देउसीभैलो मनाउने परम्परा कहिले देखि सुरु भयो यस्को यकिन अहिले सम्म गरेको छैन । तिथि अनुसार कार्तिक (नोवेम्वर) महिनाको औंसिको रात देखि भोलि दिनभर देउसीभैलो खेल्ने चलन छ । यतिबेला गाउँघरमा दियो बत्ति बालि उज्यालो बनाएको हुन्छ । गाउँघरै फुलमालाले सजाएर झिलिमिलि बनाएको हुन्छ । देउसीभैलोमा युवायुवतीहरु गित गाउँदै गाँउघर डुलेर रुपैयापैसा माग्ने, खानपान माग्ने चलन छ । देउसेभैलोमा गाईने गितले “हामी तेसै आएको हैन, बलिराजाको हुकुमले गर्दा आएको हामी” भनि गित गाउने चलन छ। यसले बलिराजाको पालादेखि चलन चलेको हो भन्ने तर्फ ईङगित गर्दछ । देउसी पुरुषहरुले गाउने गित हो । भैलो महिलाले गाउने गित हो ।
जे होस देउसीभैलो खेल्ने चलन सारा नेपालीहरुले मनाउदै आई रहेको छ । अहिले संघसंस्थाहरु गाउँघर छिमेक नडुली, बरु छिमेकीहरुलाई एउटा कार्यक्रम स्थलमा बोलाई देउसीभैलो खेल्ने चलनको सुरुवात गरेको छ । संघसंस्थाको लागि यो एउटा आर्थिक श्रोत जुटाउने माध्यम भएको छ । देउसीभैलो खेल्दा जजस्ले रुपैयापैसा (दक्षिणा) दिन्छ अन्तिममा उनिहरुलाई सुस्वस्थ्य, दिर्घायु र धनदौलत आर्जन गर्न प्रर्थना गरिन्छ ।
किरात राई यायोक्खा हङकङकले पनि हरेक बर्ष हङकङमा रहेका दाजुभाई तथा दिदि बहिनी संग भेटघाट गर्दै कोष अभिवृदि गर्ने उदेश्यले सन १९९८ स्थापना काल बाटै देउसे भैलो कार्यक्रमको आयोजना गर्दै आईरहेछ ।
देउसेभैलोको उदेश्यहरु
- दाजुभाई दिदिबहिनीहरुसंग भेटघाट गर्नु ।
- संस्थालाई आर्थिक सहयोग जुटाउनु ।
- नेपालीहरुको रितीथितीलाई बचाई राख्नु ।
अनुसूची २
संयुक्त देउसेभैलो
११ जुन २०१७ मा श्री रजिन राईज्युको अध्यक्षतामा बसेको किराया हङकङ र भाषिक संस्थाहरुको संयुक्त बैठकले मितब्यायिता र समयको बचतलाई मध्यनजर गर्दै अब उप्रान्त एकै दिन संयुक्त देउसे भैलो आयोजना गर्ने सहमति गरि निम्न देउसेभैलो नियमावली अनुमोदन गरेको छ ।
देउसेभैलो नियमावली
- किराया हङकङले हरेक बर्ष भाषिक संस्थासंग संयुक्त देउसेभैलो कार्यक्रमको आयोजना गर्नेछ ।
- संयुक्त देउसे भैलो कार्यक्रम सुप्तुलुङखिममा गरिनेछ । कार्यक्रममा खानपान तथा यातायातको ब्यावस्था किराया हङकङले गर्नेछ ।
- ब्यावस्थापनमा लागेको खर्च किराया हङकङ र भाषिक संस्थाहरुले दामासाहीमा बेहोर्नु पर्नेछ ।
- कार्यक्रमको मुल आयोजक किराया हङकङ र सह–आयोजक भाषिक संस्थाहरु रहने छन ।
- निमन्त्रणा कार्ड किराया हङकङले प्रकाशन गरि भाषिक संस्थाहरुलाई वितरण गर्ने छन ।
- भाषिक संस्थाहरुले आ–आफ्नो दाजुभाई तथा दिदिबहिनिहरुलाई स्वेच्छाले निमन्त्रणा गर्ने छन ।
- दक्षिणाको लागि किराया हङकङ र हरेक भाषिक संस्थाले छुट्टा छुट्टै आफुले बोलाएका निमन्त्रित दाजुभाई दिदिबहिनिहरुलाई दक्षिणा माग्ने छन ।
- दक्षिणा दिनेले आफुखुसि स्वेच्छाले दक्षिणा प्रदान गर्ने छ । अनिवार्य सबै संस्थालाई दिन पर्दछ भन्ने छैन । जस्ले निमन्त्रणा गरेको हो उस्लाई मात्र दिन सक्नेछ ।
- भाषिक संस्थाले आफुले निमन्त्रणा गरेकाहरुलाई स्वेच्छाले खानपान, फुल, टोपि, माला, बिशेष उपहार आदि प्रदान गर्न सक्ने छन ।
- कार्यक्रममा हरेक भाषिक संस्थाले एकएक वटा मनोरन्जनात्मक खेल खेलाउन सक्ने छन । तर कुन खेल खेलाउने किराया हङकङबाट स्विकृती लिन पर्ने छ ।
- खेल खेलाउदा समाजलाई अपाच्यहुने खेलहरु खेलाउन दिईने छैन ।
- कुनै बिवादको सृजना भएमा किराया हङकङको निर्णय अन्तिम हुनेछ ।
कार्यक्रम
मिति : २७ अक्टुवर २०१९
समय : दिउँसो २ बजे
स्थान : सुप्तुलुङ खिम, हङकङ ।
बस लाग्नेः
समयः १:०० बजे
स्थानः बगैंचा अगाडी
सम्पर्कः ९७१६११०१ , ५११९०३३७
कार्यक्रम तालिका :
२:००–४:०० बजे : खानपान
४:००–५:०० बजे : औपचारिक कार्यक्रम
५:००–६:०० बजे : देउसे भैलो
६:००–७:०० बजे : नाचगान
७:००–८:०० बजे : सरसफाई
८:०० बजे : फिर्ता
आयोजकः
किरात राई यायोक्खा हङकङ
सहआयोजकः
चाम्लिङ खाम्बातिम
दुमी फन्सिकिम
साम्पाङ जुम्लेखा
बान्तावा खिम
पुमा तुप्खाबाङखाला
थुलुङ सामा
कोयी/कोयु किम
बाहिङ मुलुखिम
अनुसूची ३
खानपान
स्टाटर्स
- सलाद/अचार/सेल रोटि/आलुदम/पापड/बिबिक्यु
ड्रिङकस
- कोक, फ्यान्टा, स्प्राईट, पानी
- एप्पल जुस, ओरेन्ज जुस, लेमन टि
- बियर, वाईन, हार्ड ड्रिङकस
मेन कोर्ष
- दाल/भात/सब्जि/अचार
- सुङगुर/कुखुराको तरकारी
डिर्जट
- फलफुलहरु
निमन्त्रणा
देउसेभैलो कार्यक्रममा निम्न संघसंस्था र ब्यक्तिहरुलाई किराया हङकङले निमन्त्रणा गर्नेछ ।
- किराया हङकङलाई देउसिमा बोलाउने संस्थाहरु
- किरात राई अध्यक्ष भएका संघसंस्थाहरु ।
- किराया संरक्षक परिषद
- किराया सल्लाहकारहरु
- किराया प्रज्ञा प्रतिष्ठान सदस्यहरु
- विभागिय समितिहरु
- आजिवन सदस्यहरु
- सुप्तुलुङ सहयोग दाताहरु
निमन्त्रणा पत्र छपाई
Size: | A6, Color |
Paper: | Certificate |
Kirat Rai | 22 |
Chamling | 50 |
Dumi | 0 |
Sampang | 30 |
Puma | 20 |
Bantawa | 50 |
Thulung | 30 |
Koyee | 30 |
Bahing | 20 |
Total Pieces: | 252 |
अनुमानित खर्च
संख्या | प्रति | अनुमानित खर्च |
200 | $150 | HK$30,000 |
अनुमानित आम्दानी
संस्था | प्रति | अनुमानित आम्दानी |
8 | $4,000 | HK$32,000 |
अनुसूची ४
कार्य बाँडफाँड
क्र.सं. | विभाग | कार्य बाँडफाँड |
1 | संगठन बिस्तार तथा समन्वय विभाग | ब्यावस्थापन तथा अनुगमन |
2 | सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग | कुर्सि, टेबल, टेन्ट, टोईलेट ब्यावस्थापन |
3 | खेलकुद, संगीत,सहित्य, प्रकाशन विभाग | पोस्टर, ब्यानर, टिकेट, ब्याज, प्रमाणपत्र |
4 | कार्यलय संचालन तथा प्रचारप्रसार विभाग | कार्य संचालन,सुचना, पत्रचार, निमन्त्रणा |
5 | बाल, महिला, प्रौढ तथा अतिथि विभाग | फेटा, गम्छा, मायाको चिनो, फुल मालाहरु |
6 | सम्पति तथा कोष–अभिवृद्धि विभाग | खरिद बिक्री, आर्थिक कोष ब्यावस्थापन |
7 | सुम्निमा खानपान तथा भान्सा विभाग | खानपान तयारी ब्यावस्थापन/ कुकिङ |
8 | सिक्रिमा बितरण तथा सेवासत्कार विभाग | खानपान बितरण ब्यावस्थापन/ सर्भिङ |
9 | पारुहाङ ढुवानी तथा ओसारपसार विभाग | ढुवानी, भण्डार तथा ओसारपसार |
10 | किरात धर्म संरक्षण तथा संस्कार विभाग | थान थपना, उद्घाटन सामाग्री ब्यावस्थापन |
11 | शिली संकलन तथा संस्कृति विभाग | भेसभुषा, गरहगहना, कलाकार ब्यावस्थापन |
12 | मौलिक संकलन तथा सरसजावट विभाग | साउण्ड, लाईटनिङ , म्युजिक, सरसजावट |
13 | सरसफाई तथा फोहरमैला संकलन विभाग | सरसफाई तथा फोहरमैला ब्यावस्थापन |
14 | ब्यावसाय, रोजगार तथा यातायात विभाग | सशुल्क यातायात सेवा ब्यावस्थापन |
15 | आपतकालिन सहयोग तथा सुरक्षा विभाग | सुरक्षा, प्राथमिक उपचार, नियन्त्रण |
औपचारिक कार्यक्रम
- आशन ग्रहण –
- देउसेभैलो नियमावली बाचन
- उद्घाटन
- शुभकामना – प्रमुख अतिथि
- समापन– अध्यक्ष
- देउसेभैलो सुरुवात
अनुसूची ५
कलाकारहरु
अर्पणा साम्पाङ राई – मै मोरीलाई लान
रेश्मा साम्पाङ राई – तस्बिरमै यस्तो मिक्स
प्रशन्ना चाम्लिङ राई – मलाई नाचौ नाचौ लाग्यो
एलिना कोयु राई – चाहिन्दैन हिरा,चाहिन्दैन मोति
सम्झना बाहिङ् राई — माया पिरती
डाउनलोड
नम्बर | बिवरण | पिडिएफ | एमएस–वर्ड |
1 | देउसेभैलो कार्यसुचि | प्रिन्ट | एडिट |
2 | देउसेभैलो निमन्त्रणा | प्रिन्ट | एडिट |
3 | देउसेभैलो पोस्टर | प्रिन्ट | एडिट |
4 | देउसेभैलो ब्यानर | प्रिन्ट | एडिट |
5 | देउसेभैलो ब्याज | प्रिन्ट | एडिट |
6 | स्वंयसेवक कार्ड | प्रिन्ट | एडिट |