गृह स्थापना

किरातीहरुले घर स्थापना गरिसकेपछि गृह प्रवेश गर्ने संस्कार गर्दछ । यसलाई घरपैंचो समेत भनिन्छ । यस दिन घर बनाउने क्रममा काठको काम गर्ने सिकर्मीहरु, ढुङगा फुटाउने ब्यक्तिहरु, माटो मुछ्ने ब्यक्तिहरु, पर्खाल लगाउने डकर्मीहरु र ढुङगा माटो बोक्ने सबैजना लगायत घरभित्रको दाजुभाई र नरनाता ईष्टमित्रहरुलाई निमन्त्रणा गरिन्छ । गृह प्रवेशको दिन घरको मुलप्रवेश दुवार र मुल खाँबोको पुजा गरिन्छ ।

आवश्यक सामाग्रीहरु :

  1. वाबुकमा रक्सि,  अदुवा, दही चामालको अक्षता
  2. काँसे थाल, एकमाना चामल, सिक्का पैसा,
  3. सिरु, दुबो, तितेपाती, फुलपाती,
  4. दसवटा दुनामा जाँडको छोक्रा (कोदो मर्चा मिसाएको)
  5. जोडी कलश, जोडि दियो र दुईजना कन्याकेटीहरु
  6. एउटा थुम्सेमा अन्न, खुर्पा, टेकुवा र एकजना बोक्ने ब्यक्ति
  7. एउटा भाले (ऐच्छिक)

गृह स्थापना पूजा विधि :

  1. दुई जना कन्या केटिहरुलाई कलश र दियो बोक्न पर्दछ । एकजना ब्यक्तिले थुन्से र टेकुवा बोक्न पर्दछ । कसैले जाँडको छोक्रा, कसैले अक्षता बोक्न पर्दछ र सबैजना घर बाहिर निस्कन पर्दछ ।
  2. त्यसपछि घरमुलीलाई मुल प्रवेश दुवारमा दियो बत्ति बाल्न लगाई ढोग गराउदै गृह प्रवेश प्रार्थना बाचन गरिदिन पर्दछ ।
  3. त्यसपछि कूबीमीले मुन्धुम बाचन गर्दै, मुल प्रवेश दुवारलाई भालेले छुवाउदै, रक्सिले छर्किन्दै पूजा गर्दछ । यतिबेला कूबीमीसंगै सबैले जाँडको छोक्रा र अक्षताले मुल प्रवेश दुवारलाई छर्किनु पर्दछ ।
  4. तेसपछि भित्र पसि घरलाई दाँया पारेर जाँडको छोक्रा र अक्षताले छर्काउदै एकफन्को घुम्नु पर्दछ । कोठा र तल्लाहरु भए सबै घुम्नु पर्दछ । अन्त्यमा मुल खाँबोलाई भालेले पुजा गर्न पर्दछ ।
  5. त्यसपछि भालेको घाँटीको भुत्ला, तयार पारि राखेको कलशको फुल र तितेपातीलाई सिरुले बाँधी मुल खाँबोमा झुण्डाई दिनु पर्दछ । मुल खाँबो नभए प्रवेश दुवारमा झुण्डाई दिनु पर्दछ ।

गृह प्रवेश प्रार्थना

हे सुम्निमा पारुहाङ ।
हे पिता पुर्खाहरु हो ।
हे यस ठाँउको सिमेभुमे नागनगेनीहरु हो ,
हे यस धर्तीको ढुङगा, माटो, बनस्पतीहरु हो ।

आजदेखी यस घरमा, सबै परिवारको
शिर उच्च राखि रक्षा गर्नुहोस,
सबैको सुस्वास्थय र दिर्घायु दिनुहोस ।
हे धर्ती ढुङगा, माटो, बनस्पतीहरु हो ।
सवैलाई आर्शिबाद दिनुहोस ।

हे पिता पुर्खाहरु हो,
हामीले जाँडरक्सी, अन्न, पैसा, दियो राखी,
तितेपाती र फुलको कलश राखी,
पूजा गरिरहेका छौं ।

यस घरमा कुनै आपत बिपत आई नलागोस ।
घर परिवार सदस्यहरुको
मनले चिताएको कुरा पुगिरहोस ।
बाजेबोजु, बुबाआमा, बालबच्चा
सबैको शिर सधै उच्च रहिरहोस ।

जय पिता पुर्खाहरु हो ।
जय सुम्नीमा पारुहाङ ।।

धन्यबाद ।

गृह प्रवेश मुन्धुम :

ऊदूहँ, पारुहँचेऊ, सूम्नीमा, नायूमाचेऊ । रक्षाकूप्पा, खचूलूप्पा, वाईलूङमे, वातूङमेचीवा, आथेपा चीखीम्हँपी या पोकूचीकपी, या चीखीम पोकानीवो, झारा साखेवा सूबीवाचेऊ, तूप्सूङपो, धीलूङपोचेऊ ।

ईसेका नपी न, ई खीमतँसूँपा, खीमतँसूँमाची, सीबीछाची मदीछाचीमी सायावरी
साया पोकानीवो यालावा पोकानीवो । लावा मान्धाईके साया मान्धाईके, रुँरी मासानूम्वो, साखा मासानूम्वो । धलुङपोचेऊ, मुनाम्पोचेऊ, तूप्सूङपोचेऊ ।

नपी न खामबाखाप्ची, साम्लालो, पारुधी, मीकूछू, सीबूनाबगूना, सँरीवापा, झारकलो हूरीलोमा लोकीहँनीके, आम्नु मूङा खीतीहँनीके या सीतीहँनीके, या पीमा पीहँनीके चीखीम्हँपाङो
नक चीखीम्क खीम्तँसूँपा, खीम्तँसूँमाची, झारा सीबीछाची मदीछाचीमी, सायावारी साया पोकानीवो, लावा मान्धाईके साया मान्धाईके, या लावा पोकानीवो । रुँरी मासानूम्वो साखा मासानूम्वो ।

कार्यक्रमको रुपरेखा :

(स्थान : प्रवेश दुवार)

  1. परिचय ग्रहण – घरमुली तथा निमन्त्रित ब्यक्तित्वहरु
  2. गृह प्रवेश संस्कारबारे जानकारी – संस्कार विभाग
  3. प्रवेश दुवारमा दियोबत्ति बाल्ने – घरमुली
  4. गृह प्रवेश प्रार्थना बाचन – संचालक
  5. गृह पूजा बिधी – कूबीमी
  6. सगुन बितरण – सत्कार बिभाग
  7. कन्याकेटीहरुलाई टिका तथा धामीलाई शिर उठाउनी – घरमुली बाट

गृह प्रवेश कार्यक्रम :

हङकङमा मौलिक किराती संस्कार अनुसार गृह प्रवेश कार्यक्रम गर्ने भए गृह प्रवेश कार्यक्रमको फारम भरि किराया हङकङमा बुझाउनु पर्नेछ । किराया हङकङले उपयुक्त समय मिलाई यस कार्यक्रमको आयोजना गरि दिने छ ।

कार्य बाँडफाँड

कार्यक्रम संचालन : छपाई, प्रचारप्रसार तथा संचालन विभाग
कार्यक्रम संयोजक : किरात धर्म संरक्षण तथा संस्कार विभाग
दुई जना कन्या : बाल, महिला, प्रौढ तथा स्वागत बिभाग
सगुन ब्यावस्था : सुम्निमा खानपान तथा भान्सा बिभाग
सगुन बितरण : अतिथि हेरबिचार तथा सत्कार बिभाग

डाउनलोड

गृह प्रवेशको फारम एडिटेबल प्रिन्टेबल
गृह प्रवेश कार्यक्रम एडिटेबल प्रिन्टेबल