किरात राई वृतचित्र हङकङमा प्रर्दशन

 

docu1१८ अक्टुबर २०१५, हङकङ– किरात राई प्रज्ञा परिषद सदस्य शालिक शतासक राईद्धारा गहिरो खोज, अनुसन्धान, लेखन तथा निर्देशनमा निर्माण भएको किरात राईहरु बारेको ऐतिहासिक वृतचित्र सामुहिक चुलाघर खरिद सहयोगार्थ  किरात राई यायोक्खा हङकङले पाकिस्तान क्लबमा प्रदर्शन गर्यो ।  चुलाघर खरिद तथा व्यावस्थापन विभागका मुल संयोजक हेजेन राईको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको प्रमुख अतिथि नेपालबाट आउनु भएकी कि.रा.या.नेपाल, केन्द्रिय अध्यक्ष यसोदा राई रहेकी थिइन भने विशेष अतिथिका रुपमा वृतचित्रका निर्देशक शालिक शतासक राई, किरात राई यायोक्खा हङकङका अध्यक्ष शशीमदन राई तथा कि.रा.या.हङकङका प्रमुख कुबिमी श्रेष्ठबहादुर राई रहेका थिए । त्यस्तै गरी अन्य भाषिक संथाका अध्यक्ष तथा प्रतिनिधीहरु किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष पिताम्बर राई, किरात साम्पाङ जुम्लेखाका अध्यक्ष तेज कुमार राई, थुलुङ राई सामाका अध्यक्ष रामली राई, किरात पुमा राई तुप्खा बाङखालाका अध्यक्ष पेङगुइन राई, किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक मोहन राई, किरात दुमी फान्सिकिमका सचिव सुर्यमान राई आदि अतिथिका रुपमा रहेका थिए । प्रमुख अतिथि यसोदा राई र विशेष अतिथि श्रेष्ठबहादुर राईद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि यसोदा राई तथा विशेष अतिथि शालिक शतासक राईलाई गम्छा ओढाएर तथा फेटा बाधेर सम्मान गरिएको थियो भने सोहि क्रममा कि.रा.या. नेपालको तर्फबाट अध्यक्ष यसोदा राईले कि.रा.या.हङकङलाई उपहार स्वरुप एक जोर झ्याम्टा प्रदान गरेकी थिइन । docu2औपचारिक कार्यक्रमको क्रममा भाषिक संस्थाको तर्फबाट किरात राई बान्तावा यायोक्लाका अध्यक्ष तिलक मोहन राईले छोटो मन्तव्य राखेका थिए भने कि.रा.या. का अध्यक्ष शशिमदन राईले सामुहिक चुलाघर खरिद गर्नुको आवश्यकता र उदेश्य बारे प्रस्ट्याएका थिए । त्यस्तै गरी विशेष अतिथि शालिक शतासक राईद्धारा किरात राईहरुको पहिचान सामुहिक चुलाघर सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमका सभापति हेजेन राईद्धारा चुलाघर खरिदका लागि सहयोगी हातहरु तथा वृतचित्र हेर्न उपस्थित सम्पूर्ण महानुभावहरुलाई एकमुष्ठ धन्यवाद दिदै समाप्त भएको औपचारिक कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि यसोदा राईले आफ्नो मन्तव्य राख्ने क्रममा विदेशमा रहेर पनि आफ्नो भाषा, संस्कार र संस्कृति बचाउन अहोरात्र लागि पर्ने हङकङबासी किरात राई दाजुभाई तथा दिदी बहिनीहरुको तारिफ गर्ने कुनै शब्दै नभएको बताउँदै थोपा थोपा मिले सागर बन्छ भने झै सामुहिक चुलाघर खरिद जस्तो पवित्र कार्यमा कि.रा.या.को केन्द्रिय कार्यलयद्धारा पनि धेर थोर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै हङकङबासी समस्त किरात राई दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि यस पवित्र कार्यमा दिल खोलर सहयोग गर्न समेत अनुरोध गरिन ।  चुलाघर खरिद तथा व्यावस्थापन विभाग प्रमुख रजिन राईको श्वागत मन्तब्य संगै शुरु भएको औपचारिक कार्यक्रमलाई कि.रा.या. हङकङका महासचिव हरिचन्द्र राईले संचालन गरेका थिए । औपचारिक कार्यक्रमको समापन लगत्तै प्रदर्शन गरिएको करिब पौने दुई घण्टाको वृतचित्रमा किरातहरुको इतिहास देखि वर्तमानसम्म गहन रुपले केलाउँदै किरात राईहरुको बसोबास रहेको नेपालका विभिन्न क्षेत्रका साथै भारतको सिक्किम र दार्जिलिङ समेत पुगेर निर्माण गरिएको उक्त वृतचित्रमा केबल किरात राईहरु बारे मात्रै नभई चारै किरात (राई, लिम्बु, याक्खा र सुनुवार) हरुका विषय वस्तुहरुलाई समेत गहन रुपले उठान गरिएको पाइन्छ ।

docu3 docu4 docu5 docu6

 

वृतचित्रको ऐतिहासिक पृष्ठभूमि

नेपालमा प्राचिनकाल गोपाल वंश, महिषपाल वंश, किरात वंश र लिच्छवि वंशहरुले शासन गरेका थिए । जसमा किरातीहरुको शासन महिषपाल वंश राजा भुवनसिंहलाई हाङ यलम्बरले परास्त गरेपछि शुरु भयो तत्कालीन यलाखोम भनेर चिनिने वर्तमान काठमाडौं उपत्यकाबाट । किरात राजा एलम्/येलुङ/यलम्बरको शासन आरम्भ बर्ष इ.पू. १८७९ पूर्व भएको मानिन्छ र किरातीहरुले ३२ पुस्तासम्म शासन गरेका थिए । यलाखोममा हाङ गस्तीको पालामा वैशालीबाट आएको लिच्छविहरुसाग युद्ध हारेपछि किरातीहरु पूर्वतिर प्रवेश गरे, अन्तिप युद्ध च्यास बर्तमान ललितपुरमा पर्दछ यो युद्ध इ. सन्. ७५ देखि १०० सम्ममा भएको मानिन्छ । त्यसैगरी किरातीहरुको अन्तिम् दरवार पटुक दो” सामान्य माटोको ढिस्को र पीपलको बोट छदैछ ।

यद्यपि किरातीहरु पूर्व प्र्रवेश गर्ने क्रममा कोहि सुनकोसीको तीरतिर बसोबास गर्न थाले कोहि तामाकोशी, कोहि दुधकोशी र कोहि अरुण तमोर नदीहरु पच्छाउदै आसपासमा किपट खडा गरी बसोबास गर्न थाले । कालान्तारमा भौगोलिक बिभाजन नै भयो पल्लो किरात, माझ किरात, पल्लो किरात । किरात शव्दको अर्थहरू धेरै छन् । भौगोलिक प्रदेश, कुनै युगको सभ्यता आदिमा अर्थहरू लागे पनि बर्तमान समयमा एउटा जाति रुपमा चिनिन्छ जस्मा विशेष गरि राई, लिम्बू, याक्खा र सुनुवार गर्दछन् । राईलाई खम्बू, राय, जिमी, जिम्मावाल, तालुकदार, माथा, थरी कारवार आदि पर्यायवाची नामहरुले समेत बर्तमान समयसम्म परिचित छन् । जनगणना २०५८ अनुसार राईहरुको जनसंख्या ६ लाख ३५ हजार १५१ अर्थात कुल जनसंख्याको २.७९ ५ छन् र जुन नेपालको जातिहरू मध्ये १०औं स्थानमा पर्दछ ।

राईहरुको मुल बासोबास स्थान

सोलुखुम्बु – थुलुङ, कुलुङ, खालिङ
ओखलढुङ्गा – बाहिङ, जेरो/जेरुङ, बाम्बुले ।
खोटाङ – चाम्लिङ, नाछिरिङ, तिलुङ, कोयु/कोयी, दुमी, साम्पाङ, पुमा ।
भोजपुर – बान्तावा, नेवाहाङ, दुङ्माली ।
संखुवासभा – याम्फ, लोहोरुङ, मेवाहाङ ।
धनकुटा – आठपहरिया, मुगाली, फाङदुवाली, छिलिङ, छिन्ताङ ।
इलाम – लिङखिम ।
मकवानपुर/नुवाकोट – देवास ।

वृत्तचित्र किन निर्माण ?

भनिन्छ, कुनै पनि जातिलाई मास्नु पर्यो भने उस्को भाषा, धर्म सस्कार संस्कृतिलाई मास्नुपर्छ । यही मन्त्रलाई अक्क्षण राख्दै नेपालको इतिहासमा पृथ्वीनारायण शाहको भौगोलिक एकिकरण पश्चात राईहरु पनि अछुतो रहन सकेन । लामो विरासत कायम गरेका किरातहरुको पहिचान आज बचाएर राख्न र भावी पूस्तालाई हस्तान्तरण गर्नु चुनौतीको पहाड बनेको छ एकातिर भने अर्कोतिर निश्चय रुपमा तपाईले टेक्नु भएको माटो कस्को हो ? तपाईको पूर्खाले रचेका इतिहास कस्तो छ ? अनि बर्तमान अवस्था र भोलिको भविष्य कस्तो रहला? यि जिज्ञासाहरुको पहाड उठ्नु स्वभाविकै हो, यिनै प्रश्नहरुको साङ्गोपाङ्गो वृत्तमा यो वृत्तचित्रको निर्माण भएको छ ।

इतिहासको पुनःलेखन

राईहरु त्यही समय पर्खिरह्यो युगौ बिजेताहरु आफ्नो गन्तव्य लागि पख्र्या, पराजित राईहरु भाग्यका लागि । वास्तवमा हामी आजको पल भनेको फुट, गुटबन्दी र बिभाजनको मोड होइन एकिकरण र एकताको मुलखम्बामा उभिनु पर्ने समय आएको छ । राईहरु भित्र एकतामा अनेकता र अनेकतामा एकता पनि छ । बहुभाषी भएकाले एक जाति बहुभाषी र यस समुदायको अनुपम बिशेषता पनि हो । आजको परिस्थितिमा हामीले एकताको आत्मसाथ गर्न सक्यौ भने भोलि नेपालको मात्र नभई विश्वकै एउटा उदाहरण बन्न सकिन्छ । बिजेताहरु जस्तै गन्तव्यमा नपुगेका भाग्यमा बिश्वास गरेका पराजित जाति जो राज्यको मूलधारबाट पाखा लगाइएको छ । प्राचिनदेखि वर्तमान समयसम्मको ऐतिहासिक घटनाक्रमलाई वृत्तचित्रको पदौमा चित्रण गर्न खोजिएको छ । सुगौली सन्धिबाट छुटेका वंशहरु, गोर्खा भर्ति आदिबाट राईहरुमा परेको बज्रपात बिजेताहरूले लेखेका कठपुतली र बङ्गाइएका इतिहासलाई सच्याउदै पुर्नलेखन गर्नु आवश्यक छ ।

अस्तित्व, पहिचान र अधिकार रक्षाका लागि

विश्वकै राजनीतिक इतिहासलाई हेर्ने हो भने कयौ मुलुकहरुमा जनताद्वारा संविधान बनाइयो र जनताद्वारा नै जलाइयो । समान अस्तित्व, पहिचान र अधिकार भएको भए शायद जल्दैन थियो होला, राईहरू भित्र पनि यि ३ वटै कुराको आन्तरिक बह्य संघर्ष जारी छ । करार युद्ध हारेका जातिहरूको गौरवशाली इतिहास, जो कथित इतिहासकार बनेर लेखेका एकलौटी तथाकथित इतिहास व्याख्या विश्लेषण गरेर भाषा फरक भएकै आधारमा केहि व्यक्तिहरूले सोझासाझा राईहरूलाई बेचेर जीविकोपार्जन गरिरहेका छन्, यो वास्तवमा मानसिक दरिद्रताको पराकाष्ट हो । त्यसैगरी बोतलको रङ्ग फेरिएपनि स्वाद चाहि उस्तै छ । २०४६ सालको राजनीतिक परिवर्तन संगै हक, अधिकार र स्वतन्त्रता त दिइयो तर राज्यसत्ताबाट पाउने अधिकार र पहिचानको सबालमा व्यबहारिक रुपमा उस्तै छ । त्यसैले राईहरूको मौलिक कला, संस्कार, सास्कृति र भाषा आदि यो मुलुककै सम्पदा हो । राईहरु यो मुलुकै नागरिक हो भने उस्को मौलिक पहिचानहरू पनि राष्ट्रिय सम्पदा हो र बन्न पर्छ । यसलाई राज्यले संरक्षण गर्ने नैतिक दायित्व हो । र हरेक समुदायले आफ्नो मौलिक पहिचान, अस्तित्व र अधिकार समान हैसियतले पाउन सार्वभौम नागरिक अधिकार हो ।

भनिन्छ, यो संसार जीत्नेहरू/ बिजेताहरूको हो, यद्यपि इतिहासको गर्भमा तुहिएको वर्तमान समयमा राज्यको मूलधारबाट पाखा लगाइएको एउटा उत्पीडित जातिको बिगतको इतिहास र वर्तमान अवस्थालाई यार्थाथ चित्रण गर्ने प्रयास गरिएको छ ।  सुम्निमा पारुहाङले सबैको कल्याण गरुन् । जय किरात ।

शशि मदन राई
अध्यक्ष, किराया हङकङ ।

Ticket No Saler Sale Nos Amount Remarks
1-200 200 Prem Rose
201-205 5 Mahendra Thulung 201-205 5 No Answer
206-215 10 Bajra Thulung 206-209 4 800 1 Return
216-220 5 Dewandri 216-217 2 400 3 Return Premrose
221-225 5 Jaya Ram 221-225 5 No Answer
226-250 25 Counter 226-250 25 Not Known
251-300 50 No Sale 251-300 50 25 Return
300

 

17/10/15 Arrival
Flower 60
McDonald 161
Taxi to Jordan 252
Chula Van Reserved 750
Lunch 195
Phone Card 236
Visit Star Ferry 36
Dinner 435
Hotel Charge 950
18/10/15 Documentry
Banner 300
Ticket 35
Photocopy 243
Film Sensor 750
Projector Rent 500
Hotel Charge 950
Dinner with Yayokkha
19/10/15 Big Boddha
MTR 16
Ship Fare 500
Lunch at Muiyo 408
Taxi to Big Buddha 56
Brek Fast 190
Cable Car 460
Dinner (Koren Rest) 930
Hotel Charge 950
20/10/15 Ocean Park
Dinner with Bantawa
21/10/15 Taimo Shan
Dinner with Chamling
22/10/15 Peack
Tram Fare 420
Dinner with Thulung
23/10/15 Airport
Taxi to Airport 252
Total 10035