देउसेभैलो कार्यक्रम संयुक्त

संयुक्त देउसेभैलो कार्यक्रम (एक प्रस्ताव) – शशि मदन राई

हङकङमा सबै संघ संस्थाको देउसेभैलो कार्यक्रममा पुग्न एकदमै मुस्किल रहेको अवस्था छ । भाईटिकाको अगाडि र पछाडिको शनिबार र आईतबारलाई लक्ष गरेर सबै संघ संस्थाले तिहारको देउसे भैलो कार्यक्रम राखेको हुन्छन । देउसेभैलो कार्यक्रम नराखोस पनि कसरी ? यो नै संघ संस्थाको एक किसिमको दरिलो आर्थिक संकलन गर्ने कार्यक्रम हो । तर यस्ले समाज सेवी ब्याक्तिहरुलाई भने अप्ठ्यारो स्थितिमा पारि दिएको छ । हरेक संघ संस्थाको देउसेभैलो कार्यक्रममा पुग्न असमर्थ बनाएको छ । छाता संगठनहरुले संयुक्त देउसेभैलो कार्यक्रमको आयोजना गर्ने हुन कि ?

यायोक्खाको देउसेभैलो :

यायोक्खाले हरेक बर्ष देउसेभैलो कार्यक्रम आयोजना गर्दै आई रहेको छ । यायोक्खा अन्तर्गत ७ वटा भाषिक संस्थाहरु रहेका छन । भाषिक संस्थाले पनि हरेक बर्ष देउसेभैलो कार्यक्रम राख्दै आईरहेको छ । किरात राई यायोक्खा हङकङमा कार्यरत ब्यक्तिहरु किराया हङकङ लगायत भाषिक संस्थाहरुको कार्यक्रम जोडने हो भने ८ वटा देउसे भैलो कार्यक्रममा जानै पर्ने हुन्छ । अन्य वडा स्तरिय देखि जिल्ला स्तरिय क्षेत्रिय संस्थाहरु, खेल्कुद देखि सांगितिक संस्थाहरु, पारिवारिक संस्था देखी क्लबहरु जोडने हो भने कम्तिमा २०/३० वटा देउसे भैलो कार्यक्रममा उपस्थित हुन पर्दछ ।

सामाधानको बाटो :

किरात राई यायोक्खा हङकङले अबकोबर्ष देखि सम्पुर्ण भाषिक संस्थाहरुसंग सहमति लिई एकै दिन संयुक्त देउसे भैलो आयोजना गर्ने नियम बनाई लागु गर्ने हो की ? यसले समयको बचत गर्नुको साथसाथै खानपानमा समेत कमि ल्याउने हुनाले मितब्यायिता समेत प्राप्त हुनेछ । ८ वटा ठाँउमा ८ चोटि हुने खानपान घटेर १ चोटि हुने भएकोले स्वस्थ्यमा समेत फाईदा होलाकी ? किराया हङकङको ११ जुन २०१७ मा बसेको बैठकले समेत यो प्रस्ताव राखेको छ । पास गर्ने वा नगर्ने भाषिक संस्थालाई सोधनी गरिने छ ।

प्रस्तावित देउसेभैलो नियम :

१. हरेक भाषिक संस्थाले सन २०१७ साल देखि किराया हङकङसंग संयुक्त देउसेभैलो कार्यक्रमको आयोजना गर्नेछ ।
२. संयुक्त देउसे भैलो कार्यक्रम सुप्तुलुङखिममा गरिनेछ । यसमा लाग्ने खानपान, बस ब्यावस्थापन किराया हङकङले गर्नेछ ।
३. कार्यक्रममा सहभागीहुनेहरुलाई संयुक्तरुपमा खानपान गराईने छ । यसको लागि सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग लगायत भाषिक संस्थाका स्वंयसेवकहरु खट्ने छन ।
४. यस कार्यक्रममा बेच बिखन नगरिने हुनाले लागेका सम्पुर्ण खर्च किराया हङकङ लगायत भाषिक संस्थाहरुले दामासाहीमा बेहोर्नु पर्नेछ ।
५. दक्षिणाको लागि किराया हङकङ लगायत हरेक भाषिक संस्थाले छुट्टा छुट्टै नाङलो राख्न स्टल प्रदान गरिने छ ।
६. सहभागीहरुलाई भाषिक संस्थाले स्वेच्छाले फुल, टोपि, खादा आदि दक्षिणा दिएको बेला लाईदिन सक्नेछन ।
७. कार्यक्रम भरि हरेक भाषिक संस्थालाई एक एक वटा मनोरन्जनात्मक खेल खेलाउन अधिकार दिईने छ तर कुन खेल खेलाउने हो अगाडिनै किराया हङकङमा दर्ता गराउनुपर्ने छ ।
८. खेल छनौट गर्दा समाजलाई अपाच्यहुने खेलहरु खेलाउन पाईने छैन । प्रस्तावित खेल खेलाउन दिने कि नदिने भन्ने निर्णय किराया हङकङले गर्नेछ ।
९. कार्यक्रमको अन्तमा सामुहिक आशिष प्रदान गर्दै कार्यक्रम बन्द गरिने छ ।
१०. कार्यक्रमको निमन्त्रणा पठाउदा कुनकुन भाषिक संस्था समावेश छन । के के गेम खेलाईन्दैछ । स्पष्ट जानकारी भएको हुनुपर्ने छ । ताकि सहभागिलाई आर्थिक आंकलन गर्न सजिलो होस ।

 

शशि मदन राई
प्रमुख सल्लाहकार
किराया हङकङ
१२ जुन २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *