हङकङमा चुला स्थापना गर्नेभए

  1. चुला स्थापनाको फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ ।

चुला स्थापना बारेमा :

किरात राईहरुले गृह प्रवेश गरेको दिन वा अगावै चुला स्थापना गर्ने चलन छ । चुला स्थापना गर्दा, ३ वटा चुला ढुङगा (साकुलुङ, दीपालुङ,साप्सालुङ), १ वटा आछ्याउने ढुङगा (लमालुङ) र ४ वटा वरीपरी बार्ने ढुङगा (थु्ँमालुङ, रुँरीलुङ, चासुम्लुङ, बुलुलुङ) चाहिन्छ । चुला ढुङगा खोज्न बुढापाका ब्यक्तिहरु जानु पर्दछ र ल्याउदा जोडी बनाएर ल्याउनु पर्दछ भन्ने मान्यता छ । चुला स्थापनाको लागि धामी नभए जानिफकार ब्याक्तिले चुला स्थापना गर्न सक्तछ । ढुङगा ल्याएपछि उत्तर तिरको भित्ता भन्दा केही तल चुला बनाउने ठाँउ बनाईन्छ ।

बार्ने ढुङगाले चारैतिर बारेर बीचमा ३ वटा चुलाढुङगा गाड्न पर्दछ । ३ चुलाको बिचमा १ तामाको सिक्का, अदुवा र चामल लगाई ओछ्याउने ढुङगाले छोपी माटोले पुर्नु पर्दछ । त्यस पछि माटोले लिपी कलशको पानीले चोख्याएर चुलामा आगो बाल्नु पर्दछ । चुलाको दायाँतिरको भित्तामा एउटा पित्रीकक्ष बनाउनु पर्दछ । बाँसको १ धनुकाँड, १ तिर र १ काठको पिरा बनाएर पित्रीकक्ष माथि राखी दिनु पर्दछ । चुला माथि पनि भार बनाई झुण्ड्याएर राख्नु पर्दछ ।

Chula English

सूवाँछ्याम स्थापना :

किरात राईहरुको अगेनाको भित्तामा माथी बाँसको एउटा सानो चित्रा बुनेर राखिएको हुन्छ । यसलाई सूवाँछ्याम भनिन्छ । सूवाँछ्यामलाई किरात राईहरुले थर अनुसार फरक फरक नामले पुकार्दछ । सूवाँछ्याम भित्र एक धनुकाँड, केराको पात, सेउली, सयपत्री फुल, चामल, अदुवा, पैसा र कूबीमी बस्ने एउटा पिर्का राखेको हुन्छ । सूवाँछ्यामलाई बर्षको एकदिन पितृपुजाको दिन सफा गरि सूवाँ हान्ने (पितृपुजा) गर्ने कार्य गरिन्छ । सूवाँछ्याममा स्वभाविक मृत्यु भएर गएका पिता पुर्खाहरुको आत्मा रहेकोहुन्छ भनि बिश्वास गरिन्छ ।

शहरीकरण भएको ठाँउमा फ्ल्याट सिस्टमको घरभएको तथा चुला गाड्न नमिल्ने भएकोले सामुहिक चुलाघरमा भाषिगत सूवाँछ्याम राखि भाषिगत सामुहिक पितृपुजा गर्ने किराया हङकङको अवधारण  ल्याईएको छ ।

सामुहिक सुप्तुलुङखिममा भाषिक सुवाँछ्याम बाहेक २ वटा प्रतिस्थापन सुवाँछ्याम समेत राखिएको छ । यदि कसैलाई ब्याक्तिगत पितृ पुज्ने ईच्छा भएमा प्रतिस्थापन सुवाँछ्याम प्रयोग गर्न सक्ने छ । तर प्रतिस्थापन सुवाँछ्याम प्रयोग गरिसके पश्चात अस्थाई छ्यामलाई निकाली कतै सफा बगैंचा तिर राखिदिनुपर्ने छ ।

सुवाँछयाम पित्रीहरु :

१) पारुहाङ, २) हँछा, ३) किरातुईवा, ४) साल्पा, ५) हर्कबुङ, ६) राई, ७) पतिसुङ, ८) लारिहा, ९) लारिहाप्पा, १०) नागेलुङमे, ११) नारिता, १२) यारिता, १३ नागरिता, १४) पातेसुङ, १५) खक्चीलुप्पा/हेचाकुप्पा/रैछाकुले

औपचारिक कार्यक्रम :

कार्यक्रम संचालक –
आशन ग्रहण – घरमुली तथा निमन्त्रित ब्यक्तित्वहरु
चुला स्थापना बारे जानकारी –
चुला स्थापना बाचन –
चुला स्थापना बिधी – धामी वा जानिफकार
सगुन बितरण –

आवश्यक सामाग्रीहरु :

गाड्ने ढुङगा–३, ओछ्याउने ढुङगा–१, बार्ने ढुङगा–४, र तामाको सिक्का–१
केराको पात, सेउली, सयपत्री फुल, चिण्डो
जोडी कलश, दियो, काँसे थाल, रक्सि,
एक सिक्का पैसा, अदुवा र चामल
धनुकाँड, तिर र काठको पिर्का
एउटा भाले र अण्डा

सुवाँछ्याम बाचन :

हे पितापुर्खाहरु हो।
हिजो सम्म तपाँइहरु नेपालको चुलामा बसीरहेका हुनुहुन्थ्यौ ।
आज यहाँ हङकङमा घर किनि तपाँईहरुलाई चढाएका छौं ।
आज देखी हामीले अन्न, अदुवा, रक्सि र भेटीले चोख्याई,
हाम्रो पितृको प्रतिकको रुपमा हङकङमा स्थापित गर्ने छौं ।
तपाँईहरु आई यहाँ पनि बास गरिदिनुस है ।
हाम्रो घर परिवारलाई दिर्घायु, सुस्वस्थ्य तथा आर्शिबाद दिनुहोस है ।

हे कुलपित्रमा बसेका बिजुवाहरु हो ।
हे बैदाङगी पितापुर्खाहरु हो ।
हे दाजुभाई, काकाबुबाहरु हो ।
हे भाई भतिज, छरछिमेकहरु हो ।
आजबाट यस सुवाँछ्याममा समेत बास गरिदिनुहोस है ।

हे पितापुर्खाहरु हो ।
आजबाट तपाँईहरु यहिँ तिनचुला र सूवाँछ्याममा बसोबास गरिदिनुहोस है ।
हाम्रो घरको बाजेबोजु बुबाआमा लालाबाला,
सबैलाई आर्शिबाद दिनुहोस है ।
हाम्रो परिवारमा सुख शान्ति छाईरहनुहोस है ।

हे सोरुमी, साप्सामी,
हे छोरुमी, आप्तुमी,
हे नाम्रुमी सिकारी पुर्वजहरु हो ।
हामीले यस घरमा सुवाँछ्याम राखी तपाँईहरुको बस्ने खेल्ने
ठाँउको स्थापना गरिदिएका छौं ।
तपाँईहरुले प्रयोग गर्नु भएको हतियार
धुनकाँड र तीर राखी दिएका छौं ।
आजबाट हाम्रो घरको यहि सुवाँछ्याममा बसोबास गरि
आफ्नो सन्तानहरुको रक्षा गरि राख्नुहोस है ।

जय सोरुमी, साप्सामी ।
जय छोरुमी, आप्तुमी ।।
जय नाम्रुमी सिकारी देवताहरु ।।।

चुला स्थापना बाचन :

हे यस धर्तीका ढुङगा माटो हो।
हिजो सम्म तिमी जमिन/बनजंगलमा बसीरहेका थियौ ।
आज यहाँ घर बनाएर तिमीलाई खोजी बोकी ल्याएको छ  ।
आज देखी हामीले अन्न, अदुवा, रक्सि र भेटीले चोख्याई,
हाम्रो पितृको प्रतिकको रुपमा स्थापित गर्ने छौं ।
हाम्रो घर परिवारलाई दिर्घायु, सुस्वस्थ्य तथा आर्शिबाद दिई राख्नुहोस है ।

हे कुलपित्रमा बसेका बिजुवाहरु हो ।
हे बैदाङगी पितापुर्खाहरु हो ।
हे दाजुभाई, काकाबुबाहरु हो ।
हे भाई भतिज, छरछिमेकहरु हो ।
आजबाट यहिँ थातथलोमा बास गरिदिनुहोस है ।

हे पितापुर्खाहरु हो ।
आजबाट तपाँईहरु यहिँ तिनचुला र सूवाँछ्याममा बसोबास गरिदिनुहोस है ।
हाम्रो घरको बाजेबोजु बुबाआमा लालाबाला,
सबैलाई आर्शिबाद दिनुहोस है ।
हाम्रो परिवारमा सुख शान्ति छाईरहनुहोस है ।

हे सोरुमी, साप्सामी,
हे छोरुमी, आप्तुमी,
हे नाम्रुमी सिकारी पुर्वजहरु हो ।
हामीले यस घरमा तपाँईहरुको बस्ने खेल्ने
ठाँउको स्थापना गरिदिएका छौं ।
तपाँईहरुले प्रयोग गर्नु भएको हतियार
धुनकाँड र तीर राखी दिएका छौं ।
सुवाँछ्याम र भार बनाई दिएका छौं ।
त्यसमथि बल्याम्ख समेत राखिदिएका छौं ।
आजबाट हाम्रो घरको तिन चुलामा बसोबास गरि
आफ्नो सन्तानहरुको रक्षा गरि राख्नुहोस है ।
जय सोरुमी, साप्सामी । जय छोरुमी, आप्तुमी ।। जय नाम्रुमी सिकारी देवताहरु ।।।

चुला स्थापना बिधी

सवैकुराको थान थपना गरिसके पछि एक कठुवामा चोखो रक्सि, जोडि कलश, काँसेथालमा एकमाना चामल, त्यसमाथि दियो, एउटा सिक्का पैसा र अदुवा चुलाको तलतिर राखि धामी वा जानिफकारले मुन्धुम बाचन गरि पितृपुर्खाहरुको बस्ने खेल्ने ठाँउको स्थापना गर्दछ । मुन्धुम बाचन गर्दा तिन पटक कलशको पानी र रक्सीले खनाएर अदुवा र चामलले चुलालाई छर्किन्दछ । त्यस्तै तिन पटक कलशको पानी र रक्सीले खनाएर अदुवा र चामलले पित्रीकक्ष र भारमा छर्किन्दछ । यति गरिसकेपछि कुखुरा चढाई, चुला, पित्रीकक्ष र भारलाई पुजा गरिन्छ । यसलाई चुला स्थापना भन्दछ ।

चुला स्थापना मुन्धुम

धीलूङमा मलुङमावो । आथेपातोने साब्दाला बूकूमापी तूवाना । ईसीने नपी हँछाछावा चीखीम पोकुहँ । आनालाई लामानाहँ खूरा तातान । खामवाआम्ला लोतो, खाप्चीआम्ला लोतो ।
नाम्छेबूङ, नामबूङ लायान । चासूम्वा, सूबीदाम, माकूदाम्वा । लँलीमा लीसानाहँ ईसेपीका ।
साकूलूङ, दिपालूङ, साप्सालूङ, लमालूङ म्याङानाक । थूँमालूङ, रुँरीलूङ, चासूमलूङ, बूलूलूङ म्याङानाक ।

अँ सेलेमीचेऊ, मूक्तीमीचेऊ, सेलेहँपाचेऊ, मूक्तीहँपाचेऊ, खरँमीचेऊ, फुपापाचेऊ, दीपाहँचेऊ, बबँबूङचेऊ, नूछबूङचेऊ, यँछाचेऊ, रुम्पूमी चेऊ, छूम्पूमीहँचेऊ, बूलूलूङचेऊ, रुमालूङचेऊ, थूङमालूङचेऊ, खब्मालूङचेऊ, मीयामा–मीचालूङचेऊ, पाकूलूङचेऊ, रुरीसाखा पतानूम्वो, ईसेका ई नपी न मीयामा मीचालूङपी, तुमामानूम वारीमानूम्वो ।

ईसे बेर ई नपी न चीखीम्पी, या यूँङमा यूसानाकके, आम्नू खीमतँसूँपा खीम्तँसूँमा चचायोछा,
झारामी रीरमदूङपी या बानेनके, हने नपी तूमामानूम वारीमानूम्वो, रुरीथापी साखाथापीङा लायासानीवो ।

सोरुमीचेऊ, साप्सामीचेऊ, छोरुमीचेऊ, आप्तूमीचेऊ, नाम्रुमीचेऊ । आनानीवा गाङानूम्क एलीब अप्तीरुङ, बीछूरीबाछूरीसँ यूँप्यानीक तूई, धँ, सूवाँछ्याम, बोप्यानीक तूई, बाल्याम्खँसँ यूँप्यानीक तूई, ईसेका नक चीखीमपीक दाप्लँ सूतूलूङपी, या यूङमा यूसानीक तूई,
नक चीखीमपीक दाप्लँ सूतूलूङपी, तूमामानूम्वो बारीमानूम्वो ।

सगुन बितरण

यस पछि सगुन बितरण गरिन्छ ।