किरात धर्म बारेमा

शशि मदन राई (कुलपति–किरात राई प्रज्ञा प्रतिष्ठान, हङकङ)
२६ अप्रिल २०१८–२०२१ ।

धर्म

समाज शास्तृहरुको भनाई अनुसार धर्म भन्नाले पारलौकिक शक्ति वा तत्वमाथी बिस्वाश गर्नु र त्यो बिस्वासको मानवजिवन र जगतसँगको सम्बन्धलाई कुनै कृयाकलापको रुपमा देखाउनु नै धर्म हो भन्दछ। यस्तो कृयाकलाप समाज सन्चालन गर्ने व्यबहारिक पद्दति हो। नेपालका राइ, लिम्बु, सुनुवार र याक्खा जातिहरुको चलनमा रहेको यस्तो धार्मिक पद्दतिलाई किरात धर्मको रुपमा लिईन्छ।

किरात धर्म

किरात धर्म भनेको किरातीहरुले मानि ल्याएको धारणा उनिहरुले गर्ने संस्कार, संस्कृति, नियम, आचरण गुणहरुको दर्शन हो। किरातहरु माझ थुप्रै धार्मिक सम्प्रादयहरु छन। हरेक सम्प्रादयमा बेग्ला बग्लै धारणा र संस्कारहरु प्रतिपादन गरि मान्दै ल्याएको पाईन्छ । जुनसुकै सम्प्रादय भए पनि किरातहरुले मान्ने धर्म भएकोले किरात भित्रका धार्मिक सम्प्रादयहरु भन्न आज आवश्यक्ता रहेकोछ। अरु धर्ममा पनि शाखा छन जस्तै इसाइ धर्ममा केथोलिक, प्रोटेष्टेन्ट र अन्य, ईस्लाम धर्मको शिया र शुन्नी, हिन्दू धर्मको शाखा उपशाखा र प्रशाखाहरु कति छन कति, बौद्ध धर्मको महायान, बज्रयान, सहजयान आदि यस्तो शाखा उपशाखा हुन राम्रो हो। यो मानव समाजको बिकास क्रममा पाइने स्वभाविक प्रक्रिया हो।

किरातीहरुले मान्ने सबै धार्मिक पन्थ तथा सम्प्रादयहरुलाई किरात धर्मको शाखा बनाउदा उपयुक्त हुनेछ। युमा पुजक किरात धर्म, पितृ पुजक किरात धर्म, सत्यहाङमा किरात धर्म, प्रपन्नचार्य पन्थि किरात धर्म, आदि भनि लाँदा समाजमा तनाव नहुन सक्तछ। हामीले मानेको धर्म चाही किरात धर्म हो अरु चाँही होईन भन्नु उपयुक्त हुदैन। यदि कुनै एक किरात सम्प्रादयले हामी चैं किरात धर्म हो भन्यो भने अर्को किरात सम्प्रादयले ए तेसो भए अब म चै किरात धर्म भन्दिन भन्नु हुदैन। फरक बिश्वासहरु सबैलाई स्वतन्त्र मतका रुपमा शाखाहरुको रुपमा मान्यता दिदा नै धार्मिक सहिष्णुताका साथै फरक अस्तित्वको सम्मान हुदै किरात धर्म (सवै सम्प्रादय) को विकाश हुनेछ। किरात अनेकतामा एकता हुनेछ।

किरात भित्रका धार्मीक सम्प्रादयहरु:

  1. युमा पुजक किरात धर्म
  2. पितृ पुजक किरात धर्म
  3. जोसमनि सम्प्रादय
  4. सत्यहाङमा सम्प्रादय
  5. अन्य सम्प्रादयहरु

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५),  किरातको बेद  १९६१(२०१८),  किरात जनको ईतिहास र सङ्स्क्रिती  १९६७(२०२४)
  2. महाजन बि.डि., Ancient India  1981.
  3. जनकलाल शर्मा, जोसमनी सन्त परम्परा र साहित्य  १९६३(२०२०)
  4. चैतन्य सुब्बा, The Culture and Religion of Limbus  1995.
  5. टंक बहादुर सुब्बा, Politics of Culture  1995.
  6. राष्ट्रिय जनगणना, Nepal BS 2058.
  7. साम्पाङ मुन्धुम, मुन्धुम होसुङ, मुक्दुमको सेरोफेरो, थुलुङ मुन्दुम
  8. Wikipedia, Encyclopedia.