कार्यक्रम नियमावली (३)

किरात राई यायोक्खा हङकङको उदेश्य प्राप्तगर्न, किरात राईहरुको ब्याक्तिव बिकाश गर्न, जन सहभागिता सृजना गर्न, सृजनशील युवा निमार्ण गर्न, जिवनपयोगि प्रशिक्षण गराउन, किरात धर्म संस्कार संस्कृती प्रती युवा चेतनाको बिकाश आदी गर्न विविध कार्यक्रम बनाईने छ । कार्यक्रमलाई मासिक रुपमा बिभाजन गरि बार्षिक कार्यक्रम (क्यालेण्डर) तयार गरिने छ । यसलाई कार्य समितिको बैठकमा अनुमोदन गरि लागु गरिने छ । बार्षिक कार्यक्रम किराया अध्यक्षले बनाउने छ ।

क. अप्रिल – संगठन विस्तार तथा प्रशिक्षण

किरात राई यायोक्खा हङकङको अधिवेशन पश्चात सल्लाहकारहरुको नियुक्ति, विभाग प्रमुखहरुको नियुक्ति, मुल संयोजकहरुको नियुक्ति पश्चात एक कार्यक्रम गरि नवनियुक्त पदाधिकारीहरुलाई पदस्थापन, पुरानो कार्यसमितिबाट बुझबुझारत र बिदाई गरिनेछ । यसलाई पदस्थापन, बुझबुझारथ तथा बिदाई कार्यक्रम भनिने छ । अन्य बर्षहरुमा यस महिना कार्यसमितिलाई प्रशिक्षण कार्यक्रमहरु गरिने छ ।
बैठक १ : 05 May 19, पदस्थापन/बिभाग हेरफेर :

ख. मे – उभौली, स्मारिका प्रकाशन

यो महिना देखि बाली नाली लगाउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नाली सप्रियोस, सबैलाई शुभेफापे होस  भनि भुमेपुजा गर्ने चलन छ । चुलामा पित्रीहरुसंग बल मागिने छ । यस महिना साकेला उभौली नाचिन्छ ।
उभौली चुलापुजा : 18 May 19
साकेला उभौली : 19 May 19
स्मारिका प्रकाशन : 19 May 19

ग. जुन – अन्तरक्रिया/सेमिनार/वर्कशप

जुन महिनामा किरात राईहरुको बौदिक बिकाश हुने, ब्यक्तित्व बिकाश हुने बिभिन्न संस्कार सम्बन्धि अन्तरक्रिया /सेमिनार/वर्कशप कार्यक्रमहरु गरिने छ ।
अन्तरक्रिया : 16 Jun 19

घ. जुलाई –  साउने संक्राति/बाल/महिला/प्रौढ कार्यक्रम

किरात राईहरुले हरेक वर्षको श्रावण महिनाको पहिलो दिन भैसीं वा राँगा काटेर खाने चाडलाई साउने संक्रातिको रुपमा मनाउदै आएको पाईन्छ । यस महिना बालबालीका, महिला, प्रौढहरु बृहद समावेश हुनेगरि साउने सक्राति मनाईन्छ । किराया हङकङले २०१५ देखी साउने संक्राति मनाउदै आईरहेको छ ।
बैठक २ : 07 Jul 19
साउने संक्राति : 21 Jul 19

ङ. अगस्ट – खेलकुद/साहित्यिक कार्यक्रम

यस महिना किरात राई युवा, युवतीहरुलाई गोलबन्द गराई किरात राई यायोक्खा भित्र समेट्न खेल्कुद वा साहित्यिक कार्यक्रमहरु ल्याइनेछ ।
खेल्कुद/साहित्यिक कार्यक्रम : 18 Aug 19

च. सेप्टेम्बर –पित्रि पुजा

यस महिना पित्रिहरुलाई नया अन्न बाली चढाईन्छ । तयमा खियमा दिवस र न्वागी पुजा गरिन्छ । तयमा खियमा दिवस चाम्लिङ खाम्बातिमले र न्वगी पुजा साम्पाङ जुम्लेखाले आयोजना गर्ने भनि १४ अक्टुबर २०१८ को सामुहिक बैठकले निर्णय गरेको छ । यसलाई सबै भाषिक संस्थाहरुले मान्यता प्रदान गरेको छ ।
तयमा खियमा दिवस (चाम्लिङ) : 1 Sep 19
न्वगी पुजा (साम्पाङ) : 15 Sep 19

छ. अक्टुबर – सांगितीक/डकुमेन्ट्रि/फ्ल्मि प्रर्दशनी कार्यक्रम

यस महिना हरेक ३ बर्षमा १ चोटि यलम्वर साँझ सांगितीक कार्यक्रम गरिने छ । अन्य बर्षहरुमा  डकुमेन्ट्रि शो, फ्ल्मि प्रर्दशनी कार्यक्रमहरु ल्याइनेछ ।

बैठक ३ : 06 Oct 19
सांगितीक/डकुमेन्ट्रि/फ्ल्मि प्रर्दशनी : 20 Oct 19

ज. नोभेम्बर – देउसेभैलो

यस महिना नेपालीहरुको महान चाड देउसेभैलो खेलिने छ । भाषिक संस्थाहरुले छुट्टा छुट्टै मनाई रहेको यो चाडलाई ११ जुन २०१७ मा भाषिक संस्थाहरुसंग संयुक्त बैठक बसि अब उप्रान्त संयुक्त रुपमा एकै दिन एकै ठाँउ मनाउने निर्णय भएको छ ।
देउसेभैलो : 27 Oct 19

झ. डिसेम्बर – चुलापुजा, साकेला (उधौली)

यो महिना देखि बाली नाली बाली पाकि थन्क्याउने समय सुरुवात भएकोले सम्पुर्ण मानव जगतको बाली नालीको सह रहोस, धनिमानि होस भनि चुलापुजा गर्दै पित्रीहरुसंग बल माग्दै साकेला उधौली नाचिन्छ ।
बैठक ४ : 01 Dec 19
उधौली चुलापुजा : 12 Dec 19
साकेला उधौली : 15 Dec 19

ञ. जनवरी – किरात राई सांस्कृतिक मेला

यस महिना यलेदुङ, माघे सक्राती, किरात राई स्थापना दिवस, एकै महिना परेको हुनाले ३ वटै कार्यक्रम गर्न “किरात राई सांस्कृतिक मेला ” भनि कार्यक्रम आयोजना गरिने छ ।
बैठक ५ : 05 Jan 20
सांस्कृतिक मेला : 19 Jan 20

ट. फेब्रुअरी – तालिम कार्यक्रम

यस महिना भाषिक संस्थाहरु संग मिलेर किरात राईहरुलाई भाषा तालिम, शिली तालिम, आदि विभन्नि संस्कृति सम्बन्धि तालिमहरु गराईने छ ।
भाषा/शिलि तालिम : 16 Feb 20

ठ. मार्च – साधारणसभा/अधिवेशन

साधारण सभा वा अधिवेशन गरिने छ । बार्षिक साधारणसभामा नियमावलीहरु संसोधन गरिने छ भने अधिवेशनमा बिधान संसोधन तथा कार्यसमिति परिवर्तन गरिने छ ।
बैठक ६ : 8 Mar 20
साधारणसभा/अधिवेशन : 22 Mar 20