माघे संक्रान्ति

माघे संक्रान्ति हरेक सालको माघ महिनाको १ गते पर्दछ। यस दिन विशेषगरी राईहरुले आदिम जीवन निर्वाहको झल्को देखाउने वनतरुल घरतरुल गिठा भ्यागुर जस्ता जङ्गली फलफूलहरु उसीनेर विहानको पहिलो आहाराको रुपमा खाने प्रचलन छ। माघ महिना देखि जाडो याम सकेर गर्मियाम अनि बर्षायामको सुरुवात हुन्छ। गर्मियाममा हुरिबतास चल्ने, बर्षायाममा बाढि पहिरो आउने, खोला नाला बढ्ने भएकोले पुर्खाहरु भन्छन- “वा मरिन्छकी” भनेर मान्ने चाड हो यो। यसले किरात संस्कृतिको प्रतिनिधित्व गरेको पाइन्छ । यद्यपि  आज यो चाड सबैको साझा भैसकेको छ।