किरात ईतिहास

नेपालमा प्राचिनकाल गोपाल वंश, महिषपाल वंश, किरात वंश र लिच्छवि वंशहरुले शासन गरेका थिए । जसमा किरातीहरुको शासन महिषपाल वंश राजा भुवनसिंहलाई हाङ यलम्बरले परास्त गरेपछि शुरु भयो तत्कालीन यलाखोम भनेर चिनिने वर्तमान काठमाडौं उपत्यकाबाट। किरात राजा एलम्/येलुङ/यलम्बरको शासन आरम्भ बर्ष इ.पू. १८७९ पूर्व भएको मानिन्छ र किरातीहरुले ३२ पुस्तासम्म शासन गरेका थिए। यलाखोममा हाङ गस्तीको पालामा वैशालीबाट आएको लिच्छविहरुसाग युद्ध हारेपछि किरातीहरु पूर्वतिर प्रवेश गरे, अन्तिप युद्ध च्यास बर्तमान ललितपुरमा पर्दछ यो युद्ध इ. सन्. ७५ देखि १०० सम्ममा भएको मानिन्छ। त्यसैगरी किरातीहरुको अन्तिम् दरवार पटुक दोमा सामान्य माटोको ढिस्को र पीपलको बोट अझै छदैछ।

यद्यपि किरातीहरु पूर्व प्र्रवेश गर्ने क्रममा कोहि सुनकोसीको तीरतिर बसोबास गर्न थाले कोहि तामाकोशी, कोहि दुधकोशी र कोहि अरुण तमोर नदीहरु पच्छाउदै आसपासमा किपट खडा गरी बसोबास गर्न थाले । कालान्तारमा भौगोलिक बिभाजन नै भयो पल्लो किरात, माझ किरात, पल्लो किरात। किरात शव्दको अर्थहरू धेरै छन् भौगोलिक प्रदेश, कुनै युगको सभ्यता आदिमा अर्थहरू लागे पनि बर्तमान समयमा एउटा जाति रुपमा चिनिन्छ जस्मा विशेष गरि राई, लिम्बू, याक्खा र सुनुवार गर्दछन्। राईलाई खम्बू, राय, जिमी, जिम्मावाल, तालुकदार, माथा, थरी कारवार आदि पर्यायवाची नामहरुले समेत बर्तमान समयसम्म परिचित छन्। जनगणना २०५८ अनुसार राईहरुको जनसंख्या ६ लाख ३५ हजार १५१ अर्थात कुल जनसंख्याको २.७९ प्रतिशत छन् र जुन नेपालको जातिहरू मध्ये १०औं स्थानमा पर्दछ।

किरात राईहरु:

किरात जाती भित्र पर्ने किरात राईहरु मूल रूपमा पूर्वी नेपालको पहाडी जिल्लाहरूमा छरिएर बसोबास गरेका छन। किरात राईहरू हाल आएर नेपालका पूर्वी तराईका जिल्लाहरू खासगरी झापा, मोरङ, सुनसरी, उदयपुर तथा काठमाण्डौ उपत्यकामा समेत बसोबास गर्दछन्। वैदेशिक रोजगारीका क्रममा खास गरेर ब्रिटिस सेनामा कार्यरत किरात राई जातिका कतिपय मानिसहरू बेलायत, हङकङ, बु्रनाई तथा अमेरिकामा समेत बसोबास गर्न थालेका छन्। यसका साथै छिमेकी राष्ट्र भारतका सिक्किम, पश्चिम बंगाल, अरुणाचल, उत्तर प्रदेश तथा भुटानमा समेत किरात राईहरूको बसोबास पाइन्छ।

सन्दर्भ सामग्रीहरु :

  1. इमानसिङ् चेम्जोङ, किरात ईतिहास  १९४८(२००५)
  2. राष्ट्रिय जनगणना, Nepal BS 2058.
  3. Wikipedia, Encyclopedia.