चूला दर्शन सेवा

1383496_515908541837892_1800651653_n

चूला दर्शन :

किरात राई जाति बिच चूलाको बेग्लै अर्थ रहेको छ । किरात राई जातीले मानि आएको चूलालाई पित्रीहरु बस्ने स्थलको रुपमा मानिन्छ । किरात राईहरुको स्वभाविक मृत्यु भएमा यहि चूलामा गएर बस्तछ । अस्वभिक मृत्यु भएमा चूला बाहिर बस्तछ । चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ । यसले मानव समाजलाई ईङ्गित गरेको हुन्छ । उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ । सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु यहि चूलामा गरिन्छ । चूलालाई दैनिक प्रार्थना गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ ।

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको तीन चूला नै हो । मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । किरात राईहरुको चूलामा जन्म दिने पुर्वज तथा देवी देवताहरुले बास गरेको हुन्छ । किरात राईहरुले अर्शिबाद लिन टाढा जान पर्दैन । यही चूलामा आर्शिबाद लिन सकिन्छ ।

उदेश्य :

  1. आफुलाई जन्म दिने पुर्वजहरुबाट आर्शिबाद माग्न ।
  2. स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगति होस भनि कामना गर्न ।
  3. किरात राईहरुको पारस्पारिक सम्बन्धलाई मजबुत बनाउन ।
  4. किरात राई यायोक्खा हङकङका गतिबिधि जानकारी गराउन ।
  5. किरात राईहरुको धर्म, संस्कार, संस्कृतीको संरक्षण गर्न ।

बिधि :

चूलामा आगो बाल्नु पर्दछ । चूलामा जान अगावै दुबो, तीतेपाती, सेउली र चोखो पानीले छर्केर चोखोनितो भई चूलामा पस्नु पर्दछ ।

आवश्यक सामाग्रीहरु :

  1. दुबो, तीतेपाती, सेउली र चोखो पानी
  2. काँसेथालमा अलिकति चामल र दियोबत्ति
  3. दियो बाल्ने तेल, सलेदो र लाईटर
  4. आवश्यक फेटा वा गम्छा
  5. मायाको चिनो (भएमा)

चूला दर्शन प्रार्थना :

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।

तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।

हामिले बंश, दाजुभाई, र कुटुम्ब स्वरुप,
तिन चूला स्थापना गरेका छौं ।
समस्त मानव समुदाय र प्रकृति संरक्षणको लागि,
तिन चूलामा भक्ति भाव गर्दछौं ।

मानव दुख, बिमार, कष्ट सारी दिनु होला,
सुख, सम्बृद्धि र लामो आयु दिनु होला ।
झैझगडा, आपत बिपतबाट जोगाई दिनु होला,
आजको भन्दा अझ अघि बढ्ने, बाटो देखाई दिनु होला ।

कुनै कामको थालनी, कर्मधर्म गर्न,
सदैव तिन चूला पुजने छु ।
चिताएको काम, मनोआकांक्षा पुरा होस भनि,
चूला प्रार्थना गर्दछु ।

जय पितापुर्खाहरु हो ।
जय सुम्निमा पारुहाङ ।।

चूला ग्रहण प्रार्थना

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।
हे नागनगेनी, सिमेभुमेहरु हो ।

तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।

हामिले बंश, दाजुभाई, र कुटुम्ब स्वरुप,
तिनचुला स्थापना गरेका छौं ।
समस्त मानव समुदाय र प्रकृति संरक्षणको लागि,
भक्ति भाव गर्दछौं ।

मानव दुख, बिमार, कष्ट सारी दिनु होला,
सुख, सम्बृद्धि र लामो आयु दिनु होला ।
झैझगडा, आपत बिपतबाट जोगाई दिनु होला,
आजको भन्दा अझ अघि बढ्ने, बाटो देखाई दिनु होला ।

कुनै कामको थालनी, कर्मधर्म गर्न अगावै,
सदैव तिन चूला पुजने छु ।
चिताएको काम, मनोआकांक्षा पुरा होस भनि,
चूला प्राथना गर्दछु ।

सदैव किरात धर्म, संस्कार, संस्कृती मान्नेछु ।
सदैव तिन चुलाको रक्षा गर्नेछु ।
कथंकदाचित बाटो बिराएको भए माफी माग्दै,
सदा तिनचुला मान्ने प्रण गर्दछु ।

जय पितापुर्खाहरुहो,
जय सुम्निमा पारुहाङ ।
जय नागनगेनी, सिमेभुमेहरु हो ।

कार्यक्रमको रुपरेखा :

  1. परिचयात्मक आशन ग्रहण
  2. चूला दर्शन बारेमा – शिर्षक नं.३
  3. दियोबत्ति बालि चूला ढोग (साथमा प्रार्थना बाचन शिर्षक नं. ५)
  4. सम्मान (पुरुष भए फेटा वा महिला भए गम्छा)
  5. मायाको चिनो भए सो प्रदान
  6. किराया हङकङका गतिविधिबारे जानकारी – शिर्षक नं. ६
  7. अतिथिलाई शुभकामनाप्रदान
  8. अतिथिले ब्यक्तिगत परिचय सहित बिचार राख्ने
  9. कार्यक्रम समापन साथै सगुन बितरण र फोटो सेसन

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ
चूलादर्शन फारम एमएसवर्ड पिडिएफ

(समाप्त)

चूला दर्शन सेवाका केही झलकहरु

३ जुलाई २०१६, चुलाघरमा नेपाल चलचित्र बिकास बोर्ड्का अध्यक्ष श्री राज कुमार राई जूको चूला दर्शनको एक झलक ।

chuladarshan

१५ नोभेम्वर २०१५, युङलङस्थित चुलाघरमा (World Heritage: The Birthplace Of Lord Buddha, Lumbini, Nepal) लुम्बिनी बिकास कोषका प्रमुख सम्पर्क अधिकृत श्री ज्ञानीन राईलाई चुला दर्शन तथा संम्मान ।

Chulameet7

१३ अप्रिल २०१५, युङलङस्थित किरात राईहरुको चुलाघरमा शशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक(Additional Inspector General Armed Police Force, AIGP) तथा भलिबल खेलका पूर्ब राष्ट्रिय खेलाडी दुर्ज कुमार राई र उहाँकै भान्जा, अर्थोपेडिक डाक्टर सुमन राईलाई चुला दर्शन–ढोग ।

Durjadhan

१६ नोभेम्बर २०१४,  – नेपालबाट आउनु भएका किरात राई यायोक्खाका केन्द्रीय सदस्य, चाम्लिङ खाम्बातिमका केन्द्रीय महासचिव तथा किरात कर्मचारी मंचका महासचिव युवराज राई र उहाँकी पत्नी कमला राईलाई किरात राई यायोक्खा, हङकङले युङ्लङस्थित चुलाघरमा चुला दर्शन–ढोग  । 

yubaraj2

५ अक्टोबर २०१४, वरिष्ठ संगीतकर्मी,संस्कृतिविद तथा “बिनायो” चलचित्र निर्माता जितेन राईज्यू र उहाँकी श्रीमती चलचित्र की सहनिर्माता तथा  भेषभुषा निर्देशक शान्ति राईज्यूलाई चुला दर्शन–ढोग गराइदैं।

Jiten2

७ मे- २०१४ । किरात राई ययोक्खा हङकङले “धरान-धनकुटा-भेडेटार …”हिउँद गयो बर्खा लाग्यो…”आदि जस्ता दर्जनौ चर्चित गीतका गायिका शुश्री लिजा राईलाई युङलङस्थित चुलाघरमा चुला दर्शन–ढोग । 

liza

8 Mar 2014, किरात पत्रकार संघ नेपालका केन्द्रिय महासचिब तथा गोर्खा सैनिक आवाजका सम्पादक राजेश राई हंकंगमा सामुहिक चुला दर्शन–ढोग ।

Rajesh