Condolence Music | Death Procedure.pdf

हङकङमा किरात राईको मृत्यु भएमा

मौलिक किरात धर्म अनुसार किरात राईहरुको मृत्यु भएमा निम्न कार्यहरु गर्नुपर्दछ ।

१. किरात राईहरुको घरमा कसैको मृत्यु भएमा तुरुन्तै पाँच छाके दाजुभाई, नरनाताहरु र देशबिदेशमा रहेबसेका नरनाताहरुलाई सवैलाई खबर गर्नु पर्दछ ।
२. हङकङको सन्दर्भमा पार्थीव शरिरलाई तुरुन्त चिहानमा लाननपाउने भएकोले मृत्यु भएकै दिनदेखी छाकबार्नु पर्दछ। अन्य दाजुभाईहरुले सुनेकै दिनदेखी छाकबार्नु पर्दछ ।
३. मृत्यु शोकमा बस्ने परिवारहरुले मृत्यु भएकै दिन देखि कपाल खौरि, सेतो लुगा लगाई मृत्यु शोकमा बस्नु पर्दछ ।
४. नेपालको सन्दर्भमा मृत्यु भएकै दिन चिहानमा लाने भएकोले त्यसदिन देखि छाक बारने चलन छ । तर चिहानमा लगे पछि छाक बारेको हैन । मृत्यु भएपछि आफन्तजनहरु भावबिहलभै शोकमा परेर खाना नखाएकोले यो प्रचल आएको हो ।
५. हङकङमा मृतकको पार्थीव शरिरलाई घरमा राख्न नपाउने भएकोले कुनै एक कोठा सफागरि मृतकको फोटो राखी, फुलमाला वा पुष्प गुच्चा राखि दिनपर्दछ र फोटोको निधारमा १ सिक्का पैसा राखीदिन पर्दछ ।
६. मृतकको फोटोको छेउमा एक माना चामल, एक बोदल रक्सी, एउटा कलशमा फुलपाती, धुपबत्ति बालीदिन पर्दछ । अन्य नरनाता आएको बखत धुप बाल्न लगाउनु पर्दछ ।
७. मृतकको फोटोको अगाडी एउटा थाल वा कचौरा राख्नु पर्दछ र घरमा जे खाईन्छ, पकाईन्छ, खानु अगावै मृतकलाई अलिकती सारीदिनु पर्दछ । पछि त्यस खानालाई चुलामा डढाईन्छ वा मृतक संगै चिहानमा राखिदिन पर्दछ ।

हङकङमा सदगत संस्कार गर्नेभए

  1. सदगत संस्कार गर्ने फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी तोकिएको समयमा संस्कारगत कार्यक्रम गरिदिनेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. सदगतका आवश्यक सामाग्रीहरु यायोक्खाले ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. संस्कार गर्दा सामुहिक चुला चलाउने वा नचलाउने स्वोईच्छामा भर पर्नेछ ।
  6. संस्कार गर्दा सामुहिक कूबीमी चलाउने वा आफ्नै बंशको कूबीमी ल्याउने स्वोईच्छामा भर पर्नेछ ।
  7. सामुहिक कूबीमी चलाउने भए अन्त्यमा कूबीमीको शिर उठाउनी गर्नुपर्नेछ ।

सदगतकोलागि लागि आवश्यक सामाग्रीहरु

१. ३ वटा चुङगे, १ वटा धनुकाँड, १ किलो माटो, दुबो र तितेपाति
२. ३ मिटर सेतो कपडा, ३ बोदल पानी, १ सिक्का पैसा,
३. १ बोदल रक्सि वा (कोदो र मर्चा मिसाएको पानी)
४. एक कलश, एक माना चामल,
५. दियोबत्ति, तेल, आवश्यक धुप
६. एक पोका कोईला, कोईला बाल्ने बोटुको
७. ३ वटा कोईला बाल्ने स्टार्टर र लाईटर

सतगदको बेला गरिने बिधिहरु :

सतगदको बेला गरिने विविध बिधिहरु छन । किराया हङकङले सम्पुर्ण बिधीहरु संचालन गरिदिनेछ । तर मृतकको आफन्तले कतिवटा विधि संचालन गर्ने वहाँको ईच्छामा भर पर्दछ ।

  1. मृतकको घरमा शिर उठाउने बिधि,
  2. श्रद्धान्जली स्थलमा आत्मा जगाउने बिधि,
  3. बिदाई स्थलमा आत्मा छुट्याउने बिधि,
  4. मलामी चोखाउने विधि
  5. चुलामा आत्मा बाटो लगाउने बिधि
  6. शोक धारण फुकाउने बिधि
  7. नुनतेल फुकाउने बिधि
  8. ढोगभेट फुकाउने बिधि
  9. कजेरि तथा कूबीमीको शिर उठाउने बिधि


पहिलो कार्यक्रम :
मृतकको शिर उठाउने विधी

१. मृतकको घरमा शिर उठाउने

मौलिक किरात धर्म अनुसार किरात राईहरुको मृत्यु भएमा  अन्तेष्ठि गर्न अगावै मृतकको शिर उठाउनु पर्दछ । मृतकको शिर उठाउनु भनेको जिवनमा भुलबस कुनै कमि कम्जोरीहरु भए पनि माफि दिई सम्मान गर्नु हो ।  यो कार्य कूबीमीले मुन्धुम बाचन गरि गर्दछ ।

२. शिर उठाउने मुन्धुम :

हँ… ऊदूहँ पारुहँवा, सुम्नीमा नयूमावा, राक्षाकूपा खचूलूप्वा, वाईलूङ्मे वातूङ्मेवा, अथेपा हँछाराम्पी, यँलीसेलो, मरीमुन्मा मूनेचीलो, पापारबी रबीबूङ्मी, मा:माचूनू चूनूबूङ्मी, सागूवापी, मरीमून्मा यँ मूनेचिलो, ए छाब्काबी छाब्कूरीवा, यँ छाब्मा छावेलो, काए हँछा, यँ हूल्मा, हूलेकँङा, यँ धामा यँधेकङा, अथेपा लूङ्छीरीमा, कँचूली, दूङ्गुर्सावा सीमानाम्री, यँ बूसूलो, काए हँछा, यँ धेकङा ।

आना ङायुमीनाङा, सीखीमीनाङा, ताङखीमीनाङा, बूलूमीनाङा, चासूमीनाङा, आम साम धूङलो, सारी धूङलो खामवा, खाप्चीवासँ धाईमूमा म्याङाना, खामवारीकू खाप्चीरीकू लोन, कूबीवासँ धाईमूमा म्याङाना कूबीरीकू लोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू लोन, चासूमवासँ धाईमूमा म्याङाना चासूमरीकू लोन, बूलूवासँ धाईमूमा म्याङाना, बूलूरीकू लोन, रुमीयँ पमीयँवासँ धाईमूमा म्याङाना रुमीरीकू पमीरीकू लोन, सागुवाछासँ धाईमूमा म्याङाना सागुरिकू लोन, आम्सामङा धुङलो, सारीङ धुङलो, कँचीली दखब्सूङ्ङा धुङलो, नूछीरी लूदूरमावा ऱ्याप्मालूङ, घ्याप्मालूङ्ङा धूङलो, रीसीम्ला वायाला धूङलो, बूक्छामीना/बूङछामान (सामे) छाप्कूरीया यँ छाब्मा छावानालो, बप्कूरी यँ बप्मा बबानायी खकसानू यँ बूदूम्सूम्ने । ङायुमीङो, ताङखीङो कङा मात्ताई यँ गून खकसानू सानू लोन, साम धुङलो, सारी धुङलो, कँचीली दखब्सूङ्ङा धूङलो, नूछीरी लूदूरमाङा धूङलो, सीरीम्ला बायालाङा धुङलो, राजादूङसँ याधीङा, तायामीसँ याधीङा, कूबीमीसँ याधीङा, सीबीछा भ्याम्माछासँ याधीङा, तायामी ताङखीसँ याधीङा, चाप्चा यँसँ याधीङा, ब्यार्पा यँसँ याधीङा, तूप्सूङ यँसँ याधीङा, धिलूङ यँसँ याधीङा, हादीयँ चापी यँसँ याधीङा । खकसानू लायेसेनेमा न कङा मात्ताई यँ गूँन, खीसूङला रहलापी आम्लावूङ्वा, यँ खबीनाले सीरीम्ला वायालापी सीबीर्माबूङवा, खबीनाले खकसानू यँ बूदू खाङूम्सूम्नेवो ।

राजादूङसँ याधीनक, तायामीसँ याधीनक, कूबीमीसँ याधीनक, सीबीछा भ्याम्माछासँ याधीनक, तायामी ताङखीसँ याधीनक, चाप्चा यँसँ याधीनक, ब्यार्पा यँसँ याधीनक, तूप्सूङ यँसँ याधीनक, धिलूङ यँसँ याधीनक, हादीयँ चापी यँसँ याधीनक कँङा ईत्ता मूरुलीसूङ अँ रुमीपमी सेले यँसँ मान्दूङ्क, अँ सागुवाछा, तायामी, तूम्साबूसँ मान्दूङ्क, कँङा ईत्ता खाबाराचा पयवाचा मूरुलीसूङ पँमान्छेमा सीरीम्ला वालापी खकसानू लायासामा सीखीम्री यँ बूदूम्सूम्ने खाङुम्नेवो ….. ।

३. मृतकको आत्मालाई निषेध

मौलिक किरात धर्म अनुसार मृतकको आत्मा जतिवेला पायो तेतिबेला घरभित्र पस्न नसकोस भनि निषेध गर्ने चलन छ । यसको लागि मलामीहरु घरबाट निक्लिसके पश्चात २ जना महिलाले उल्टोबाट घर लिप्नु वा बढार्नु पर्दछ । साधारणतय घर लिप्दा वा बढार्दा बाहिरबाट भित्र ल्याउने चलन छ भने यतिबेला घरभित्रबाट बाहीर लिप्दै वा बढार्दै निस्कनु पर्दछ । यसको अर्थ मृतकको आत्मा जतिवेला पायो तेतिबेला घरभित्र पस्न निषेध गरिएको भनि विस्वास गरिन्छ ।


दोस्रो कार्यक्रम :
श्रद्धान्जली स्थलमा पार्थिव शरिर सजाउने तरिका

१. फोटो सजाएको ठाँउतिर मृतकको टाउको पारेर राख्नु पर्दछ ।
२. मृतकको टाउको नजिकमा, एउटा कलशमा दुबो र तितेपाती, धुप, एक माना चामल, एक बोदल रक्सी, र दियोबत्ति बालीदिन पर्दछ ।
३. लुगाफाटा राख्ने भए खुट्टा तिर पारेर राखिदिन पर्दछ ।
४. मृतकको शरिरमा बन्धनहरुभए (कपाल बाटेको, तुना बानेको) भए फुकाली दिनु पर्दछ र निधारमा एक सिक्का पैसा राखी पार्थिव शरिरलाई सेतो कपडाले ढाकिदिन पर्दछ ।
५. मृतकको खुट्टामा अलिकति सेतो कपडा च्याति माटो दिनको लागी राखि दिनु पर्दछ ।
६. मृतकको शव बाकस चोखोपार्न बाकसको खुट्टा पट्टि बटुकोमा कोईला बालीदिनु पर्दछ ।
७. श्रद्धान्जली पश्चात मृतकलाई दिईएको माटो, चामल र रक्सि कुनै सफा बगैचामा राखिदिन पर्दछ ।

. मृतकको जिवनी :

कार्यक्रम स्थलमा मृतकको जिवनी बताउनु पर्दछ ।

२. धार्मिक बचन :

घाम पनि डुब्ने नै हो । जुन पनि डुब्ने नै हो । तारा पनि डुब्ने नै हो ।
धर्ती पनि नासिने नै हो । आकाश पनि नासिने नै हो ।
सृष्टी पनि मर्ने नै हो । पशुपंछि पनि मर्ने नै हो । मानिसहरु पनि मर्ने नै हो ।
कोहि छिट्टो मर्ने हो । कोहि ढिलो मर्ने हो । एकदिन मर्नैपर्ने हो ।
हे कूबीमीहरु हो । हे पितापुर्खाहरु हो । हे सुम्निमा पारुहाङ ।
के कगरै अब । के गरौ तब ।।
मृतकको आत्मालाई शान्ति दिनुहोस ।
मृतकको परिवारलाई धैर्यधारण गर्ने शक्ति दिनुस है
 

मानिस जन्मे पछि मृत्य अनिवार्य छ । अजम्बरि कोही छैन । यस जगतको हरेक भौतिक वस्तुहरुको एक दिन मृत्यु हुनेछ । धर्ती आकाशको पनि एकदिन अन्त्य हुनेछ । ढुङगा माटोको पनि एकदिन अन्त्य हुनेछ । जुन तारा पनि एकदिन मर्नेछ । राजा रैतीको पनि एक दिन मृत्यु हुनेछ । मृत्यु अवश्य हुनेछ । मानिसको मृत्यु पश्चात भौतिक शरिरलाई धर्तीमा समाहित गरिन्छ । आत्मालाई बाटो लगाईन्छ । यसलाई मृत्यु संस्कार भनिन्छ । मृत्यु संस्कार हरेक धर्म, क्षेत्र, जाती तथा उपजातीको आ–आफ्नै तरिकाका छन । मानिसहरुको संस्कारहरु जन्मदेखी मृत्युपर्यन्त सम्मको विभिन्न प्रकारका छन ।

किरात राईहरुको गर्भदेखी मृत्युसम्मको संस्कार पर्दछ

१. गर्भ संस्कार
२. जन्म संस्कार
३. नौरान संस्कार
४. भात खुलाई संस्कार
५. छेवर/गुन्युचोलो संस्कार
६. बिवाह संस्कार
७. र मृत्यु संस्कार

किरात राईहरुको मृत्य संस्कार

मौलिक किरात धर्म अनुसार किरात राईहरु (महिला/पुरुष) जो भएपनि रोग लागेर, बृद्ध भएर निधन भएमा  स्वभाविक मृत्यु मानिन्छ । झैझगडा गरेर, लडेर, आत्महत्या गरेर, दुर्घटनामा परेर मृत्यु भएमा अस्वभाविक मृत्यु मानिन्छ । सुत्केरी ब्यथाले मृत्यु हुने महिला समेतलाई अस्वभाविक मृत्यु मानिन्छ । बालबालीकाको सम्बन्धमा छेवर वा गुन्युचोली नगरि निधन भएमा अस्वभाविक मृत्यु मानिन्छ । तर छेवर वा गुन्युचोली नगरेको भएता पनि भाई वा बहिनि जन्मि सकेको भएमा स्वभाविक मृत्यु मानिन्छ । मृत्यु भईसके पश्चात मृतआत्मालाई बर्षको एकचोटि नया अन्नबाली पाकेको बेला बोलाई खुलाउने चलन छ । स्वभाविक मृत्यु  भएका मृतआत्मालाई चुलामा बोलाई खुलाईन्छ । अस्वभाविक मृत्यु  भएका मृतआत्मालाई चुला बाहिर बलेसीमा खुलाउने संस्कार छ ।

मौलिक किरात धर्म

मौलिक किरात धर्म भनेको परापुर्वकाल देखि किरातीहरुले यस जिवन, जगत र मृत्यु प्रति मानिआएको दर्शन हो । जिवन, जगत र मृत्यु प्रतिको धारणा हो । यो धारणा कुनै एक ब्यक्तिले एकै चोटि नबनाई किरातहरुको पुस्तौ–पुस्ता पुर्खाहरुले संगाल्दै ल्याएको अनुभव हो । यसलाई मुन्धुम भन्दछ । मुन्धुम किराती पुर्खाहरुले मौखिक रुपमा हस्तान्तरण गर्दै ल्याएको किरातहरुको धार्मिक श्रुती हो । मौलिक किरात धर्ममा जगत भन्नाले प्रकृतीलाई बुझाउदछ । जिवन भन्नाले जिवित प्राणिहरुलाई बुझाउदछ । मृत्यु भन्नाले मरिसके पश्चातको अवस्थालाई बुझाउदछ । आत्मालाई बुझाउदछ ।

मौलिक किरात धर्ममा जगत प्रतिका धारणाहरु

मौलिक किरात धर्मले जगत प्रति निम्न धारणाहरु राख्दछ ।

(क) मौलिक किरात धर्म प्रकृती पुजक हुन ।

१. मनुष्यका सम्पुर्ण आचारण, ईच्छा, कार्य, बिचार, धारणा आदि प्रकृतीबाट नै पैदा भएको र उसको प्रवित्ति, क्रिया, यात्रा, कारण, मनोकामना, आदि पनि प्रकृतीमा नै आश्रित हुन्छन ।
२. जिवन जगतको सृष्टिको कारण कुनै ईश्वरीय शक्तिको सृजना नभएर प्रकृती नै हो र मनुष्यका धर्म, निती पनि ईश्वरीय प्रेरणा नभई प्रकृतीबाट नै प्राप्त भएका हुन्छन ।
३. प्रकृतिकरुपमा संसारमा घटेका दुर्घटना, घटना, प्रकोप, प्रलयहरु र मनुष्यको जन्म, मरण कुनै दैवीक शक्तिको उपज नभई प्रकृतिकै उपज हो ।

(ख) मौलिक किरात धर्म पित्री पुजक हुन ।

१. किरात राईहरुले सुम्निमा र पारुहाङलाई यस जगतका प्रथम मानव सृष्टिकर्ता को रुपमा मन्दछन् । किरात राईहरुले सुम्निमा र पारुहङलाई अदिम पुर्खाको रुपमा पुज्दछ ।
२. किरात राईहरुले आफ्नो जन्मलाई पितापुर्खाहरुको मानविय कर्तब्यको उपजको रुपमा मान्दछ । पितापुर्खानै आफ्नो सृष्टिकर्ता हो भनि मान्दछ । पुर्वजन्म र पुर्नजन्ममा विस्वास राख्दैन ।
३. किरात राईहरु जातपातमा बिस्वास गर्दैनन् । सात पाछाका राई बुढापाकाहरु जम्मा भई रातो अचना चिसो छपना गरि, दाल ढिडो चलाएर चुला पाछा दिएपछि जुनसुकै मानिसहरु किरात राई जातीमा प्रवेश गर्न सक्तछन ।
४. किरात राईहरुले नया अन्नबाली पाकेका बेला पिता पुर्खालाई पहिला चढाएर मात्र आफु खान्छन नत्र अन्नबालीको सह नरहने विस्वास गर्दछन ।
५. किरात राईहरुले पुजा गर्दा पहिला पित्रिलाई चढाएर त्यसपछि आफुले मुख जुठ्याएर मात्र पुजा गर्दछन् । मुख नजुठ्याई पुजा गरेमा अशुभ हुने विस्वास गर्दछन ।

मौलिक किरात धर्ममा जिवन प्रतिका धारणाहरु

मौलिक किरात धर्मले जिवन प्रति निम्न धारणाहरु राख्दछ ।

(क) जिवनमा गर्नुपर्ने सत्कर्महरु

१. दैनिक बिहान–बेलुका पिता पुर्खालाई सम्झनु पर्दछ ।
२. वयोवृद्धलाई आदर गर्नु पर्दछ, गरिब दु:खिलाई दया गर्नु पर्दछ ।
३. कुनै पनि चिज खान अगावै पिता पुर्खालाई चढाएर खानु पर्दछ ।
४. पवित्र वस्तु, पवित्र स्थल र तिन चुलाको रक्षा गर्नु पर्दछ ।
५. बार्षिक उधौलि उभौलीमा पितृ पूजा गर्नु पर्दछ ।
६. मानव कल्याणकारी कामहरु गर्नु पर्दछ ।
७. मौलिक किरात धर्म–संस्कारको पालना गर्नु पर्दछ ।

(ख) जिवनमा गर्न नहुने असत्कर्महरु

१. जिवनमा भिख मागेर खानु हुदैन ।
२. जिवनमा चोरी, ठगी गर्नु हुदैन ।
३. जिवनमा परस्त्री/परपुरुष गमन गर्नु हुदैन ।
४. जिवनमा लोभ गर्नु हुदैन ।
५. जिवनमा डाहा र ईष्र्या गर्नु हुदैन ।
६. जिवनमा घमण्ड गर्नु हुदैन ।
७. जिवनमा मानव हत्या गर्नु हुदैन ।

मौलिक किरात धर्ममा मृत्यु प्रतिका धारणाहरु

मौलिक किरात धर्मले मृत्यु प्रति निम्न धारणाहरु राख्दछ ।

(क) मृत्यु प्रतिको धारणा

१. मानिस मरेर गएपछि मनिसको भौतिक शरिर माटोमा मिल्दछ ।
२. आत्मा पृथ्वीकै पबित्र स्थल, उच्च स्थान, भीरमा, पाखामा, पखेरामा, ढुङगामा, चट्टानमा, रुखबिरुवामा, बादलमा, बादलको गर्जन ईत्यादिमा बस्तछ ।
३. मौलिक किरात धर्ममा आत्मा स्वर्ग जाने र नर्क जानेमा बिस्वास गरिन्दैन ।
४. किरात, जस्ले जिवनभर सत्कर्म गर्दछ, उस्को स्वभाविक मृत्यु हुनेछ र चुलामा आउदछ ।
५. किरात, जो जिवनमा असत्कर्म गर्दछ, उस्को अस्वभाविक मृत्यु हुन्छ र चुलामा चुलामा आउन सक्तैन ।

(ख) मृत्यु शोक धारणा

किरात राईहरुको आमा बाबुको मृत्यु भएमा छोराहरुले मृत्यु भएकै दिन देखि नुनतेल तथा ढोगभेट नफुकाईन्जेल सम्म मृत्यु शोक बस्न पर्दछ । मृत्यु शोक बस्दा मामा वा जुवाँईचेलाको हातबाट कपाल काटी सेतो लुगा लगाउनु पर्दछ । बाबुको मृत्यु भएमा कपाल, दाह्रि, जुङगा काट्न पर्दछ । आमाको मृत्यु भएमा आँखिभौ समते काट्नु पर्नेछ । मृत्यु शोक बस्दा निम्न कुराहरु गर्न हुदैन ।

१. ढोगभेट गर्न, हुदैन ।
२. चौतारामा बस्न हुदैन ।
३. गुन्द्रीमा बस्न हुदैन ।
४. दोहोरो बोल्न हुदैन ।
५. गीत गाउन हुदैन ।
६. नाच्न हुदैन ।
७. टिका लाउन हुदैन ।
८. कसैको जुठो खानु हुदैन ।
९. नुनतेल, मासु मंस खान हुदैन ।
१०. काँसे डबका र थालमा खान हुदैन ।
११. बाबुको मृत्युभएमा रक्सी  खान हुदैन
१२. आमाको मृत्युभएमा दुध खान हुदैन ।

मुद्दुमले भन्दछ प्रकृतिकरुपमा संसारमा सिर्जिएका तथा घटेका घटना, दुर्घटना, प्रकोपहरु मनुष्यको जन्म, मरण कुनै दैवीशक्तिको उपज नभई प्रकृतिकै उपज हो

अर्थात, प्रकृतीकै कारणले गर्दा, मानिसले कथंकदाचित अज्ञानतावस जिवनमा असत्कर्म गरेको रहेछ भनेपनि चोखोनितो भई चुलामा बसी सुम्निमा पारुहाङ र पितापुर्खाहरुसंग क्षमा मागे क्षमा प्राप्त गर्नेछन । अस्वभिकरुपमा मृत्युहुन पुगेकाहरुलाई पनि बुढापाका, पित्रहरुले क्षमागरे मृतआत्मा क्षमा प्रार्थी हुनेछ ।

हे चुलापुज्ने पिताहरु हो । हे सिमेभुमेपुज्ने पुर्खाहरु हो । हे सुम्निमा । हे पारुहाङ । मृतक …………. …(नाम भन्ने)……..ले जिवनमा कथंकदाचित अज्ञानतावस भुल गरेको भएपनि छमा दयागरि तपाईहरुकै साथपासमा लिनुहोस है । तपाँईहरु संगै राख्नुहोस है। …(मृतकको नाम भन्ने)… अब जानुस है ।

. श्रद्धान्जली धुन :

. श्रद्धान्जली शब्दशुमन :

उपस्थित आफन्तजनबाट श्रद्धान्जली शब्द बोल्न लगाउनु पर्दछ ।

५. मृत्यु संस्कार विधी

मृत्यु संस्कारमा ५ वटा विधीहरु पर्दछ ।

१. मृतकको शिर उठाउनी विधी – घरमा गरिन्छ ।
२. मृतकको आत्मा जगाउने विधी – श्रद्धान्जली स्थलमा गरिन्छ ।
३. मृतकको आत्मा छुट्याउने विधी – बिदाई स्थलमा गरिन्छ ।
४. मृतकको आत्मा बोलाउने विधी – चुलामा गरिन्छ ।
५. मृतकको आत्मा बाटोलाउने विधी – चुलाबाट गरिन्छ ।

. मृतकको आत्मा जगाउने

मौकिल किरात धर्म अनुसार मानिसको आत्मा पार्थिव शरिर संगै सुतेर बसेको हुन सक्तछ भन्ने विस्वास गरिन्छ । यसैले मृतकको पार्थीव शरिरलाई अन्तेष्ठि गर्न अगावै मृतकको आत्मा जगाउने बिधि गरिन्छ । मृतकको पार्थीव शरिरमा आत्मा जगाउने बिधि कुबिमिले गर्दछ ।

. मृतकको आत्मा जगाउने मुद्दुम :

हँ… ऊदूहँ पारुहँवा, सुम्नीमा नयूमावा, राक्षाकूपा खचूलूप्वा, वाईलूङ्मे वातूङ्मेवा, अथेपा हँछाराम्पी, यँलीसेलो, मरीमुन्मा मूनेचीलो, पापारबी रबीबूङ्मी, मा:माचूनू चूनूबूङ्मी, सागूवापी, मरीमून्मा यँ मूनेचिलो, ए छाब्काबी छाब्कूरीवा, यँ छाब्मा छावेलो, काए हँछा, यँ हूल्मा, हूलेकँङा, यँ धामा यँधेकङा, अथेपा लूङ्छीरीमा, कँचूली, दूङ्गुर्सावा सीमानाम्री, यँ बूसूलो, काए हँछा, यँ धेकङा ।

आना ङायुमीनाङा, सीखीमीनाङा, ताङखीमीनाङा, बूलूमीनाङा, चासूमीनाङा, आम साम धूङलो, सारी धूङलो खामवा, खाप्चीवासँ धाईमूमा म्याङाना, खामवारीकू खाप्चीरीकू लोन, कूबीवासँ धाईमूमा म्याङाना कूबीरीकू लोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू लोन, चासूमवासँ धाईमूमा म्याङाना चासूमरीकू लोन, बूलूवासँ धाईमूमा म्याङाना, बूलूरीकू लोन, रुमीयँ पमीयँवासँ धाईमूमा म्याङाना रुमीरीकू पमीरीकू लोन, सागुवाछासँ धाईमूमा म्याङाना सागुरिकू लोन, आम्सामङा धुङलो, सारीङ धुङलो, कँचीली दखब्सूङ्ङा धुङलो, नूछीरी लूदूरमावा ऱ्याप्मालूङ, घ्याप्मालूङ्ङा धूङलो, रीसीम्ला वायाला धूङलो, बूक्छामीना/बूङछामान (सामे) छाप्कूरीया यँ छाब्मा छावानालो, बप्कूरी यँ बप्मा बबानायी खकसानू यँ बूदूम्सूम्ने । ङायुमीङो, ताङखीङो कङा मात्ताई यँ गून खकसानू सानू लोन, साम धुङलो, सारी धुङलो, कँचीली दखब्सूङ्ङा धूङलो, नूछीरी लूदूरमाङा धूङलो, सीरीम्ला बायालाङा धुङलो, राजादूङसँ याधीङा, तायामीसँ याधीङा, कूबीमीसँ याधीङा, सीबीछा भ्याम्माछासँ याधीङा, तायामी ताङखीसँ याधीङा, चाप्चा यँसँ याधीङा, ब्यार्पा यँसँ याधीङा, तूप्सूङ यँसँ याधीङा, धिलूङ यँसँ याधीङा, हादीयँ चापी यँसँ याधीङा । खकसानू लायेसेनेमा न कङा मात्ताई यँ गूँन, खीसूङला रहलापी आम्लावूङ्वा, यँ खबीनाले सीरीम्ला वायालापी सीबीर्माबूङवा, खबीनाले खकसानू यँ बूदू खाङूम्सूम्नेवो ।

राजादूङसँ याधीनक, तायामीसँ याधीनक, कूबीमीसँ याधीनक, सीबीछा भ्याम्माछासँ याधीनक, तायामी ताङखीसँ याधीनक, चाप्चा यँसँ याधीनक, ब्यार्पा यँसँ याधीनक, तूप्सूङ यँसँ याधीनक, धिलूङ यँसँ याधीनक, हादीयँ चापी यँसँ याधीनक कँङा ईत्ता मूरुलीसूङ अँ रुमीपमी सेले यँसँ मान्दूङ्क, अँ सागुवाछा, तायामी, तूम्साबूसँ मान्दूङ्क, कँङा ईत्ता खाबाराचा पयवाचा मूरुलीसूङ पँमान्छेमा सीरीम्ला वालापी खकसानू लायासामा सीखीम्री यँ बूदूम्सूम्ने खाङुम्नेवो ….. ।

. माटो तथा पुष्प गुच्चा अर्पण

पहिला परिवारको सदस्यहरुले २ हातले २ चिम्टि माटो ३ पटक दिन पर्दछ । त्यसपछि छोरीछेलीहरुले, माईतीहरुले, छ्यामा देमाहरुले, अनि मृतकको भाषिक दाजुभाईहरुले र अन्त्यमा उपस्थित महानुभावहरुले १ चिम्टी माटो दिदै धुपबत्ति बाली दिन पर्दछ  

. धन्यबाद ज्ञापन

माटो तथा पुष्पगुच्चा अपर्ण गरीरहेकोबेला उपस्थित सम्पुर्ण संघसंस्था तथा मलामीहरुलाई कार्यक्रम संचालकले धन्यबाद दिनु पर्दछ । र अन्त्यमा संचालकले पनि माटो तथा पुष्प गुच्चा अर्पण गर्नु पर्दछ ।


तेस्रो कार्यक्रम :
अन्तिम बिदाईस्थलमा आत्मा छुट्याउने विधी

१. मृतकको आत्मा छुट्याउने

मौकिल किरात धर्म–संस्कार अनुसार मृतकको आत्मा पार्थिव शरिर संगै बसेको हुन्छ भन्ने बिश्वास गरिन्छ । मुत्यु पश्चात पार्थिव शरिर धर्तीमा समाहित हुनेछ भने मृतकको आत्माले पार्थिव शरिरलाई छाडेर उच्च उच्च रमणिय पवित्र स्थलमा जानेछ । सुम्निमा र पारुहाङको पासमा जानेछ । यसको लागि मृतकको पार्थीव शरिरबाट आत्मा छुट्याउने बिधि गरिन्छ ।

२. मृतकको आत्मा छुट्याउने मुद्दुम :

हँ………….. न आम्सूलूम् मूकाबी, आम्खब्मालूङ् ताईकाबी, तायामी तूम्साबू, खरुमीची झारावा आम्खारुवा म्यानाकपी ददावदा लावा धातसीना, खकसानू लायीनाधँ सेलेखीयोपी तायामाहपावा पारु त:तलो ङ्यातीनाधँ आम्नूङ्ला स:सी, सेलेमी मूक्तीमीवा यासासँ खासासँ चीचीङख मूक्तिखवा बल्याम्खँपी व च्यावीनाके ङायूमीङो, ताम्खीमीङो खकसानू लेनके । रुमीलावा, पमीलावा, वतुप्लावा वरीलावा, सीवीलावा, मदीलावा, कूबीलावा, तायालावा लावापोतो पोकूम्नवो …(मृतको नाम)… ।

३. अन्तिम धुपबत्ति

आफन्त तथा सम्पुर्ण मलामीजनलाई अन्तिम धुपबत्ति बाली मृतकलाई बिदाई गर्न लगाउनु पर्दछ ।

४. स्विच अन :

मृतकको छोराले स्विच अन गरि अन्ति बिदाई गर्दछ  ।

चौथो कार्यक्रम :
मलामी चोख्याउने

मृतकलाई अन्तेष्टिगरि मलामीबाट फर्केपछि मलामीहरुलाई कुनै पार्कमाल्याई वा कुनै रेष्टुरेन्टमा लगि मलामीहरुलाई खानपान गराउनु पर्दछ । यसलाई मलामी चोाख्याउने भनिन्छ ।

१. मलामी चोख्याउने ठाँउमा एउटा बटुकोमा कोईला बाली दिनु पर्दछ ।
२. मलामीहरुहरुलाई कोईला खुट्टाले छुँदै मलामी चोख्याउने ठाँउतिर जानलाउनु पर्दछ ।
३. यतिबेला कलशको दुबो र तितेपातीले छर्काई मलामीहरुलाई चोखाउनु पर्दछ ।

पाँचौ कार्यक्रम :
चुलामा सम्खाई राख्ने

धेरैले चुलामा गरिने विधी मृतकको खरानी नेपाल लगि नेपालको आफ्नै चुलामा साम्खाई राख्ने चलनछ । तर सामुहीक चुला अंगिकार गर्नेहरुले यो विधी सामुहिक चुलामा समेत गर्न सक्नेछन । साम्खाई राख्नुलाईलाई हरेक भाषिकिहरुले छुट्टा छुट्टै नामले पुकार्ने गर्दछ ।

 

साम्खाई राख्ने आवश्यक पर्ने सामाग्रीहरु

१. टुप्पो सहितको केराको पात ३ वटा
२. तितेपाती र दुबो
३. चामल १ माना
४. एक चोटि मात्र निकाली नचलाईकन पकाएको भात
५. काँचो छँरिसा (बिभिन्न प्रकारका मासुहरु)
६. अदुवा
७. रक्सी १ कठुवा
८. जाँड  १ कठुवा
९. एउटा कलश
१०. नाङलो
११. चिण्डो
१२. बाल्याम्खँ (कूबीमी बस्ने पिर्का)

चुलामा साम्खाई राख्न थान सजाउने तरिका

१. चुलाको वरीपरि लिप्नु पर्दछ र चुलाको तलतिर नाङलो माथि तीनपत्र पारेर केराको पात ओछ्याई त्यसमाथि १ माना चामल, अदुवा र टुप्पो सहितको केराको पात राखिदिनु पर्दछ ।
२. नाङलो माथि तितेपाती र दुबोको एउटा कलश, १ कठुवा रक्सी र जाँड, चिण्डोमा चोखो रक्सी लगाई राखिदिनु पर्दछ । यसलाई थान भनिन्छ ।
३. थानको तलतिर कूबीमीको लागि बस्न बाल्याम्खँ राखिदिनु पर्दछ ।
४. थानको दाँयावाँया दुवैतिर एक पल्टमात्र उघाएको र नचलाईकन पकाएको भात दुईवटा केराको पात माथि उल्टो गरि तिन पटक पस्काएर राखिदिनु पर्दछ । भात माथि काँचो छँरिसा पनि लगाउनु पर्दछ ।
५. थानको दाँयातिर दाजुभाईहरुको घरबाट ल्याएको रक्सी र जाँडलाई राख्नु पर्दछ ।
६. थानको वाँयातिर छोरीचेलीहरुको घरबाट ल्याएको रक्सी र जाँड लाई राख्नु पर्दछ ।
७. थानको दुवैतिर राखिएको जाँड, रक्सी र भातलाई केराको पातले छोपी दिनु पर्दछ ।

साम्खाई राख्ने बारेमा – कार्यक्रम संचालक

मौलिक किरात धर्म अनुसार मृतकको पार्थीव शरिरलाई अन्तिम बिदाई गरिसकेपछि सवै दाजुभाई भेला भएर चुलामा मृतकको आत्मालाई बोलाई उस्को ईच्छाहरु कूबीमी मार्फत सोधनी गरिन्छ ।

बाटो लगाउने कुबीमीले मृतक कुन ठाँउमा मृत्यु भएको हो त्यहि ठाँउबाट साखेवाहरु पुकार्दै मृतकको आत्मालाई बोलाई  उस्को पुरा नभएको ईच्छाहरु, बाँकी रहेको ईच्छाहरु, उ जाने बाटो आदिको बारेमा सोधनी गर्दछ ।

सम्पुर्ण कुराहरु सोधी सके पश्चात मृतकको आत्मालाई पुन:  साखेवाहरु पुकार्दै फकाई फुलाई बाटो लगाउने कार्य गर्दछ । मृतकको आत्मालाई पारुहँ र सुम्निमा, खचुलुप्पा राछाकुपा समक्ष देखाउदै अगेनामा पितापुर्खाहरुलाई देखाएर उहाँहरुकै साथपास लगाउदछ ।  यसलाई साम्खाई राख्नु भन्दछ । हरेक भाषिकीहरुले यसलाई छुट्टा छुट्टै नामले पुकार्दछ ।

मृतआत्मालाई बोलाउने मुद्दुम :

हँ……. न बूक्छापा/बूङखामा (सामे) ङायूमीना, ताङखीमीना, सीखीमी, खारुमीङो कँचीलीवा सीखीम्री बूदूक यँ बूदू खाङूसोलो नूछीरी नूदूरमावा, कँचीली दखब्सूङ्ङा, सीकूम्री माकूम्रीवा, सूलूम् हाल्मा, च्याल्याम्सूङ हाल्मा म्याङाना, वरीधाईमा धातासाना क के । आम्साम धूङ्लो, सारीङा धूङ्लो, ऱ्याप्लूङ घ्याप्मालूङ् सीरीम्ला वायालाङा धूङ्लो, ङायूमी ताङखीमी आम्छाब्कूरीवा छाबाना, बप्कूरीया बबाना, खब्कूरीया खबाना । आम्सामङा धूङ्लो, सारीङा धूङ्लो, खामवा खाप्चीवासँ धाईमूमा म्याङाना, रीकूलोन, चासूम बूलूवासँ धाईमूमा म्याङाना रीकूलोन, कूबीवासँ धाईमूमा म्याङाना रीकूलोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू रीकूलोन, सीबीछा मदीछा भ्याम्माछासँ धाईमूमा म्याङाना रीकूलोन, रुमीपमीवासँ धाईमूमा म्याङाना रुमीरीकू लोन, पमिरीकू लोन । कङा मात्ताई खकसानू सानूलोन, कूबीमीसँ याधीङायी, तायामीसँ याधीङायी, लाम्लाबू बूसूगूङ्सँ याधीङायी, सीबीछा मदीछासँ याधीङायी, हँदूङ्सँ याधीङायी, तूप्सूङ्यँसँ, सीबीछा मदीछासँ याधीङायी, धीलूङ्यसँ याधीङायी, चासूमी बूलूमीसँ याधीङायी, चाप्चायँसँ याधीङायी, बेर्पायँसँ याधीङायी, सीरीम्ला वायालापी बेरेबे तईमा ततीना, खाङीनाधँ कङा ईत्ता मूरुलीसूङ् खाबाराचा पयावाछा लोनचीवो । (१)

(बाटो लगाउने ब्यक्तिले यसरी मन्त्रबाचन गर्दै चिन्डोको रक्सीले अगेनामा खन्याएर सुँवामा छर्की अधि दिएको खाना उघारेर हेर्नुपर्दछ । त्यहाँ राखिएको सवैमा हेर्दा साम्खाईमा राखेको खाना घटेको भएमा मृतकले खाएछ, पिएछ भनिन्छ । नघटेको भएमा मृतकले चित्त दुखाएछ, पितापुर्खा भएको ठाँउमा आएको रहेनछ भनिन्छ । यसरी सवै राखेको खाना उघारी हेरेर सवैमा अलिअलि थपी पातले छोपीदिनु पर्दछ ।)

हँ……. बूक्छापाङो/बूङखामाङो कङा मात्ताई खकसानू सानूलोन, लावालूङ छीरीलूङ्लामा सीरीम्ला वायालापी बेरेबे तईमा ततीना, खाङीनाधँ कङा ईत्ता मूरुलीसूङ् खाबाराचा पयावाछा लोनाचिहँ कँ तीम्नाचीमा । पापालाङे लोनचीन, मा:मालाङे लोनचीन, छ्याकूमालाङे लोनचीन, सीबीलाङे मदीलाङे लोनचीन, रुमीलाङे, पमीलाङे लोनचीन । नपी न कँङा कूबी महपावा/ताया महपावा (…बाटो लगाउनेको नाम बताउने…) वा छीलाम् धीलाम् प्यानाकपी, न छूरेन खामवाआम्ला लोतो, खप्चीआम्ला लोतो, बूलूआम्ला लोतो, चासूमआम्ला लोतो न ए रुमालूङ् धूमालूङ्पी कईबछ्याम्पी याङासा दीङासालो, खामवायँ खाप्चीयँलो छीकूर्सा दीकूर्सालो बखँरी बँ तीम्नाचीमा खामवाआम्ला लोतो, रुँरीआम्ला लोतो, साखाआम्ला लोतो, तायाआम्ला लोतो न ए फुपापाचीलो यँ ख्याप्नाचीवो । कईबाछ्याम्पी, तूचीखम्पी, तूमा मूनाची वारी मूनाची । मीयालूङ्, मीचालूङ, मसूँवापी ए फुपापाचीलो ख्याब्नाची । नीनाबूङ् माखाबुङलो ख्याब्नाची, वारी मूनाचीहँ आम्कँ तीम्नाचीवो । (२)

(अघी जसरीनै छोपेर राखेको साम्खाई खाना उघारेर हेरी सवैमा थपीदिनुपर्दछ ।)

मृतकको आत्मालाई बाटो लगाउने मुद्दुम :

हँ……. बूक्छापाङो/बूङखामाङो कङा मात्ताई खकसानू सानूलोन दूवारेख पँतेल्खू चारीखू लामा माईनाचीह हङकङ, ताईमोशना, युङलुङ, सखेल्बू सूबीखूपी आईनाचीवो । ताम्गाला वापूईखा साकेल्खूपी आईनाचीमा, ङायूवा सनाचीमा, फुपापालो नीनाम्बूङ माखाबूङ्लो ख्याबकूरी ख्याब्नाचीवो । सीमानाम्री बायानाम्लो, (खूबाले खूताले बानँवा धेपूवा, सुबीखू साखेल्खूपी) आईनाचीहँ (खकलूङ् खूवालूङ् रेवाना रेप्सोना, ताप्नेबूङ् बीलूङ्देमा खकलूङ् धीरीतीपी) ऱ्याप्नाचीमा आईनाचीवो बूक्छापाङो/बूङखामाङो । (पोमालाखीम् लहलूङ् छीरीलूङ्पी) लायासामा बरीबाजा, सायाबाजा वरीमूनाचीमा (ममातेमा रुतेमा साखेल्खू सूबीखूपी), ताया तोसूलो । दङ्खनी दँलँनीसँ ताया तोलूसोवो । (बेन्जीरी लूवालूङ् रुतेल्खू साखेवापी) आईनाचीमा, (रेन्जूलूङ् दूदेप्मा साखेल्खूपी), आईनाची । चारीखूलामा पँतेखू, सीकूवाखू दूवारेखूलामा नपीन साम्खाईचा दूखाईचा य हाल्मा हालानाक तूई, दबानाक तूई, रीयाऱ्याप्मा ऱ्याप्नाचीवो । कङा (…बाटो लगाउनेको नाम, पाछा र सामे बताउने…) कूबीमी/तायामी वा झारा रुमीपमीलो तायामी, ताङखीमी, बूलुमी, चासूमीलो, साम्खाई चा दूम्खाई चा साम्खाई यूँनीहँनी, फुपामालो, मीयालूङ् मीचालूङलो ख्याब्कूरी ख्याब्नाचीवो । (३)

(यतिबेला पनि बाटो लगाउने ब्यक्तिले मुद्दुम बाचन गर्दै चिन्डोको रक्सीले अगेनामा छर्किएर सूवाँमा छर्किनु पर्दछ । अनि खाना उघारेर हेरी अलि अलि सवैमा थपिदिनु पर्दछ ।)

हँ……. बूक्छामी/बूङ्खामा (…मृतकको नाम बताउने…) ङो, आम्सामँङा धूङ्लो, सारीङा धूङ्लो, कूबीमीसँ धाईमूमा म्याङाना, कूबीरीकू रीकूलोन, तायावासँ धाईमूमा म्याङाना तायारीकू रीकूलोन, चासूमवासँ धाईमूमा म्याङाना चासूमरीकू रीकूलोन, बूलूवासँ धाईमूमा म्याङाना, बूलूरीकू रीकूलोन, आम्सामङा धुङलो, सारीङ धुङलो, कूबीमीसँ तमाना:ना, बूलूवासँ तमाना:ना, तायावासँ तमाना:ना, रुँरीवासँ तमाना:ना कँङा मात्ताई खकसानू सानूलोनवो । तीप्सूङसँ, धिलूङसँ याधीक, बूलू, चासूम्सँ याधीक, चाप्चा वेर्पासँ यधीक, सीबीछा, मदीछासँ याधीक, कूबीमी, तायामीसँ याधीक, लाम्लाबूङ्, बूसूबूङ्सँ याधीक, चासूम्रीकू रीकूलोन, बूलूरीकू रीकूलोन, खामवा खाप्चीरीकू रीकूलोन, सीबीरीकू रीकूलोन, नपी न छँरीसा वादाम्सा, हूपेर्वा लँपेर्वासा, हादीसा, पपीसा, चपीसा, भूसासा, यासा चान्दूपासा, खादीसा, लीब्लीसा, रँभसा, तँवासा तूवासा, धीवासा, नरवा नाप्लँवासा, तूकूवासा, ङाचीलीसा, धीलूम्सा, पोपयासा, आतामा नोने लोतँलो तम्बँरी, बखँरीपी आम्कँ तीम्नाचीवो । (४)

हँ…….सूतूलूङ, मीयामा मीचालूङपी जीर्माछ्याम् कोईबाछ्याम्पी, यँ ख्याब्मा ख्याबीनाकपी ददावदा दँसूलाम् बूपनाधँ, कूबीमहपा, मुक्तीमहपा, चारीमहपा य मून्छँ लायीनाके । ददावदा दँसूलाम् बूपनाधँ कूम्पो, मीलूङ्पोवा यँ च्याम्मा च्यामीना, सूलूम् फल्मा फलीनाके, नपी न नूङ्ला ससीधँ झारा खँमा खाईसीके, ईसे नपी न कङा कूबी महपावा/ताया महपावा (…बाटो लगाउनेको नाम भन्ने…) वा छीलाम्धीलाम् प्यानाकपी, कईबाछ्याम्पी, तूचीखम्पी, तूमा मूनाची वारी मूनाचीवो । मीयालूङ् मीचालूङ् मसूँवपी ख्याब्नाची, नीनाबूङ् माखाबूङ्लो ख्याब्नाची, वारी मूनाची, अम्कँ तीम्नाचीवो । (५)

बाटो लगाउनेले तिन दफा मुद्दुम बाचन गरिसकेपछि त्याहाँ राखीएको सामाग्रीहरु अलि–अलि केराको पातमा राखी दुईवटा चुलालाई, चारवटा पित्रीलाई र एउटा घर बाहीर सारीदिनु पर्दछ । चुला र पित्री सार्दा, (ल है पिता पुर्खा हो । आजदेखी य बुक्छापा/बुङ्खामालाई तपाँईहरुको साथपास लगाएका छौं । तपाँईहरु संगै राख्नुहोस, खाने लगाउने पनि तपाँहरुलेनै दिनुहोस है) भनिन्छ ।

३. कूबीमीलाई सोधनी

साम्खाई राख्ने विधि सकेपछि कूबीमीलाई मृतकको मृत्यु बारे सोधनी गरिन्छ । र कूबीमीले मृतकको पुरा नभएको ईच्छाहरु, बाँकी रहेको ईच्छाहरु, उस्को स्वभाविक मृत्यु भएको वा अस्वभाविक मृत्यु भएको सम्पुर्ण कुराहरु बताउदछ ।

४.  शिशि सार्नु

बाटो लगाई सकेपछि त्याहाँ राखीएको सामाग्रीहरु अलि–अलि केराको पातमा राखी दुईवटा चुलालाई, चारवटा पित्रीलाई र एउटा घर बाहीर सारीदिनु पर्दछ । अनि भन्नु पर्दछ ।

ल है पिता पुर्खा हो । आजदेखी ……. (मृतकको नाम)…….लाई तपाँईहरुको साथपास लगाएका छौं । तपाँईहरु संगै राख्नुहोस, तपाँईहरुलेनै हेर्नुस है ।

छैठौ कार्यक्रम :
मृत्यु शोक फुकाउने विधी

मौलिक किरात धर्म अनुसार मृतकको छोराले आमा बाबुको मृत्यु भएको दिन देखि छाक बारि मृत्यु शोक बस्ने परम्परा छ । मृत्यु शोक पश्चात मृतकको आत्मालाईलाई बाटो लगाई सकेपछि मृत्यु शोक फुकाईन्छ ।

मृत्यु शोक फुकाउने विधी :

१. मृत्यु शोक बस्नेले पँधेरोमा गई वा चोखो पानीले हात, मुख, खुट्टा, टाउको धोई सफा हुन लगाउनु पर्दछ ।
२. तत्पश्चात मामा वा ज्वँईचेलाको हातबाट उल्टोबाट कपाल खौरने विधि गर्नु पर्दछ । कपाल खौरँदा दैनिक काम कार्यहरुमा बाधा पुग्ने भए विधिको लागि अलिकति मात्र खौरिँदा हुनेछ ।
३. बिधि सकिएपछि लगाएको लुगा फुकाली नया टोपि र लुगा लगाउनु पर्दछ ।

आवश्यक सामाग्रिहरु

१. कपाल खौरने छुरा वा ब्लेड,
२. नया टोपि र लुगा

 

सातौ कार्यक्रम :
नुनतेल छुने

मृत्यु शोक फुकाएपछि नुनतेल छुने रिती गर्नुपर्दछ ।

नुनतेल छुन चाहिने सामाग्रीहरु :

१. एउटा कचौरामा नुन, तेल
२. एउटा तामाको सिक्का
३. दुबो र तितेपातीको कलश

नुनतेल छुने बिधि :

यसबेला बिवाहित छोरीचेली वा भान्जाभान्जिको हातबाट एउटा दुनामा नुन, तेल र तामाको सिक्का राखी कचौरामा राखेको नुन तेल छोईन्छ । पहिला घरमुली र परिवारका सदस्यहरुले दाँया हातको कान्छी औलाले तेल र त्यसभित्रको तामाको सिक्का छुँदै तीन पटक खुट्टातिर छर्कन पर्दछ । यति गरिसकेपछि छोरीचेली वा भान्जाभान्जिले दुबो र तितेपाती कलशको पानीले नुन तेल छोएकाहरुलाई तीन पटक छर्कीएर च्योख्याउनु पर्दछ । यसै गरि दाजुभाईहरुलाई पनि नुन तेल छुवाईन्छ ।

आठौं कार्यक्रम :
ढोगभेट फुकाउने

ढोगभेट फुकाउन आवश्यक सामाग्रीहरु :

१. रक्सि
२. कासे बोटुको
३. दहि चामलको टिका
४. दियो बत्ति
५. नाङलो

ढोगभेट फुकाउने बिधि :

नुनतेल फुकाई सकेपछि ढोकभेट फुकाउनु पर्दछ । ढोग भेट फुकाउदा दुईजना कन्या केटिहरुले थालमा अक्षता चामल, कलश दियो बत्ति, दहि चामलको टिका, १ कासे बोटुकोमा रक्सि नाङलोमा बोकेर उभ्नु पर्दछ । यस पछि चेलीले माईतिलाई काँसे बोटुकोमा १ पटक रक्सि खुला खुलाई गर्न पर्दछ र कार्यक्रम सके पश्चात त्यो काँसे बोटुको चेलीलाई दक्षिणाको रुपमा दिनु पर्दछ । त्यो बोटुकोमा फेरी कहिल्यै पनि माईतीलाई खुलाउनु हुदैन । त्यस पछि दहि र चामलको टिका एक पटक मात्र लगा लगि गर्नु पर्दछ र पुछि हाल्नु पर्दछ र ढोग गर्न पर्दछ । चेलीले माईतीलाई यस बखत टोपिदिने तथा माईतीले चेलीलाई मजेत्रो लगायत दक्षिणा दिने चलन छ । अन्य आफन्तजनले पनि माथि भनिएझै टिका लगाउदै पुछ्दै ढोगभेट गर्न पर्दछ

नवौं कार्यक्रम :
कजेरी तथा कूबीमीको शिर उठाउनी :

अन्यत्यमा नुनीलो तरकारी र जाँडपानी दिई कजेरीको शिर उठाउनी गर्नु पर्दछ । तेस्तै कूबीमीको शिर उठाउदा एउटा कठुवा रक्सि र पैसा राखेर धामीको शिर उठ्याउनी गर्नु पर्दछ ।

 

(समाप्त)

श्रद्धाञ्जलिका केही तस्विरहरु

१६ अगष्ट २०१५, प्रमोद राईको असमायिक निधन ।

Pramod copy

१४ मे २०१५, किरात राई यायोक्खा हङकङ अध्यक्ष श्री शशि मदन राईज्युको ममतामयी आमा श्रीमति जसमाया राईको असमायिक निधन ।

c9d4e77a7fa264f1fda4a88957de27aa66b4083be1ce06bbfd48696a7b16b5b6

पुख्यौली घर भोजपुर, पान्धारे ४ भई, धरान बस्ने हाल हङकङ बसोबास गरिरहेका गणेश राई (ज्ञानतोष) को ३० जुलाई २०१४ मा असामयीक निधन भएकोमा श्रदान्जली ब्यक्त गर्दैै सदगद कार्यको निम्ति उपस्थितीको हार्दिक निमन्त्रणा गर्दछौ ।

Gyantosh

२९ मई २०१४ का दिन हङकङमा दिवांगत भएका दानेश राई (दुर्गा)

Danesh

२०१३ डिसम्वर ७, खोटाङ दिप्लुङ ४ घरभै हङकङमा बसोबास गर्दै आउनु भएका श्रीमती तारा राईको  तारिख असामयिक निधन tara