प्रथम बैठक- (नियुक्ति)

अधिवेशन सके पश्चात नया कार्यसमितिको प्रथम बैठक बस्ने छ । प्रथम बैठकमा पुर्ण कार्यसमिति गठन भएको छैन भने पुर्ण कार्यसमिति गठन गरि सबै परिषद तथा समितिहरुको पदाधिकारीहरु नियुक्ति गर्नेछ ।

प्रथम बैठकका कार्यसुचीहरु

  1. बैठक नियमावली बारेमा – सचिव
  2. कोष नियमावली बारेमा – कोषाध्यक्ष
  3. परिषद तथा समिति बारेमा – उपाध्यक्ष
  4. पुर्ण कार्य समिति गठन – अध्यक्ष
  5. प्रज्ञा प्रतिष्ठान समिति नियुक्ति – अध्यक्ष
  6. संरक्षक परिषद अद्यावधिक – अध्यक्ष
  7. सल्लाहकार समिति नियुक्ति – अध्यक्ष
  8. कूबीमीहरुको निरन्तरता – अध्यक्ष
  9. परोपकार समिति नियुक्ति – अध्यक्ष
  10. भाषिक परिषद अद्यावधिक – अध्यक्ष
  11. विभाग प्रमुख तथा विभाग संयोजकहरु नियुक्ति – अध्यक्ष
  12. आउदो कार्यक्रमको तयारी – सचिव
  13. अन्य – फ्लोर

परिच्छेद १

१. बैठक नियमावली बारेमा

क. बैठकको सुचना

किराया हङकङले बैठकको सुचना संप्रेशन गर्न “किराया कार्यसमिति” वाट्सएप समुह निर्माण गरिएको छ । यसको एडमिन सचिव रहने छ । यस संजालमा राखेको सुचनालाई आधिकारिक मानिने छ । संजालमा निम्न परिषद, समिति तथा पदाधिकारीहरु रहनेछ ।

  1. कार्यसमिति
  2. प्रतिष्ठान समिति
  3. संरक्षक परिषद
  4. सल्लाहकार समिति
  5. कूबीमीहरु
  6. परोपकार समिति
  7. भाषिक परिषद
  8. विभाग संयोजकहरु ।

ख. गणपुरक संख्या

बैठकमा किराया हङकङले निर्माण गरेका सबै परिषद सदस्यहरुलाई उपस्थितको लागि निमन्त्रणा गरिने छ । तर उपस्थित भए पनि गणपुरक संख्यामा गणना गरिने छैन । गण पुरक संख्या पुग्न किराया विधानको परिच्छेद (५) धारा १ अनुसार कूल कार्यसमिति पदाधिकारीहरु मध्ये ५१ प्रतिशत भन्दा माथिको उपस्थितिलाई मात्र बैठकको गणपूरक संख्या मानिनेछ ।

ग. बैठक आशन बर्गियताक्रम :

  1. बैठकको अध्यक्ष
  2. विशिष्ट ब्यक्तिहरु
    1. कुलपति
    2. प्रमुख संरक्षक
    3. प्रमुख सल्लाहकार
    4. परोपकार प्रमुख
    5. प्रमुख कूबीमी
  3. विशेष ब्यक्तित्वहरु
    1. उपकुलपति
    2. संरक्षकहरु
    3. सल्लाहकारहरु
    4. प्रज्ञा महासचिव
    5. विभाग संयोजकहरु
  4. प्राज्ञहरु
    1. प्रज्ञा महाप्रबन्धक
    2. कुबिमिहरु
    3. अन्य प्राज्ञहरु
    4. अन्य संयोजकहरु
    5. उप संयोजकहरु
  5. निर्वतमान संयोजकहरु
  6. भुपु पदाधिकारीहरु
  7. आजिवन सदस्यहरु

घ. बैठक आचार संहिता

  1. तोकिएको समयमा बैठकमा उपस्थित हुनुपर्ने छ ।
  2. बैठकभरी मोबाइल साइलेन्टमा राख्नुपर्नेछ ।
  3. बैठक बाहीर जानुछ भने अध्यक्षसंग आज्ञा मागेर जानुपर्नेछ ।
  4. बैठकमा एजेन्डा बाहेकका कुराहरुमा छलफल गर्न पाईने छैन ।
  5. बैठकमा अरुको कुरा काट्न पाईने छैन । आफ्नो पालो अनुसार बोल्नु पर्नेछ ।
  6. बैठकमा कुराहरु दोहोऱ्याउन पाउने छैन । समर्थन/बिमती दिए पुग्नेछ ।
  7. बैठकमा समर्थन जनाउन तालि बजाउनु पर्नेछ ।
  8. बैठकमा बिमति जनाउन हात उठाउनु पर्नेछ ।
  9. बैठकमा गाली गलौज, अपशब्द तथा अभद्र बोली प्रयोग गर्न पाईने छैन ।
  10. अनावश्यक कुरा गरेमा अध्यक्षले सभाबाट निष्काशन गर्न सक्नेछ ।
  11. बैठक पश्चात सचिवले निर्णय पढेर सुनाउनु पर्नेछ ।
  12. सचिवले ७ दिन भित्र लिखित निर्णय कार्यसमिति संजालमा राख्नु पर्नेछ ।
  13. बैठकको समापन घोषणा नभई बैठकबाट निस्कन पाईनेछैन ।
  14. निर्णय भएका गोप्य कुराहरु सर्वजानिक गर्न पाईने छैन ।
  15. आचार संहिता पालना नगरे बहुमतले समितिबाट निष्काशन गर्न सक्नेछ ।

ङ. संस्था आशन बर्गियताक्रम :

किराया हङकङले गर्ने विभिन्न कार्यक्रमहरुमा हङकङमा रहेका विभिन्न संघ संस्थाहरुलाई निमन्त्रणा गर्नेछ । कार्यत्रममा संघ संस्थाको आशन वर्गियताक्रम निम्न अनुसार रहने छ।

  1. Chairman: किराया अध्यक्ष
  2. Chief Guest : किराया नेपाल वा आदिबासी जनजाति महासंघ हङकङ
  3. Specific Personalities: विशिष्ट ब्याक्तित्वहरु
    1. कुलपति
    2. प्रमुख संरक्षक
    3. प्रमुख सल्लाहकार
  4. Specific Guest: विशिष्ट अतिथि संस्थाहरु (किरात संस्थाहरु)
    1. किरात याक्थुम चुम्लुङ हङकङ
    2. किरात सुनुवार सेवा समाज हङकङ
    3. किरात याक्खा छुम्मा हङकङ
  5. Special Guest: बिशेष अतिथि संस्थाहरु (नेपाल प्रतिनिधि संस्थाहरु)
    1. नेपाली महासंघ हङकङ
    2. गैर आवासिय नेपाली संघ हङकङ
    3. नेपाल च्याम्बर अफ कर्मश हङकङ
    4. बृटिश गोर्खा भुपु सैनिक संघ
  6. General Guest: आदिवासी जनजाती महासंघ हङकङका सदस्य संस्थाहरु
    1. तमु ट्योहुल हङकङ
    2. मगर समाज हङकङ
    3. तामाङ घेदुङ हङकङ
    4. शेर्पा समाज हङकङ
    5. नेवार समाज हङकङ
    6. थकाली समाज हङकङ
    7. दुरा समाज हङकङ
  7. Special Personalities: विशेष ब्याक्तित्वहरु
    1. उपकुलपति
    2. संरक्षकहरु
    3. सल्लाहकारहरु
    4. प्रज्ञा महासचिव
    5. विभाग संयोजकहरु
    6. प्राज्ञहरु
    7. भाषिक संस्थाका अध्यक्षहरु
    8. किरात राई अध्यक्ष भएका क्षेत्रिय संघसंस्थाहरु ।

२. कोष नियमावली बारेमा

किराया हङकङको बिधानको परिच्छेद (६) को धारा १ (क) मा निम्न साधारण कोष प्रावधन भएको छ।

क. साधारण कोष

बिधानको परिच्छेद (६) धारा १ (क) मा साधारण सदस्यताबाट तथा विविध कार्यक्रमहरुबाट संकलन भएको रकम साधारण कोषमा पर्दछ। जुन दैनिक कार्य सचालनका निमित्त खर्च गरिने छ। देहायबमोजिम श्रोतहरुबाट प्राप्त हुने नगद वा जिन्सी यस संस्थाको साधारण कोषमा रहनेछ।

१. साधारण सदस्यता वितरणबाट प्राप्त हुने शुल्क।
२. साधारण सदस्य नवीकरणबाट प्राप्त हुने शुल्क।
३. पदाधिकारीहरुबाट संकलन हुने मासिक शुल्क।
४. विविध कार्यक्रमहरुबाट संकलन भएको रकम।
५. यस संस्थाबाट निर्मित तथा प्रकाशित विभिन्न सामाग्रीहरुको बिक्रीबाट प्राप्त हुने रकम।
६. यस संस्थालाई विविध किसिमले प्राप्त भएको चन्दा, पुरस्कार तथा सहयोग रकम।

ख. विशेषकोष

बिधानको परिच्छेद (६) धारा १ (ख) मा विशेष प्रयोजन लागि भनेर संकलन गरेको रकम विशेष कोषमा पर्दछ। जुन दैनिक कार्य सचालनका निमित्त प्रयोग नगरि जे का लागि संकलन गरेको हो सोही प्रयोजनको लागि मात्र खर्च गर्न सकिने छ। बिशेषकोष निम्न २ वटा निर्माण गरिएको छ।

१. आपतकालिन बिशेषकोष
किरात राईहरुलाई आपतकालिन सहयोग गर्न उठाईने रकम आपतकालिन विशेष कोषमा रहने छ। जति रकम उठाईन्छ सबै रकम सोहि प्रयोजनमा खर्च गरिन्छ।

२. सुप्तुलुङ निर्माण बिशेषकोष
सुप्तुलुङ निर्माणमा सहयोगगर्ने दाताहरुको सहयोग रकमको ७५ प्रतिशत सुप्तुलुङ निर्माण बिशेष कोषमा रहनेछ। जुन सुप्तुलुङको निर्माण योजनामा खर्च गरिने छ । २५ प्रतिशत सुप्तुलुङ र्ममत अक्षयकोषमा राखिने छ।

ग. अक्षयकोष

बिधानको परिच्छेद (६) धारा १ ( ग) मा अक्षयकोष भनि निर्माण गरिएको कोष यस संस्थाको अक्षयकोष रहनेछ। जुन कोषको मुलधन खर्च गर्न पाइने छैन। यस बाट प्राप्त ब्याज मात्र जे प्रयोजनको लागि निर्माण गरिएको छ सोही प्रयोजनको लागि मात्र खर्च गर्न सकिने छ।  अक्षयकोष निम्न ५ वटा निर्माण गरिएको छ।

१. सुप्तुलुङ र्ममत अक्षयकोष

सुप्तुलुङ निर्माण सहयोगगर्ने दाताहरुको सहयोग रकमको २५ प्रतिशत सुप्तुलुङ र्ममत अक्षयकोषमा रहने छ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र सुप्तुलुङ र्ममतमा खर्च गरिने छ।

२. आजिवन सदस्य अक्षयकोष

आजिवन सदस्यता वितरणबाट प्राप्त हुने शुल्क यस संस्थाको आजिवन सदस्य अक्षयकोष मानिनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र किरात राई यायोक्खा हङकङको दैनिक कार्य संचालन गर्न खर्च गरिने छ।

३. आपतकालिन सहयोग अक्षयकोष

आपतकालिन सहयोग अक्षयकोष भनि उठाएको रकम यस कोषमा रहनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। किरात राईहरुलाई आपतकालिन स्थिति आउँदा यसकोषको ब्याजबाट सहयोग गरिनेछ।

४. (नाम) स्मृती अक्षयकोष
कसैको स्मृती स्वरुप नाउमा एकमुष्ठ रकम जम्मा राखि के का लागि अक्षयकोष निर्माण गरिएको हो नियमावली बनाइ राखिएको कोषलाई (नाम) स्मृती अक्षयकोष मानिनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र (नाम)स्मृती अक्षयकोषमा उल्लेख नियमावली भित्र रही खर्च गर्न पाईनेछ।

५. (नाम) पुरस्कार अक्षयकोष
कसैको नाउमा बिशेष क्षेत्रमा पुरस्कार दिन एकमुष्ठ रकम जम्मा गरि अक्षयकोष निर्माण गरेमा त्यो कोषलाई (नाम)पुरस्कार अक्षयकोष मानिनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन । यसबाट आउने ब्याज मात्र सो क्षेत्रमा पुरस्कार दिईने छ।

घ. अक्षयकोष निछेप

अक्षयकोष निश्चित समय अवधीको लागी समितिको कार्यकाल नसकुन्जेल सम्म कुनै पनि विश्वासीलो वित्तिय संस्थामा समितिको बहुमतको निर्णयले निछेप राख्न सकिनेछ ।

३. परिषद तथा समितिहरु बारेमा

किरात राई यायोक्खा हङकङमा विभिन्न क्षेत्रका दक्ष किरात राईहरुलाई समेट्न, उनिहरुलाई सम्मान गर्दै किराया हङकङमा कार्य गर्न गराउन लाउन, विभिन्न समिति तथा परिषदहरु निर्माण गरिएको छ। किराया हङकङको निम्न समिति र परिषदहरु छन।

  1. किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ (Kirat Rai Academy)
  2. संरक्षक परिषद (Patron Council)
  3. सल्लाहकार समिति (Advisory Committee)
  4. परोपकार समिति (Charity Committee)
  5. कूबीमी परिषद (Kubimi Council)
  6. भाषिक परिषद (Linguistic Council)
  7. संयोजक परिषदालय (Coordinator Council)
  8. भुपु पदाधिकारीलय (Ex-Member Council)
  9. आजिवन सदस्यलय (Life-Member Council)

४. पुर्ण कार्य समिति गठन

यस संस्थाको दैनिक कार्य संचालन गर्न अधिवेशनबाट १५ जना कार्यसमिति निर्वाचित हुनेछन्। कार्यसमितिमा कम्तिमा २० प्रतिशत महिला अनिवार्य रहनु पर्नेछ । अधिवेशनले पुर्ण कार्यसमिति गठन गर्न नसकेको खण्डमा पहिलो बैठकले पुर्ण कार्यसमिति गठन गरि नियुक्ति प्रमाणपत्र प्रदान गर्नेछ।

नं.

पद

नाम

फोन

१.

अध्यक्ष

२.

उपाध्यक्ष

३.

महासचिव

४.

सचिव

५.

सहसचिव

६.

कोषाध्यक्ष

७.

सहकोषाध्यक्ष

८.

सदस्य

९.

सदस्य

१०.

सदस्य

११.

सदस्य

१२.

सदस्य

१३.

सदस्य

१४.

सदस्य

१५.

सदस्य

५. प्रज्ञा प्रतिष्ठान समिति नियुक्ति

किरात राईहरुको ईतिहास, भाषा, लिपि, कला, साहित्य, धर्म, संस्कार, संस्कृतीको खोज, अनुसन्धान, संरक्षण, सम्बद्र्धन गर्न प्राज्ञिक सदस्यहरुबाट किरात राई प्रज्ञा प्रतिष्ठान समिति नियुक्त गरिने छ।

नं.

पद

नाम

फोन

१.

कुलपति

२.

उपकुलपति

३.

प्रज्ञा महासचिव

४.

प्रज्ञा महाप्रवन्धक

५.

सदस्य

६.

सदस्य

७.

सदस्य

८.

सदस्य

९.

सदस्य

१०.

पदेन प्रज्ञा सदस्य

भाषिक संस्थाका बहालवाला अध्यक्षहरु

६. संरक्षक परिषद अद्यावधिक

यस संस्थालाई संरक्षण प्रदान गर्न संस्थाका भुतपुर्व अध्यक्षहरुमध्येबाट किराया हङकङको पछिल्लो भु.पु.अध्यक्ष प्रमुख संरक्षक रहने गरि संरक्षक परिषद अधावधिक गरिनेछ।

नं.

पद

नाम

फोन

१.

प्रमुख संरक्षक

२.

संरक्षक

३.

संरक्षक

४.

संरक्षक

५.

संरक्षक

७. सल्लाहकार समिति नियुक्ति 

कार्यसमितिलाई आवश्यकीय सुझाव र सल्लाहको लागि निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार रहने गरि भुतपुर्व पदाधिकरी, भुतपुर्व संयोजकहरु तथा आजिवन सदस्यहरुमध्येबाट वढीमा ५ सदसिय सल्लाहकार समितिको नियुक्त गरिने छ ।

नं.

पद

नाम

फोन

१.

प्रमुख सल्लाहकार

२.

सल्लाहकार

३.

सल्लाहकार

४.

सल्लाहकार

५.

सल्लाहकार

८. कूबीमीहरुको अद्यावधिक

किरात राईहरुको धार्मिक अनुष्ठान, पुजा आरधना,  संस्कार गरिदिने कूबीमी (धामी) हरुलाई यस परिषदमा निरन्तरता प्रदान गरिनेछ।

नं.पदनामफोन
प्रमुख कूबीमी
कूबीमी
कूबीमी

९. परोपकार समिति नियुक्ति

हङकङ सरकार वा विभिन्न दातृसंस्थाहरुबाट परोपकारी अनुदानहरु ल्याई कार्य गर्ने किरात राईहरुलाई यस समितिमा नियुक्त गरिनेछ।

नं.

पद

नाम

फोन

१.

परोपकार प्रमुख

२.

परोपकार सचिव

   

३.

परोपकार प्रबन्धक

   

१०. भाषिक परिषद अद्यावधिक

यस संस्थाबाट अनुबन्धन प्राप्त भाषिक संस्थाका बहालवाला अध्यक्षहरु भाषिक परिषदमा अधावधिक गरिनेछ। भाषिक संस्थाको बहालवाला अध्यक्षहरु किरात राई यायोक्खा हङकङको पदेन उपाध्यक्ष र किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको पदेन प्रज्ञा सदस्य रहनेछन।

नं.

भाषिक संस्था

अध्यक्षको नाम

फोन

१.

किरात राई चाम्लिङ खाम्बातिम हङकङ

२.

दुमी किरात राई फन्सिकिम हङकङ

३.

किरात साम्पाङ राई जुम्लेखा हङकङ

४.

किरात राई पुमा तुप्खाबाङखाला हङकङ

५.

किरात राई बान्तवा खिम हङकङ

६.

किरात राई थुलुङ सामा हङकङ

७.

किरात सोदेल कोयु/कोयी किम हङकङ

८.

किरात राई बाहिङ मुलुखिम हङकङ

११. विभाग प्रमुख तथा विभाग संयोजकहरुको चयन

किरात राई यायोक्खा हङकङलाई ब्यावस्थित संचालन गर्न विभागको काम, कर्तब्य र उदेश्य सहितको जिम्मेवारी दिई विभाग प्रमुख र विभाग संयोजकहरुको नियुक्ति गरिनेछ।

क्र.

विभाग

किराया

विभाग प्रमुखको नाम

विभाग संयोजकको नाम

संयोजकको फोन

1

संगठन बिस्तार तथा समन्वय विभाग

अध्यक्ष

2

सुप्तुलुङखिम मर्मत तथा निर्माण विभाग

उपाध्यक्ष

3

युवा खेलकुद, संगीत, सहित्य, प्रकाशन विभाग

महासचिव

4

कार्यलय संचालन तथा प्रचारप्रसार विभाग

सचिव

5

मौलिक संकलन तथा सरसजावट विभाग

सहसचिव

6

सम्पति तथा कोष–अभिवृद्धि विभाग

कोषाध्यक्ष

7

सुम्निमा खानपान तथा भान्सा विभाग

सहकोषाध्यक्ष

8

सिक्रिमा बितरण तथा सेवासत्कार विभाग

सदस्य

9

बाल, महिला, प्रौढ तथा अतिथि विभाग

सदस्य

10

किरात धर्म संरक्षण तथा संस्कार विभाग

सदस्य

11

शिली संकलन तथा संस्कृति विभाग

सदस्य

12

सरसफाई तथा फोहरमैला संकलन विभाग

सदस्य

13

पारुहाङ ढुवानी तथा ओसारपसार विभाग

सदस्य

14

यातायात, ब्यावसाय तथा रोजगार विभाग

सदस्य

15

आपतकालिन सहयोग तथा सुरक्षा विभाग

सदस्य

 

परिच्छेद २

१. प्रथम बैठकमा बोलाउनुपर्ने ब्यक्तिहरु

  1. कार्यसमिति
  2. प्राज्ञिक सदस्यहरु
  3. संरक्षकहरु
  4. निवर्तमान सल्लाहकारहरु
  5. कूबीमीहरु
  6. निवर्तमान परोपकार समिति
  7. भाषिक अध्यक्षहरु
  8. निवर्तमान संयोजकहरु
  9. निवर्तमान कार्यसमितिहरु

२. माईन्युट खाताको नमुना

१. बैठक:

बैठक नं.:   स्थान:  
मिति:   समय:  
अध्यक्षता:   संस्था:  

२. उपस्थितिः

नं. पद पदाधिकारीको नाम फोन हस्ताक्षर
१. अध्यक्ष      
२. प्रमुख उपाध्यक्ष      
३. महासचिव      
४. सचिव      
५. सहसचिव      
६. कोषाध्यक्ष      
७. सहकोषाध्यक्ष      
८. सदस्य      
९. सदस्य      
१०. सदस्य      
११. सदस्य      
१२. सदस्य      
१३. सदस्य      
१४. सदस्य      
१५. सदस्य      

३. भाषिक परिषद:

नं. संस्था अध्यक्षको नाम फोन हस्ताक्षर
१. चाम्लिङ खाम्बातिम      
२. दुमि फन्सिकिम      
३. साम्पाङ जुम्लेखा      
४. बान्तावा खिम      
५. पुमा तुप्खाबाङखाला      
६. थुलुङ सामा      
७. कोयु/कोयी किम      
८. बाहिङ मुलुखिम      

४. अन्य उपस्थितिहरुः

नं. पद पदाधिकारीको नाम फोन हस्ताक्षर
१.        
२.        
३.        

५. कोरम:

कूल पदाधिकारीहरु मध्ये ५१ प्रतिशत उपस्थित भै कोरम पुगेको हुनाले बैठक संचालन गर्न अध्यक्षज्युले अनुमति दिनुभयो ।

६. पत्रचार:

कुल पत्र _______ आएको र कुल पत्र _______ गएको  पत्रचार सम्बन्धि सचिवले जानकारी दिनु भयो । आवश्यक पत्रहरुलाई छलफलको लागि प्रस्तावमा लगियो ।

७. अर्थिक:

गत बैठकको मौज्दात _____________ तत्पश्चातको आम्दानी ___________ र खर्च _____________ कटाई बाँकी ब्यालेन्स ___________ रहेको कोषाध्यक्षले जानकारी दिनुभयो ।

८. प्रस्तावहरु:

नं.   विवरणप्रस्तावक
१.  
२.  
३. .

९. निर्णयहरुः

१.  
२.  
३.    

१०.  बैठक समापनः

अन्य प्रस्तावहरु नभएकोले अध्यक्षले बैठक समापन गर्यो ।

(सचिव) हस्ताक्षरः   (अध्यक्ष) हस्ताक्षरः  

३. बैठकको रुपरेखा

बैठक संचालन – सचिव
बैठकखाता लेखन सहयोग– सहसचिव

  1. आशन ग्रहण
    1. बैठक आशन बर्गियताक्रम अनुसार
  2. बैठक सुरुवात :
    1. कोरम पुगेको बारे जानकारी
    1. बैठक आचार संहिता (आवश्यक भएमा)
  3. जानकारी :
    1. पत्र आएको/गएको बारे जानकारी –  सचिव
    1. दैनिक आय/ब्याय खाता जानकारी – कोषाध्यक्ष
  4. प्रस्ताव बाचन :
    1. प्रस्तावकको नाम सहित – सचिव
    1. अन्य प्रस्ताव भए सोको माग – फ्लोरबाट
    1. आँउदो कार्यक्रमबारे तयारी कार्यसुचि प्रस्तुति
  5. छलफल : प्रस्तावारे प्रस्ट्याउने – प्रस्तावकबाट
  6. सुझावको मागगर्ने : अध्यक्षलाई छाडी आशन बर्गियताक्रम अनुसार
  7. मत प्रकट : अध्यक्षलाई छाडी कार्यसमिति बर्गियताक्रम अनुसार
  8. निर्णय : अध्यक्षबाट
  9. सभा बिर्सजन – अध्यक्षबाट

४. आवश्यक कागजातहरु

1बैठकको पत्र<Download>
2बैठकका कार्यसुची<Download>
3माईन्युट खाताको नमुना <Download>
4बैठक संचालनको रुपरेखा<Download>
5समितिको नामावली लिस्ट<Download>

(समाप्त)