सुप्तुलुङ मर्मत तथा निर्माण बिभाग

Suptulung Renovation & Construction Depart

परिचय :

किरात राई यायोक्खा हङकङको सुप्तुलुङखिम निर्माण तथा ब्यावस्थापन गर्न बिभिन्न सहयोग दाताहरु खोज गरि उनिहरुबाट कोष संकलन गर्दै यसको मर्मत, सम्भार, निर्माण, पुननिर्माण गर्न यस बिभाग गठन भएको छ ।

उदेश्यहरु :

  1. सुप्तुलुङखिम निर्माण परियोजना सम्पन्न गर्नु ।
  2. परियोजना अनुसार मर्मत, सम्भार, निर्माण, पुननिर्माण गर्नु ।
  3. परियोजना अनुसार आवश्यक पर्ने कोषहरु संकलन गर्नु ।
  4. सहयोगदाताहरुको नामवली अभिलेखिकरण गराउनु ।
  5. बिभिन्न कार्यक्रमहरु गरि सहयोग अभियान चलाउनु ।
  6. सुप्तुलुङखिम निर्माण योजनाको प्रचार प्रसार गर्नु ।
  7. किरात राई यायोक्खाले आयोजना गरेको कार्यक्रमहरुमा आवश्यकिय चिजहरुको निर्माण गरिदिनु ।

संयोजन समिति :

परियोजनाकार
किराया हङकङ सल्लाहकार
शशि मदन राई
(कुलपती)
किरात राई
प्रज्ञा प्रतिष्ठान
हङकङ
बिभाग प्रमुखचन्द्रका थुलुङ राई रजिन राई
हेजेन राई
बसन्त राई
तिलकवालाहाङ
मुल संयोजक
धिराज साम्पाङ राई
संयोजक
भाषिक संस्थाका
अध्यक्षहरु
कार्यकारी सचिव
तेज प्रकास (अधिराज) राई
उपसंयोजक
नारायण प्र. राई
जजिन राई
प्राविधिक
Technician
प्रबन्धक
पबिता पुमा राई
प्राविधिक
Technician

निर्माण योजना (२०१६)

परियोजनाकार :
शशि मदन राई (अध्यक्ष, किराया हङकङ, २०१२/ १६)
प्रस्तुत : ६ मार्च २०१६)
अनुमोदन  : ६ मार्च २०१६, नवौ अधिवेशन
प्रथम परिमार्जन : १७ जुन २०१८
अनुमोदन  : ९ सेप्टेम्बर २०१८), बगैंचा रेष्टुरेन्ट

परिच्छेद १

योजना प्रवेश :

किरात राईहरुको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृतीहरु छन । किरातहरु प्रकृती र पित्री पूजकहरु हुन । किरातहरु मन्दिर, मस्जिद नगई घरको बिच भागमा राखिएको तिन चूलालाई धार्मिक आस्थाको रुपमा पूजा गर्ने गर्दछ । चूलामा सर्वज्ञानी सुम्निमा पारुहाङ, सर्वशक्तिमान इश्वर, देवी देवताहरु र आफुलाई जन्म दिने पुर्वजहरु रहेको हुन्छ भनी मान्दछ । किरातहरुले जन्म देखी मृत्यसम्मको कर्मकाण्ड यहि चूलामा गर्ने गर्दछन । किरातहरुले कुनै कामको थालनी र अन्त्य गर्न पनि यहि चूलामा शक्ति माग्दछ ।

हङकङगेली किरात राईहरुले सामुहीक चुलाघरको अवधारणा ल्याई सन २०१६ जनवरी २० तारिख २५,५३,००० (पच्चिसलाख त्रिपन्न हजार) एक मुष्ठ हङकङ डलर तिरि २५०० स्क्वयार फिट जग्गामा रहेको १ तले घर आफ्नै स्वमित्वमा खरिद गरेको छ ।  यो घर युनलङ स्थित शान्तिन डिस्ट्रिक्टको किलुनचुङ भन्ने प्राकृतिक सुन्दरताले भरिएको अति रमणिय स्थलमा रहेको छ । यस क्षेत्रमामा दोस्रो बिश्व युद्धमा शाहदात प्राप्त गरेको हाम्रो बीर गोर्खाली सैनिकहरुको २०० भन्दा ज्यादा चिहान समेत सेमिट्रिज गरेर राखेको छ । यस ठाँउमा नेपालीहरुले बर्षेनी पुर्खा दिवस मनाउदै आई रहेको छ । हङकङ माइग्रेड भएको नेपालीहरु मध्ये चाईनाको बिशेष प्रशासनिक क्षेत्र हङकङको भुमिमा जग्गा सहितको घर Kirat Rai Association Hong Kong Limited संस्थाको नाममा खरिद गर्ने पहिलो जाति भुमिपुत्र किरात राईहरु बनेका छन ।

चूलाघर किराया हङकङको सामुहिक कूबिमीद्वय श्री श्रेष्ठ बहादुर राई र श्री नारायण प्रसाद राईज्युले किरात मुन्धुम अनुसार ३१ जनवरी २०१६ सालमा चूला गाढेका थिए । चुलाघर खरिद गरे पश्चात नवौं अधिवेशनले यसको नाम सुप्तुलुङखिम राखेको छ ।

सुप्तुलुङखिम खरिद गरि सके पश्चात, यसलाई किरात संस्कृती अनुसारको बनाउन, यसको निरन्तर निर्माण तथा मर्मत सम्भार गरि रहन आवश्यक छ । निर्माण तथा र्ममत सम्भारको लागि अल्पकालिन तथा दिर्घकालिन योजनाहरु बनाईएको छ । कति योजनाहरु सम्पन्न भै सकेकोछ । कति योजनाहरु निर्माणधिन छ । योजनाहरुलाई मुख्य २ भागमा बाँडिएको छ ।

  1. निर्माणधिन योजनाहरु –
    अर्ध निर्माण हुदै गरेको र निर्माण सुरु गर्न बाँकी ।

    • ऐतिहासिक निर्माण योजना – किरातहरुको ईतिहाससंग जोडिएका
    • सुबिधा निर्माण योजना – सुप्तुुुलुङखिमबाट प्रदान गरिने सुबिधाहरु
    • संकलन तथा संरक्षण योजनाहरु – किरात राईहरुको इतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार, संस्कृति, हतियार, भेषभुषा, गरहगना, बाजाहरु तथा साकेला शिलिहरुको संकलन र संरक्षण ।
  2. निर्माण समाप्त भएका योजनाहरु –
    जस्लाई निरन्तर मर्मत सम्भार गरिरहन आवश्यक छ ।
परिच्छेद २

निर्माणधिन योजनाहरु :
क. ऐतिहासिक निमार्ण योजना :

१. सुम्निमा पारुहाङको मुर्ती निर्माण :
sumnima1

चूलाघरको प्रवेश दुवारको दाहिने पट्टि सुम्निमा पारुहाङको मुर्ती स्थापनागरि आगन्तुकहरुलाई किरात धर्म तथा प्रथम मानव पुर्खा सुम्निमा पारुहाङको बारेमा जानकारी मुलक लेख राखिने छ । (निर्माणधिन)

२. वाबुक भएको प्रवेश दुवार निर्माण :

चूलाघरमा किरातति सजावटमा आकर्षक प्रवेश दुवार बनाईने छ । प्रवेश दुवारमा वाबूक निर्माण गरिने छ । वाबूकको बारेमा आगन्तुकहरुलाई किरातीहरुको बिकाश क्रममा अविस्कार गरेका वाबूकको प्रयोग र उपयोगिताबारे जानकारी मुलक लेख राखिने छ । प्रवेश दुवारको सबैभन्दा माथि किरात राई यायोक्खा हङकङ लेखिने छ भने दोस्रो लहरमा अन्यले कार्यक्रम गर्दा उनिहरुको ब्यानर राख्न दिईने छ । (निर्माणधिन)

३. रैछाकुलेको मुर्ति निर्माण :

चूलाघरको प्रवेश दुवारको दाहिने पट्टि रैछाकुलेको मुर्ति स्थापनागरि आगन्तुकहरुलाई शिकारी युगमा प्रवेश गराउने युग पुर्खा रैछाकुलेको इतिहास बर्णन गरिएको लेख राखिने छ । (निर्माणधिन)

४. तयामा खियामाको मुर्ति निर्माण :

चूलाघरको प्रवेश दुवारको देब्रे पट्टि तयामा खियामाको मुर्ति स्थापनागरि आगन्तुकहरुलाई कृषी युगमा प्रवेश गराउने युग पुर्खा तयामा खियामाको इतिहास बर्णन गरिएको लेख राखिने छ । (निर्माणधिन)

५. यलम्बरको ताम्रचित्र निर्माण :
yalambar1

चूलाघरको मेन हलको भित्तामा प्रथम किराति राजा यलम्बर हाङको ताम्रपत्रमा चित्र कुँदी किरातीहरुले नेपालमा ३२ पुस्ता सम्म राज्य गरेको ऐतिहासिक तथ्य लेख मार्फत जानकारी गराइनेछ । (निर्माणधिन)

ख. सुबिधा निर्माण योजना :

१. परिवर्तनीय कोठा निर्माण :

movable hall

यलम्बर हलमा सार्न मिल्ने कोठाहरु बनाईने छ । जुन मल्टि प्रोपोज रुपमा प्रयोग गरिने छ ।  यस हललाई आवश्यक परेको बेला जुनसुकै तरिकाको र जुनसुकै साईज बनाउनको सक्ने बनाईने छ । (निर्माणधिन)

२. पार्टि प्यालेस निर्माण


सुप्तुलुङ खिमलाई किरातहरुको बिबाह, पार्टि, भोजभत्तेर गर्ने स्थानकोरुमा बिकसित गर्दै लगिने छ । (निर्माणधिन)

३. अस्थाई छाना निर्माण :

roof

घरको बाहिर भागमा अस्थाई छाना लगाईने छ । ठुलाठुला कार्यक्रमहरु गर्दा भोजभत्तेरको लागि यो ठाँउको प्रयोग गरिने छ । (निर्माणधिन)

४. भिआईपि शयनकक्ष निर्माण :

चूलाघरको तल्लामाथि २ वटा भिआईपी शयनकक्ष निर्माण गरिने छ । किरात राईहरु परिवार सहित हप्ताको छुट्टि मनाउन गएको बेला बास बस्न चाहेमा यो शयनकक्ष सशुल्क प्रदान गरिने छ । नेपाल वा बिदेशबाट आएका पाहुना तथा कलाकारहरुलाई समेत इच्छा भएमा यहाँ राखिने छ । (निर्माणधिन)

५. कार्यलय कोठा निर्माण :

office

चुलाघरमा एक कार्यलय कोठा बनाईने छ । यसकोठामा किरात राईहरुको भाषिक संस्था र भ्रात्री संस्थालाई एकएक वटा दराज, फाईल राख्नलाई प्रदान गरिने छ । कार्यलय कोठामा एक टेलीफोन, फ्याक्स र ईन्टरनेट सेवा जडान गरिने छ । (निर्माणधिन)

६. प्रतिस्थापन चूला निर्माण :

किरात राईहरुको बिबाहको बेला एकै समयमा छोरी निकाल्न र बुहारी भित्र्याउने कार्य गर्न परे एउटा सामुहिक चूलाबाट एकै समयमा गर्न नसकिने भएकोले यस्तो बिशेष अवसरको लागि एक वैकल्पिक चूला निर्माण गरिने छ । जस्मा एकै दिन एकै समयमा दुई कार्य गर्न परे छोरी पट्टिको कार्यमा प्रतिस्थापन चूला प्रयोग गर्न दिईने छ । (निर्माणधिन)

ग. संकलन तथा संरक्षण योजना :

१. शिलि संकलन :


किरात राईहरुको शिलि संकलन गर्दै त्यस्लाई बिधुतिय माध्यमबाट यस्को संरक्षण र सम्वद्धर्न गर्दै किरात राईहरुलाई प्रशिक्षण गरिने छ । (भाग १ र भाग २ समाप्त)

२. तथ्याङक संकलन :


हङकङमा बसोबास गरिरहेका किरात राईहरुको पारिवारिक तथ्याङक निर्माण तथा अपडेड गर्दै लगिने छ । (निर्माणधिन)

३. मौलिक संकलन :

museum

किरात राईहरुले चलाएको प्राचिन हातहतियार, भेषभुषा, गरहगना, बाजागाजा संकलनगरि त्यस्को बारेमा विस्तृत जानकारी सहित यलम्बरहलमा संग्रह गरिने छ । जसले प्राचिन समयमा किरात सभ्यताको बिकाशको बारेमा बर्णन गर्न सकोस । (निर्माणधिन)

४. बिश्वकोष निर्माण :

किरात राईहरुको भाषा, लिपी, कला, साहित्य, ईतिहास, धर्म, संस्कृती, संस्कार सम्बन्धि, खोज, संकलन, आन्वेशन गरिएको पुस्तकहरु संकलन गरि त्यसलाई सोधकार्य गर्न, अध्यन, अध्यापन गर्न गराउन सजिलोको लागि पाठ्यक्रम युक्त अंग्रेजी र नेपाली भाषामा किरात राईहरुको एक बृहत ऐतिहासिक किरात राई बिश्वकोष (An Advance Historical Kirat Rai Encyclopedia) निर्माण गरिने छ  । (संकलन कार्य जारी)

परिच्छेद ३

मर्मत सम्भार :
निर्माण समाप्त भएका योजनाहरु :

१. स्टेज :
stage

यलम्बर हलमा कार्यक्रमहरु गर्न एक स्टेज बनाईने छ । स्टेजमा साउण्ड सिस्टम जडान भएको हुनेछ । स्टेजको पछाडि आकर्षक पर्दा झुण्डाईने छ । स्टेज, सभा सेमिनार, बिबाह, भोजभत्तेर गर्दा प्रयोग गर्न दिईने छ ।
(अर्ध समाप्त – सन २०१६)

२. आपतकालिन बाटो :

exit

सुरक्षाको दृष्टिकोणले चुलाघरबाट निस्कने दुईवटा ढोका निर्माण गरिने छ । एक यलम्बर हलको मुल ढोका र अर्को किचनमा एक संकटकालिन ढोका राखिने छ ।
(निर्माण समाप्त – सन २०१६)

३. मुल चूला :

किरात राईहरुको सवभन्दा ठूलो देव भनेको नै तीन चुलो हो । चूलाघरको एउटा कोठामा किरात राई जातिको समान्ता र आस्थाको प्रतिक मुल चूला (समुहिक प्रयोजनको लागी) निर्माण गरिने छ । (निर्माण समाप्त – सन २०१६)

४. पित्रीकक्ष :

मुल चूलाको उत्तर पट्टि सबैथरी भाषिक राईको छुट्टा छुट्टै एक एक वटा पित्रीकक्ष बनाईने छ । भाषिक पित्रीकक्षको मुनी बिचमा अलि ठुलो एक सामुहिक पित्रीकक्ष बनाईने छ । सामुहिक पित्रीकक्षमा सुम्निमा, पारुहाङ, पातेसुङ, दिलिदुङ, तयमा, खियामा र खक्चिलिप्पा (हेच्चकुप्पा, रैछाकुले) जस्ता समुहिक पित्रीहरु रहनेछ । तेस्तै दाँया पट्टि एक प्रतिस्थापन पित्रीकक्ष र बाँया पट्टि अर्को प्रतिस्थापन पित्रीकक्ष बनाईने छ । जस्मा ब्यक्तिगत पित्रीपूजाहरु गर्दा क्षणिक समयको लागि पित्री प्रतिस्थापन गर्न दिईने छ । (निर्माण समाप्त – सन २०१६)

५. टोईलेट :

toilet

यलम्बर हलमा महिला र पुरुषको छुट्टा छुट्टै टोईलेट निर्माण गरिने छ ।
(निर्माण समाप्त – सन २०१६)

६. सिसि टिभि :

cctv

सुरक्षाको दृष्टिकोणले यलम्बर हल, किचन र बाहिर घरको कम्पाउण्डमा सिसि टिभि जडित हुनेछ । सिसि टिभि इन्टरनेट बाट हेर्न सकिने बनाईने छ । सिसि टिभि जडान भै सकेको छ । (निर्माण समाप्त – सन २०१८)

७. नामावली :
digital

चुलाघर खरिद र चुलाघर ब्यावस्थापनमा सहयोगगर्ने दाताहरुको नामावली यलम्बरहलमा टिभि राखि तेस्मा दृश्यंकन गरिने छ । (निर्माण समाप्त – सन २०१८)

८. प्रोजेक्टर :
projector

सभा सेमिनार गर्दा वा डकुमेन्टिङ, मुभी सो गर्दा प्रोजेक्सनको लागि १ प्रोजेक्टर स्टेजमा जडान गरिने छ । प्रोजेक्टर जडान भैसकेको छ । (निर्माण समाप्त – सन २०१६)

९. तालिम कक्षा :

training room

बिभिन्न जिवनपयोगी तालीमहरुको Course of study बनाई तालीम कक्षाहरु संचालन गरिनेछ । भाषिक संस्थालाई भाषाकक्षा संचालन गर्न लाईने छ । (निर्माण समाप्त – सन २०१६ )

१०. संस्कार सेवा :

किरात राईहरुको जन्म देखि मृत्यु पर्यन्त सम्मको संस्कार गरिदिन कूबीमीहरुको नियुक्ती गरि संस्कार सेवा प्रदान गरिने छ । सन २०१२ बाट यो सेवा संचालन भएकोछ ।

  • गर्भ संस्कार : गर्भ रहँदा गरिने संकार ।
  • जन्म संस्कार : बच्चा जन्मदा गरिने संस्कार ।
  • नौरान संस्कार : नाम राख्ने संस्कार ।
  • भात खुलाई : भात खुलाउने संस्कार । सुरु भैसकेको छ ।
  • छेवर/पास्नी : लुगा दिने संस्कार । कार्यक्रम भैसकेको छ ।
  • बिबाह : मगनी र बिबाह छिन्ने दुवै कार्य भैसकेको छ ।
  • मृत्यु संस्कार : बाटो लगाउने कार्य भैसकेको छ ।
परिच्छेद ४

आर्थिक कोष :

यस बिभागमा २ प्रकारको कोष रहने छ ।

१. बिशेषकोष
२. अक्षयकोष

१. सुप्तुलुङ निर्माण बिशेषकोष:

सुप्तुलुङ निर्माणमा सहयोगगर्ने दाताहरुको सहयोग रकमको ७५ प्रतिशत सुप्तुलुङ निर्माण बिशेष कोषमा रहने छ । जुन सुप्तुलुङको निर्माण योजनामा खर्च गरिने छ ।

२. सुप्तुलुङ निर्माण अक्षयकोष :

सुप्तुलुङ निर्माण सहयोगगर्ने दाताहरुको सहयोग रकमको २५ प्रतिशत सुप्तुलुङ निर्माण अक्षयकोषमा रहने छ । यस्को मुलधन खर्च गर्न पाईने छैन । यसबाट आउने ब्याज सुप्तुलुङ र्ममत, सम्भार तथा दैनिक कार्य संचालन खर्च गर्न प्रयोग गरिने छ ।

३. बैंक खाता संचालन :

बिभागले संकलन गरेको बिशेषकोष सो बिभागको मुल संयोजक, बिभाग प्रमुख र प्रबन्धक मध्ये जो कसैको नाममा खाता संचालन गरिने छ ।

४. अक्षयकोष निछेप :

किराया हङकङ बिधानको परिच्छेद (६) को धारा (२) अनुसार, निश्चित समय अवधीको लागी समितिको कार्यकाल नसकुन्जेल सम्म कुनै पनि मान्यता प्राप्त वित्तिय संस्थामा किराया हङकङको अध्यक्ष, प्रथम उपाध्यक्ष र महासचिवको संयुक्त नाउमा कुनै दुईजनाले सहि गरि मासिक ब्याज निकाल्न सक्ने गरि अक्षयकोष निछेप राख्न सकिनेछ ।

५. सहयोग रकम जम्मा गर्नुपर्ने बैंक खाता :

एकाउण्ट नं. :
एकाउण्टको नाम :
बैंकको नाम :
जानकारी फोन :

परिच्छेद ५

सम्मान तथा छुट :

सुप्तुलुङखिम खरिद गरिसके पश्चात यसलाई किरात राईहरुको संस्कृती झल्किने गरि मर्मत, सम्भार र आवश्यकिय बस्तुहरुको निर्माण गर्न आवश्यक भएकोले हङकङबासि किरात राई दाजुभाई दिदिबहिनि लगायत बिश्व भरि छरिएर रहेका किरात राईहरुलाई सहयोगको अपिल गर्दछौं । सहयोगदाताहरुलाई निम्न सम्मान र छुट गरिने छ ।

१. सहयोगदाताहरुलाई सम्मान

सुप्तुलुङखिम निर्माणमा सहयोगगर्ने दाताहरुको नामावली दृश्याङकन गर्दै शिलालेखमा समेत अंकित गरिने छ र निम्म सम्मान प्रदान गरिने छ ।

  • १५००० देखि ३०००० सम्म – आजिवन सदस्यता
  • ३०००० देखि ५०००० सम्म – माननित सदस्यता
  • ५०००० देखि  माथि जतिसुकै –  सम्मानित सदस्यता

२. सहयोगदाताहरुलाई छुट :

सुप्तुलुङखिम निर्माणमा सहयोगगर्ने सहयोगदाताहरुलाई सुप्तुलुङखिम प्रयोग गर्दा लाग्ने भाडामा निम्न छुट प्रदान गरिने छ ।

  • १५००० देखि ३०००० सम्म – १५ प्रतिशतछुट
  • ३०००० देखि ५०००० सम्म – ३० प्रतिशत छुट
  • ५०००० देखि माथि जतिसुकै –   ५० प्रतिशत छुट

३. भाषिक तथा भ्रातृ संस्थाहरुलाई छुट :

किरात राई यायोक्खा हङकङमा अनुबन्धित भएका भाषिक तथा भ्रातृ संस्थाहरुलाई निशुल्क हल प्रदान गरिनेछ ।

४. संयोजन समितिलाई सम्मान :

संयोजन समितिलाई सम्मानार्थ यलम्बरहलमा सम्पुर्ण समितिको नामावली शिलालेखमा अंकित गरिनेछ ।

परिच्छेद ५

संयोजन समितिको काम, कर्तब्य र अधिकार :

१. बिभाग प्रमुखको काम, कर्तब्य र अधिकार

  1. बिभागको उदेश्य अनुसार कार्य ब्यावस्थापन गर्नु ।
  2. बिभागको दिर्घकालिन योजना तथा कार्यक्रमहरु बनाउनु ।
  3. कार्यक्रमहरुलाई किराया हङकङको क्यालेण्डरमा अपडेट गर्नु ।
  4. कार्यक्रम पुरागर्न मुलसंयोजक आवश्यक भए शिफारिस गर्नु ।
  5. मुलसंयोजकलाई संयोजन समिति निर्माणगर्न सहयोग पुऱ्याउनु ।
  6. संयोजन समितिको कार्य प्रगति, समिक्षा, किराया हङकङमा अपडेट गर्नु ।
  7. संयोजन समितिलाई आवश्याक पर्ने सम्पुर्ण ब्यावस्थापकिय कार्यहरु गर्नु ।

२. मुल संयोजकको काम, कर्तब्य र अधिकार

  1. बिभागको उदेश्य अनुसार कार्यक्रम संयोजन गर्नु ।
  2. कार्यक्रमलाई बिभिन्न क्षेत्र, उपक्षेत्रमा बिभाजन गर्नु ।
  3. कार्यक्रम सम्पन्न गर्न संयोजन समिति निर्माण गर्नु ।
  4. संयोजक तथा उपसंयोजकहरुमा कार्य बाँडफाँड गर्नु ।
  5. संयोजन समितिको बैठकको अध्यक्षता गर्नु ।
  6. संयोजन समितिको कार्य प्रगति, समिक्षा, संसोधन गर्नु ।
  7. मातहातमा रहेका सन्धि, सम्झौतामा हस्ताक्षर गर्नु ।

३. संयोजकको काम, कर्तब्य र अधिकार

  1. मुल संयोजकलाई सहयोग गर्नु ।
  2. तोकिएको बिशेष क्षेत्रमा कार्य गर्नु ।
  3. बिशेष उदेश्य प्राप्तिको लागि कार्य गर्नु ।
  4. बैठकमा प्रगति बिबरण प्रस्तुत गर्नु ।
  5. बैठकमा प्रस्ताव राख्नु, छलफल गर्नु ।
  6. बिशेष कार्यक्रमलाई संयोजन गर्नु ।
  7. मुल संयोजक दिएको अन्य जिम्मेवारीहरु पुरा गर्नु ।

४. उपसंयोजकको काम, कर्तब्य र अधिकार

  1. संयोजकलाई सहयोग गर्नु ।
  2. तोकिएको बिशेष उपक्षेत्रमा कार्य गर्नु ।
  3. बिशेष उदेश्य प्राप्तिको लागि कार्य गर्नु ।
  4. बैठकमा प्रगति बिबरण प्रस्तुत गर्नु ।
  5. बैठकमा प्रस्ताव राख्नु, छलफल गर्नु ।
  6. बिशेष कार्यक्रमलाई संयोजन गर्नु ।
  7. संयोजक दिएको अन्य जिम्मेवारीहरु पुरा गर्नु ।

५. कार्यकारी सचिवको काम, कर्तब्य र अधिकार

  1. उदेश्य अनुसार कार्य गर्नु ।
  2. दैनिक कार्य संचालन गर्नु ।
  3. संयोजन समितिको बैठक बोलाउनु ।
  4. बैठक सञ्चालन गर्नु ।
  5. छलफल गर्नपर्ने विषयहरु बैठकमा प्रस्तुत गर्नु ।
  6. निर्णयहरुको अभिलेख राख्नु ।
  7. अफिसियल कागजातहरु तयार पार्नु ।

६. प्रबन्धकको काम, कर्तब्य र अधिकार

  1. बिभागको उदेश्य अनुसार कार्य गर्नु ।
  2. प्राविधिक पक्षहरुको रेखदेख गर्नु ।
  3. प्राविधकिहरुको नियुक्ति सिफारिश गर्नु ।
  4. प्राविधिकहरुको तलब, भत्ता, परिश्रामिक दिनु ।
  5. समितिको दैनिक हरहिसाब राख्नु ।
  6. बिल भौचर लिनु, दिनु, उठाउनु, ताकेता गर्नु ।
  7. आय व्यय विवरण बैठकमा प्रस्तुत गर्नु ।

७. प्राविधिकहरुको काम, कर्तब्य र अधिकार

  1. संयोजन समितिको बैठकमा भाग लिनु ।
  2. कार्यक्रमको आवश्यक प्राविधिहरुबारे छलफल गर्नु ।
  3. आफुले पाएको जिम्मेवारीको प्रगति बिबरण पेश गर्नु ।
  4. कार्यक्रम हुन अगावै आफुले प्राप्त गरेको जिम्मेवारीहरु जाँच्नु ।
  5. कार्यक्रमलाई सफल पार्न महत्वपुर्ण भुमिका खेल्नु ।

(समाप्त)

डाउनलोड  :

सुप्तुलुङ  निर्माण लिफलेट एमएसवर्ड पिडिएफ
सुप्तुलुङ  निर्माण योजना एमएसवर्ड पिडिएफ
मुल संयोजकको नियुक्ति पत्र एमएसवर्ड पिडिएफ
संयोजकको नियुक्ति पत्र एमएसवर्ड पिडिएफ
उप संयोजकको नियुक्ति पत्र एमएसवर्ड पिडिएफ
कार्यकारी सचविको नियुक्ति एमएसवर्ड पिडिएफ
प्रबन्धकको नियुक्ति पत्र एमएसवर्ड पिडिएफ
प्राविधिकहरुको नियुक्ति पत्र एमएसवर्ड पिडिएफ
गठन निमन्त्रणा पत्र एमएसवर्ड पिडिएफ

भु.पु. पदाधिकारीहरु

बिभाग प्रमुख मुल संयोजक कार्यकाल
हरिचन्द्र राई हेजेन राई सन २०१६–१८
रजिन राई हेजेन राई सन २०१२–१६