संगठन बिस्तार तथा समन्वय विभाग

Organization Growth & Coordination Depart

coordination

परिचय

भाषिक संगठन र भ्रातृ संगठनहरु बिस्तार गर्दै, देश बिदेशमा रहेका किरात राई यायोक्खासंग सम्बन्ध स्थापित गर्न तथा किराया हङकङको मातहातमा रहेका बिभिन्न बिभागहरुलाई समन्वय गर्दै, किराया हङकङले दिने सेवा र सुविधाहरु उपलब्ध गराउदै सुप्तुलुङमा गोलबन्द गराउन यस बिभाग गठन भएको छ ।

उदेश्यहरु

  1. बिभाग, भाषिक, भ्रातृ संस्थालाई समन्वय गर्नु, चलयमान बनाउनु ।
  2. किराया हङकङले दिने सेवाहरु प्रचार पसार गर्दै उपलब्ध गराउनु ।
  3. देश बिदेशबाट आएका बिशिष्ठ ब्यक्तिहरुलाई चुला दर्शन गराउनु ।
  4. प्राज्ञिक राईहरुलाई प्रज्ञा प्रतिष्ठान हङकङमा गोलबन्द गराउनु ।
  5. कूबीमीहरुलाई किरात धर्म संरक्षण तथा संस्कार विभागमा ल्याउनु ।
  6. देश बिदेशका यायोक्खा तथा यसका संगठनहरुसंग सम्बन्ध गर्नु ।
  7. हङकङका नेपाली संघ संस्थाको तथ्याङक अपडेटगर्दै प्रतिनिधित्व गर्नु ।
बिभाग प्रमुख
प्रमुख सल्लाहकार
हरिचन्द्र राई
(किराया अध्यक्ष)
रजिन राई
सल्लाहकार समिति
उपप्रमुख
उपप्रमुख
पबित्र चाम्लिङ राई कमल दुमी राई,
तेज साम्पाङ राई तिलक बान्तावा राई
पेन्गुईन पुमा राई रामली थुलुङ राई
हित बहादुर कोयी राई लोखराज राई

हाम्रो बाह्र सेवाहरु :

सुप्तुलुङ खिममा कार्यक्रमहरु गर्न परे निम्न सेवा सुविधाहरु उपलब्ध गरिने छ ।

1. खानपान खानपानको लागि बिभिन्न मेनु छनौटमा (बफेट सिस्टममा) खानपान सेवा  उपलब्ध गरिने छ ।
2. सत्कार कार्यक्रममा खानपान हेरबिचारको लागि स्वंयमसेविकाहरु उपलब्ध गरिने छ ।
3. ढुवानी कार्यक्रम स्थलमा ढुवानी, भण्डार, ओसार पसारको लागि स्वंयसेवकहरु उपलब्ध गरिने छ ।
4. सरसफाई कार्यक्रममा फोहोर मैला संकलन गर्न तथा सरसफाई  गर्न स्वंयसेवकहरु उपलब्ध गरिने छ ।
5. छपाई निमन्त्रणा पत्र, कार्यक्रमको ब्यानर आदि छपाउन परे छपाई सेवा प्रदान गरिने छ ।
6. फोटोग्राफी फोटो/भिडियोग्राफी सेवा चाहिएमा फोटो/भिडियो ग्राफर उपलबध गरिने छ ।
7. स्वगत कार्यक्रममा स्वगतको लागि फुल गुच्चा, ब्याज लगाई दिई स्वगत गर्न पंचकन्याहरु उपलब्ध गरिने छ ।
8. सरसजावट कार्यक्रम स्थललाई आवश्यक्ता अनुसार सजाउन सरसजावट सेवा उपलब्ध गरिने छ ।
9. सांस्कृति कार्यक्रममा किरात राईहरुको सांस्कृतिक झाँकि, नाच, शिलिहरु प्रर्दशनि गरिने छ ।
10. संस्कार किरात राईहरुको मौलिक धर्म अनुसारको संस्कार गरिदिन  कूबीमी उपलब्ध गरिने छ ।
11. यातायात सहभागीहरुलाई कार्यक्रम स्थल सम्म आउन जानको लागि यातायात सेवा उपलब्ध गरिने छ ।
12. सुरक्षा कार्यक्रम स्थलमा आकस्मिक दुर्घटना रोकथामको लागि सुरक्षा सेवकहरु खटाईने छ ।

हङकङका संघसंस्थाहरु :

क्र.सं. संस्था अध्यक्ष फोन
1. आदिबासि जनजाति महासंघ किसन राई 9420 7156
2. नेपाली महासंघ हङकङ रिता गुरुङ 6644 9594
3. गैर आवासिय नेपाली संघ टिका गुरुङ 6498 7336
4. नेपाल च्याम्बर अफ कर्मश डासुराम पराजुली 9826 1416
5. बृटिश गोर्खा भुपु सैनिक संघ
किरात राई यायोक्खा हरिचन्द्र राई 6993 7354
6. किरात याक्थुङ चुम्लुङ
7. किरात सुनुवार सेवा समाज श्याम सुनुवार 9409 4245
8. किरात याक्खा छुम्मा
9. तमु ट्योहुल हङकङ
10. मगर समाज हङकङ
11. तामाङ घेदुङ हङकङ
12. शेर्पा समाज हङकङ
13. नेवार समाज हङकङ
14. थकाली समाज हङकङ
15. दुरा समाज हङकङ

भु.पु. पदाधिकारीहरु

बिभाग प्रमुख बिभाग संयोजक कार्यकाल
रजिन राई सन २०१६–२०१८
शशि मदन राई सन २०१२–२०१६