चूलाघर खरिद परियोजना

त्रिबर्षिय चुलाघर खरिद परियोजना

परियोजनाकार :
शशि मदन राई (अध्यक्ष, किराया हङकङ, सन २०१२–१६)
निर्माण : २५ नोभेम्वर २०१२, समाप्त : ३१ जनवरी २०१६

परिच्छेद १

बिषय प्रबेश

किरात राईहरुको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृतीहरु छन । किरात राईहरु प्रकृती र पित्री पुजकहरु हुन । किरात राईहरु मन्दिर, मस्जिद नगई घरको बिच भागमा राखिएको तिन चुलालाई मन्दिर सम्झि धार्मिक आस्थाको रुपमा भक्ति गर्ने गर्दछ । चुलामा सर्वशक्तिमान र सर्वज्ञानी इश्वर सुम्निमा पारुहाङ, देवी देवताहरु तथा आफुलाई जन्म दिने पुर्वजहरु रहेकोहुन्छ भनी मान्दछ । किरातीहरुले बर्षमा १ चोटि पितापुर्खाहरुलाई चुलामा बोलाई खुलाउने तथा स्मरण गर्ने गर्दछन । किरात राईहरुले जन्म देखी मृत्यसम्मको कर्मकाण्ड यहि चुलामा गर्ने गर्दछन ।

हङकङको परिप्रेक्ष्यमा, धेरै किराती राईहरुको आफ्नो घर छैन । भाडामा बस्नुपर्ने बाध्यता छ । हङकङमा किरात राईहरुको धार्मीक परम्परा अनुसार पुजा गर्ने आफ्नो चुला छैन । यदि यस्तै कारणले हङकङमा किरात राईहरुले चुला पुज्न छाडियो भने केहि समयबाट नै हङकङगेली किरात राईहरुको धर्म, संस्कार, संस्कृती मरेर जानेछ, हङकङगेली किरात राईहरुको अर्को पुस्ताले किरात राईहरुको पहिचान भुलेर जानेछन । तर्सथ, हङकङमा, हङकङगेली किरात राईहरुले सामुहीक चुलाघर खरिद गरेर सामुहिक रुपमै चुला पुजा गर्ने परम्पराको बिस्तार गर्नुको बिकल्प छैन । तर्सथ किरात राईहरुको धर्म, संस्कार, संंकृतीको जर्गेना गर्नु र किरात राईहरुको पहिचानलाई भौतिकरुपमा पुस्ता हस्तान्तरण गर्दै लान गर्न अतिनै आवश्यक्ता  छ ।

तर्सथ, किरात राईहरुले सामुहीक चुलाघर खरिदगर्न अतिनै आवश्यक महशुस गरिएकोले यो ३ बर्षे चुलाघर खरिद परियोजना २५ नोभेम्वर २०१२ मा ल्याई सफलता पुर्बक सम्पन्न गरि सकिएको छ ।

चुला पुज्न दिने सम्बन्धि अवधारणा

किरात राई जाति बिच समान्ता र आस्थाको प्रतिक आदिम कालदेखी मानि आएको चुलालाई इस्लामको जस्तो मस्जिद, हिन्दुको जस्तो मन्दिर, क्रिश्चियनको जस्तो चर्च र बौदको जस्तो गुम्बाको रुपमा किरात राईहरुको पित्री बस्ने पवित्र स्थलको रुपमा मानिआएको छ चुलालाई । कस्लाई चुलापुज्न दिने वा नदिने भन्ने सम्वन्धमा निम्न धारणा परियोजनाले लिएको छ ।

किरात धर्मसंग असम्वन्धित धार्मीक सम्प्रादयहरु

१. बुद्ध धर्म, २. जैन धर्म, ३. यहुदी धर्म, ४. ईसाइ धर्म, ५. कन्फुसियस धर्म, ६. ताओ धर्म, ७. सिन्तो धर्म, ८. इस्लाम धर्म, ९. हिन्दु धर्म । यी धार्मीक सम्प्रादयसंग चुला नरहनेहुनाले चुला पुज्न दिने वा नदिनेको कुनै अर्थ रहन्दैन । उनिहरु चुला पुज्न आउदैनन् पनि र हामीहरुले पनि उनिहरुलाई चुला पुज्न दिन हुन्न भन्ने धारणा रहेको छ  ।

किरात धर्मसंग सम्बन्धित धार्मीक सम्प्रायदयहरु

१. फाल्गुनन्द/आत्मालिङदेन सम्प्रादय, २. जोसमनि सन्त सम्प्रादय, ३. सत्यहाङमा सम्प्रादय, ४ प्रभुदासी सम्प्रादय, ५ ओम नन्द सम्प्रादय, ६. स्वमी डा. प्रपन्नचार्य पन्थी सम्प्रादय । यी धार्मीक सम्प्रादयका मानिसहरुले पनि चुला पुज्ने गर्दछ । तर चुला पुज्ने तरिका भने फरक रहेको छ । मौकिल किरात धर्म–संस्कार अनुसार चुलामा कुखुरा चढाई चुला पुज्ने चलन छ । तर उपरोक्त सम्प्रादयका मानिसहरुले कुखुरा नचढाई चुला पुज्ने गर्दछ । यसरी फरक भएपनि चुलानै पुज्ने भएकोले वहाँहरुको ईच्छा अनुसार चुला पुज्न दिईने छ । तर मौलिकतामै असर पर्ने गरि हाम्रो पुर्वज सुम्निमा, पारुहाङ, पातेसुङ, दिलिदुङ, तयमा, खियामा र खक्चिलिप्पा (हेच्चकुप्पा, रैछाकुले) जस्ता समुहिकपित्री लाई चुलामा नपुजि, धार्मिक गुरुहरुको तस्विर राखि, वा धार्मीक गुरु ल्याएर, नयाँ तरिकाले भजन कृतन गरि, नयाँ तरिकाको बिधि बिधान  गरि चुला पुज्ने कार्यमा बन्देज गरिने छ । सामुहिक चुलाघरको धार्मीक गुरु भनेकै किराया हङकङले नियुक्त गरेको सामुहिक धामी रहने छ । सामुहिक धामीले निर्देशित बिधि विधानमा चुला पुज्न पर्नेछ । मात्र कुखुरा चढाउने र नचढाउनेमा स्वेच्छिक रहने छ ।

परिच्छेद २

१. सहयोगदाताहरुलाई सम्मान

किरात राईहरुको भाषा, धर्म–संस्कार र संस्कृतीलाई जोगाई राख्न तथा किरात राईहरुको गौरवमय इतिहासलाई जिवन्त बनाई राख्न किरात राईहरुको हङकङमा सामुहिक चुलाघर खरिदको लागि सहयोगको अपिल गरिने छ । सहयोग गर्नहुने सम्पुर्ण दाताहरु सामुहिक चुलाघरको सहयोगतदाताको रुपमा रहनेछ । सहयोगदाताहरुलाई चुलाघर खरिदमा सहयोगा गरेवातपत निम्न सम्मान प्रदान गरिने छ ।

(क) ३०,००० देखि ५०,००० सम्म

यलम्बरहलको आगाडि बिच भागमा रहेको ४८ ईन्चको को डिजिटल फोटो फ्रेममा, पारिवारीक फोटो राखिन छ, तथा संरक्षक सदस्यता प्रदान गरिने छ ।

१. ३०,००० वा भन्दा माथी, १:१ को दरले फोटो दृश्यङकन
२. ४०,००० वा भन्दा माथी, १:२ को दरले फोटो दृश्यङकन
३. ५०,००० वा भन्दा माथी, १:३ को दरले फोटो दृश्यङकन

(ख) १५,००० देखि २५,००० सम्म

यलम्बरहलको आगाडि दाया भागमा रहेको २४ ईन्चको को डिजिटल फोटो फ्रेममा, पारिवारीक फोटो राखिन छ तथा आजिवन सदस्यता प्रदान गरिनेछ ।

१. १५,००० वा भन्दा माथी, १:१ को दरले फोटो दृश्यङकन
२. २०,००० वा भन्दा माथी, १:२ को दरले फोटो दृश्यङकन
३. २५,००० वा भन्दा माथी, १:३ को दरले फोटो दृश्यङकन

(ग) ६,००० देखि १४,००० सम्म

यलम्बरहलको आगाडि बाया भागमा रहेको २४ ईन्चको को डिजिटल फोटो फ्रेममा, सिङगल फोटो राखिने छ तथा आजिवन सदस्यता प्रदान गरिनेछ ।

१. ६,००० वा भन्दा माथी, १:१ को दरले फोटो दृश्यङकन
२. १०,००० वा भन्दा माथी, १:२ को दरले फोटो दृश्यङकन
३. १४,००० वा भन्दा माथी, १:३ को दरले फोटो दृश्यङकन

(घ) १,००० देखि ५,००० सम्म

यलम्बरहलको पछाडि दाया भागमा रहेको १२ ईन्चको को डिजिटल फोटो फ्रेममा, नामावली राखिन छ तथा सहयोग प्रमाण पत्र प्रदान गरिनेछ ।

१. १,००० वा भन्दा माथी, १:१ को दरले नामावली लिस्टिङ
२. ३,००० वा भन्दा माथी, १:२ को दरले नामावली लिस्टिङ
३. ५,००० वा भन्दा माथी, १:३ को दरले नामावली लिस्टिङ

(ङ) १०० देखि ५०० सम्म

यलम्बरहलको पछाडि बाया भागमा रहेको १२ू को डिजिटल फोटो फ्रेममा, नामावली राखिने छ तथा सहयोग रसिद प्रदान गरिनेछ ।

१. १०० वा भन्दा माथी, १:१ को दरले नामावली लिस्टिङ
२. ३०० वा भन्दा माथी, १:२ को दरले नामावली लिस्टिङ
३. ५०० वा भन्दा माथी, १:३ को दरले नामावली लिस्टिङ

२. सहयोगदाताहरुलाई छुट :

चुलाघर खरिद सहयोग गर्नहुने कम्तिमा हङकङ डलर १५००० (पन्ध्र हजार) देखी माथीका सहयोगदाताहरुलाई चुलाघरमा ब्यक्तिगत कार्यक्रमगर्न हल बुकिङ गर्नपरे हल चार्जमा तथा अन्य चुलाघर सम्बन्धि सेवाहरुमा  बिभन्नि छुट सुबिधा उपलब्ध गराईने छ । तर सहयोगदाताको श्रीमान वा श्रीमती, आमा वा बाबा, छोरा वा छोरी बाहेक अरुलाई सहयोगदाताको नामबाट छुट सुविधा उपलब्ध हुने छैन । साथै चुलाघरबाट प्रदान गरिने खानपान तथा परिश्रामीक आदिमा छुट हुनेछैन ।

(क) १५००० बुझाउनेलाई १५ प्रतिशत छुट
(ख) ३०००० बुझाउनेलाई ३० प्रतिशत छुट
(ग) ५०००० बुझाउनेलाई ५० प्रतिशत छुट
(घ) १००००० भन्दा माथि बुझाउनेलाई १०० प्रतिशत छुट दिईनेछ ।

३. सहयोगदाताहरुलाई बन्देज :

(क) सहयोगदाताहरुले आफुखुसि चुलाघर भित्र वा चुलाघरको क्षेत्रभित्र ब्यक्तिगत रुपमा स्थान प्रयोग वा क्षेत्र प्रयोगको दावी गर्न पाईने छैन ।
(ख) सहयोगदाताहरुले आफुखुसि चुलाघर भित्र बिना अनुमति लिई कार्यक्रमहरु संचालन गर्ने वा गराउन पाईनेछैन ।
(ग) सहयोगदाताहरुलाई किराया हङकङले सम्मानार्थ यदि कुनै स्थान, कोठा, टहरा, ठाँउ वा क्षेत्र प्रदान गरिइएको छ भने पनि भबिश्यमा किराया हङकङलाई स्थानको अभाव वा आवश्यक भएमा सो सम्मानलाई स्थानतरण वा परिवर्तन गर्न सक्नेछ ।
(घ) कुनै पनि सहयोगदाताले सामुहिक चुलाघर खरिदगर्न सहयोग गरेवापत पाईरहेको सम्मान परिवर्तन वा स्थानतरण आदि गर्न चाहेमा पाईनेछैन ।
(ङ) सहयोगदाताले भविश्यमा किरात राईहरुले मानि ल्याएका मौलिक किरात धर्म परिवर्तन गरी अन्य धर्ममा प्रवेश गरेमा सहयोगदाताको सम्मान खारेजी गर्ने वा निरन्तरता दिने किराया हङकङको कार्य समितिमा निहित रहनेछ ।
(च) एकचोटि खारेज भईसकेको सहयोगदाताको सम्मानलाई किराया कार्यसमितिले पुन: स्थापन गर्न सक्ने छैन । साधारण सभाले भने पुन स्थापन गर्न सक्नेछ ।

४. आगन्तुक पाहुनाहरु :

चुलाघर खरिद सहयोगगर्न छुटहुने किरात राईहरु तथा गैरकिरातहरु चुलाघरका आगन्तुक पाहुनाहरुको रुपमा रहनेछ । आगन्तुक पाहुनाहरु चुलाघरबाट प्रदान गरिने सेवाहरु तथा छुट सुबिधाहरुबाट बञ्चित रहनेछन् । तर तत्कालिन अवस्थामा तोकिएको न्युनतम सहयोगार्थ रकम सहयोगगरि सेवाहरु लिन सक्नेछ । गरिब, असाहय किरात राईहरुलाई निशुल्क सेवा प्रदान गरिने छ ।

५. भाषिक तथा भ्रातृ संस्थाहरुलाई छुट :

किरात राई यायोक्खा हङकङमा अनुबन्धित भएका भाषिक तथा भ्रातृ संस्थाहरुलाई सामुहिक चुलाघरमा कार्यक्रमहरु संचालन गर्न, बैठक बस्न, निशुल्क हल प्रदान गरिनेछ । त्यस्तै हरेक भाषिक संस्थालाई चुलाकोठा भित्र छुट्टा छुट्टै भाषिक छेम (पितृकक्ष) निशुल्क प्रदान गरिनेछ ।

६. भाषिक तथा भ्रातृ संस्थालाई बन्देज :

किरात राई यायोक्खा हङकङको बिधान विपरित कार्यगरी किराया हङकङको भाषिक संस्थाबाट अलगिएका भाषिक तथा भ्रातृ संस्थाले चुलाघरबाट कुनैपनि किसिमको सुविधाहरु प्राप्त गर्ने छैनन ।

परिच्छेद ३

चुलाघर बिनियम – १

प्रस्तावना

चुलाघर खरिदलाई सफलता पुर्बक सम्पन्न गर्न किराया हङकङ मातहातमा एक बिभाग गठन गरिने छ । बिभाग हेर्न कार्यसमितिको बहालवाला एक सदस्यलाई बिभाग प्रमुखको नियुक्त गरिने छ । उक्त बिभाग प्रमुखले एक मुल संयोजक नियुक्त गर्नेछ । मुल संयोजकले २१ सदसिय बिभागिय कार्यसमिति निर्माण गर्ने छ र बिभागिय कार्यसमितिले असिमित संख्यामा अभियान्ताहरु नियुक्ती गर्दै हरेक बर्ग, समुह, क्षेत्रको किरात राईहरु माझ पुग्ने छ । मुल संयोजक बिभागको काम कार्वाही प्रति उत्तरदायी रहने छ भने बिभाग प्रमुख बिभाग प्रति प्रति जवाफदेही रहने छ । परियोजना साकार भैसके पश्चात वा तोकिएको समय पश्चात यो कार्य समिति र अभियान्ताहरु स्वत भंग हुनेछ ।

१. बिभागको नाम :

क. यो विभागको नाम ‘चुल्हाघर खरिद तथा ब्यावस्थापन बिभाग’ रहनेछ ।
ख. यो बिनियमलाई ‘चुल्हाघर खरिद बिनियम भाग १’ भनिनेछ ।
ग. यो बिनियम किरात राई यायोक्खा हङकङको कार्यसमितिको बहुमतले परित गरेपछि लागुहुनेछ ।

२. परिभाषा :

क. बिनियम (१) भन्नाले ‘चुल्हाघर खरिद बिनियम (१)’ लाई बुझाउनेछ ।
ख. बिभाग भन्नाले किरात राई चुल्हाघर खरिद तथा ब्यावस्थापन बिभागलाई बुझाउनेछ ।
ख. ‘कार्यसमिति’ भन्नाले चुल्हाघर खरिद तथा ब्यावस्थापन बिभाग’ को कार्यसमितिलाई बुझाउने छ ।

३. कार्यलय :

यस बिभागको कार्यलय किरात राई यायोक्खा हङकङको कार्यलय रहेकै ठाउमा रहनेछ ।

४. प्रतीक चिन्ह, छाप, झण्डा:

यस बिभागले किरात राई यायोक्खा हङकङको प्रतीक चिन्ह, छाप, झण्डा: प्रयोग गर्नेछ ।

५. उद्देश्यहरु :

चुल्हाघर खरिद गर्न यस बिभागको मुल उदेश्य रहनेछ । तथा अन्य उदेश्यहरु निम्न रहनेछ

क. चुलाघर खरिद परियोजना संचालन गर्नु ।
ख. चुल्हाघर तथा चुल्हा सम्बन्घि चेतना किरात राईहरु माझ पुऱ्याउनु ।
ग. चुल्हाघरबाट पुऱ्याउने सेवाहरु सम्बन्धि जानकारी पुऱ्याउन ।
घ. किरात धर्म तथा संस्कार सम्बन्धि जानकारी गराउन ।

परिच्छेद ४

१. बिभागिय संगाठानीक स्वरुप

१. परियोजनाकार :
२. बिभाग प्रमुख :
३. मुल संयोजक :
४. संगठन बिस्तार प्रमुख :
५. महासचिव :
६. सचिव :
७. सहसचिव :
८. कोषाध्यक्ष :
९. सहकोषाध्यक्ष :
१०. सदस्यहरु  (१४ जना):
११. अभियान्ताहरु (असिमित):
१२. सल्लाहकारहरु : (किराया हङकङका बहालवाला सल्लाहकारहरु)
१३. कर्मचारीहरु : (आवश्यक संख्यामा)

२. कार्यसमितिको चयन

मुल संयोजकको नियुक्ति किराया हङकङले गर्नेछ । तत्पश्चात मुल संयोजकले कार्य समिति चयन गर्नेछ र किराया हङकङले अनुमोदन गरे पश्चात कार्य समितिले आधिकारिकता प्राप्त गर्नेछ । कार्य समितिले आधिकारिकता प्राप्त गरे पश्चात घर खरिद सम्बन्धि स्वयतत्त प्राप्त, हस्तक्षेप रहित, सर्वोच्च निकायको रुपमा कार्य गर्नेछ ।

३. कार्य समिति बिघटन

यस कार्य समिति ३१ डिसेम्बर २०१५ सम्म रहनेछ तत्पश्चात स्वत भंग हुनेछ तर किराया हङकङले चाहेमा कुनै पनि समय बिघटन गर्न वा समय लम्ब्याउन सक्नेछ ।

४. चुलाघर खरिद अभियान्ता :

कार्य समितिले चुलाघर खरिद अभियान्ताहरु  निर्माण गर्नेछ । अभियान्ताहरु  जतिसुकै राख्न र निष्काशन गर्न सक्नेछन ।

५. अभियान्तामा हुनुपर्ने योग्यता

कुनै पनि संघ संस्थाको अध्यक्ष वा पदाधिकारी वा कुनै पनि कम्पनीको सिनियर कर्मचारी रहेको हुनुपर्नेछ र राई थर भएको हुनुपर्नेछ ।

६. अभियान्ताको काम, कर्तब्य र अधिकार

किरात राई यायोक्खा, चुल्हाघर खरिद तथा ब्यवस्थापन बिभागले आयोजना गरेको कार्यक्रममा आफनो मातहातमा रहेको ब्यक्तिहरुलाई उपस्थित गराउनु, बोलकबोल गराउनु । मातहातको ब्यक्तिहरुलाई चुल्हाघर खरिद गर्नमा उत्साह जगाउनु ।

७. अभियान्तालाई सम्मान

चुल्हाघर खरिद गरि सके पश्चात अभियान्ताहरुलाई सम्मानार्थ सवैभन्दा ज्यादा बोलकबोल गराउने ३ जना अभियान्ताहरुलाई उत्कृष्ठ अभियान्ता अवार्ड प्रदान गरिनेछ ।

८. अभियान्ताको खारेजी

संयोजकको काम, कर्तब्य र अधिकार पुरा गर्न नसक्ने संयोजकलाई कार्य समितिको बैठकले कुनै पनि बेला खारेजी गर्न सक्नेछ ।

९. कार्य समिति सम्मान

चुलाघर खरिद बिभागलाई सम्मानार्थ यलम्बरहलमा बिभागको सम्पुर्ण कार्यसमितिको नामावली शिलालेखमा अंकित गरिनेछ ।

परिच्छेद ५

१. कार्य समितिको काम, कर्तब्य र अधिकार

१. यो समितिले ३१ डिसेम्वर २०१४ सम्म ३०००००० बाचित रकमको ५० प्रतिशत क्यास रकम उठाई सक्नु पर्नेछ ।
२. यो समितिले ३१ डिसेम्वर २०१५ सम्म उपयुक्त ठाउमा ५० प्रतिशत डाउन पेमेन्ट वा पुरै पेमेन्ट गरि किराया हङकङको नाउमा चुल्हा घर खरिद गरि सक्नु पर्नेछ ।
३. यो समितिलाई काम गर्न सजिलोको लागी आवश्यक उपसमितिहरु गठन, बिगठन गर्न सक्नेछ । सचिवालय गठन गर्न सक्नेछ । तलबमा कर्मचारी राख्न सक्नेछ ।

२. मुल संयोजकको काम, कर्तब्य र अधिकार

१. कार्य समितिको बैठकको अध्यक्षता गर्ने ।
२. बैठकमा पदाधिकारीहरुबीच मत विभाजन भएमा निर्णायक मत दिने ।
३. चुल्हाघर खरिद सम्बन्धि प्रतिकुल नहुने गरी विभिन्न सन्धि, सम्झौता आदिमा हस्ताक्षर गर्ने साथै आवश्यकता अनुसार तोक आदेश आदि जारी गर्ने ।
४. मुल संयोजकको हैसियतमा अन्य भूमिका निभाउने ।

३. संगठन बिस्तार प्रमुखको काम, कर्तब्य र अधिकार

१. मुल संयोजकको परामर्श लिई हङकङमा रहेका सम्पुर्ण राईहरुलाई एकिकृत गर्दै घर खरिद कार्यक्रममा सहभागी गराउन बिभिन्न तह तप्कामा पुगी संयोजकहरुको नियुक्ति तथा उप समितिहरु गठन गर्दै राईहलाई परिचालन गर्ने गराउने ।
२. मुल संयोजकको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने ।
३. मुल संयोजकको अनुपस्थितिमा मुल संयोजकले गर्नपर्ने सम्पूर्ण काम गर्ने, गराउने ।
४. कार्यसमितिले दिएको अन्य जिम्मेवारीहरु पुरा गर्ने ।

४. महासचिवको काम,कर्तब्य र अधिकार

१. चुल्हाघर खरिद सम्बन्धि वृहत योजना तर्जुमा गर्ने, गराउने ।
२. चुल्हाघर खरिद सम्बन्धि बिकल्पको खोजी गर्ने, गराउने ।
३. चुल्हाघर खरिद सम्बन्धि कार्य सम्पादनको मुल्याङन गर्ने, समिक्षा गर्ने, गराउने ।
४. चुल्हाघर खरिद सम्बन्धि समस्याहरुको पहिचान र त्यस्को निराकरण गर्ने गराउने ।
५. चुल्हाघर खरिद सम्बन्धि आवश्यका सुचना प्रभावकारी ढंगले सवै तहमा पुरयाउर्ने ।
६. आवश्यक पर्ने खर्चहरु महासचिवले निर्धारण गर्नेछ र त्यस्को भुक्तान किराया हङकङको बिभाग प्रमुखको सिफारिसमा किराया हङकङले गर्नेछ ।
७. आकस्मिक बैठक बोलाउनुपर्ने भएमा मुल संयोजकको परामर्शलिई बोलाउने ।
८. मुल संयोजकसंग सल्लाह गरी समितिको बैठक बोलाउने तथा सञ्चालन गर्ने ।
९. छलफल गर्नपर्ने विषयहरु मुल संयोजकसंग सल्लाह गरी बैठकमा प्रस्तुत गर्ने ।
१०. कार्य समितिको बैठकमा भएका निर्णयहरुको अभिलेख राख्ने ।
११. संस्थाको कार्यालयमा रहेका कागजात तथा महत्वपूर्ण सामग्रीहरुको अभिलेख राख्ने ।
१२. कार्यसमितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

५. सचिवको काम, कर्तब्य र अधिकार

१. महासचिवको अनुपस्थितिमा बैठक संचालन गर्ने ।
२. महासचिवको अनुपस्थितिमा महासचिवले गर्नुपर्ने सम्पूर्ण काम गर्ने ।
३. समितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

६. सहसचिवको काम, कर्तब्य र अधिकार

१. महासचिव र सचिवको अनुपस्थितिमा बैठक संचालन गर्ने ।
२. महासचिव र सचिवको अनुपस्थितिमा उनिहरुले गर्नुपर्ने सम्पूर्ण काम गर्ने ।
३. समितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

७. कोषाध्यक्षको काम, कर्तब्य र अधिकार

१. चुल्हाघर खरिद सम्बन्धि चल, अचल, नगद जिन्सि लगायत सम्पूर्ण आर्थिक हरहिसाब चुस्त दुरुस्त राख्ने ।
२. चुल्हाघर खरिद सम्बन्धि नियमित आय व्यय विवरण दुरुस्त राख्ने ।
३. समितिले चाहेको बेला आयव्याय विवरण प्रस्तुत गर्ने ।
४. समितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

८. सहकोषाध्यक्षको काम, कर्तब्य र अधिकार

१. कोषाध्यक्षको कार्यमा सहयोग पुरयाउाने ।
२. कोषाध्यक्ष अनुपस्थितिमा कोषाध्यक्षले गर्नुपर्ने सम्पूर्ण काम गर्ने ।
३. समितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

९. सदस्यको काम, कर्तब्य र अधिकार

१. सहमतिमा बैठक संचालन गर्ने तथा अभिलेख राख्ने, २. छलफलमा भाग लिने ।
३. समितिले दिएको अन्य जिम्मेवारी पूरा गर्ने ।

१०. बिभाग प्रमुखको काम, कर्तब्य र अधिकार :

किरात राई यायोक्खा हङकङको प्रतितिधि स्वरुप एक बिभाग प्रमुख कार्य समितिमा पदेन सदस्य स्वरुप रहनेछ । जस्को काम, कत्र्यब्य र अधिकार निम्न रहनेछ ।
१. चुल्हाघर खरिद तथा ब्यवस्थापन बिभागलाई आवश्यक पर्ने सम्पुर्ण बस्तुहरुको ब्यावस्था मिलाई दिनु पर्नेछ ।
२. चुल्हाघर खरिद समितिले बिनियम १ अनुसार कार्य गरे नगरेको हेरि किराया हङकङलाई जानकारी गराउनु पर्नेछ ।
३. कार्य समितिको बैठकमा मताधिकार हुने छैन ।

११. सल्लाहकार

कार्यसमितिलाई सुझाव र सल्लाहको लागि एक सल्लाहकार समितिको गठन गरिने छ ।
१ सल्लाहकार समितिका सदस्यहरुले कार्यसमितिको बैठकमा उपस्थित भई बैठकलाई परिणाममूलक बनाउन तथा चुल्हाघर खरिदको बृहत्तर हितका निम्ति आवश्यक सल्लाह र सुझावहरु दिन सक्ने छ ।
२. किरात राई यायोक्खा हङकङका अध्यक्ष तथा परियोजनाकार सल्लाहकार समितिमा पदेन सदस्य रहनेछ ।
३. सल्लाहकारहरुलाई बैठकमा मताधिकार हुने छैन ।

परिच्छेद ६

बैंक खाता संचालन :

१. चुल्हाघर खरिद समितिको मुल संयोजक, किराया हङकङका अध्यक्ष र किराया हङकङका कोषाध्यक्षको संयुक्त नाउमा बैंक खाता खोलीनेछ ।
२. रकम निकाल्नपरे प्रमुख संयोजक, किराया हङकङका अध्यक्ष वा किराया हङकङका कोषाध्यक्ष मध्ये कुनै एकजनाको सहि गरि दुईजनाले रकम निष्काशन गर्न सकिनेछ ।
३. यो कोषको रकम चुल्हा घर खरिद गर्न बाहेकका कुनै पनि शिर्षकमा खर्च गर्न पाईने छैन । चुल्हाघर खरिद गर्दा आईपर्ने बिबिध खर्च किराया हङकङको साधारण खाताबाट खर्च गर्नुपर्नेछ ।

बैंक खाता :

Bank Name:           HSBC
Account No:          499-815124-292
Name:                    Rai Hejen & Rai Pitambar & Rai Shashi Madan

चुलाघर कोषको प्रकार :

चुलाघर कोषको प्रकार निम्न ३ प्रकारको रहने छ ।

चुलाघर खरिद कोष :

यो कोष अक्षयकोषको रुपमा रहनेछ । चुलाघर खरिदका लागि प्रत्यक्ष दाताहरुले सहयोग गरेका रकम यस कोषमा रहनेछ । चुलाघर खरिदमा यो कोष प्रयोग गरिने छ ।

चुलाघर ब्यावस्थापन कोष :

चुलाघरको मुल्याङकनसंग  प्रत्यक्ष सम्बन्ध राख्ने जस्तै मर्मत संभार, कोठा थपघट, गोभरनमेन्ट ट्याक्स आदि ब्यावस्थापनका निमित्त यो कोष प्रयोग गरिने छ ।

चुलाघर संचालन कोष :

चुलाघर खरिदका लागि प्रत्यक्ष दाताहरुले सहयोग नभई अन्य कार्यक्रमहरुबाट प्राप्त रकम यस कोषमा रहने छ । चुलाघर कार्यक्रम, पानी, बिजुली, बैठक खर्च, कर्मचारी तलब आदि यो कोषमा खर्च गरिने छ ।

(समाप्त)