शिली संकलन तथा संस्कृति विभाग

Shili Collection & Culture Depart

Sakela1

परिचय

किरात राईहरुको संस्कृति संरक्षणको लागि किरात राईहरुको भेषभुषा, गरगहना, गाजाबाज संकलन गरि संस्कृतिलयको निर्माण गर्दै किरात राईहरुको ईतिहास बोकेको साकेला सिलिको प्रदर्शनी गर्न तथा विविध थरका राईहरुको खोलाखोला वा थुमथुमको शिलिहरु संकलन गरि प्रशिक्षण गर्न तथा शिलि संरक्षण र सम्वद्र्धन गर्न यस बिभाग गठन हुनेछ ।

उदेश्यहरु

  1. भेषभुषा, गरगहना तथा बाजागाजाको संस्कृतिलय निर्माण गर्नु ।
  2. बिभिन्न खोलाखोला थुमथुमको शिलिहरु संकलन गर्नु ।
  3. संकलित शिलिहरुको प्रशिक्षक नियुक्त गरि प्रशिक्षण गराउनु ।
  4. शिलिहरुलाई संरक्षण तथा सम्वद्र्धन गर्नु ।
  5. आवश्यक परेको बेला शिलि, झाँकी प्रदर्शन गर्नु ।
  6. कलाकार समुह निर्माण गर्नु ।
  7. बिभिन्न चाडपर्व, संस्कृतिहरुलाई मनाउदै लैजानु ।

संयोजन समिति

बिभाग प्रमुख मुल संयोजक
राजेन्द्र राई पिताम्बर राई

कलाकार समुह

शिलिमोपा
रबिचन्द्र राई

शिलिमोमा
रेनुका राई

ढोले (पुरुष)

ढोले (पुरुष)

सिलिकार (पुरुष)

सिलिकार (महिला)

सिलिकार (पुरुष)

सिलिकार (महिला)

सिलिकार (पुरुष)

सिलिकार (महिला)

सिलिकार (पुरुष)

सिलिकार (महिला)

किराती राई महिलाहरुको आभूषण गरगहना

शिरमा लगाउने

राई महिलाहरुले शिरमा सुनको शिरफूल लगाई आफूलाई सुन्दर तुल्याउने चलन पनि रही आएको छ । राई महिलाहरुले खुर्पे चिम्टी जुनविरी चिम्टी पनि लगाउने चलन छ ।

हारी –

राई महिलाहरुको मौलिक गहनाको रुपमा यसको प्रमुख स्थान छ । हारी चाँदीको सिक्काबाट निर्मित चारआनी आठआनी अथवा रुपैयाँ कम्पनी हुने गर्दछ । हारीलाई गलामा लगाइन्छ अथवा ठूलो छ भने छड्के गरी पनि लगाइन्छ । प्वाँलोको माला काँढे प्वाँलोको माला नौगेडी चाँदीको जन्तर सुनको कण्ठ आदि पनि लगाउने चलन रही आएको छ ।

तिलहरी –

यो सुनबाट बनाइएको हुन्छ । राई विवाहिता महिलाहरुको पहिचानको रुपमा रहेको तिलहरी पनि हो । यो हरियो गोलो पोतेमा उनीएको हुन्छ । कसै-कसैले हरियो ऊनको धागोमा पनि उनेर लगाउने गर्दछन् ।

कानमा लगाउने गहना –

चेप्टे सुन, तारीवान सुन वा गोदावरी सुन, कोप्चा, कर्णफूल, कानढुँग्री, माडवारी ।

नाकमा लगाउने गहना

ढुंग्री, मुन्द्री, बुलाकी, फूली ।

रिङ्गटे चकरी ज्ञानी

बाँसको चोयाबाट निर्मित एक प्रकारको औंठी हो । यस सम्बन्धी विश्वास के छ भने यसलाई लगाएपछि लगाउने व्यक्तिले रिङ्गटा लाग्ने रोगबाट मुक्ती पाउँछ । साथै ज्ञान बुद्धि आउँछ । औंठी –

राई महिलाहरुले औंठीको रुपमा धारण गर्ने चाँदीको काँक्रे बियाँ औँठी, असर्फि औंठी, बेरुवा औंठी । प्वाँलोको इयूँ भएको औंठी ।


छ्योक्मेमा –

यो पनि बाँसको चोयाबाट निर्मित एक प्रकारको औंठी हो । यसलाई राई केटाले मन परेको केटीलाई लगाई दिने चलन छ ।

खम्बी –

खम्बी मालिङ्गो वा बाँसबाट निर्मित हुन्छ । बाँसका साना साना कलम जस्तो काटी सुनाखरी र धागोले बाँधी जाली जस्तो बनाइन्छ यस खम्बीमा मुर्चुङ्गा राखिन्छ । साथै बिनायो चाँदीमा जडित सुँगुरको जगरबाट निर्मित कुचि आदि झुप्पा बनाई झुण्ड्याइन्छ । यसलाई राई महिलाहरुले आफ्नो चौबन्दीको तुनामा कसै कसैले धागोमा बाँधी घाँटीमा झुण्ड्याउने गर्दछन् ।

हातमा लगाउने –

राई महिलाहरुले चाँदीको सादा चुरा, चाँदीकै काँडे चुरा लगाउने चलन रहेको छ ।

खुट्टामा लगाउने –

चाँदीको काँडे वा सादा कल्ली लगाउने चलन रहेको छ ।

कपाल कोर्ने काइयों/थाक्रो –
यो मालिङ्गो वा बाँसबाट बनेको हुन्छ । थांक्रो अलिक लामो हुन्छ र एकमुठा बाँधेको हुन्छ भने काइयो अलि छोटो तर बाक्लो गरी बुनेको हुन्छ

फुर्के –
राई महिलाहरुले कपाल कोरिबाटी गरेपछि फुर्के÷लाछा धागो टोँलामा लगाउने गर्दछन् ।


योजना – साकेला श्रब्यदृश्य निर्माण

परियोजनाकार : नरजित राई (संस्थापक कोषाध्यक्ष, किराया हङकङ)
परियोजना : सन २००९ साल, परिमार्जन (६ मार्च २०१६)

परिच्छेद – १

१. परियोजना :

किरात राईहरुको महान संस्कृती साकेला सांस्कृतीलाई संरक्षण सम्वद्र्धन र ब्यावस्थापन गर्न तथा विविध थरका राईहरुको खोलाखोला वा थुमथुमको शिलिहरु संकलन गर्न, पर्दशन गर्न, प्रशिक्षण गर्न तथा श्रब्यदृश्यको माध्यमबाट शिलि संरक्षण गर्न, गराउन आवश्यक्ता महशुुस गरिएकोले यो परियोजना तयार गरिएको छ ।

२. उदेश्यहरु

  1. किरात राईहरुको मौलिक परम्परागत संस्कृति साकेला शिलिहरुलाई बचाउनका लागि खोज अनुसंन्धान गर्दै प्रत्येक थरिका राईहरुको सिलिहरु (थुम–थुमका, खोला–खोलाका, पाछा–पाछाका) लाई समावेस गर्दै सम्पुर्ण शिलिहरुलाई छायाकंनगरि दस्तावेजको रुपमा राख्ने  ।
  2. नयाँ पिडिका सन्ततिहरुलाई आफ्नो मौलिक परम्परागत संस्कृति साकेला शिलिहरुलाई सिकाउने ।
  3. सिलि नाच्दा गाइने किरात राईका मौलिक लोक भाखाहरुलाई (गितहरु) रेकर्डगरि राइहरुको मौलिक गित संगितहरुलाई बचाउने ।
  4. किरात राई यायोख्खा हङकङ र भाषिक संस्थाहरुको बिधानमा उल्लेखित भाषा, धर्म, कला, संस्कार, संस्कृति, परम्परा र चाडबाडहरुको सम्बर्धन र प्रबर्धन गर्ने भन्ने उदेश्यहरु मध्ये संस्कृति पक्षको एक भाग पूर्ण गर्ने ।
  5. किरात राईहरुका पूर्खाहरु द्धारा सृजित मौलिक शिलिहरुको अंग–भंग हुन बाट बचाउने।
  6. किरात राई यायोख्खा हङकङले साकेला सिलि प्रशिक्षण अभियन चलाए झै देश बिदेशमामा पनि साकेला सिलि प्रशिक्षण अभियनको शुरुवात ।
  7. थर–थरिका, थुम–थुमका, पाछा–पाछाका, खोला–खोलाका सिलिहरु सबै थरिका किरात राईहरुले सिक्न सकिने ।

३. प्रशिक्षकहरुको काम कर्तब्यहरु :

  1. प्रशिक्षकहरुले चयन भएका कलाकारहरुलाइ आफ्नो छांयाकन भएको एकल शिलि सिकाउने ।
  2. कलाकारहरु छायाकंनमा जानु अघि प्रशिक्षकहरुले कलाकारहरुलाइ शिलिको प्रगति बारे जांचबुझ तथा सुझाव दिनु पर्ने छ ।
  3. प्रशिक्षकहरुले कलाकारहरुलाइ कुनै निश्चित ठाउमा ब्यक्तिगत रुपमा पनि छायाकंनमा जानु अघि आफ्ना शिलिहरु सिकाउन सक्नेछन ।
  4. प्रशिक्षकहरुले आफ्नो शिलिका लागि आफ्नै कलाकार साथिहरु पनि ल्याउन सक्नेछन तर घटिमा महिला–१० र पुरुष–१० हुनु पर्नेछ सो बारे संयोजक वा साकेला शिलि प्रशिक्षण अभियनका समितिलाई जानकारि दिनु पर्नेछ ।
  5. प्रशिक्षकहरुले आफ्नो जातिको संस्कृतिलाई बचाउनका लागि अमर ईतिहास रचिरहेको बुझ्दै, आफ्नो कलालाई (शिलिहरुलाई) नयां पुस्तामा हस्तान्तर गर्नका लागि आफू कटिबद्ध हुनु पर्नेछ ।

४. भाषिक संस्थाहरुको काम कर्तब्यहरु :

  1. नेपालबाट सिलिहरु सिकेर, जानेर, बुझेर आएका शिलिमोपा, शिलिमोमाहरुको खोजि कार्यगरि शिलिहरु सिकाउनका लागि अनुरोध गर्ने ।
  2. भाषिक संस्थाहरुले आ–आफनो प्रशिक्षकहरुको चयन गर्नु पर्नछ र हरेक क्षेत्रमा साकेला सिलि प्रशिक्षणका लागि भाषिक संस्थाहरुले मुख्य भुमिका खेल्नु पर्नेछ ।
  3. किरात राईहरुको मौलिक कला संस्कृतिहरुलाइ बचाउनका लागि हङकङमा स्थापित भाषिक संस्थाहरु एक जुट हुनु पर्दछ ।
  4. आफ्नो क्षेत्रबाट साकेला सिलि प्रशिक्षण अभियनका लागि आथिर्क सहयोग जुटाउने प्रयास पनि गर्नु पर्नेछ ।
  5. शिलिमोपा, शिलिमोमाहरुलाई साकेला सिलि प्रशिक्षण अभियनको छांयाकन बारे प्रशिक्षण दिने वा बुजाउने ।

परिच्छेद – ३

कोष :

कोष निम्न तरिकाले निर्माण गरिने छ ।

१. प्रायोजक

  1. साकेला सिलि प्रशिक्षण अभियनको महत्वबारे किरात राईहरुमा बुझाउदै धेरै भन्दा धेरै प्रायोजकहरुको खोजि गर्ने ।
  2. किरात राई यायोक्खा तथा भाषिक संस्थाहरुबाट निश्चित रकमको माग गर्ने वा किराया आफैले आथिर्क पहल गर्ने ।

२. डिभिडि बिक्री बितरण :

डिभिडि बिक्री बितरणगरि प्राप्त रकम।

परिच्छेद – ४

१. साकेला सिलिको ट्याग वा गित :

  1. साकेला शिलिमा गाईने किरात राइहरुका मौलिक लोक भाकाहरुको नै साकेला शिलिको संगित (ट्रयाग) बनाइनेछ ।
  2. सिलि छायाकंनका लागि चाहिने ताल (बिट) शिलिको टेम्पो अनुसार ऊत्पादन गरिनेछ । सो का लागि राम्रा संगितकारहरुको चयन गरिने छ ।
  3. प्रशिक्षकहरुको शिलिको ताल अनुसारको ट्याग आ–आफ्नो भाषिक संस्थाहरुले पनि उत्पादन गर्न सक्नेछन ।
  4. साकेला शिलिमा गाईने किरात राइहरुका मौलिक लोक भाकाहरुको शब्द लेखनका लागि किरात राई साहित्यकारहरुलाई अनुरोध गरिनेछ ।

२. छायाकंन बिधी

  1. राइहरुका भाषिक संस्थाहरुबाट शिलि प्रशिक्षणका लागि प्रशिक्षकहरुको माग गर्ने ।
  2. प्रशिक्षकहरुबाट प्राप्त शिलिहरुबारे जानकारि लिने (थुम, खोला, पाछा थर कुन कहा को हो)
  3. प्रशिक्षकहरु नै बिज्ञ हुने भएकाले मौलिक शिलिहरुको ज्ञान उनिहरु संग जति छ सब भन्दा पहिले उनिहरुको छायांकन गर्ने ।
  4. प्रशिक्षकहरुले सिलिबारे जानकारि दिदै बोल्ने वा बाहिरबाट अरुले बोलेर सो शिलिबारे प्रस्ट पार्दै छायाकंन गर्ने वा सम्पादन गर्दा मिलाउने सकभर लिखित पनि गर्ने ।
  5. प्रशिक्षकहरुले बिस्तारै नाचेर सिकाउने वा भाषिक संस्थाहरु द्वारा उत्पादित ट्यागको चाल अनुसार नाचि सकेपछि सम्पादन गर्दा बिस्तारै नाचेको देखाउने ।
  6. यसैलाइ छायाकंनगरि प्रशिक्षकहरुको अस्थाई सि.डि उत्पादनगरि चयन भएका कलाकारहरुलाइ सो शिलिहरु सिक्नका लागि दिने ।
  7. छायांकन भएका एकल शिलिहरुबाट के कति शिलि एउटा डिभिडिमा अटाउन सक्छन सो को अडकल गरि शिलिको चयन गर्ने र बाँकि एकल शिलि अर्को भागका लागि तयार गर्ने ।

३. क्यामेरा म्यानको छनौट :

  1. हामिहरुलाई सहयोग गर्ने क्यामेरा म्यानको खोजि गर्ने, सकभर किरात राइबाट नै क्यामेरा म्यानको चयन गर्ने र सो नभए अन्य बिज्ञ प्राबिधिकहरुको चयन गर्ने ।
  2. क्यामेरा म्यानलाई पारिश्रमिक दिईनेछ ।
  3. क्यामेरा म्यानले छायाकंनका लागि संयोजकले दिईएको मिति र स्थानमा समयमा नै पुग्नु पर्नेछ ।
  4. कुनै निश्चित समय तोकेर समय–समयमा क्यामेरा म्यान र संयोजक तथा निर्देशक बिच दृश्य सम्पादन बारे छलफल गर्नु पर्नेछ ।
  5. संयोजन समितिका पदाधिकारिहरुको सल्लाह सुझावहरु क्यामेरा म्यानले मान्नु पर्नेछ ।
  6. छायाकंनका सम्पुर्ण कार्य (सम्पादन समेत) सकिए पछि क्यामेरा म्यानले छायाकंनमा उत्पादित सम्पुर्ण कच्चा वस्तुहरु तथा मुख्य उत्पादित सिडिहरु संयोजकलाई बुझाउनु पर्नेछ ।

४. नृत्य कलाकारहरुको चयन  :

  1. सामुहिक शिलि नृत्यकालागि, शिलिबारे आधारभूत तालिम प्राप्त कलाकारहरुको चयन गर्ने ।
  2. घटिमा महिला–१० र पुरुष–१० ढोले –२ को समेत चयन गर्ने ।
  3. चयन भएका कलाकारहरुले आफ्नो जातिका लागि अमर ईतिहास रचिरहेको बुझ्नु पर्नेछ र सो का लागि साकेला सिलि प्रशिक्षण अभियनका लागि आफू कटिबध्द भएको बुझ्नु पर्छ ।
  4. छनोट भएका कलाकारहरुले प्रशिक्षकहरुबाट उत्पादित छायाकंन गरिएको साकेला सिलिको सिडिलाई हेर्दै ब्यक्तिगत रुपमा सिडि प्राप्त भएको करिब १–२ महिना भित्रमा शिलिहरु सिकि सक्नु पर्नेछ ।
  5. सामुहिक शिलि नृत्यका लागि कलाकारहरुको छनोट भई सके पछि शिलिको छायांकन नसकिन्जेल साकेला श्रव्यदृश्य अभियनलाई छोड्न पाईने छैन ।

परिच्छेद – ५

१. भाग (१) बाट प्राप्त सल्लाह र सुझावहरु :

  1. हङकङले राम्रो शुरुवात गरेको भन्ने सन्देश प्राप्त भएको ।
  2. ऊत्पादित सबै शिलिहरु मौलिक र क्रमाङगत हुनु पर्ने ।
  3. प्राबिधिक पक्ष बलियो हुनुपर्ने  ।
  4. शिलि नाच्दा कुनै रुखको वा सेउलिको वरिपरि नाच्नु पर्ने ।
  5. पहिरन सकभर एउटै र हात–हातमा सेउलि लिएर नाच्नु पर्ने  ।
  6. ढोल ठोकेर ढोलेहरु पनि नाचेको दृश्याङकन गर्नुपर्ने ।
  7. मौलिक बाजाहरुका तालमा प्रत्यक्ष शिलिहरुलाई नाच्न पर्ने ।
  8. प्रशिक्षकहरुले शिलिको दृश्य slow motion मा दृश्याङकन गर्नुपर्ने ।
  9. प्रशिक्षकहरुपछि सो शिलिलाई कलाकारहरुले नाचेको दृश्य राख्नु पर्ने ।

(क) किरात साम्पाङ राई जुम्लेखाका कलाकारहरु

Sakela

(ख) किरात राई चाम्लिङ खाम्वातिमका कलाकारहरु

Sakela1

(ग) किरात राई बान्तावा यायोक्ला खिमका कलाकारहरु

Sakela3

(घ) कलाकार तथा आयोजकहरु

Sakela2

पदाधिकारीहरु (सन २०१६–१८)

बिभाग प्रमुख – पिताम्बर राई
संयोजक – नरजित राई
शिलिमोपा – प्रतिक चाम्लिङ राई
शिलिमोमा – रेनुका साम्पाङ राई

पदाधिकारीहरु (सन २०१४–१६ )

परियोजनाको नाम  – “साकेला श्रव्यदृश्य भाग–२”
बिभाग प्रमुख – कल्पना राई
संयोजक – नरजित राई
उपसंयोजक – हरिचन्द्र साम्पाङ
सचिव – गजेन्द्र राई

पदाधिकारीहरु (सन २००९–२०१४)

परियोजनाको नाम  – “साकेला श्रव्यदृश्य भाग–१”
बिभाग प्रमुख – शशि मदन राई
संयोजक – नरजित राई
निर्देशक – पिताम्बर राई
प्रशिक्षक– रवि चन्द्र साम्पाङ (साम्पाङ खोलाबाट),
प्रशिक्षक–नविन चाम्लिङ (चाम्लिङ खोलाबाट),
प्रशिक्षक–युक कृष्ण राई (हङकङमा नाचिने शिलिहरुबाट)
क्यामेरा– मनिकुमार राई र मातृदिप राई
परियोजना समाप्त – १९ अगष्ट २०१२ सयपत्री दोकानमा सर्वजानिकरण