चुला ग्रहण

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो । मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चूला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चूला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुलो हो । चूलामा ३ वटा ढुङगा गाढेको हुन्छ । यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ । उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ । चूलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ । किरात राईहरुको चूलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ । किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन् । यही यहि चुलालाई मन्दिर मान्दछन । चुलालाई  पितृथलो मान्दछन । यही चूलामा प्रार्थना गर्दछन । चूलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ ।

किरात राईहरु जातपातमा बिस्वास गर्दैनन् । सात पाछाका बुढापाकाहरु जम्मा भई रातो अचना चिसो छपना गरि, दाल ढिडो चलाएर चुला पाछा दिएपछि जुनसुकै मानिसहरु किरात राई जातीमा प्रवेश गर्न सक्तछन । आफ्नै दाजुभाईहरु समेत खाँदै बस्दै जाँदा बाटो बिराएर अर्को धर्ममा गएपनि जिउँदै रहँदा फेरी फर्कि आएर मैले बाटो बिराए छु, कूलमा फेरी फर्कन्छु, भनेमा चोखो नितो गराई चूला ग्रहण गराउन सकिने । तर मृत्यु पश्चात चूला ग्रहण गराउन सकिन्दैन ।

चुला ग्रहणको उदेश्य :

  1. मौलिक किरात धर्म, संस्कार, संस्किृती अप्नाउन ।

बिधि :

चूलामा आगो बाल्नु पर्दछ । चूलामा जान अगावै दुबो, तीतेपाती र चोखो पानीले छर्केर चोखोनितो भई चूलामा पस्नु पर्दछ ।

चूला ग्रहण बाचन

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।

तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।

मैले बंश, दाजुभाई, र कुटुम्ब बिर्सिएर,
बाटो बिराए छु ।
अब  तिन चूला स्थापना गरि,
भक्ति गर्दछु ।

कुनै कामको थालनी, कर्मधर्म गर्न,
सदैव तिन चूला पुजने छु ।
समस्त मानव समुदाय र प्रकृती संरक्षणको लागि,
चूला प्रार्थना गर्दछु ।

सदैव किरात धर्म, संस्कार, संस्कृती मान्नेछु ।
सदैव तिन चुलाको रक्षा गर्नेछु ।
बाटो बिराएकोमा फेरी माफी माग्दै,
सदा तिनचुला मान्ने प्रण गर्दछु ।

जय पितापुर्खाहरु हो ।
जय सुम्निमा पारुहाङ ।।

आवश्यक सामाग्रीहरु :

  1. चोख्याउनको लागि – दुबो, तीतेपाती र चोखो पानी
  2. आगो बाल्नको लागि – काईला, स्टार्टर र लाईटर
  3. पूजाको लागि – काँसेथालमा अलिकति चामल र दियोबत्ति
  4. आवश्यक फेटा वा गम्छा

खर्च आम्दनी

अतिथिहरुसंग गरेको खानपान अतिथिहरु बाहेकका सहभागीहरुले दामासाहीले उठाई खर्च आम्दानी मिलान गर्ने ।

कार्यक्रमको रुपरेखा :

  1. परिचयात्मक आशन ग्रहण
  2. चूला ग्रहण बारेमा –
  3. चोख्याउने रित – कूबीमीले दुबो, तीतेपाती र पानीले चोख्याउने
  4. दियोबत्ति बालि पुजा –
  5. चूला दर्शन बाचन –
  6. सगुन खुलाउने र फेटा गुथाउने
  7. ग्रहण गर्नेलाई शुभकामनाप्रदान
  8. ग्रहण गर्नेको भनाई
  9. कार्यक्रम समापन साथै सगुन बितरण र फोटो सेसन

डाउनलोड :

डाउनलोड

नम्बर बिवरण पिडिएफ एमएस–वर्ड
1 चूलाग्रहण सुचिपत्र प्रिन्ट एडिट

 

चूलाग्रहण फारम एमएसवर्ड पिडिएफ

(समाप्त)