Linguistic

भाषिक संस्था

६ मार्च २०१६ (नवौं अधिवेशन) मा अनुमोदन।

बिधुतिय संचार माध्यमको विकाशले विश्वलाई एक ठाँउमा ल्याई दिएकोछ। संचारको विकाशले फड्को मारिरहेछ। जुन भाषामा संचारको विकाश भैरहेछ, सोही भाषा सिक्न आजको आवश्यक्ता भएकोछ। अन्य भाषाहरु दिनानुदिन मर्दै गई रहेको छ। किरात राईहरुको भाषा पनि दिनानुदिन मर्दै गई रहेको छ। राज्यले भाषा विकाशका योजनाहरु ल्याउन सकेका छैनन। शहरीकरण, बसाँई सराई, विजातिय विवाह, टेक्नोलोजि प्रभावको कारणले भाषिकीहरुले आफ्नो भाषा जोगाउन सकि रहेका छैनन। भाषिकीहरुले भाषा विकाश गर्न नसके पनि भाषा संरक्षणको लागि भाषिक संस्थाको स्थापना गरि भाषा अभिलेखन गर्न आवश्यक रहेको छ।

किरात राई यायोक्खा हङकङले भाषा संरक्षण गर्नको लागि भाषिक संस्थाहरु गठन गर्न प्रोत्साहन गर्दै, उनिहरुलाई अनुबन्धन गर्दै, सहकार्य गर्दै भाषिक अभिलेखिकरण गर्ने लक्ष्य लिएको छ।

अथवा किरात राई यायोक्खा हङकङले भाषा संरक्षण गर्न खोलिएको भाषिक संस्थालाई अनुबन्धन प्राप्त गर्न आवेदन गरेमा भाषिक संस्था भनि अनुबन्धन प्रदान गर्दछ। भाषिक संस्था भनि अनुबन्धन प्रदान गर्दा एक भाषिक समुहबाट एक संस्थालाई मात्र अनुबन्धन प्रदान गर्नेछ। भाषिक संस्थाको नाम किरात राई अन्तरगतका भाषीक समुदायलाई बुझाउने प्रकारको हुनुपर्ने छ। अनुबन्धन पत्रमा दुवैतर्फको अध्यक्षले संस्थाको छाप सहित हस्ताक्षर गरेको हुनुपर्ने छ। किरात राई यायोक्खा हङकङमा हालसम्म निम्न भाषिक संस्थाहरु अनुबन्धन रहेका छन।

  1. किरात राई चाम्लिङ खाम्बातिम हङकङ
  2. दुमी किरात राई फन्सिकिम हङकङ
  3. किरात साम्पाङ राई जुम्लेखा हङकङ
  4. किरात पुमा राई तुप्खाबाङखाला हङकङ
  5. किरात राई बान्तवा खिम हङकङ
  6. थुलुङ (राई) सामा हङकङ
  7. किरात राई सोदेल कोयी/कोयु किम हङकङ
  8. किरात बायुङ राई सुम्निखिमम हङकङ