कार्य बिभाजन नियमावली (८)

 

किरात राई यायोक्खा हङकङले आफ्नो उदेश्य पुरागर्न वा कुनै पनि कार्यक्रम सम्पादन गर्न बिभिन्न बिभागहरुलाई बिभिन्न कार्य बिभाजन गरि जिम्मेवारी सुम्पिन यो कार्य बिभाजन नियमावली (८) ल्याईएको  छ । कार्य सम्पादन गर्न बिभाग प्रमुखको सिफारिसमा बिबिध क्षेत्रमा बिशिष्ठता हाँसिल गरेका किरात राईहरुलाई संयोजकको रुपमा किराया हङकङले नियुक्ति गर्नेछ । संयोजक नियुक्ति भएको बिभागको बैठक बस्न परेमा संयोजकले अध्यक्षता गर्नेछ  । बिभाग प्रमुखले बैठक संचालन गर्नेछ ।

निम्न गठन भै सकेको  बिभागको नाम अनुसारको काम बाँडफाँड गर्दा कुनै बिभागलाई धेरै काम र कुनै बिभागलाई थोरै काम परेको हुनाले बराबरी कार्य बिभाजन गर्न बिभागको नाम समेत परिवर्तन गर्न पर्ने आवश्यक भएकोले यो प्रस्ताव ल्याईएको छ । यो प्रस्ताव कार्य समितिके बैठकले पास गरे पछि बिभागको नाम परिवर्तन हुनेछ । पछि साधारण सभामा अनुमोदन गरिनेछ ।

१. आन्तरिक समन्वय, संगठन विस्तार तथा बिदेश विभाग
समन्वय, संगठन विस्तार, बिदेश तथा स्वंयमसेवक विभाग (प्रस्तावित)

प्रमुख : हरिचन्द्र राई
स्वंयमसेवकहरु : प्रत्येक भाषिक संस्थाबाट ४/४ जना माग गर्ने

कार्यहरु :

  1. कार्यक्रमको लागि आवश्यक स्वंयसेवकहरु तयार पार्नु ।
  2. बिभागले माग गरेमा स्वंयसेवकहरु उपलब्ध गराउनु ।
  3. सम्पुर्ण बिभागहरुको कार्य हेरबिचार गर्नु ।

२. चुलाघर निर्माण तथा ब्यावस्थापन बिभाग
चुलाघर निर्माण, ब्यावस्थापन तथा बितरण सेवा बिभाग (प्रस्तावित)

संयोजक :
बिभाग प्रमुख : चन्द्रका राई
मुल बितरक : : धिरज बान्तावा
स्वंयमसेवकहरु :

कार्यहरु :

  1. बिबिक्यु बितरण सेवाको ब्यावस्थापन गर्नु ।
  2. बितरणको लागि आवश्यक स्वंयमसेवकहरु तयार पार्नु ।
  3. स्वंयमसेवकहरुलाई बितरण गर्ने तरिका सिकाउनु ।
  4. बितरणमा आवश्यक पर्ने सामाग्रीहरु तयार राख्नु ।
  5. सकेको सामाग्रीहरुको जानकारी तुरुन्तै खरिदबिक्री बिभागलाई गराउनु ।

३. किरात राई युवा खेलकुद, संगीत तथा साहित्य बिभाग
युवा खेलकुद, संगीत तथा दस्तावेजिकरण बिभाग (प्रस्तावित)

संयोजक : रामली राई
बिभाग प्रमुख : बज्र कुमार राई

कार्यहरु :

  1. कार्यक्रममा उपस्थिति पुस्तिका राख्नु ।
  2. कार्यक्रमहरुको फोटो खिच्नु ।
  3. कार्यक्रमको रिर्पोट तयार गरि वेभसाईटमा प्रकाशन गर्नु ।

४. प्रचार पसार, दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग
सुचना, छपाई तथा संचालन विभाग (प्रस्तावित)

बिभाग प्रमुख :  गजेन्द्र राई

कार्यहरु :

  1. कार्यक्रमको ब्यानर, क्याप्सन, स्लाईड बनाउनु ।
  2. कार्यक्रम उद्घाटन सामाग्री तयार बनाउनु ।
  3. आयोजक कार्डहरु, अतिथि ब्याज/फुल बनाउनु ।
  4. अतिथि फेटा, गम्छा आदि तयार पार्नु ।
  5. प्रमाणपत्र, सम्मानपत्र, नियुक्तिपत्र बनाउनु ।
  6. सुचना, निमन्त्रणा, कार्यक्रम रुपरेखा बनाउनु ।

५. कोष, सम्पती ब्यावस्थापन तथा खरिद भण्डार विभाग
कोष, सम्पती ब्यावस्थापन तथा खरिदबिक्री विभाग (प्रस्तावित)

संयोजक : धिराज साम्पाङ
बिभाग प्रमुख : गंगाराम राई

कार्यहरु :

  1. कार्यक्रममा खानपान बेचबिखन गर्नु ।
  2. कार्यक्रममा टिकट बेचबिखन गर्नु ।
  3. कार्यक्रममा भेटि, सहयोग, दान, दक्षिणा उठाउनु ।
  4. बेचबिखनका आवश्यक सामाग्रीहरु तयार राख्नु ।

६. किरात धर्म संस्कार संरक्षण तथा चुलासेवा विभाग
किरात धर्म संरक्षण तथा  संस्कार सेवा विभाग (प्रस्तावित)

संयोजक :
बिभाग प्रमुख: रामचन्द्र राई
सहायक कूबीमी : नारायण प्रसाद राई
कूबीमी : मैत्र कुमार राई

कार्यहरु :

  1. कार्यक्रममा थान थपना सजाउनु । आवश्यक सामाग्रीहरु तयार पार्नु ।
  2. आवश्यक्ता अनुसार कुखुराको भाले, पोथि, अण्डा उपलब्ध गराउनु ।
  3. बिभिन्न प्रकारका पूजामा चलाउने मासुहरु उपलब्ध गराउनु ।
  4. चाहेको बेलामा नया धान, कोदो, अन्न उपलब्ध गराउनु ।
  5. धनुकाँड, भाला, खुकुरी, हसियाँ, खुर्पा आदि राख्नु ।
  6. थुम्से, डोको, डालो, नाङलो, माना, पाथि राख्नु ।
  7. केराको पात, कलश, फुलपाती, धुपबत्ति,राख्नु ।
  8. काँसेथाल, चोखो अदुवा, चामल, दियोबत्ति, लाईटर राख्नु ।
  9. रक्सि भरेको चिण्डो (रक्सि पाएन भने कोदो र मर्चा मिसाएको) राख्नु ।
  10. कूबीमीहरुलाई कार्यक्रमबारे बताउनु तथा उनिहरुको हेरबिचार गर्नु ।

७. शिलि संकलन तथा सांस्कृतीक प्रदर्शनी विभाग

संयोजक : पिताम्बर राई
बिभाग प्रमुख : राजेन्द्र राई
सिलिमोपा : प्रतिक चाम्लिङ
सिलिमोमा : रेनुका राई
कलाकारहरु : आवश्यक तयार पार्ने

कार्यहरु :

  1. कार्यक्रममा सिलि प्रर्दशनी गर्नु ।
  2. ढोल, भ्याम्टा, शिलिमी, पोमीको बन्दोवस्त गर्नु, रेखदेख गर्नु ।
  3. दौरा, सुरुवाल, पटुका, इस्टिकोटको बन्दोवस्त गर्नु, रेखदेख गर्नु ।
  4. चोली, फरिया, गरगहनाहरुको बन्दोवस्त गर्नु, रेखदेख गर्नु ।
  5. शिलिमोपा, शिलिमोमा र कलाकारहरुको हेरबिचार गर्नु ।

८. सुम्निमा मौलिक खानपान तथा भान्सा सेवा बिभाग

संयोजक : बसन्त कुमारी राई
बिभाग प्रमुख : जजिन राई
भान्सेहरु : आवश्यक तयार पार्ने

कार्यहरु :

  1. कार्यक्रममा मौलिक खानपान तयार पार्नु।
  2. भान्सेहरु बोलाउनु, उनिहरुलाई तालिम दिनु ।
  3. खानपान सामाग्रीहरु सकेको नसकेको हेर्नु ।
  4. सकेको सामाग्रीहरुको जानकारी तुरुन्तै सम्बन्धित विभागलाई गराउनु ।

९. सिक्रिमा अतिथि स्वगत तथा सत्कार सेवा बिभाग

बिभाग प्रमुख : पबि बान्तावा
स्वंयमसेवकहरु : सरिता राई, प्रतिमा राई

कार्यहरु :

  1. अतिथिहरुलाई स्वगत गर्नु ।
  2. अतिथिहरुलाई ब्याज, फुल लगाई दिनु ।
  3. अतिथिहरुको खानपान हेरबिचार गर्नु ।

१०. पारुहाङ ढुवानी, ओसारपसार तथा यातायात सेवा बिभाग
पारुहाङ भण्डार, ढुवानी तथा ओसारपसार बिभाग (प्रस्तावित)

संयोजक : तेज कुमार राई
बिभाग प्रमुख : मनिराज राई
स्वंयमसेवकहरु : आवश्यक माग गर्ने

कार्यहरु :

  1. कार्यक्रममा ढुवानी गर्न क्षेत्र अनुसार स्वंयमसेवक तोक्नु ।
  2. कार्यक्रममा आवश्यक पर्ने बस्तुहरुको ढुवानी गर्नु ।
  3. कार्यक्रममा आवश्यक बस्तुहरुको ओसार पसार गर्नु ।
  4. कार्यक्रम पश्चात बस्तुहरु थन्क्याउने कार्य गर्नु ।

११. सरसफाई, सुरक्षा तथा स्वयंसेवक परिचालन विभाग
फोहरमैला ब्यावस्थापन तथा सरसफाई विभाग (प्रस्तावित)

संयोजक : हित बहादुर राई
बिभाग प्रमुख : कमल राई
स्वंयमसेवकहरु : आवश्यक माग गर्ने

कार्यहरु :

  1. कार्यक्रममा फोहरमैला ब्यावस्थापन गर्नु ।
  2. फोहरमैला उठाउने झोला (भरसक पारदर्शि) राखि दिनु ।
  3. फोहरमैला उठाउने ठाँउमा भरसक देखिने गरि साईनबोर्ड राखि दिनु ।
  4. फोहोर मैला जताभावि फाल्न नदिनु समय समयमा एनाउन्समेन्ट गर्नु ।
  5. फोहोर मैलालाई संकलन गरि फाल्ने ब्यावस्था मिलाउनु ।

१२. तयमाखियामा मौलिक संकलन तथा सरसजावट बिभाग

संयोजक :
बिभाग प्रमुख : लोखराज राई
स्वंयमसेवकहरु : आवश्यक माग गर्ने

कार्यहरु :

  1. किरातिहरुको मौलिकता झल्किने गरि सरसजावट गर्नु ।
  2. कार्यक्रम सजावट सामाग्री कैचि, सेलेटेप, बेलुन आदि तयार पार्नु ।
  3. कुर्सी, टेबल, टेन्ट, बाँस, डोरी, सुत्लि आदिको ब्यावस्था गर्नु ।
  4. साउण्ड सिस्टम, माईक्रोफोन, ब्यट्रि, जेनेरेटर, लाईटिङ्गको ब्यावस्था गर्नु ।
  5. सहभागिहरुको ब्यक्तिगत सामाग्रीहरु सशुल्क राखिदिने बन्दोबस्त मिलाउनु ।

१३. बालबालिका, महिला तथा प्रौढ सहभागिता बिभाग
बाल, महिला, प्रौढ सहभागिता तथा प्रचार बिभाग (प्रस्तावित)

संयोजक :  पेन्गुईन राई
बिभाग प्रमुख : पविता राई
स्वंयमसेवकहरु : आवश्यक माग गर्ने

कार्यहरु :

  1. कार्यक्रममा पुस्तक, ब्राउजर, लिफलेटहरु प्रचारको लागि बाँडनु ।
  2. कार्यक्रममा हुल हुज्जत नियन्त्रण गर्नु ।
  3. घुईचो हुन नदिन लाईन लाग्ने ब्यावस्था मिलाउनु ।
  4. आवश्यक पर्ने Entry & Exit बाटो उपलब्ध गराउनु ।

१५. आदिबासी जनजाती तथा राजनैतिक समन्वय बिभाग
राजनैतिक समन्वय तथा यातायात बिभाग (प्रस्तावित)

संयोजक :  तिलक वालाहाङ
बिभाग प्रमुख : दिपेन्द्र राई
स्वंयमसेवकहरु : आवश्यक माग गर्ने

कार्यहरु :

  1. सहभागिहरुको लागि यातायातको ब्यावस्था गर्नु ।
  2. भाडा उठाउनु पर्ने भए स्वंयसेवक तयार पार्नु ।

 १४. दैबिक प्रकोप तथा आपतकालिन सरसहयोग बिभाग
आपतकालिन सरसहयोग तथा सुरक्षा बिभाग (प्रस्तावित)

संयोजक :
बिभाग प्रमुख : राजु राई
स्वंयमसेवकहरु : आवश्यक माग गर्ने

कार्यहरु :

  1. कार्यक्रम स्थलमा बिना अनुमति अन्यलाई बेचबिखन गर्न नदिनु ।
  2. अत्याधिक मादक पर्दाथ सेवन गर्नेलाई सुरक्षा ब्यावस्था मिलाउनु ।
  3. कार्यक्रम स्थलमा गाडि पार्किङको ब्यावस्था मिलाउनु ।
  4. ट्राफिक राम्ररि आवतजावत हुने ब्यावस्था मिलाउनु ।
  5. कार्यक्रममा प्राथमिक उपचारको सामाग्रीहरु तयार राख्नु ।
  6. आगलागिका सुरक्षाहरु अपनाउनु ।
  7. आवश्यक परेमा पुलिस/एम्बुलेन्स/दमकलको ब्यावस्था गर्नु ।

बिभागको नाम परिवर्तन  :

  1. सरसफाई, सुरक्षा तथा स्वयंसेवक परिचालन विभाग
    / फोहरमैला ब्यावस्थापन तथा सरसफाई विभाग (प्रस्तावित)
  2. आन्तरिक समन्वय, संगठन विस्तार तथा बिदेश विभाग
    / समन्वय, संगठन विस्तार, बिदेश तथा स्वंयमसेवक विभाग (प्रस्तावित)
  3. दैबिक प्रकोप तथा आपतकालिन सरसहयोग बिभाग
    / आपतकालिन सरसहयोग तथा सुरक्षा बिभाग (प्रस्तावित)
  4. प्रचार पसार, दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग
    / सुचना, छपाई तथा संचालन विभाग (प्रस्तावित)
  5. बालबालिका, महिला तथा प्रौढ सहभागिता बिभाग
    / बाल, महिला, प्रौढ सहभागिता तथा प्रचार बिभाग (प्रस्तावित)
  6. किरात राई युवा खेलकुद, संगीत तथा साहित्य बिभाग
    / युवा खेलकुद, संगीत तथा दस्तावेजिकरण बिभाग (प्रस्तावित)
  7. चुलाघर निर्माण तथा ब्यावस्थापन बिभाग
    / चुलाघर निर्माण, ब्यावस्थापन तथा बितरण सेवा बिभाग (प्रस्तावित)
  8. कोष, सम्पती ब्यावस्थापन तथा खरिद भण्डार विभाग
    / कोष, सम्पती ब्यावस्थापन तथा खरिदबिक्री विभाग (प्रस्तावित)
  9. पारुहाङ ढुवानी, ओसारपसार तथा यातायात सेवा बिभाग
    / पारुहाङ भण्डार, ढुवानी तथा ओसारपसार बिभाग (प्रस्तावित)
  10. आदिबासी जनजाती तथा राजनैतिक समन्वय बिभाग
    / राजनैतिक समन्वय तथा यातायात बिभाग (प्रस्तावित)
  11. किरात धर्म संस्कार संरक्षण तथा चुलासेवा विभाग
    / किरात धर्म संरक्षण तथा  संस्कार सेवा विभाग (प्रस्तावित)
  12. शिलि संकलन तथा सांस्कृतीक प्रदर्शनी विभाग
  13. सुम्निमा मौलिक खानपान तथा भान्सा सेवा बिभाग
  14. सिक्रिमा अतिथि स्वगत तथा सत्कार सेवा बिभाग
  15. तयमाखियामा मौलिक संकलन तथा सरसजावट बिभाग

मातहातमा रहने बिभागहरु :

  1. समन्वय, संगठन विस्तार, बिदेश तथा स्वंयमसेवक विभाग (प्रस्तावित)
    1. आपतकालिन सरसहयोग तथा सुरक्षा बिभाग (प्रस्तावित)
    2. राजनैतिक समन्वय तथा यातायात बिभाग (प्रस्तावित)
  2. चुलाघर निर्माण, ब्यावस्थापन तथा बितरण सेवा बिभाग (प्रस्तावित)
    1. किरात धर्म संरक्षण तथा  संस्कार सेवा विभाग (प्रस्तावित)
    2. शिलि संकलन तथा सांस्कृतीक प्रदर्शनी विभाग
  3. युवा खेलकुद, संगीत तथा दस्तावेजिकरण बिभाग (प्रस्तावित)
    1. बाल, महिला, प्रौढ सहभागिता तथा प्रचार बिभाग (प्रस्तावित)
    2. पारुहाङ भण्डार, ढुवानी तथा ओसारपसार बिभाग (प्रस्तावित)
  4. सुचना, छपाई तथा संचालन विभाग (प्रस्तावित)
    1. तयमाखियामा मौलिक संकलन तथा सरसजावट बिभाग
    2. फोहरमैला ब्यावस्थापन तथा सरसफाई विभाग (प्रस्तावित)
  5. कोष, सम्पती ब्यावस्थापन तथा खरिदबिक्री विभाग (प्रस्तावित)
    1. सुम्निमा मौलिक खानपान तथा भान्सा सेवा बिभाग
    2. सिक्रिमा अतिथि स्वगत तथा सत्कार सेवा बिभाग