बुझबुझारथ

अनुसूची १

बुझबुझारथ, बिदाई तथा पदस्थापन

किरात राई यायोक्खा हङकङको अधिवेशन पश्चात ढिलोमा १ महिनाभित्र सल्लाहकार समिति सहितको पुर्ण कार्यसमिति गठन गरि सक्नु पर्ने छ र नवकार्य समितिलाई बिभागको जिम्मेवारी बाँडफाँड गरि सक्नु पर्नेछ ।

यस कार्यक्रमको दिन निर्वतमान कार्यसमितिले निम्न धारा ३ मा भएका बुझबुझारथका कागजातहरु नव कार्यसमितिलाई बुझाउनु पर्दछ । र नव कार्यसमितिले निर्बतमान कार्यसमितिलाई प्रशंसा–पत्र दिएर बिदाई गर्ने छ । सोहि दिन नव कार्यसमितिको बिभागिय जिम्मेवारी पाउने बिभाग प्रमुखहरुलाई र नवनियुक्त सल्लाहकारहरुलाई नियुक्ति–पत्र दिएर फेटा गुथाई पदस्थापन गराईने छ । यसलाई बुझबुझारथ, बिदाई तथा पदस्थापन कार्यक्रम भनिने छ ।

उदेश्य :

  1. खातापाता अपडेट रहन ।
  2. निबर्तमान कार्यसमितिलाई सम्मान गर्न ।
  3. नव कार्यसमितिलाई काम, कर्तब्य र उदेश्य प्रति निष्ठावन बनाउन ।

संयोजन समिति

नवनियुक्त अध्यक्ष
नवनियुक्त सचिव नवनियुक्त कोषाध्यक्ष

 

अनुसूची २

बुझबुझारथका कगजातहरु :

क. कम्पनी सम्बन्धि कागजातहरु :

  1. सिआर सर्टिफिकेट (CR)
  2. कर मुक्त प्रमाण पत्र (EFT)
  3. चन्दादान लिन पाउने स्विकृती प्रमाण पत्र (ACD)
  4. मेमोरेन्डम एण्ड आर्टिकल अफ एसोसिएसन (M&A)
  5. एन्युअल रिर्टन (NAR1) गतबर्षको
  6. इन्कर्पोरेशन फर्म (NNC1) सुरुमा दर्ता गरेको
  7. कम्पनी एड्रेस प्रुफ (NR1) बिगत बर्षमा दर्ता गरेको
  8. डाइरेक्टर्स प्रुफ (ND2A) बिगत बर्षमा दर्ता गरेको

ख. घर सम्बन्धि कागजातहरु :

  1. घरको खरिद बिक्रीको ईतिहास फाईल (History)
  2. घरको नक्सा फाईल (Lot DD102)
  3. घर बिक्री खरिद एग्रीमेन्ट फाईल (ASP)
  4. घरको स्वमित्व सर्टिफिकेट फाईल (OC)

ग. इन्ल्याण्ड रेभेन्यु सम्बन्धि कागजातहरु :

  1. चन्दादान लिने बिल (Donation Receipt) पुरानो प्रतिलिपि र बाँकी रहेको
  2. अडिट रिर्पोट (Audit Report) गत बर्ष हरुको
  3. बैंक स्टेटमेन्टस (Bank Statement) गत बर्ष हरुको

घ. अन्य कागजातहरु:

  1. आर्थिक प्रतिवेदन, दैनिक आयब्याय खाता, सम्पती तथा जिन्सी खाता ।
  2. संगठानिक प्रतिबेदन, माईन्युट, उपस्थिति खाता, गतिविधि खाता ।
  3. संस्थाको आन्तरिक बिधान तथा नियमावलीहरु ।
  4. सोसियल अर्डिनेन्समा दर्ता किरात राई एसोसिएसन हङकङको प्रमाणपत्र ।

डाउनलोड बुझबुझारथको सम्झौता पत्र

बुझबुझारथको दिन निम्न सम्झौताको कागजातमा नव निर्वाचित अध्यक्षले उपरोक्त कागजातहरु बुझिलिएको वा निर्वतमान अध्यक्षले बुझाई दिएको भनि दुवै अध्यक्षले हस्ताक्षर गरि १/१ प्रति कागजात सुरक्षित राख्नु पर्ने छ । सम्झौता कागजात डाउनलोड गर्न निम्न लिङकमा क्लिक गर्नु होला ।

बुझबुझारथको सम्झौता कागज प्रिन्टेबल एडिटेबल
अनुसूची २

बिदाई :

बिदाई गर्दा निर्वतमान कार्यसमितिलाई प्रसंसा पत्र प्रदान गरि बिदाई गर्न पर्दछ । प्रशंसा पत्रको नमुना ।

पदस्थापन :

पदस्थापन गर्दा नया कार्यसमितिको पदाधिकारीहरुलाई बिभाग छुटाई उनिहरुको काम, कर्तब्य र उदेश्य स्पष्ट भएको नियुक्ति पत्र प्रदान गरि पदस्थापन गराउनु पर्दछ ।

सपथ :

अधिवेशनमा सपथ खान छुटेका वा नवनियुक्त पदाधिकारीलाई अध्यक्षले बिधानको अनुसुचि ३ अनुसार सपथ खुलाउने छ ।

अनुसूची ३

निमन्त्रणा :

  • निवर्तमान पदाधिकारीहरु
  • नवनियुक्त पदाधिकारीहरु
  • बर्तमान कूबीमी तथा नव नियुक्त कूबीमीहरु
  • बर्तमान प्राज्ञ तथा नव नियुक्त प्राज्ञहरु
  • निवर्तमान निर्वाचन समिति
  • संरक्षक परिषद
  • भाषिक/भात्री अध्यक्षहरु
  •  आजिवन सदस्यहरु

कार्यक्रम सामाग्रीहरु :

  1. ब्यानर – दिर्घकालिन प्रयोग हुने बनाउने ।
  2. उद्घाटन सामाग्री – काँसेथाल, चामल, दियोबत्ति, लाईटर र जोडि कलश ।
  3. साउण्ड सिस्टम – ब्याट्रि अपटुडेट राख्ने ।
  4. आयोजक कार्ड – दिर्घकालिन प्रयोग हुने बनाउने ।
  5. अतिथि ब्याज/फुल – दिर्घकालिन प्रयोग हुने बनाउने ।
  6. निमन्त्रणा, कार्यक्रम लिफलेट – दिर्घकालिन प्रयोग हुने बनाउने ।
  7. प्रमाणपत्र, सम्मानपत्र, नियुक्तिपत्र –

खान पान :

आवश्यक्ता अनुसारको खानपानको ब्यावस्थापन गर्ने ।

अनुसूची ४

खर्च तथा आम्दानी

कार्यक्रमको खर्च आम्दानी मिलान गर्न नवनियुक्त पदाधिकारीहरुलाई पदग्रहण खुसियाली स्वरुप  डोनेशन उठाईने छ । डोनेसन कति उठाउने भनि अनुमानित खर्चलाई नव कार्यसमितिलाई दामासाहीले भाग लगाईने छ । बिदाईहुनेहरुलाई र नवनियुक्ति संयोजकहरुलाई भाग लगाईने छैन । हाल डोनेसन निम्न रहेको छ ।

नवनियुक्त पदाधिकारीहरु 15 जना HK$300 जम्मा HK$4500

अनुमानित खर्चहरु

सहभागीहरुलाई खानपान 30 जना HK$50 HK$1500
ब्यानर, ब्याजफुल, प्रमाणपत्र HK$1000
जम्मा HK$4500
अनुसूची ५

१. कार्यक्रम रुपरेखा

  1. आशन
    1. नव अध्यक्षको आशन ग्रहण
    2. बिदाइहुने पदाधिकारीहरुको आशन ग्रहण
      (निबर्तमान कार्यसमिति र सल्लाहकारहरु)
  2. यथा स्थानमा आशन
    1. निर्वाचन समिति
    2. संरक्षक तथा आजिवन सदस्यहरु
    3. कूबीमीहरु तथा प्राज्ञहरु
  3. कार्यक्रमबारे परिचय तथा स्वागत – प्रथम उपाध्यक्ष
  4. उदघाटन – अध्यक्षबाट
  5. उद्घाटन धुन (डाउनलोड)
  6. बुझबुझारथ – माथि उल्लेख भएका कागजातहरु
    (निवर्तमान अध्यक्षले नवनिर्वाचित अध्यक्षलाई प्रदान गर्ने)
  7. बिदाई हुने पदाधिकारीहरुलाई प्रशंसा पत्र बितरण गर्दै फ्लोर तिर पठाउने
    (सानो पोर्टफोलियो बाट ठुलो तर्फ लाने)
  8. नव नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गर्दै फेटा गुथाएर मंचमा आशन गराउने। संरक्षकहरुले फेटा गुथाई दिने ।
    ( ठुलो पोर्टफोलियो बाट सानो तर्फ लाने)
  9. नव नियुक्त सल्लाहकारहरुलाई नियुक्ति पत्र प्रदान गर्दै फेटा गुथाएर मंचमा आशन गराउने। ( ठुलो पोर्टफोलियो बाट सानो तर्फ लाने)
  10. अधिवेशनमा सपथ खान छुटेका पदाधिकारीहरुलाई सपथ खुलाउने – अध्यक्षले
  11. बधाई तथा शुभकामना – संरक्षकहरुबाट
  12. समापन – अध्यक्ष
  13. खानपान

डाउनलोड :

कार्यक्रम रुपरेखा एमएसवर्ड पिडिएफ
बिदाई प्रशंसा–पत्र एमएसवर्ड  पिडिएफ
सल्लाहकार नियुक्ति एमएसवर्ड पिडिएफ
कूबीमी नियुक्ति एमएसवर्ड पिडिएफ
प्राज्ञ नियुक्ति एमएसवर्ड

(समाप्त)