पदस्थापन, बुझबुझारथ तथा बिदाई

किरात राई यायोक्खा हङकङको अधिवेशन पश्चात ढिलोमा १ महिनाभित्र नवनिर्वाचित अध्यक्षले किरात राई यायोक्खाको बिभिन्न बिभागहेर्न, बिभाग प्रमुख तथा बिभाग प्रमुखको सिफारिसमा नया बिभागीय संयोजकहरुको नियुक्ति वा पुरानै संयोजकहरुलाई निरन्तरता प्रदान गर्नेछ । यसलाई पदास्थापन (Installation) भन्दछ । पदस्थापनमा क–कस्लाई पदस्थापन गराउने हो ? कार्यसमितिको बैठकले अगाडिनै अनुमोदन गरिसकेको हुनुपर्ने छ । पदस्थापन गराउँदा स्पष्टसंग काम, कर्तब्य र अधिकार लिखित रुपमा तोकि नियुक्ति पत्र सहित पदस्थापन गराउनु पर्नेछ । यस दिन निवर्तमान कार्य समितिले नव कार्यसमितिलाई सम्पुर्ण खातापाता, नगद जिन्सी, माईन्युट तथा अन्य अभिलेखहरु बुझाउनु पर्दछ । यसलाई बुझबुझारथ भन्दछ । बुझबुझारथ गर्दा के के बुझबुझारथ गरिएको हो लिखितरुपमा दुवै तर्फ हस्ताक्षर भएको हुनुपर्ने छ । साथै सोही दिन नया कार्य समितिले पुरानो कार्य समितिलाई कदर पत्र सहित बिदाई गर्नु पर्नेछ ।  यसलाई पदस्थापन, बुझबुझारथ तथा बिदाई कार्यक्रम भनिने छ ।

padsthapan

निमन्त्रणा गर्नुपर्ने :

  • नि.वर्तमान पदाधिकारीहरु,
  • बर्तमान पदाधिकारीहरु,
  • प्रमुख कुबीमी र सहयाक कुबीमी
  • नवनियुक्त बिभाग प्रमुखहरु,
  • नवनियुक्त संयोजकहरु,
  • नवनियुक्त सल्लाहकारहरु तथा
  • भाषिक प्रतिनिधिहरु
  • संरक्षक तथा आजिवन सदस्यहरु
  • निवर्तमान अध्यक्ष मण्डल

कार्यक्रम रुपरेखा

  1. अध्यक्षको आशन ग्रहण
  2. नि.वर्तमान कार्यसमितिको बिदाइहुने पदाधिकारीहरुलाई आशन ग्रहण
  3. कार्यक्रमको बारेमा परिचय तथा स्वागत – उपाध्यक्ष
  4. उदघाटन – अध्यक्षबाट
  5. बुझबुझारथ
    1. बिधान निवर्तमान अध्यक्षबाट नव अध्यक्षलाई
    2. बैठक खाता निवर्तमान सचिवबाट नव सचिवलाई
    3. गतिबिधि खाता निवर्तमान सहसचिव नव सहसचिवलाई
    4. दैनिक खाता निवर्तमान कोषाध्यक्षबाट नव कोषाध्यक्षलाई
    5. सम्पती खाता निवर्तमान सहकोषाध्यक्षबाट नव सहकोषाध्यक्षलाई
  6. निर्वतमान कार्य समितिलाई प्रशंसा पत्र बितरण गर्दै फ्लोर तिर पठाउने
  7. नव नियुक्त पदाधिकारीहरुलाई नियुक्ति पत्र बितरण गर्दै स्टेजमा ल्याउने ।
  8. समापन

कार्य बाँडफाँड :

(१) चुलाघर निर्माण तथा ब्यावस्थापन बिभाग
(२) किरात धर्म, संस्कार संरक्षण तथा चुलादर्शन सेवा विभाग
(३) सांस्कृतीक प्रदर्शनी तथा साकेला श्रब्यदृश्य निर्माण विभाग
(४) तयमाखियामा सरसजावट तथा सुचना प्रसार बिभाग
(५) दस्तावेजीकरण, छपाई तथा दृश्यंकन विभाग
(६) किरात राई युवा खेलकुद, संगीत तथा तालिम बिभाग
(७) बालबालिका प्रशिक्षण तथा प्रौढ सहभागिता बिभाग
(८) सामाग्री खरिद, कोष अभिबृद्धी तथा सम्पती ब्यावस्थापन विभाग
(९) पारुहाङ ढुवानी, ओसारपसार तथा भण्डार विभाग
(१०) सुम्निमा मौलिक खानपान तथा भान्छा सेवा बिभाग
(११) सिक्रिमा अतिथि स्गगत तथा सत्कार सेवा बिभाग
(१२) सुरक्षा, नियन्त्रण, सरसफाई तथा स्वयंसेवक परिचालन बिभाग
(१३) राजनैतिक समन्वय बिभाग
(१४) आपतकालिन सरसहयोग बिभाग
(१५) आन्तरिक समन्वय, संगठन विस्तार तथा बिदेश विभाग

(समाप्त)