बिश्वकोष प्रकाशन

एक वृहत ऐतिहासिक किरात राई बिश्वकोष
An Advance Historical Kirat Rai Encyclopedia

श्री शशि मदन राई द्वारा प्रस्तावित,
किरात राई प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक (२६ मार्च २०१७) द्वारा अनुमोदन,

प्रस्तावना :

किरात राईहरुको इतिहास, भाषा, लिपी, धर्म, संस्कार, संस्कृती, कला/साहित्यबारे खोजमुलक तथा किरात राईहरुको बारेमा सोधकार्य गर्न, अध्यन, अध्यापन गर्न गराउन सजिलोको लागि पाठ्यक्रम युक्त अंग्रेजी र नेपाली भाषामा किरात राईहरुको एक बृहत ऐतिहासिक किरात राई बिश्वकोष (Suptulung.org) नामक ईन्साईक्लोपेडिया निर्माण गर्न प्रस्तावना ल्याईएको छ । भविश्यमा पठन पाठनको लागि हरेक भाषी राईहरुको भाषामा र अन्तराष्ट्रिय मान्यता प्राप्त अन्य भाषामा समेत निर्माण गर्दै लगिने छ । यस इन्साईक्लोपेडिया किरात राईहरुको सोधकार्यको लागि उर्वर धरातल बनाईने छ । अन्त्यमा किरात राईजन्य संघ संस्थाहरुमा ब्यापक छलफल गरि अनुमोदन गरे पश्चात पुस्तकको रुपमा प्रकाशन गरिनेछ ।

खण्डहरु :

सुप्तुलुङ डट ओरजि भित्र १० खण्ड रहनेछ । हरेक खण्डलाई संयोजन गर्न खण्ड संयोजक नियुक्त गरिने छ । सम्पुर्ण बिश्वकोषको संयोजन कुलपति र उपकुलपतिले गर्नेछ । महासचिवले खण्डको प्रगति विबरण , अनुगमन कार्यहरु गर्नेछ । खण्ड भित्र बिभिन्न अध्यायहरु हुनेछ । अध्याय लेखन गर्न बिभिन्न प्राज्ञहरुलाई शशुल्क वा निशुल्क नियुक्ति गरिने छ । शुल्क तथा बजेटको निर्धारण तथा ब्यावस्थापन महाप्रबन्धकले गर्नेछ ।

१८ जुन २०१७ को बैठकले अनुमोदन गरेका संयोजकहरु :

सुप्तुलुङ खण्ड – धिराज कुमार राई
इतिहास खण्ड – किसन राई
भाषा/लिपी खण्ड – रामली राई/पिताम्बर राई
धर्म/संस्कार/संस्कृती खण्ड – शशि मदन राई/धिराज कुमार राई
कला/सृजना खण्ड – दिपेन्द्र राई
साहित्य खण्ड – किन्दर राई

१. सुप्तुलुङ खण्ड – धिराज कुमार राई

सुप्तुलुङ खण्डलाई ब्यावस्थापन खण्ड कोरुपमा निर्माण गरिनेछ । सुप्तुलुङ खण्डमा किरात राई प्रज्ञा प्रतिष्ठानको बारेमा, सोधकार्य गर्न ईच्छुक जेहेन्दार तथा कम आयश्रोत भएका बिध्यार्थिहरुलाई सोधकार्य गर्न क्षात्रवृती प्रदान गरिने नितिनियमहरु बारेमा, आर्थिक तथा भौतिक सहयोग संकलनको बारेमा, क्षात्रवृतीकोषको लागि बिभिन्न देशमा रहेका दाताहरुलाई कोष निर्माणको लागि अनुदानको माग बारेमा अवधारणा राखिनेछ ।

सुप्तुलुङ डट ओरजीको लागि लाग्ने खर्चको बजेट निर्धारण तथा ब्यावस्थापन प्रतिष्ठान महाप्रबन्धकले गर्नेछ । दैनिक प्रशासनिक खर्चहरु जुटाउन दैनिक आयमुलक कार्यक्रमहरु संचालन गरिनेछ ।

सुप्तुलुङ खण्डको अध्यायहरु:

क. प्रज्ञा प्रतिष्ठान बोरमा
ख. किरात राई विश्वकोष बारेमा
ग. आर्थिक कोष निर्माण बारेमा
घ. क्षात्रवृत्ती प्रदान बारेमा
अध्यायहरु समयसापेक्ष सुझाव अनुसार परिवर्तन गर्दै लगिने छ ।

२. ईतिहास खण्ड – किसन राई

किरात राईहरुको ईतिहासको खोज तथा अनुसन्धान गरिएका सन्दर्भ सामाग्री सहितका लेख, रचनाहरु संकलन गरि संकलन गर्ने। लेखक तथा सोधकार्य गर्नेहरुलाई पारिश्रामिकको ब्यावस्था गर्ने ।

ईतिहास खण्डको अध्यायहरु:

क. ईतिहास
ख. राज्य
ग. जनसंख्या
घ. भुगोल
ङ. पेशा/नोकरी
उपरोक्त अध्यायहरु उदाहरण मात्र हुन । सुझाव अनुसार अनुमोदन गरि परिवर्तन गर्दै लगिने छ ।

३. भाषा/लिपी खण्ड – रामली राई/पिताम्बर राई

भाषिक संस्थाहरुसंग मिलेर किरात राईहरुको भाषा तथा ब्याकरण संकलन गरि अभिलेखिकरण गर्ने। किरात लिपीहरुको संकलन गर्ने ।

भाषा/लिपी खण्डको अध्यायहरु:

क. चाम्लिङ भाषा संकलन
ख. साम्पाङ भाषा संकलन
ग. दुमी भाषा संकलन
घ. पुमा भाषा संकलन
च. बान्तावा भाषा संकलन
छ. थुलुङ भाषा संकलन
ज. कोयी भाषा संकलन
झ. अन्य भाषा संकलन

४. धर्म खण्ड – शशि मदन राई/धिराज कुमार राई

किरात मुन्धुमको अध्यन गर्न लगाई मौलिक किरात धर्ममा जिवन र जगत प्रतिको धारणा । मृत्यु पश्चातको अवधारणा । मौलिक किरात धर्म र नव किरात धर्मको भिन्नता । किरात धर्मको नाममा चलेका सम्प्रादयहरु जस्तै: फाल्गुनन्द/आत्मानन्द लिङदेनको किरात धर्म, जोसमनि सन्त सम्प्रादय, सत्यहाङमा सम्प्रादय, प्रभुदासी सम्प्रादय, ओमनन्द सम्प्रादय, डा.स्वमी प्रपन्नचार्य पन्थि आदिको ब्याख्या बिश्लेषण गर्न लगाई संरक्षण गर्ने ।

धर्म खण्डको अध्यायहरु:

क. जिवन/जगतबारे मौलिक किरात धर्मको अवधारणा
ख. मानव उत्पतीको अवधारणा,
ग. मौलिक किरात धर्मको अवधारणा,
घ. जिवन दर्शन– सतकर्म / पापकर्म बारेमा
च. मृत्यु पश्चातको अवधारणा
छ. पुजापाठहरु
उपरोक्त अध्यायहरु उदाहरण मात्र हुन । सुझाव अनुसार अनुमोदन गरि परिवर्तन गर्दै लगिने छ ।

५. संस्कार खण्ड – शशि मदन राई/धिराज कुमार राई

हरेक भाषी राईहरुको संस्कार अध्यन गर्न लगाई किरात राईहरुको जन्मदेखी मृत्युपर्यन्तसम्मको कर्मकाण्डहरु तयार गर्ने, मिल्दो जुल्दोकर्मकाण्डहरुलाई एक ठाँउमाल्याई भाषिक संस्था तथा बिज्ञहरुसंग छलफल गरि एकिकृत गर्न पहल गर्ने । संरक्षण गर्ने ।

संस्कार खण्डका अध्यायहरु:

क. गर्भ संस्कार
ख. जन्म संस्कार
ग. नौरान संस्कार
घ. पास्नी संस्कार
ङ. छेवर/गुन्युचोली
च. बिवाह संस्कार
छ. मृत्यु संस्कार

६. संस्कृती खण्ड – शशि मदन राई/धिराज कुमार राई

किरात राईहरुको पहिचानलाई सर्वब्यापी बनाउन किरात राईहरुको भेषभुषा, रहनसहन, खानपान, चाडपर्व आदिको संरक्षण, प्रचार प्रसार, बजारिकरण गर्दै ब्यापकता गराउन ।

संस्कृती खण्डको अध्यायहरु:

क. भेषभुषा बारेमा
ख. खानपान बारेमा
ग. चाडपर्व बारेमा
घ. नृत्य/संगित
ङ. खेलकुद

७. कला/सृजना खण्ड – दिपेन्द्र राई

किरात राईहरुले सृजिएका  कला, सृजना आदिको संवर्धन गर्ने।

साहित्य खण्ड – किन्दर राई

साहित्य, लोक साहित्य, रचनाहरु राखिन्दै लगिने छ ।