किरात राई यायोक्खा हङकङले नेपाल तथा बिदेबाट बिशेष काम लिई हङकङ आउनु भएका मौलिक किरात धर्म, संस्कार, संस्कृतीमा आस्था राख्ने जो कोही ब्याक्तिहरुले हङकङमा स्थापना गरेको चुलाघरमा चुला दर्शण गर्न ईच्छा गरेमा चुला दर्शण गराई पित्रीहरुबाट आर्शिबाद लिने काम गरिनेछ। चुलादर्शण कार्यक्रममा दर्शण गर्ने ब्याक्तिलाई किराया हङकङको गतिविधिहरु बारेमा जानकारी गराउदै उत्तरोत्तर प्रगतिको कामना गरिनेछ।
चुला दर्शणको उदेश्य
- किरात राईहरुको धर्म, संस्कार, संस्कृतीको जानकारी गराउन ।
- पुर्वजहरुबाट आर्शिबाद माग्न ।
- स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्न ।
- किरात राई यायोक्खा हङकङका गतिबिधि जानकारी गराउन ।
- एकअर्कामा सुमुधुर सम्बन्ध स्थापित गर्न ।
आवश्यक सामाग्रीहरु
- चोख्याउनको लागि – दुबो, तीतेपाती र चोखो पानी
- आगो बाल्नको लागि – काईला, स्टार्टर र लाईटर
- पूजाको लागि – काँसेथालमा अलिकति चामल र दियोबत्ति
- आवश्यक फेटा वा गम्छा
- मायाको चिनो (भएमा)
विधी
चुलामा आगो बाल्नु पर्दछ । चुलामा जान अगावै दुबो, तीतेपाती र चोखो पानीले छर्केर चोखोनितो भई चुलामा पस्नु पर्दछ ।
प्रार्थना
हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।
तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।
हामिले बंश, दाजुभाई, र कुटुम्ब स्वरुप,
तिन चुला स्थापना गरेका छौं ।
समस्त मानव समुदाय र प्रकृति संरक्षणको लागि,
तिन चुलामा भक्ति भाव गर्दछौं ।
मानव दुख, बिमार, कष्ट सारी दिनु होला,
सुख, सम्बृद्धि र लामो आयु दिनु होला ।
झैझगडा, आपत बिपतबाट जोगाई दिनु होला,
आजको भन्दा अझ अघि बढ्ने, बाटो देखाई दिनु होला ।
कुनै कामको थालनी, कर्मधर्म गर्न,
सदैव तिन चुला पुजने छु ।
चिताएको काम, मनोआकांक्षा पुरा होस भनि,
चुला प्रार्थना गर्दछु ।
जय पितापुर्खाहरु हो ।
जय सुम्निमा पारुहाङ ।।
कार्यक्रमको रुपरेखा :
- परिचयात्मक आशन
- चुला दर्शण बारेमा
- दियोबत्ति बालि पुजा – अतिथिबाट
- चुला दर्शण प्रार्थना
- सम्मान (पुरुष भए फेटा वा महिला भए गम्छा)
- मायाको चिनो भए सो प्रदान
- किराया हङकङका गतिविधिबारे जानकारी – नं. ६
- अतिथिलाई शुभकामना प्रदान
- अतिथिले ब्यक्तिगत परिचय सहित बिचार राख्ने
- कार्यक्रम समापन साथै सगुन बितरण र फोटो सेसन
डाउनलोड :
नम्बर | बिवरण | पिडिएफ | एमएस–वर्ड |
1 | चूलादर्शण सुचिपत्र | प्रिन्ट | एडिट |
2 | चूलादर्शण फ्लायर | प्रिन्ट | एडिट |
3 | चूलादर्शण फारम | प्रिन्ट | एडिट |
(समाप्त)
चूला दर्शणका केही झलकहरु
३ जुलाई २०१६, चुलाघरमा नेपाल चलचित्र बिकास बोर्ड्का अध्यक्ष श्री राज कुमार राई जूको चूला दर्शणको एक झलक ।
१५ नोभेम्वर २०१५, युङलङस्थित चुलाघरमा (World Heritage: The Birthplace Of Lord Buddha, Lumbini, Nepal) लुम्बिनी बिकास कोषका प्रमुख सम्पर्क अधिकृत श्री ज्ञानीन राईलाई चुला दर्शण तथा संम्मान ।
१३ अप्रिल २०१५, युङलङस्थित किरात राईहरुको चुलाघरमा शशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक(Additional Inspector General Armed Police Force, AIGP) तथा भलिबल खेलका पूर्ब राष्ट्रिय खेलाडी दुर्ज कुमार राई र उहाँकै भान्जा, अर्थोपेडिक डाक्टर सुमन राईलाई चुला दर्शण ।
१६ नोभेम्बर २०१४, – नेपालबाट आउनु भएका किरात राई यायोक्खाका केन्द्रीय सदस्य, चाम्लिङ खाम्बातिमका केन्द्रीय महासचिव तथा किरात कर्मचारी मंचका महासचिव युवराज राई र उहाँकी पत्नी कमला राईलाई किरात राई यायोक्खा, हङकङले युङ्लङस्थित चुलाघरमा चुला दर्शण।
५ अक्टोबर २०१४, वरिष्ठ संगीतकर्मी,संस्कृतिविद तथा “बिनायो” चलचित्र निर्माता जितेन राईज्यू र उहाँकी श्रीमती चलचित्र की सहनिर्माता तथा भेषभुषा निर्देशक शान्ति राईज्यूलाई चुला दर्शण गराइदैं।
७ मे- २०१४ । किरात राई ययोक्खा हङकङले “धरान-धनकुटा-भेडेटार …”हिउँद गयो बर्खा लाग्यो…”आदि जस्ता दर्जनौ चर्चित गीतका गायिका शुश्री लिजा राईलाई युङलङस्थित चुलाघरमा चुला दर्शण।
8 Mar 2014, किरात पत्रकार संघ नेपालका केन्द्रिय महासचिब तथा गोर्खा सैनिक आवाजका सम्पादक राजेश राई हंकंगमा सामुहिक चुला दर्शण ।