छेवर/गुन्युचोलो फारम |

छेवर/गुन्युचोलो बारेमा

परापुर्वकालमा तयमा र खियामाले शिपको काम गर्दै लाँदा तानमा बुनेर कपडा निर्माण गरेका थिए । तयमा र खियामाले बुनेको कपडालाई किरातीहरुको पिता पुर्खाहरुले बिशेष बिधि पुर्वक आफ्नो शरिरमा पहिरिएर मानव शरिरमा कपडा लगाउने परम्पराका शुरुवात गरेका थिए । पिता पुर्खाले गरिल्याएको परम्परा अनुसारनै किरात राईहरुले पनि बालक भए दौरा, सुरुवाल, टोपी, खुकुरी, धनुकाँड दिने र बालिका भए गुन्युचोली, पटुकी, बर्को, तानबुन्ने थाको दिने संस्कार चलि आएको हो । बालक भए ४ वा ६ बर्ष पुगेपछि र बालिका भए ३ वा ५ बर्ष पुगेपछि राम्रो दिन हेरेर लुगा दिने संस्कार गरिन्छ । यो कर्म गरेपछि बच्चा ज्ञानी, बुद्धिमानी बन्दै जान्छ । रोग ब्याधि लाग्दैन भन्ने विस्वास गरिन्छ । यस दिन दाजुभाई, मावली, छोरी चेली र नजिकमा रहेको सवै नरनाताहरुलाई निम्तो गरिन्छ ।

सामुहिक चुलाघरमा छेवर/गुन्युचोलो  गर्नेभए

  1. छेवर/गुन्युचोलो  संस्कार गर्ने फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ ।

कार्यक्रमको रुपरेखा

  1. आशन ग्रहण
  2. छेवर/गुन्युचोलो संस्कारबारे जानकारी
  3. धार्मीक बचन
  4. कपाल काट्ने बिधी
  5. दौरासुरुवाल/गुन्युचोली दिने बिधी
  6. मुन्धुम बाचन
  7. बाजेबोजुले आमाबाबुबाट आर्शिबाद
  8. अन्यबाट आर्शिबाद
  9. मावली चिनाउने रीति
  10. खानपान

संस्कारगत सामाग्रीहरु

  1. नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
  2. दुबो, तितेपाती, केराकोपात, कोदो र मर्चा मिसाएको पानी
  3. एक सिक्का पैसा, दियोबत्ति, जोडी कलश र फुलपाती
  4. दही र चामलको टिका, छोराभए पशुबान्ने दाम्लो

मावलीलाई दिने सगुनका सामाग्री

  1. दुई कठुवा रक्सि र सुङगुरको मासु

बच्चालाई दिने सामाग्रीहरु

  1. बालकभए दौरा, सुरुवाल, टोपी, बालिकाभए गुन्युचोली, पटुकी, बर्को

निम्तालुलाई दिने सामाग्रीहरु

  1. खान पान तथा पेय पदार्थ–

बचन :

हे प्रकिति पुजक सुम्निमा पारुहाङ, हे चुलापुजक पितापुर्खाहरु हो । हे तयमा खियामा । तपाँईहरुले तानमा बुनेर शरिर ढाक्नको लागि कपडा बनाईदिनु भयो । त्यहि कपडा लगाएर हाम्रा पितापुर्खाहरु मानव भनेर यस संसारमा चिनिएका थिए र आफ्नो भावी पुस्तालाई पनि यहि कर्म सिकाएका थिए । आज तपाँईको सृष्टि …(नाम भन्ने)… लाई तपाँईहरुलेनै सृजना गरेको कपडा दिई पशुसमान जिवनबाट मानव बनाउदै छौ । आज आमाबाबु, बाजेबोजु, दाजुभाई, नरनाता सवैजनाले आर्शिबाद दिदैँछ । तिमिले नाम फैलाउन सकोस नागनगेनी सिमेभुमेले साथ दिईरहोस । अन्न, धन दौलतको मालीक बनाई रहोस । ज्ञानी, बुद्धिमानी बनाई रहोस । लेकबेसी, डाँडाकाँडा सवैतिर नाम फैलाउन सकोस । दुबो र अदुवा जस्तै फैलियोस, हरेका कदममा प्रगति भईरहोस । शरिरमा लागेको रोगकष्ट नदिले बगाई लैजावोस ।  आँखीडाही वायुवतासले उडाएर लगिरहोस । हाँसिखुशी बाँचिरहोस । झैझगडाहरु हुरिबतासले कटाएर लैजावोस । शिरमाथि चन्द्र सुर्य रहिरहोस । जय सुम्निमा पारुहाङ ।

कपाल काट्ने बिधी

छेवर गर्दा छोरा मान्छेलाई गोठमा लगी गोरुबान्ने दाम्लोले बाँधी कपाल काट्नु पर्दछ । कपाल काट्ने कार्य मामाले गर्नु पर्दछ । मामा छैन भने भेनालाई काट्न लाउदा पनि हुन्छ । काटेको कपाल टपरामा वा पत्तामा राखेर कसैले नटेक्ने चोखो ठाँउमा फाल्नु पर्दछ । गुन्युचोली गर्दा छोरी मान्छेले भने कपाल खौरिनु पर्दैन । नुहाई धुवाई गर्नु पर्दछ ।

दौरासुरुवाल/गुन्युचोली दिने बिधी

एक जना बुढापाका ब्यक्तिले वा कूबीमीले छेवर वा गुन्युचोली गर्दा दिईने कपडाहरुलाई नाङलोमा राखेर फुल, अक्षता, टिका र कलशको पानिले छर्किएर पुजा गरि घरको कुलपित्र, देवीदेवता, सिमेभुमे, देवीदेउराली सवैको नाममा चोखो पातमा टिका सार्नु पर्दछ । लुगा लगाईसकेपछि छोरा भए छोरानै साथि संग र छोरी भए छोरीनै साथि संग चुलामा राख्नु पर्दछ ।

मुन्धुम बाचन

सुम्निमा, नायुमा, तँमालो खेमा नानानीछचीवा
तेतँ–तेतँमा ध बा:माक सीकीया मू:चीहँ
हँछाराम्पी रम्पुवा छम्पूवालो
तेहाम् हूम्माक चालँवा बूसूचीक
साम्पाङ रदुङ तूम्साबूचीवासँ
रम्पूवा छम्पूवालो तेहाम् हूप्तोङा
साप्तेमूलूङ्पी हँछा छा नेतेक,
खतालो, ईसेकपीक बूक्छापाङो ।
ई नपी न हँछारम्पी नक थुम्पी
मरिमून्मा मूनाचीनालो
आम्छाब्काबी चाब्कूरीवा
तँबूछू खीरीछू, दीन्दारीपी,
रुँरीसाखा पीमा प्यानकपी,
ईसेखा बीरेखापी
फूपामूमा, मा:मापापा, रुमीपमी, वत्तँछारी
झारावा तेहाम् पीहँनाक तूई,
साखा पीहँनाक तूई ।
हँसँहँलँ छाचावो
नूवामी सानूमी छाचावो
चारीतेफू थीङीतीका थीङाचावो,
सूबीआम्ला माखूआम्ला थीङीतीका थीङाचावो ।
आम् रीराम्दूङ्पीक
झारा सामँसारी, नचूरीनहूरी
दङ्खँनीदलँनी, थनवारुबूसूसँ
यायूवा यल यातुनावो ।
कूहूमा साजूमावा
चूमालुङ लीमा लीब्मीउनेवो,
आम्तँबूछो खीरीछूपी
नीनाम्लोने नाम्छूलोनेवो ।

बाजेबोजु आमाबाबुबाट आर्शिबाद

त्यसपछि भए बाजेबोजुले नभएमा आमाबाबुले फुल, कलश र टिकाले बच्चाको दाँयाबाँया माथितल दुवैतिर एक–एक पटक छर्किएर आशिष दिदैं टिका लगाई दिनु पर्दछ ।

आफन्तबाट आर्शिबाद

यसरिनै त्यहाँ उपस्थित सबै बडाबडिआमा, काकाकाकी, मामामाईज्यु, फुपुफुपाज्युहरु र नरनाताहरुले पनि त्यसैगरि कलशको पानिले छर्किएर बच्चालाई टिका लाईदिदै आर्शिबाद दिन पर्दछ । टिका लगाईदिए पश्चात बच्चाको दिर्घायुहोस, दिएको आर्शिबाद लागोस भनेर आफ्नो ईच्छाले दक्षिणा र उपहार दिई शिर उठाँउनी गर्ने चलन छ ।

मावली रीति :

खानपान कार्य सकिएपछि बच्चालाई मामामावली चिनाउने, उहाँहरुको सम्मान गर्ने रीति गर्नु पर्दछ । यो रीति गर्दा घरमुलीले तयार गरि राखेको जोडि कठुवामा रक्सि र सगुनको रुपमा सुङगुरको मासु दाजुभाईहरुले मावलीको अगाडी राखिदिनु पर्दछ र भन्नु पर्दछ –

“मावलीहरु हो । आज यहाँ तँपाईहरुको भान्जा/भान्जीलाई छेवर/गुन्युचोली दिने कर्म गरि आर्शिबाद दिएकोमा मामामावली चिनाउन, तपाँईहरुको सम्मान गर्ने रीतिकोलागी यो राखेका छौं है ।”

त्यसपछि मावलीहरुले भन्छन –

“हाम्रो भान्जा/भान्जी ज्ञानी, बुद्धिमानी होउन, यस ठाँउको नागनगेनी सिमेभुमेले साथ दिईरहोस, अन्नपानी, धनसम्पत्तिवाला भईरहुन, हरेक क्षेत्रमा सबैभन्दा आगाडी होउन, यस ठाँउको तँपाई हामी सबै बाँचीरहुँ, मावलीहरुले दिएको आर्शिबाद हाम्रो भान्जा/भान्जीको शिरमाथि रहिरहोस है ।”

भन्दै आफ्नो ईच्छाले भान्जा/भान्जीलाई दक्षिणा दिने रीति छ । यसरी किरात राईहरुको बच्चाको छेवर/गुन्युचोलो समाप्त हुन्छ ।

निम्तालुजनबाट आर्शिबाद

निमन्त्रीत निम्तालुहरुले आर्शिबाद प्रदान गर्ने


 

किरात रीति अनुसार जय राईको छेवर कार्यक्रम

“यायामी तँ खोमापीमाहँ लछूम, सूम्बालो बप्तँ पीमाक”

१७ अप्रिल २०१६
स्थान : सुप्तुलुङ खिम, किलुनचुङ, शान्तिन

पार्थी : आमा – बिमला लिम्बु, बाबा – शशि मदन राई
ब्यावस्थापक : किराया हङकङ, संयोजक : साम्पाङ राई जुम्लेखा

कार्य बाँडफाँड
कजेरी ब्यावस्थापन – रजिन राई, धिराज साम्पाङ

कजेरिहरुको नामावली तयार गरि बिभिन्न बिभागले मागेकोमा पठाउने ।

चुला सजावट – रामचन्द्र राई

१. चुलामा माटो भरि लिपपोत गर्ने
२. चुलामा सरसामाग्री सरसजावट गर्ने
३. चुलामा आगो (कोईला बाल्ने)

संस्कारगत सामाग्री तयारपार्ने – नारायण साम्पाङ

१. नाङलो, काँसेथाल, अलिकति चामल र अदुवा
२. दुबो, तितेपाती, केराकोपात, कोदो र मर्चा मिसाएको पानी
३. एक सिक्का पैसा, दियोबत्ति, जोडी कलश र फुलपाती
४. छोराभए दौरासुरुवाल, टोपी, धनुकाँड, दाम्लो
५. छोरीभए गुन्युचोली, बर्की, तान बुन्ने थाका
६. छोराभए १ लिटर पानी, कैची, कपाल थाप्ने टपरी
७. चार वटा फेटा, दस माना रक्सि, पाँच वटा नाङलो

मावली रीत ब्यावस्था – धिराज साम्पाङ, तेज साम्पाङ

१. ढाडे, २ बदल रक्सि सहित नाङलोमा केराको पातमा राखेर – मावलीलाई
२. फिला, २ बदल रक्सि सहित नाङलोमा केराको पातमा राखेर – बुढा मावलीलाई
३. फिला, २ बदल रक्सि सहित नाङलोमा केराको पातमा राखेर – छेमा/देमालाई
४. पछाडीको भाग पकाएर २ बदल रक्सि सहित भाँडामा राखेर – कजेरीलाई
५. २ बदल रक्सि र ५०० र १०० पैसा हरियो पातमा – कूबीमीदयलाई

कजेरीलाई बनाईने ब्याज

कजेरी प्रमुख – १
प्रमुख कूबीमी – १
सहायक कूबीमी – १
गाछी – २
खानपान सेवा – ५
सरसफाई सेवा – ३
पथ सहयोगी – ५
प्रमुख ब्यावस्थापक – १
ब्यावस्थापक – ११

सरसजावट –रामली थुलुङ, बज्र थुलुङ

१. गेट सजावट, मुल ढोका सजावट, हल सजावट
२. टोईलेट साईन राख्ने, टोईलेटको ढोका छेस्किनी सहित बनाउने
३. चुलामा वरीपरि बस्न गुन्द्रि वा कार्पेट ब्यावस्था गर्ने
४. हलमा किचनको लाईट सार्ने प्रसस्त लाईट लगाउने
५. स्टेजमा कार्पेट बिछ्याउने
६. कम्पाउण्ड बरिपरि झिझिपे लाईट लगाउने
७. १ वटा टि टेबल र २ वटा सोफासेट राख्ने
८. २५० जनालाई खान पिउन टेबल र २५० कुर्सी राख्ने
९. बाहिर सवैतिर टेन्ट लगाउने
१०. एउटा प्रतिकात्मक गोठ बनाउने

बस ब्यावस्थापन – गंगाराम राई, पेनगुईन राई

जोर्डनबाट ३ वटा बस
१:०० बजे, कन्ट्याक्टर : ……….. ……….. ………..
१:३० बजे, कन्ट्याक्टर : ……….. ……….. ………..
१:४५ बजे, कन्ट्याक्टर : ……….. ……….. ………..

युनलङबाट १ वटा वस
१:०० बजे, कन्ट्याक्टर : ……….. ……….. ………..

पथ सहयोगी – धरान १७

युनलङ वसस्टपमा ……….. ……….. ….. किलुङचुङ बसस्टपमा ……….. ……….. .
चुलाघर छिर्ने मोडमा ……….. ……….. . चुलाघर बाहिर पुलमा ……….. ……….. .

कजेरी खाना बनाउने – पबित्र चाम्लिङ

……….. ……….. ………..                             ……….. ……….. ………..

खानपान ब्यावस्थापन– रजिन राई

खाध्यपदार्थ र सफ्ट ड्रिङस – सांग्रीला,                    पेयपदार्थ (हार्ड ड्रिङस) – सयपत्री

मेनु ……….. ……….. ………..                                  मेनु ……….. ……….. ………..

 

स्वंयम सेवकहरु :

खानपान ……….. ……….. ………..               जलपान ……….. ……….. ………..

……….. ……….. ……….. ………..                        ……….. ……….. ……….. ………

 

सुरक्षा, सरसफाई – हित कोयु, सुन्दरमणी कोयु

स्वंयसेवकहरु

……….. ……….. ………..                             ……….. ……….. ………..

अन्य :

ओसारपसार – तेज साम्पाङ,                      फोटोग्राफी – चन्द्र साम्पाङ
भिजुवलाईज – श्याम, धिरज बान्तावा,                    साउण्ड – रबिचन्द्र, बिमल
पाहुना स्वगत – कमला साम्पाङ,                 ब्यानर – मणि साम्पाङ
खानपान – सुरज साम्पाङ                          जलपान – दिपक साम्पाङ
सरसफाई – नन्द साम्पाङ,                         सजावट – प्रेमरोज साम्पाङ

कार्यक्रम संचालक – हरिचन्द्र साम्पाङ

१७ तारिक छेवरको कार्यक्रम तालिका

०९ बजे – कजेरीहरु (कामदारहरु) भेला
०९ – १२ बजे – कुर्सी, टेबल, टेन्ट, सरसजावट
१२ – ०१ बजे – कजेरी खाना (पबित्र चाम्लिङ)
०१ – ०२ बजे – स्टार्टअप तयार गर्ने
०२ – ०४ बजे – स्टार्टअप बितरण
०३ – ०५ बजे – मावली रीत तथा टिका प्रदान
०४ – ०७ बजे – डिनर बितरण
०७ – ०८ बजे – मनोरञ्जन
०८ बजे – बस फिर्ता

औपचारिक कार्यक्रमको रुपरेखा

पहिलो कार्यक्रम चुलापुजा (२ बजे) चुलामा थानथपना गर्ने
१. आशन ग्रहण – गाछि, गाछिनी, एकजना मावली, छेवरगर्ने र उस्को साथी, बाजेबोजु
२. अर्कोतर्फ कुबिमिदय र दाहिनेदेब्रेतर्फ घरको बिशिष्ठ ब्यक्तिहरु
३. फेटा गुथ्ने – (गाछि, र मावलीलाई साम्पाङबाट), धामीदयलाई किरायाबाट
४. छेवर/गुन्युचोलो संस्कारबारे जानकारी – नन्द साम्पाङ राईबाट
५. मुन्धुम बाचन (पितापुर्खाहरुबाट आज्ञा माग्ने) – प्रमुख कूबीमीबाट
६. सगुन बितरण

दोस्रो कार्यक्रम छेवर बचन  (२:३०) बजे बाहिर (आँगन) मा थानथपना लाने
१. निम्तालुलाई स्वगत – साम्पाङ अध्यक्ष
३. कपाल काट्ने वीधि – मामाको हातबाट
४. कपडा राखी छेवर बचन दिने – गाछि
५. कपडाको पुजा तथा टिका सार्ने – कूबीमीबाट
६.. कपडा हस्तान्तरण – बाजेबोजु नभए बाबुआमाबाट
७. अध्यक्षहरुबाट सामुहिक चुलासंस्कारबारे बिचार मन्तब्य
(यस बखत छेवर/गुन्युचोली गर्नेले नया कपडा फेर्नु पर्दछ ।)

तेस्रो कार्यक्रम मावली चिनजान (३:००) बजे यलम्बरहलमा थानथपना लाने
१. छेवर/गुन्युचाली गर्ने र एकजना साथीको आशन (अगाडी स्टेजमा)
२. स्टेजको बिपरित मामामाईज्युहरु, बुढामावली र छेमादेमाहरुको आशन
३. दाहिने तर्फ गाछि तथा साम्पाङ परिवार
४. पहिला धामी, बाजेबोजु, आमाबाबु र घरभित्रकोबाट आर्शिबाद
५. मावली चिनाउने रित राखि मावलीहरु चिनाईदिन अनुरोध गर्ने – गाछी
(दुई बदल रक्सि र ढाडे मामालाई), (दुई बदल रक्सि र दाहिने फिला, कुप्रो मावलीलाई)
(दुई बदल रक्सि र देब्रे फिला, छेमादेमालाई)
६. मावलीबाट रित स्विकारी मावली चिनाईदिने बचन दिने – मामा
७. मावली चिनाउदै आर्शिबाद तथा ढोग गराउने – मामाले
८. अन्त्यमा अन्यबाट टिका तथा आर्शिबाद

चौथो कार्यक्रम छेवर समापन (६:००) बजे आगनमा
१.. कजेरी शिर उठाउनी (प्रमुख धिराज साम्पाङ तथा रजिन राई लाई) – गाछिबाट
(दुई बदल रक्सि र मासु)
२. धामीदय शिर उठाउनी – कजेरी प्रमुखदयबाट ३.५०० र १०० र २ बदल रक्सि
४.धन्यबाद ज्ञापन – गाछिबाट,
५.धन्यबाद ज्ञापन तथा बिर्सजन– कजेरी प्रमुखबाट

खानपान मेनु

खानपान हेरबिचार –धिराज साम्पाङ

स्टार्टअप :
आलुदम, प्याजी, भुटुवा, तन्दुरी चिकन/चिकन फ्राई, अचार, चटपटे, स्मल विङगस
स्पेशल फर चिल्ड्रेन – राईस/दाल

सफ्ट ड्रिङक्स :
लस्सि–४० लि./ओरेन्ज जुस/एप्पलजुस/कोक,फ्यान्ट,स्प्राईट/वाटर–१२० लि.

हार्ड ड्रिङक्स :
ड्राफ्ट कार्लसबर्ग बियर–५ ब्यारेल/वाईन–८ कार्टन/चिभास–४ कार्टन

मेन कोर्ष :
ग्रिन सलाद, चिकन करि, पोर्क करि, आलुगोभी, राजमा दाल, मटर पुलाउ, राईस, नान, सब्जि, रसमलाई