देउसीभैलो कार्यक्रम

 

अनुसूची १

देउसीभैलो मनाउने परम्परा कहिले देखि सुरु भयो यस्को यकिन अहिले सम्म गरेको छैन । तिथि अनुसार कार्तिक (नोवेम्वर) महिनाको औंसिको रात देखि भोलि दिनभर देउसीभैलो खेल्ने चलन छ । यतिबेला गाउँघरमा दियो बत्ति बालि उज्यालो बनाएको हुन्छ । गाउँघरै फुलमालाले सजाएर झिलिमिलि बनाएको हुन्छ । देउसीभैलोमा युवायुवतीहरु गित गाउँदै गाँउघर डुलेर रुपैयापैसा माग्ने, खानपान माग्ने चलन छ । देउसेभैलोमा गाईने गितले “हामी तेसै आएको हैन, बलिराजाको हुकुमले गर्दा आएको हामी” भनि गित गाउने चलन छ। यसले बलिराजाको पालादेखि चलन चलेको हो भन्ने तर्फ ईङगित गर्दछ । देउसी पुरुषहरुले गाउने गित हो । भैलो महिलाले गाउने गित हो ।

जे होस देउसीभैलो खेल्ने चलन सारा नेपालीहरुले मनाउदै आई रहेको छ । अहिले संघसंस्थाहरु गाउँघर छिमेक नडुली, बरु छिमेकीहरुलाई एउटा कार्यक्रम स्थलमा बोलाई देउसीभैलो खेल्ने चलन चलनको सुरुवात गरेको छ । संघसंस्थाको लागि यो एउटा आर्थिक श्रोत जुटाउने माध्यम भएको छ । देउसीभैलो खेल्दा जजस्ले रुपैयापैसा (दक्षिणा) दिन्छ अन्तिमा उनिहरुलाई सुस्वस्थ्य, दिर्घायु र धनदौलत आर्जन गर्न प्रर्थना गरिन्छ ।

किरात राई यायोक्खा हङकङकले पनि हरेक बर्ष हङकङमा रहेका दाजुभाई तथा दिदि बहिनी संग भेटघाट गर्दै कोष अभिवृदि गर्ने उदेश्यले सन १९९८ स्थापना काल बाटै देउसे भैलो कार्यक्रमको आयोजना गर्दै आईरहेछ ।

देउसेभैलोको उदेश्यहरु

  1. दाजुभाई दिदिबहिनीहरुसंग भेटघाट गर्नु ।
  2. संस्थालाई आर्थिक सहयोग जुटाउनु ।
  3. नेपालीहरुको रितीथितीलाई बचाई राख्नु ।

लक्षित समुह (निमन्त्रणा)

देउसेभैलो कार्यक्रममा निम्न संघसंस्था र ब्यक्तिहरुलाई निमन्त्रणा गरिने छ ।

  1. किराया हङकङलाई देउसिमा बोलाउने संस्थाहरु
  2. किरात राई अध्यक्ष भएका संघसंस्थाहरु ।
  3. किराया प्रज्ञा प्रतिष्ठान सदस्यहरु
  4. किराया संरक्षक परिषद (भु.पु.अध्यक्षहरु)
  5. किराया सल्लाहकारहरु
  6. कूबीमीहरु
  7. बिभागिय संयोजकहरु
  8. सुप्तुलुङ सहयोग दाताहरु
  9. भाषिक संस्थाहरु (कार्यसमिति)
  10. भाषिक संस्था अन्तर्गतका बिभागहरु
  11. चुलाघर सहयोगदाताहरु
  12. १८ बर्ष मुनि र ६५ बर्ष माथिका बालबालिक तथा प्रौढहरु

कार्यक्रम

मिति : ११ नोभेम्बर २०१८
समय : दिउँसो १ बजेबाट
स्थान : सुप्तुलुङ खिम

यातायात :

१२:०० बजे (जकि क्लब, सांघाई स्ट्रिट)
सम्पर्क :
१२:३० बजे (युनलङ एमटिआर स्टेसन)
सम्पर्क :

अनुसूची २

संयुक्त देउसेभैलो

११ जुन २०१७ मा श्री रजिन राईज्युको अध्यक्षतामा बसेको किराया हङकङ र भाषिक संस्थाहरुको बैठकले अब उप्रान्त मितब्यायिता र समय बचतलाई मध्यनजर गर्दै संयुक्त देउसे भैलो आयोजना गर्ने प्रस्तावमा छलफल गरि निम्न बुँदाहरुमा सहमति गरि अनुमोदन गरेको छ ।

  1. किराया हङकङले अब उप्रान्त हरेक भाषिक संस्थासंग संयुक्त देउसेभैलो कार्यक्रमको आयोजना गर्नेछ ।
  2. संयुक्त देउसे भैलो कार्यक्रम सुप्तुलुङखिममा गरिनेछ । यसको खानपान तथा ब्यावस्थान किराया हङकङले गर्नेछ ।
  3. यस कार्यक्रममा लागेका सम्पुर्ण खर्च किराया हङकङ लगायत भाषिक संस्थाहरुले दामासाहीमा बेहोर्नु पर्नेछ ।
  4. दक्षिणाको लागि किराया हङकङ लगायत हरेक भाषिक संस्थाले छुट्टा छुट्टै नाङलो राख्ने छ ।
  5. भाषिक संस्थाले सहभागीहरुलाई स्वेच्छाले फुल, टोपि, खादा आदि लगाईदिन सक्नेछन ।
  6. त्यस्तै सहभागिहरुले आफ्नो खुशिले भाषिक संस्थालाई दक्षिणा प्रदान गर्नेछ । अनिवार्य सबैलाई दिन पर्दछ भन्ने छैन ।
  7. कार्यक्रममा हरेक भाषिक संस्थालाई एक एक वटा मनोरन्जनात्मक खेल खेलाउन दिईने छ ।
  8. खेल खेलाउदा समाजलाई अपाच्यहुने खेलहरु खेलाउन दिईने छैन । खेल खेलाउन दिने कि नदिने भन्ने निर्णय किराया हङकङले गर्नेछ ।
  9. कार्यक्रमको निमन्त्रणा पठाउदा मुल आयोजकमा किराया हङकङ र सह–आयोजक भाषिक संस्थाहरुको नाम उल्लेख गर्नु पर्ने छ ।
  10. सम्पुर्ण खर्चहरु सहभागि भाषिक संस्थाहरुसंग दामासाहीले बेहोरीने छ ।
अनुसूची ३

खानपान

सहभागिहरुलाई बैठकले निर्णय अनुसार खानपान गराईने छ । सके सम्म वफेट सेवा उपलब्ध गरिने छ ।

स्टाटर्स

  • सलाद/अचार/सेल रोटि/आलुदम/पापड/बिबिक्यु

ड्रिङकस

  1. कोक, फ्यान्टा, स्प्राईट, पानी
  2. एप्पल जुस, ओरेन्ज जुस, लेमन टि
  3. बियर, वाईन, हार्ड ड्रिङकस

मेन कोर्ष

  • भात/दाल/सब्जि/अचार
  • सुङगुर/कुखुराको मासुको तरकारी

डिर्जट

  • फलफुलहरु

अनुमानित खर्च

सहभागी संख्या प्रति ब्याक्ति जम्मा
200 225 HK$45,000

अनुमानित आम्दानी

किराया हङकङ र सहभागी भाषिक संस्थाले खर्च भएको रकम दामासाहीले बेहोरिने छ ।

जम्मा खर्च सहभागी भाषिक संस्था प्रति
HK$45,000 9 5,000

 

अनुसूची ४

कार्य बाँडफाँड

समन्वय विभाग – हरिचन्द्र राई

मुल संयोजक :

  1. शिलि संकलन तथा संस्कृति बिभाग – राजेन्द्र राई/पिताम्बर राई
    • भट्याउने मानिस, मादल र अन्य बाध्यबादनहरु तयार गर्नु ।
    • स्थानिय गायककार, संगितकार, नृत्यकारहरु तयार गर्नु ।
    • नाचगान, मनोरञ्जनका गितहरुको ट्रयाक तयार पार्नु ।
    • देउसेभैलो मनोरन्जनात्मक कार्यक्रमको संचालन गर्नु ।

संयोजकहरु :

  1. भाषिक संस्थाहरु
    • निमन्त्रणा पत्रहरु बाँडनु ।

सहसंयोजकहरु :

  1. सुम्निमा भान्सा तथा खानपान बिभाग – जजिन राई
    • बैठकले निर्णय गरेका खानपान ब्यावस्थापन गर्नु ।
  2. अतिथि हेरबिचार तथा सत्कार बिभाग – पवि बान्तावा
    • अतिथिहरुको खानपान बितरण हेरबिचार गर्नु ।
  3. बाल, महिला, प्रौढ तथा स्वागत बिभाग – पविता पुमा
    • ब्याज, फुल मालाहरु तयार गर्नु, अतिथि स्वगत गर्नु ।
  4. निर्माण बिभाग – चन्द्रका राई/धिराज साम्पाङ
    • कार्यक्रम स्थल, टेबल, कुर्सी, टेन्ट निर्माण गरिदिनु ।
  5. सरसजावट बिभाग – लोखराज राई
    • कार्यक्रम स्थलको सरसजावट, साउण्ड सिस्टम र लाईटिङ गर्नु ।
  6. संस्कार विभाग – रामचन्द्र राई
    • उद्घाटन सामाग्रिहरु दियोबत्ति, सुम्निमा पारुहाङको फोटो तयार गर्नु ।
  7. युवा बिभाग – बज्र राई/रजिन राई
    • फोटोग्राफि/भिडियोग्राफि, कार्यक्रमको रिर्पोटिङ तयार गर्नु ।
  8. संचालन विभाग – गजेन्द्र राई
    • निमन्त्रणा, ब्यानर छपाउनु, प्रचार प्रसार गर्नु ।
  9. सरसफाई विभाग – कमल राई
    • कार्यक्रम स्थलको फोहरमैला संकलन तथा सरसफाई हेर्नु ।
  10. ओसारपसार बिभाग – मनि राई
    • कार्यक्रमलाई चाहिने आवश्यक सामाग्रीहरु ओसार पसार गरिदिनु ।
  11. कोष–अभिवृद्धि विभाग – गंगाराम राई
    • कार्यक्रमलाई आवश्यक पर्ने बजेट ब्यावस्थापन गर्नु ।
  12. यातायात बिभाग (परिवर्तन) – दिपेन्द्र राई
    • सहभागिहरुलाई आवश्यक भए आउनुजानु बसको ब्यावस्था गरिदिनु ।
  13. सुरक्षा बिभाग – राजु राई
    • आपतकालिन सहयोग, प्राथमिक उपचार तथा सुरक्षा सेवा प्रदान गर्नु ।

कार्यक्रम तालिका :

०१:००–०३:०० बजे : खानपान
०३:००–०४:०० बजे : औपचारिक कार्यक्रम
०४:००–०५:०० बजे : देउसे भैलो
०५:००–०७:०० बजे : नाचगान
०७:००–०८:०० बजे : सरसफाई
०८:०० बजे : फिर्ता

औपचारिक कार्यक्रम

  1. आशन ग्रहण –
    • अध्यक्ष
    • मुल संयोजक
    • बैठक नियमावलीको बैठक आशन बर्गियताक्रम अनुसार
  2. कार्यक्रम बारेमा
  3. उद्घाटन
  4. शुभकामना – प्रमुख अतिथि
  5. धन्यबाद – मुल संयोजक
  6. समापन– अध्यक्ष
  7. देउसेभैलो सुरुवात
अनुसूची ५

डाउनलोड

नम्बर बिवरण पिडिएफ एमएस–वर्ड
1 देउसेभैलो कार्यसुचि प्रिन्ट एडिट
2 देउसेभैलो निमन्त्रणा प्रिन्ट एडिट
3 देउसेभैलो पोस्टर प्रिन्ट एडिट
4 देउसेभैलो ब्यानर प्रिन्ट एडिट
5 देउसेभैलो ब्याज प्रिन्ट एडिट
6 स्वंयसेवक कार्ड प्रिन्ट एडिट

बिगत सालको देउसेभैलो क्लिक

deusi171