिवनकला राई,
सदस्यहरुमा,
जिवनकुमार राई,
मनिकुमार राई,
बागबीर राई,
जित कर्ण राई,
जेनिता राई,
बबिता राई,
स्वणिर्म राई

अध्यक्ष मण्डलमा हेजेन राई, किन्दर राई र बशन्तकुमारी राई रहेको थियो ।

chamling2

भेटघाट तथा देउसी भैलो कार्यक्रम

४ नोभेम्बर २०१२,  किरात राई चाम्लिङ खाम्बघतम् हङकङले वार्षनि मनाउँदै आएको भेटघाट तथा देउसी भैलो कार्यक्रम यौ वर्ष जोर्डन स्थित सायपत्री डटकमको हलमा भव्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरजीत राईले गरेको थियो भने प्रमुख अतिथीमा किरात राई यायोक्खाको अध्यक्ष शशिमदन राई रहेको थियो ।

संस्थका सचिव पवित्रा राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष पिताम्बर राईले स्वागत भाषण गरैको थियो । आशन ग्रहण गर्नै अन्य अतिथीहरुमा किरात साम्पाङ राई जुम्लेखाका अध्यक्ष हरी चन्द्र राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक-मोहन) राई, किरात पुमा राई तुप्खाबाँखलाका संयौजक सुबास राई, किरात राई चाम्लिङ खाम्बातिमका सल्लाहकारहरुमा किन्दर राई, रजिन राई, जजिन राई, कमल राई, युक कृष्ण राईलाई पनि आशन ग्रशण गरिएको थियो ।

कार्यक्रमको उत्घाटन प्रमुख अतिथी शशिमदन राईले पानसमा बतिबालेर गरेको थियो । भेटघाट तथा देउसी भैलोका अवसरमा शुभकामना दिनेहरुमा हरि चन्द्र राई, तिलक राई, सुबास राई, र प्रमुख अतिथी शशिमदन राई रहेको थियो । औपचारीक कार्यक्रमको समापन अध्यक्ष नरजित राईले गरे लगतै देउसी भैलो शुरु भएका थियो त्यस देउसी भैलो कार्यक्रममा सल्लाहकार युक कृष्ण राईले भट्यार शुरु गरेका थिए ।

chamling

किरात राई चाम्लिङ खाम्वातिम, हङकङ गठन

२० मार्च २००५ मा किरात राई चाम्लिङ खाम्वातिम हङकङ गठन भएको थियो । कार्यसमितिमा निम्न पदाधिकारीहरु चयन भएको थियो । चाम्लिङ खाम्वातिमको दर्ता नम्बर : CP.LIC.SO. 36986 रहेको छ ।

  1.     अध्यक्ष : नरजित चाम्लिङ राई
  2.     उपाध्यक्ष : पदम बहादुर चाम्लिङ राई
  3.     सचिब : राजन(बलराज) चाम्लिङ  राई
  4.     सह–सचिब : जय कुमार चाम्लिङ राई
  5.     कोषाध्यक्ष : श्री कुमार चाम्लिङ राई
  6.     सदस्यहरु : किन्दर बहादुर चाम्लिङ राई
  7.     सदस्यहरु :  युक(कृष्ण) चाम्लिङ राई
  8.     सदस्यहरु :  किन्दर चाम्लिङ राई
  9.     सदस्यहरु :  मणि राज चाम्लिङ राई
  10.     सदस्यहरु : भक्तिराज चाम्लिङ राई
  11.     सदस्यहरु : गेन(ज्ञान) चाम्लिङ राई
  12.     सदस्यहरु : उध्दक चाम्लिङ राई
  13.     सदस्यहरु : दिब्य चाम्लिङ राई

सल्लाहकारहरु :

  1.     शिव कुमार चाम्लिङ राई
  2.     भवनि शंकर चाम्लिङ राई
  3.     लाल बहादुर चाम्लिङ राई
  4.     झलम कुमार चाम्लिङ राई
  5.     हेजेन चाम्लिङ राई