Category Archives: यायोक्खा हङकङ

उभौली चुलापूजा २०१८

३० अप्रिल २०१८, हङकङ ।

किरात राई यायोक्खाको सुप्तुलुङखीम (चुलाघर) मा चुलापूजा सम्पन्न भएको छ । आफ्ना पितृ-पूर्खाहरुलाई सम्झदैं, बल-आशीर्वाद माग्दै सुख-समृद्धिको कामना गर्दै हर्षोल्लासपूर्वक साकेलाको शिली नाँचको शुभारम्भ गरिने किरात राईहरुको मौलिक परंमपरा अनुरुप सहायक कुविमी नारायण प्रसाद राई र मैत्र कुमार राईद्वारा चुलापूजा गरिएको हो ।

आगामी ६ में २०१८ का दिन ताइमोशन कन्ट्री पार्कमा बिगत बर्षहरुमा झैं साकेला शिली नाँच आयोजना गरिएको छ। उपस्थितिका निम्ति सबैमा सादर निमन्त्रणा गरिएको छ।

#सबैमा साकेला उभौलीको हार्दिक मंगलमय शुभकामना।

बुझबुझारथ, बिदाई तथा पदास्थापन

१५ अप्रिल २०१८ हङकङ,

किरात राई यायोख्खाको सुप्तुलुङखीममा संस्थाको ९औं अधिवेशनबाट चयन भएको कार्यसमिति र पूर्व कार्यसमिति बीच बुझबुझारथ, बिदाई तथा पदास्थापन कार्यक्रम सम्पन्न गरिएको छ ।

बुझबुझारथमा पूर्वाध्यक्ष रजिन राईले बर्तमान अध्यक्ष हरिचन्द्र राईलाई संस्थाको महत्वपूर्ण कागजपत्र र तालाचावी हस्तान्तरण गर्दै किरात राईहरुको मौलिक धर्म, संस्कार-संस्कृतिको संरक्षण-संबर्द्धन र पुस्तान्तरण गर्ने कार्यमा नवनिर्वाचित कार्यसमितिले सांगठानिक रुपमा दत्तचित्तले कार्य गर्ने विश्वास व्यक्त गर्नु भएको थियो। यसै क्रममा पूर्व सचिव बज्र कुमार राई र पूर्व कोषाध्यक्ष गजेन्द्र राईले वर्तमान सचिव गजेन्द्र राई र कोषाध्यक्ष गंगाराम राईलाई पदीय जिम्मेवारी निर्वाह गरेको कागजपत्र हस्तान्तरण गर्नु भएको थियो।

स्मारिका प्रकाशन

लेख/रचना पठाई दिनहुन अनुरोध ।

किरात राईहरुको ईतिहास, भाषा, लिपि, धर्म, संस्कार, संस्कृती, कला, साहित्य बिषयमा जानकारी मुलक लेख/रचनाहरु प्रकाशन गरि किरात राईहरुलाई सुसुचित गराउन तथा चेतना जगाउन किरात राई यायोक्खा हङकङले बार्षीक रुपमा यलम्बर स्मारिका नामक मुखपत्र प्रकाशन गरि नि:शुल्क बितरण गर्दै आईरहेको जानकारी गराउदछौं ।

सदा बर्ष झैं यस बर्ष पनि साकेला उभौलीको दिन लोकार्पण गर्न लागी रहेकाछौ । यहाँहरुको किरातजन्य लेख/रचनाहरु छ भने प्रकाशनको लागि पठाई दिनहुन लेखक तथा सर्जकहरुलाई हार्दिक अनुरोध गर्दछौ । सर्जकहरुलाई समय सापेक्ष शिर उभ्याउनि गरिने जानकारी गराउदछौं ।

७. लेख/रचना प्रकाशन नियम :

  1. लेख/रचना किरात राईहरुको ईतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती सम्बन्धि हुनुपर्ने छ ।
  2. लेख/रचना कम्तिमा १ पेज र बढिमा ३ पेज सम्मको हुनु पर्नेछ । अति लामो लामो लेख/रचनाहरु प्रकाशन गरिने छैन ।
  3. प्रकाशित लेख/रचनाको प्रति हङकङ डलर ३०० का दरले शिर उठाउनी स्वरुप लेखकहरुलाई कुनै सर्वजानिक कार्यक्रमको अवसरमा सम्मान गरिने छ ।
  4. अति छोटो लेख/रचनाहरु जस्तै : मुक्तक, कबिता, लघुकथाहरु आदिलाई शिर उठाउनी प्रदान गरिनेछैन ।
  5. लेख/रचना तोकिएको समयभित्र आई सकेको हुनु पर्नेछ । बिलम्व लेख/रचना प्रकाशन गरिने छैन ।
  6. लेख/रचनाको कपिराईट लागु गरिनेछ । चोरेको लेख/रचनाको जिम्मेवार स्वंय लेखक हुनुपर्ने छ ।
  7. लेख/रचना प्रकाशन गर्ने वा नगर्ने अधिकार संयोजन समितिमा निहित रहने छ ।
  8. लेख/रचनामा कुनै विवाद आएमा संयोजन समितिको निर्णय अन्तिम हुनेछ ।

पुस्तक बिवरण :

नाम : यलम्बर स्मारिका; अंक : १९
छपाई थान प्रति : २००
लोकार्पन हुने मिति (उभौलीको दिन) : ६ मे २०१८
प्रकाशन मिति (७ दिन अगावै) : २९ अप्रिल २०१८
लेख/रचना, पठाउने अन्तिम मिति
(१४ दिन अगावै) : २२ अप्रिल २०१८
लेख/रचना पठाउनुपर्ने ठेगाना :
yalambar16@gmail.com

अध्यक्षद्वयलाई किरायाको सम्मान

२५ फेब्रुअरी- हङकङ ।
किरात राई यायोक्खाले किरात राई चाम्लिङ खाम्बातिम र किरात राई साम्पाङ जुम्लेखाको अधिवेशनबाट अध्यक्षमा चयन हुन भएका पवित्रा चाम्लिङ राई र तेजकुमार साम्पाङ राईलाई कार्यकाल सफलताको शुभकामना दिंदै सुप्तुलुङखीम (चुलाघर)मा सम्मान गर्यो। अध्यक्षद्वयलाई किराया अध्यक्ष रजिन राईले शीरमा फेटा जुथाएर र सल्लाहकार वसन्त कुमारी राईले मजेत्रो (बर्को) ओढाएर सम्मान गर्नु भएको थियो। यसै क्रममा सदस्य माया थुलुङ राईले उपहार प्रदान गर्नु भएको थियो।

#सम्मानित अध्यक्षद्वयलाई हार्दिक बधाई तथा शुभकामना!

मबिन राईज्यू चुला दर्शन

१८ फरवरी २०१८ आईतवार संयोगले हंगकंगेली किरात राईहरूको पबित्र चुला दर्शन गर्न किलुंग चुंग स्थित चुलाघर पुगिएको थियो । नेपालबाट हंगकंग भ्रमणमा आउनु भएका किरात राई यायोक्खा धरान उप महानरपालिकाका सचिब श्री मबिन राईज्यूलाई हंगकंगको चुलाघर दर्शन गराउने क्रममा उक्त अवसर जुरेको हो । सो अवसरमा चुलाभित्रै छोटो औपचारिक कार्यक्रम गरिएको थियो । मूल संस्थाका अध्यक्ष रजिन राईको सभापतित्व र मबिन राईको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा भाषिक संस्थाका अध्यक्ष तेज कुमार साम्पांग, संस्थाका उपाध्यक्ष हरिचन्द्र राई, खेलकुद प्रमुख गंगाराम राई, प्रमुख सल्लाहकार शशिमदन राई र सुनुवार समाज हंगकंगको प्रमुख सल्लाहकार नरेश सुनुवारलाई अतिथि आशन गराईको थियो । किरात संस्कार र बिधि अनुसार प्रमुख अतिथिलाई भेटी चढाएर चुला दर्शन गराए पछि फेटा गुथाएर सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रमुख अतिथिलाई स्वागत तथा शुभकामना दिने क्रम रहेको थियो । उक्त क्रममा चुलाघरको परियोजना र योजना सम्पन्न बारे योजनाकार शशिमदन राई, अध्यक्ष रजिन राई, भाषिक अध्यक्ष तेज कुमार साम्पांगलगायतले समग्ररूपमा प्रमुख अतिथिलाई जानकारी गराउनु भएको थियो । प्रमुख अतिथि राईले बिदेश भूमिमा रहेर पनि किरात राई जातिको अस्तित्वलाई बचाउन स्वदेशमा हुन नसकेको उदाहरणीय र महत्वपूर्ण कार्य गरेको भन्दै किराया हंगकंगलाई खुलेर प्रशंशा गर्नुको साथै यस क्षेत्रमा थप येगदान दिन आफूलाई उर्जा र उत्साह मिलेको बताउनु भयो ।


किरात राई सम्पांग जुम्लेखाका सचिव मनी कुमार सम्पांगद्वारा सन्चालन तथा किराया हंगकंगका उपाध्यक्ष हरिचन्द्र राईको स्वागत मन्तब्य रहेको औपचारिक कार्यक्रमको समापन पछि जलपान सहित अन्तक्रिया मन्चन गरिएको थियो ।
स्मरण रहोस नेपाल तथा अन्य देशबाट हंगकंग भ्रमणमा आउने ईच्छुक राईहरूलाई चुला दर्शनमा लाने प्रचलन रहि आएको छ ।

दोस्रो थुलुङ नेप सम्पन्न

१७ फेब्रुअरी २०१८. हङकङ।
थुलुङ राई सामाको आयोजनामा यहाँस्थित मंकीहिलस्थित एक बिबिक्यू स्पटमा “थुलुङ नेप (Thulung Day) दोस्रो” सम्पन्न भयो। हङकङमा रहेका थुलुङ राईहरु बीच चिना-परिचय होस्।पारिवारिक रुपमा नाता-सम्बन्धहरु थाहा होस्। आफ्नो संस्कार-संस्कृतिका बारेमा कुराकानी होस्। नयाँनयाँ पुस्ताहरुलाई पनि केहि न केहि रुपमा आफू र आफ्नो (थुलुङ राई) बारेमा थाहा हुँदै जाओस् । संस्थागत मानसिकताको विकास होस्। आत्मीयता एवं सदभाव बढोस् भन्ने मूलभूत उद्धेश्यले विगत बर्षबाट यो दिवशको आयोजना गरिएको हो। यो दिवश आगामी बर्षहरुमा पनि यहि मिति र स्थानमा आयोजना हुने जनाइएको छ।

कुनै अतिथि र औपचारिकताबिना नितान्त पारिवारिक वातावरणमा सम्पन्न भएको यो दिवशमा थुलुङ राई जातीको गर्भ, जन्म र विवाह संस्कारको विषयमा अग्रज विज्ञहरुद्वारा तत् विषयमा लेखिएको पुस्तकमा उल्लेख भएको अक्षरशः व्याख्खा गर्दै संस्थाका सल्लाहकार राजु (रोजन) थुलुङ राईले आफ्नो संस्कार-संस्कृतिको संरक्षण र सम्बर्धन गर्न संसारभरका थुलुङ राईहरुले योगदान गर्नु पर्ने अभिव्यक्ति दिएका थिए। दिवशमा सहभागी सबैप्रति आयोजक थुरासाले आभारपूर्वक धन्यवाद दिदैं अर्को साल हङकङनिवासी सम्पूर्ण थुलुङ राईहरु सहभागी भई दिनुहुन हार्दिक आव्हान गरेको छ।