कोष नियमावली (२)

कोष नियमावली (२)

१६ मार्च १४ (अनुमोदन), ६ मार्च २०१६ (संसोधन)

प्रस्तावनाः

किराया हङकङको बिधानको परिच्छेद (६) को धारा १ (क), (ख) र (ग) मा कोष सम्बन्धि ब्यावस्था गरेकोछ। अझ यसलाई पुर्ण पारदर्शिता, विवाद रहित तथा अधावधिक बनाउन यो कोष नियमावली (२) प्रस्तावित गरिएको छ। यस कोष नियमावलीमा थप कोषहरु समेत समावेश गरिएकोछ। यो कोष नियमावली (२) किराया हङकङको साधारण सभाले पास गरे पछि लागु हुनेछ। यस कोष नियमावलीमा परिवर्तन किराया हङकङको कार्यसमितिको बैठकले गर्न सक्तछ तर साधारण सभामा लगि अनुमोदन गराउनु पर्नेछ।

परिच्छेद १

१. साधारण कोष

बिधानको परिच्छेद (६) धारा १ (क) मा साधारण सदस्यताबाट तथा विविध कार्यक्रमहरुबाट संकलन भएको रकम साधारण कोषमा पर्दछ। जुन दैनिक कार्य सचालनका निमित्त खर्च गरिने छ।

२. विशेषकोष

बिधानको परिच्छेद (६) धारा १ (ख) मा विशेष प्रयोजन लागि भनेर संकलन गरेको रकम विशेष कोषमा पर्दछ। जुन दैनिक कार्य सचालनका निमित्त प्रयोग नगरि जे का लागि संकलन गरेको हो सोही प्रयोजनको लागि मात्र खर्च गर्न सकिने छ।

यस नियमावलीमा निम्न २ वटा थप कोषहरु निर्माण गरिएको छ।

  1. आपतकालिन बिशेषकोष
    किरात राईहरुलाई आपतकालिन सहयोग गर्न उठाईने रकम आपतकालिन विशेष कोषमा रहने छ। यस कोषमा जति रकम उठाईन्छ सबै रकम सोहि प्रयोजनमा खर्च गरिन्छ।
  2. सुप्तुलुङ निर्माण बिशेषकोष
    सुप्तुलुङ निर्माणमा सहयोगगर्ने दाताहरुको सहयोग रकमको ७५ प्रतिशत सुप्तुलुङ निर्माण बिशेष कोषमा रहनेछ। जुन सुप्तुलुङको निर्माण योजनामा खर्च गरिने छ । २५ प्रतिशत सुप्तुलुङ र्ममत अक्षयकोषमा राखिने छ।

३. अक्षयकोष

बिधानको परिच्छेद (६) धारा १ ( ग) मा अक्षयकोष भनि निर्माण गरिएको कोष यस संस्थाको अक्षयकोष रहनेछ। जुन कोषको मुलधन खर्च गर्न पाइने छैन। यस बाट प्राप्त ब्याज मात्र जे प्रयोजनको लागि निर्माण गरिएको छ सोही प्रयोजनको लागि मात्र खर्च गर्न सकिने छ।

यस नियमावलीमा निम्न ५ वटा अक्षयकोषहरु निर्माण गरिएको छ।

  1. सुप्तुलुङ र्ममत अक्षयकोष
    सुप्तुलुङ निर्माण सहयोगगर्ने दाताहरुको सहयोग रकमको २५ प्रतिशत सुप्तुलुङ र्ममत अक्षयकोषमा रहने छ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र सुप्तुलुङ र्ममतमा खर्च गरिने छ।
  2. आजिवन सदस्य अक्षयकोष
    आजिवन सदस्यता वितरणबाट प्राप्त हुने शुल्क यस संस्थाको आजिवन सदस्य अक्षयकोष मानिनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र किरात राई यायोक्खा हङकङको दैनिक कार्य संचालन गर्न खर्च गरिने छ।
  3. आपतकालिन सहयोग अक्षयकोष
    आपतकालिन सहयोग अक्षयकोष भनि उठाएको रकम यस कोषमा रहनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। किरात राईहरुलाई आपतकालिन स्थिति आउँदा यसकोषको ब्याजबाट सहयोग गरिनेछ।
  4. (नाम) स्मृती अक्षयकोष
    कसैको स्मृती स्वरुप नाउमा एकमुष्ठ रकम जम्मा राखि के का लागि अक्षयकोष निर्माण गरिएको हो नियमावली बनाइ राखिएको कोषलाई (नाम) स्मृती अक्षयकोष मानिनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र (नाम)स्मृती अक्षयकोषमा उल्लेख नियमावली भित्र रही खर्च गर्न पाईनेछ।
  5. (नाम) पुरस्कार अक्षयकोष
    कसैको नाउमा बिशेष क्षेत्रमा पुरस्कार दिन एकमुष्ठ रकम जम्मा गरि अक्षयकोष निर्माण गरेमा त्यो कोषलाई (नाम)पुरस्कार अक्षयकोष मानिनेछ। यस्को मुलधन खर्च गर्न पाईने छैन। यसबाट आउने ब्याज मात्र सो क्षेत्रमा पुरस्कार दिईने छ।
परिच्छेद २

खातापाताहरुः

बिभिन्न आर्थिक गतिविधिहरुको रेर्कड राख्न निम्न खाताहरु राखिने छ।

१. दैनिक आयब्याय खाता

कार्य समितिको दैनिक आर्थिक कृयाकलापलाई दुरुस्त राख्न दैनिक खाता राखिनेछ। यस खाताको अधावधिक कोषाध्यक्षले गर्नेछ। हरेक कार्य समितिको बैठकमा दैनिक आयब्याय खाता अनुमोदन गरिने छ।

Date V.No. Details Head Expenses (DR) Income (CR) Cash/Bank/Name (CR/DR)

२. नाफा/नोक्सान र वासलात खाता

दैनिक आय/ब्याय खाताको आधारमा आर्थिक बर्षको अन्तिममा नाफा/नोक्सान र वासलात खाता तयार गरिनेछ। यस खाता तयार बनाउने जिम्मा कोषाध्यक्ष वा लेखा परिक्षकको रहनेछ। नाफा/नोक्सान खाता र वासलात साधारण सभा वा अधिबेशनले अनुमोद गर्नेछ।

क. नाफा/नोक्सानखाताको नमुना

Cultural, Religious & Social Activities Exp. Cultural, Religious & Social Activities Inc.
AE101. Arts & Literature Exp. AN101. Arts & Literature Inc.
AE102. Chula Expenses AN102. Chula Income
AE103. Chula Puja (Ubhauli) Exp. AN103. Chula Puja (Ubhauli) Inc.
AE104. Chula Puja (Udhauli) Exp. AN104. Chula Puja (Udhauli) Inc.
AE105. Condolence Exp. AN105. Condolence Inc.
AE106. Convention/AGM Exp. AN106. Convention/AGM Inc.
AE107. Deuse Exp. AN107. Deuse Inc.
AE108. Donation & Help Exp. AN108. Donation & Help Inc.
AE109. Handover & Installation Exp. AN109. Handover Installation Inc.
AE110. Language & Script Exp. AN110. Language & Script Inc.
AE111. Meeting & Party Exp. AN111. Meeting & Party Inc.
AE112. Publication (Other) Exp. AN112. Publication (Other) Inc.
AE113. Sakela (Ubhauli) Exp. AN113. Sakela (Ubhauli) Inc.
AE114. Sakela (Udhauli) Exp. AN114. Sakela (Udhauli) Inc.
AE115. Saune Sakrati Exp. AN115. Saune Sakrati Inc.
AE116. Sports & Games Exp. AN116. Sports & Games Inc.
AE117. Training & Workshop Exp. AN117. Training & Workshop Inc.
AE118. Yalambar Nite Exp. AN118. Yalambar Nite Inc.
AE119. Yalambar Smarika Exp. AN119. Yalambar Smarika Inc.
AE120. Yeledung Exp. AN120. Yeledung Inc.
AE121. _Purchase Exp. AN121. _Sales Inc.
Operating Expenses Other Income
OE201. Accounting Fee Exp ON201. Donation From Members
OE202. Advertisement & Greetings Exp. ON202. Bank Interest
OE203. Auditors’ Remuneration ON203. Interest Received
OE204. Bank Charge Exp. ON204. Sundry Income
OE205. Depreciation Exp.
OE206. Penalty
OE207. Printing & Stationary Exp.
OE208. Rent Exp.
OE209. Repair & Maintenance
OE210. Secretarial Fee Exp.
OE211. Sundry Expenses
OE212. Travelling Exp.
OE213. Utility Electricity Exp.
OE214. Utility Gas Exp.
OE215. Utility Water Exp.
OE216. Wages Exp.
OE217. Website Exp.
Nett Profit Nett Loss
Total Total

ख. वासलात खाताको नमुना

दायित्वहरु सम्पतीहरु
Funds Property, Plant & Equipment’s
Loans Cash & Bank Balance
Payables Receivables
Surplus Profit/Loss

३. सम्पती तथा जिन्सी खाता

किरात राई यायोक्खा हङकङको सम्पती तथा जिन्सीहरुको बिबरण राख्न सम्पति तथा जिन्सी खाता राखिनेछ । यस खाताको दुरुस्त सहकोषाध्यक्षले गर्नेछ।

क्र.सं. सम्पती तथा जिन्सी सामाग्री विवरण रकम

४. लेखा परीक्षण खाता

लेखापरिक्षण खाता हङकङ सरकारको मान्यता प्राप्त लेखा परिक्षकले तयार पार्नेछ।

(समाप्त)