गृह प्रवेश बारेमा:

किरात राईहरुले घर बनाई सकेपछि वा घर किनि सकेपछि चुला स्थापना गरि नया घरमा गृह प्रवेश गर्ने संस्कार गर्दछ । यसलाई घरपैंचो कार्यक्रम समेत भन्दछ । यस दिन घर बनाउने क्रममा काठको काम गर्ने सिकर्मी, ढुङगा फुटाउने ब्यक्तिहरु, माटो मुछ्ने ब्यक्तिहरु, पर्खाल लगाउने डकर्मी र ढुङगा माटो बोक्ने सबैजनाका साथै घरभित्रको दाजुभाई र मनले खाएको नरनाता ईष्टमित्रहरुलाई निमन्त्रणा गरिन्छ । यस बखत घर बनाउदा प्रयोग गरिएको ढुङगा, माटो काठ र घरको मूलखाँबोको पुजा गरिन्छ । शहरीकरण भएर बिल्डिङ भएको घरमा मुल खाँबो नरहने हुनाले चुला प्रवेश दुवारलाई पुजा गर्ने चलन आएको छ ।

गृह प्रवेश गर्नेभए

  1. गृह प्रवेशको फारमभरी किराया हङकङको कार्यलयमा बुझाउनु पर्नेछ ।
  2. किराया हङकङले फारम हेरी उपयुक्त समय मिलाई स्विकृती प्रदान गर्नेछ ।
  3. फारम सहित तोकिएको शुल्क धर्म–संस्कार संरक्षण कोषमा जम्मा गर्नुपर्नेछ ।
  4. अन्य आवश्यक सामाग्रीहरु ब्यावस्था गरिदिन पर्ने भए थप रकम जम्मा गर्नुपर्नेछ ।
  5. सामुहिक धामी चलाउने भए अन्त्यमा धामीको शिर उठाउनी गर्नु पर्नेछ ।

औपचारिक कार्यक्रम :

कार्यक्रम संचालन –
आशन ग्रहण – घरमुली तथा निमन्त्रित ब्यक्तित्वहरु
गृह प्रवेश बारे जानकारी –
गृह प्रवेश बाचन –
गृह परिक्रमा र मुन्धुम – धामी वा जानिफकार
सगुन बितरण –
कन्याकेटी र धामीको शिर उठाउनी –

आवश्यक सामाग्रीहरु :

कठुवामा रक्सि, एक सिक्का पैसा, अदुवा र चामल
जोडी कलश, जोडि दियो, काँसे थाल, एकमाना चामल
तितेपाती, दुबो, फुलपाती, दही चामालको टिका
दसवटा दुनामा जाँडको छोक्रा
थुम्सेमा अन्न र खुर्पा, एउटा टेकुवा
एउटा भाले

गृह प्रवेश बाचन :

हे उदूहँ, पारुहँ ।
हे सुम्नीमा, नायुमा ।
हिजो राछाकूप्पा, खचूलुप्पा, वाईलुङमे, वातूङमेहरुले
घर बनाई रीति पुर्वक घर प्रवेश गरि,
बसोबास गरि ल्याएका थिए ।
त्यही परम्परा अनुसार हामीले पनि घर बनाएका छौं ।

हे यस ठाँउको सिमेभुमे नागनगेनी हो ,
हे यस धर्तीक ढुङगा, माटो, काठपातहरु हो ।
आजदेखी यस घरको बुबाआमा छोराछोरी
सबैको शिर सधै उच्च राखि रक्षा गर्नुहोस,
सबैको सुस्वास्थय र दिर्घायु दिनुहोस है ।
हे ढुङगा, माटो, काठपातहरु हो ।
आर्शिबाद दिनुहोस है ।

हे धिलूङपो, मूनाम्पो,
हे तूप्सूङपोहरु हो ।
रक्सीजाँड, अन्न, पैसा, दियो राखी,
तितेपाती र फुलको कलश राखी,
कुखुराको भाले चढाई पुजा गरिरहेका छौं ।

यस घरमा बसोबास गर्दा
कुनै आपत बिपत आई नलागोस ।
घरपरिवारका सदस्यहरुको
मनले चिताएको कुरा पुगिरहोस ।
बाजेबोजु, बुबाआमा, बालबच्चा
सबैको शिर सधै उच्च रहिरहोस ।
जय उदूहँ, पारुहँ । जय सुम्नीमा, नायुमा ।।

गृह परिक्रमा

गृह प्रवेशको दिन एकजना ब्यक्तिलाई थुन्से र टेकुवा बोक्न लगाउनु पर्दछ । दुई जना कन्या केटिहरुलाई कलश र दियो बोक्न लगाउनु पर्दछ । कसैले रक्सिको कठुवा, कसैलाई जाँडको छोक्रा बोक्न लगाउनु पर्दछ । र सबैजनालाई घर बाहिर निकाल्नु पर्दछ । त्यसपछि धामीले गृह प्रवेशको मुन्धुम बाचन गर्दै भालेले पर्खाल, ढुङगा, काठ, माटो सबैलाई छुवाउदै अगाडी हिड्नु पर्दछ । यतिबेला सबैले रक्सि, जाँडको छोक्रा, टिका र कलशको पानीले छर्किन्दै, दायाँतिर पारेर घरलाई एकफन्को मार्नु पर्दछ । बाहीर घुमी सकेपछि भित्र पसि तेसरीनै एकफन्को घुम्नु पर्दछ र तला भए सबै तलामा चढ्नु पर्दछ । अन्त्यमा मुल खाँबोलाई अचना बनाई भालेले पुजा गर्न पर्दछ र भालेको घाँटीको भुत्ला, कलशको फुल र तितेपातीलाई सिरुले बाँधी मुल खाँबोमा बाँधि दिनुपर्दछ । शहरमा बिल्डिङ भएकोले मुलखाँबो हुँदैन । यसर्थ चुला प्रवेश दुवारमा पुजा गरि बाँधे हुन्छ ।

गृह प्रवेशको मुन्धुम

ऊदूहँ, पारुहँचेऊ, सूम्नीमा, नायूमाचेऊ । रक्षाकूप्पा, खचूलूप्पा, वाईलूङमे, वातूङमेचीवा, आथेपा चीखीम्हँपी या पोकूचीकपी, या चीखीम पोकानीवो, झारा साखेवा सूबीवाचेऊ, तूप्सूङपो, धीलूङपोचेऊ ।

ईसेका नपी न, ई खीमतँसूँपा, खीमतँसूँमाची, सीबीछाची मदीछाचीमी सायावरी
साया पोकानीवो यालावा पोकानीवो । लावा मान्धाईके साया मान्धाईके, रुँरी मासानूम्वो, साखा मासानूम्वो । धलुङपोचेऊ, मुनाम्पोचेऊ, तूप्सूङपोचेऊ ।

नपी न खामबाखाप्ची, साम्लालो, पारुधी, मीकूछू, सीबूनाबगूना, सँरीवापा, झारकलो हूरीलोमा लोकीहँनीके, आम्नु मूङा खीतीहँनीके या सीतीहँनीके, या पीमा पीहँनीके चीखीम्हँपाङो
नक चीखीम्क खीम्तँसूँपा, खीम्तँसूँमाची, झारा सीबीछाची मदीछाचीमी, सायावारी साया पोकानीवो, लावा मान्धाईके साया मान्धाईके, या लावा पोकानीवो । रुँरी मासानूम्वो साखा मासानूम्वो ।

सगुन बितरण

आउने पाहुनाहरु सबैलाई सगुन बितरण गर्नुपर्दछ ।

कन्याकेटी र धामीको शिर उठाउनी

अन्त्यमा दुई कन्या केटीलाई टिका लगाईदिएर दक्षिणा दिनु पर्दछ । त्यस्तै धामीलाई पनि शिर उठाउनी गर्नु पर्दछ ।

कार्य बाँडफाँड :

निमन्त्रणा/पत्रचार – प्रचार प्रसार बिभाग
आवश्यक सामाग्रीहरु – धर्म संस्कार संरक्षण बिभाग
खानपान ब्यावस्थापन – अतिथि सत्कार बिभाग