चुला ग्रहण

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुला हो । मुलघर परिवारबाट अलग भएपछि थपना गर्ने पहिलो वस्तु नै चुला हो । हरेक किरात राईहरुको धार्मिक आस्थाको प्रतिक नै तीन चुला हो । हरेक किरात राईहरुको साझा विशेषता नै तीन चुला हो । चुलामा ३ वटा ढुङगा गाढेको हुन्छ । यसले बंश, दाजुभाई र कुटुम्ब गरी मानव समाजलाई ईङ्गित गरेको हुन्छ । उत्तर तर्फको ढुङगाले बंशलाई, दाहिने तिरको ढुङगाले दाजुभाईलाई र देब्रे तर्फको ढुङगाले कुटुम्बलाई बुझाउदछ । चुलामा सामान्य भात भान्सादेखि कर्म धर्म, रितीथितीका सम्पूर्ण कुराहरु गरिन्छ । किरात राईहरुको चुलामा जन्म दिने पुर्वजहरुले बास गरेको हुन्छ भनि विस्वास गरिन्छ । किरात राईहरुले प्रार्थना गर्न टाढा जाँदैनन् । यही यहि चुलालाई मन्दिर मान्दछन । चुलालाई पितृथलो मान्दछन । यही चुलामा प्रार्थना गर्दछन । चुलामा दैनिक पुजा गरे पित्रीहरु खुसी भई चिताएको मनोआकाङक्षा पुरा गरिदिने, धन दौलत र ऐश्वर्य दिने, दुख बिमार हटाउने, शिर ठाडो बनाई दिने बिस्वास गरिन्छ ।

किरात राईहरु जातपातमा बिस्वास गर्दैनन् । सात पाछाका बुढापाकाहरु जम्मा भई रातो अचना चिसो छपना गरि, दाल ढिडो चलाएर चुला पाछा दिएपछि जुनसुकै मानिसहरु किरात राई जातीमा प्रवेश गर्न सक्तछन । आफ्नै दाजुभाईहरु समेत खाँदै बस्दै जाँदा बाटो बिराएर अर्को धर्ममा गएपनि जिउँदै रहँदा फेरी फर्कि आएर चोखो नितो भई मैले बाटो बिराए छु पुर्खाहरु हो, म कुलमा फेरी फर्कन चाहान्छु, मलाई माफ गरिदिनुहोस भनेमा चुला ग्रहण गराउन सकिने छ ।

चुला ग्रहणको उदेश्य :

  1. मौलिक किरात धर्म, संस्कार, संस्किृती अप्नाउन ।

बिधि :

चुलामा आगो बाल्नु पर्दछ । चुलामा जान अगावै दुबो, तीतेपाती र चोखो पानीले छर्केर चोखोनितो भई चुलामा पस्नु पर्दछ ।

चुला ग्रहण बाचन

हे पितापुर्खाहरुहो,
हे सुम्निमा पारुहाङ ।

तपाँईहरुले हामीलाई जन्म दिई,
मानव संसार बसाउनु भयो ।
धर्तीलाई अन्न योग्य बनाई,
हामीलाई बचाउनु भयो ।

मैले बंश, दाजुभाई, र कुटुम्ब बिर्सिएर,
बाटो बिराए छु ।
अब  तिन चुला स्थापना गरि,
भक्ति गर्दछु ।

कुनै कामको थालनी, कर्मधर्म गर्न,
सदैव तिन चुला पुजने छु ।
समस्त मानव समुदाय र प्रकृती संरक्षणको लागि,
चुला प्रार्थना गर्दछु ।

सदैव किरात धर्म, संस्कार, संस्कृती मान्नेछु ।
सदैव तिन चुलाको रक्षा गर्नेछु ।
बाटो बिराएकोमा फेरी माफी माग्दै,
सदा तिनचुला मान्ने प्रण गर्दछु ।

जय पितापुर्खाहरु हो ।
जय सुम्निमा पारुहाङ ।।

आवश्यक सामाग्रीहरु :

  1. चोख्याउनको लागि – दुबो, तीतेपाती र चोखो पानी
  2. आगो बाल्नको लागि – काईला, स्टार्टर र लाईटर
  3. पूजाको लागि – काँसेथालमा अलिकति चामल र दियोबत्ति
  4. आवश्यक फेटा वा गम्छा

खर्च आम्दनी

अतिथिहरुसंग गरेको खानपान अतिथिहरु बाहेकका सहभागीहरुले दामासाहीले उठाई खर्च आम्दानी मिलान गर्ने ।

कार्यक्रमको रुपरेखा :

  1. परिचयात्मक आशन ग्रहण
  2. चुला ग्रहण बारेमा –
  3. चोख्याउने रित – कूबीमीले दुबो, तीतेपाती र पानीले चोख्याउने
  4. दियोबत्ति बालि पुजा –
  5. चूला दर्शन बाचन –
  6. सगुन खुलाउने र फेटा गुथाउने
  7. ग्रहण गर्नेलाई शुभकामनाप्रदान
  8. ग्रहण गर्नेको भनाई
  9. कार्यक्रम समापन साथै सगुन बितरण र फोटो सेसन

डाउनलोड :

डाउनलोड

नम्बर बिवरण पिडिएफ एमएस–वर्ड
1 चूलाग्रहण सुचिपत्र प्रिन्ट एडिट
चूलाग्रहण फारम एमएसवर्ड पिडिएफ

(समाप्त)